त्रिशूली नदी किनारको खेतमा दुई ठूला ढुंगा वर्षौंदेखि अलपत्र छन् । यस्तो
दृश्य देशभर देख्न सकिन्छ तर रसुवाको नुवाकोट ४ दहमा रहेका यी दुई ढुंगाको
कुरा बेग्लै छ । यिनै ढुंगामा बसेर नेपाल र चीनबीच युद्ध अन्त्य गर्ने
सन्धि भएको थियो जसलाई 'बेत्रावतीको सन्धि' नामले चिनिन्छ । यी ढुंगाले
नेपाल र चीनबीचको सन्धिलाई मात्र बुझाउँदैनन्, तिब्बत चीनमा गाभिएको समयको
समेत प्रतिनिधित्व गर्छन् ।
सरोकारवाला निकायले चासो नलिँदा उक्त ऐतिहासिक स्थल चर्चामा छैन । विसं १८४९ असोज १५ मा नेपाल र चीनबीच सन्धि भएको थियो । तीमध्ये अग्लो कालो ढुंगामा चिनियाँ र तल्लोमा नेपाली पक्ष बसेर सन्धिपत्रमा हस्ताक्षर भएको थियो । तल्लो ढुंगा तुप्चे गाविसका दुर्गा पौडेलको जग्गामा परेको छ भने माथिल्लो सार्वजनिक जग्गामा । माथिल्लोभन्दा मास्तिर अर्को सानो ढ्यांग्रो आकारको ढुंगा पनि थियो । केही समय अघिसम्म सन्धिस्थल हेर्न स्थानीय बासिन्दा आउने गरेका थिए । ढ्यांग्रो भएको ढुंगा फालिदिएपछि कसैले चासो नदिएको पौडेलले बताए ।
सम्बन्धित निकायले चासो नलिएपछि उक्त स्थल गन्तव्य बन्न नसकेको विश्वहिन्दु महासंघ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । सन्धिस्थललाई व्यवस्थित गर्नसके स्वदेशी र विदेशी पर्यटकीय आकर्षणको केन्द्र बन्ने उनले बताए । ऐतिहासिक धरोहर जोगाउन सरकारी निकायले विशेष चासो दिनुपर्ने स्थानीय कृष्णप्रसाद रिजालले बताए ।
तिब्बतको आफ्नो मुद्रा नभएर नेपालबाट टकमारी गरेर लाने चलन थियो । उक्त मुद्रामा शुद्ध चाँदी नभएपछि तिब्बतसँग खटपट हुँदै दुई देशबीच युद्ध भयो । विसं १८४४ मा तिब्बतका काजी स्यामर्पा लामा त्यहाँ भएको खटपटका कारण शरण लिन नेपाल आए ।
उनलाई तिब्बत फिर्ता गर्नुपर्ने र मुद्राको विषय सुल्झाउनुपर्ने विवाद बढ्दै गयो । विसं १८४६ मा तिब्बतसँग गरिएको भोटको सन्धिले ५० हजार एक रुपैयाँ नेपाललाई बुझाउनुपर्नेमा दोस्रो वर्ष नबुझाई तिब्बतले सन्धि भंग गर्यो । त्यसपछि नेपालसँग युद्ध गर्न चीनको सहयोग माग्यो । विसं १८४९ असार १० मा टुंवाङको नेतृत्वमा आएको चिनियाँ सेना र नेपाली सेनाबीच रसुवाको धैबुङ तथा नुवाकोटका गेर्खु, चोकदे र दुधेलामाको डाँडामा युद्ध भएको इतिहासमा उल्लेख रहेको रिजालले बताए ।