Saturday, March 20, 2010
काँग्रेस कार्यकर्ताद्वारा एक विद्यार्थीको हत्या :
गएराती माओवादी गाविस ईन्चार्ज सहितको टोलीमाथि सो समुहले आक्रमण गरेपछि उहाँहरुसंगै रहनु भएका दाहाल बेपत्ता हुनु भएको थियो । दाहाललाई आज बिहान स्थानिय भित्तेरि खोलामा मृत अबस्थामा फेला पारिएको हो । आक्रमणमा परि माओवादी गाविस ईन्चार्ज हरिबहादुर दाहाल सहित चार जना घाईते भएका छन् ।
Friday, March 19, 2010
क्रान्ती साँच्चैको उत्सव
नेपालको नवराजन
नेपालको नव-राजन
भारतीय विस्तारबादको शरण
ओली-कोइरालाको चरण
संबिधानको अपहरण
नेपाली जनताको मरण
आन्दोलन र अस्थिरताको कारण
बुद्धि विवेक चौरमा चरन
मान मर्यादा सबै झरन
अबको योजना संबिधानसभाको हरण
जनताले खन्दैछ्न उनको चिहान /
प्रधानमन्त्रीको ठाडो आदेशमा सशस्त्रका डिआइजिको सरुवा
एसएसपीको घर लुटपाट/लुटेराले करिव एक घण्टा बिताए
गर्भनरमा खतिवडा/विवादास्पद एमआरपी पासपोर्ट छपाइ भारतमै

काठमाडौं, चैत्र ६ - नेपाल राष्ट्र बैंकको गर्भनरमा युवराज खतिवडा नियुक्त भएका छन् । लामो समयको विवादपछि शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई गर्भनरमा नियुक्त गरेको हो । झापा घर भएका खतिवडा अहिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् ।
मन्त्रिपरिषद् बैठकले गरिवी निवरण कोषको उपाध्यक्षमा विद्याधर मल्लिकलाई नियुक्त गरेको छ । उनी राष्ट्रपति कार्यालयका आर्थिक सल्लाहकार हुन् । तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा जगदीश चन्द्र पोखरेललाई नियुक्त गर्ने कांग्रेस-एमालेबीच सहमति भएपनि सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नमानेका कारण निर्णय हुन सकेन ।
मन्त्रिपरिषद् बैठकले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ भारतमै मिलाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । सार्वजनिक लेखा समितिले भने एमआरपी छपाइ प्रतिष्पर्धाबाट गर्न आग्रह गरेको थियो ।
सात महिनादेखि नुनसमेत पाएका छैनन्
बाजुरा, ५ चैत
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा चैतको सुरुवातमै भोकमरीले सताएको छ । खाद्यान्न लिन सदरमुकामस्थित खाद्यसंस्थानको डिपोमा आउने भोकमरीपीडित सधैँ रित्तो हात र्फकन बाध्य छन् । खाद्यसंस्थानले 'गोदाम खाली छ' भन्दै फर्काउने गरेको उनीहरूले बताएका छन् । बाजुरामा नुनसमेत अभाव भएको छ ।
सरकारले अनुदानमा दिने नुन सात महिनाअघि नै र यस वर्षको खाद्यान्न कोटा पनि फागुनको दोस्रो सातामै सकिएपछि बाजुरामा भोकमरी चलेको हो । 'आफूले उब्जाएको अन्नले तीन महिना पनि खान पुग्दैन, सरकारले दिएको अनुदान पनि सकियो भनेर फर्काउँछन्, अब कसरी बाँच्ने ?' सदरमुकाममा नुन र खाद्यान्न लिन आएका स्थानीयवासीले गुनासो गरे ।
उत्तरी भेगका ११ र सदरमुकामनजिकका ६ गाविसमा भोकमरी लागेको स्थानीय एक गैरसरकारी संस्थाका अध्यक्ष गगन रावलले बताए । यी गाविसमा लामो समयसम्म खडेरी पर्नाले खेतबारीमा लगाएको खाद्यान्न बाली नष्ट भएको उनले बताए । 'अन्न त छैन-छैन, कन्दमुलसमेत छैन,' रावलले भने, 'खाद्यसंस्थानको गोदाम रित्तिएको छ, अब बाजुरामा चरम भोकमरी चल्ने देखिन्छ ।'
खाद्यसंस्थानको मार्तडी शाखा र कोल्टी डिपोका लागि यस वर्ष सात हजार पाँच सय क्विन्टल चामल स्वीकृत भएको थियो । साताको दुईपटक मात्र वितरण गर्दा पनि एक हजारदेखि १२ सय क्विन्टलसम्म चामल खपत हुने भएकाले समस्या भएको संस्थानले जनाएको छ । थप चामल नआउन्जेल कोल्टीमा खाद्यान्न वितरण गर्न नसकिने संस्थानको भनाइ छ । कोल्टी खाद्यडिपोबाट चामल माग गरिए पनि कहिले आउने हो, अत्तोपत्तो नभएको डिपोस्रोतले बताएको छ ।
जिल्ला खाद्यसुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जिल्लाका पूर्वी भागमा खाद्यसंकट भएको स्वीकार गरेका छन् । उनले भने, 'सदरमुकाममा खासै समस्या छैन, खाद्यसंस्थानमा चामल सकिएको हुनाले पूर्वी क्षेत्रका केही गाविसमा अभाव देखिएको छ ।'
८ चैतसम्म जसरी पनि सो क्षेत्रमा चामल वितरण गरिने उनले बताए । हाल कोल्टी खाद्यडिपोमा पाँच सय ५० क्विन्टल मात्र चामल स्टक रहेको र त्यति चामल एक दिन वितरण गर्न पनि नपुग्ने भएकाले वितरणमा ढिलाइ भएको उनले प्रजिअ पाण्डेले जानकारी दिए ।
बाजुरामा अहिले नुन प्रतिकिलो ५० देखि ५५ रुपैयाँ पर्छ । 'त्यो पनि भनेको वेलामा पाइँदैन,' साप्पाटाका मनबहादुर रोकायाले भने, 'नुनसमेत खान नपाउने दिन आए, यो समस्या कसले बुझिदेला ।'
जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार गत वर्षभन्दा यस वर्ष जिल्लामा ७० प्रतिशतले खाद्यान्न उत्पादनमा ह्रास आएको छ । बाजुरामा वाषिर्क ३० हजार मेटि्रकटन खाद्यान्न चाहिने भए पनि १७ हजार मेटि्रकटन मात्र उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

