Sunday, November 25, 2012

नेपाल बुझेका जोशी 'र' प्रमुखमा नियुक्त


नयाँदिल्ली, मंसिर / बाह्‍य मामिला हेर्ने भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस् विंग 'र' को नयाँ प्रमुखमा नेपालमा समेत काम गरिसकेका आलोक जोशी चयन भएका छन् । हालका प्रमुख सञ्जीव त्रिपाठीको पदावधि डिसेम्बर ३० मा सकिने भएकाले जोशीले त्यसपछि कार्यभार सम्हाल्नेछन् । जोशी 'र' का स्पेशल सेक्रेटरी हुन् ।  
सन् १९७६ मा हरियाणा राज्यको प्रहरी सेवाबाट जागिरे यात्रा प्रारम्भ गरेका जोशी संविधानसभा निर्वाचन जस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमका बेला नेपालमा 'र'को स्टेशन प्रमुख थिए । उनी २०६६ को मध्यसम्म काठमाडौंमा कार्यरत थिए ।
नेपालमा राष्ट्रपतिको निर्वाचन, सेनापति प्रकरण, संविधानसभाको समायावधि सकिनेजस्ता महत्वपूर्ण घटनाक्रम विकसित भएका उनी काठमाडौं गएका थिए । 'र'को प्रमुखका लागि जोशीसंगै दौडमा रहेका अमिताभ माथुरलाई भने एभियसन रिसर्च सेन्टरमा लगिएको छ । माथुरले १२ बुँदे समझदारीको बेला तत्कालीन 'र' का प्रमुख पिके हर्मिजको प्रतिनिधिका रुपमा नयाँदिल्लीमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हर्मिज पनि 'र' का लागि नेपाल मिसन प्रमुख रहिसकेका छन् । यसैबीच घरेलु मामिला हेर्ने अर्को गुप्तचर निकाय इन्टेलीजेन्स् ब्युरो 'आइबी'को नयाँ प्रमुखका रुपमा सइद आसिफ इब्राहिम चयन भएका छन् ।
(By: ekantipur.com)

राष्ट्रपतिको कदमविरुद्ध एमाओवादीका भ्रातृ संगठनले विरोध प्रदर्शन गर्ने


काठमाण्डौ, मंसिर । राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र सहमतिको प्रधानमन्त्री सिफारिस गर्न दलहरुलाई गरेको आहृवान असंवैधानिक भएको भन्दै सत्तारुढ एकीकृत माओवादीका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । माउँ पार्टीले नै राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेपछि उसका भ्रातृ संगठनहरुले आइतवार दिउँसो २ बजे राजधानीमा राष्ट्रपतिको कदमविरुद्ध शान्तिबाटिकाबाट विरोध प्रदर्शन गर्न लागेको अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले जानकारी दिनुभयो ।
विरोध प्रदर्शनमा एमाओवादीका सम्पूर्ण भ्रातृ संगठनको सहभागी हुने शर्माले वताउनुभयो । सत्तारुढ एकीकृत माओवादीले राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गर्दै भण्डाफोर गर्ने निर्णय गरे लगत्तै एमाओवादीका भ्रातृ संगठनहरु आन्दोलित हुन लागेका हुन् ।

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद


हेटौँडा, मंसिर । मकवानपुर प्रहरीले जङ्गलमा लुकाइराखिएको अवस्थामा छ सय केजीभन्दा बढी विभिन्न लागुपदार्थ बरामद गरेको छ । प्रहरीको गस्ती टोलीले मकवानपुरको उत्तरी भेगमा पर्ने पलाँसे गाविस-६,स्थित घुम्ती जङ्गलमा लुकाइराखिएको अवस्थामा उक्त परिणामको लागुपदार्थ बरामद गरेको हो ।
अवैध गाँजा २५४ केजी, प्याकिङ गरिएको चरेस ४६ केजी र चरेस बनाउन तयार गरिएको गाँजाको धुलो ३३२ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त गाँजा मनहरिबाट दक्षिण क्षेत्रमा पर्ने पर्सा जिल्लाको सिमाना हुँदै रक्सौल लैजाने उद्देश्यले ल्याई राखिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

राष्ट्रपतिको आहृवान नमान्ने मन्त्रिपरिषद्को निर्णय (पूर्णपाठसहित)


शीतलनिवास सिंहदरबारवीच द्वैधसत्ताको स्थिति

काठमाडौं, मंसिर । ७ दिनभित्र सहमतिको प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपतिले गरेको आहृवानलाई सरकारले असंवैधानिक ठहर गर्दै यसलाई नमान्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिको पत्र अन्तरिम संविधानको मर्म र भावना विपरीत भएको औपचारिक प्रस्ताव नै पारित गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले राष्ट्रपति डा. रामवरणा यादवलार्इ भेटेर मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै हुनुहुन्छ ।
मन्त्रिपरिषद्ले औपचारिक प्रस्तावद्वारा राष्ट्रपतिको आह्वानलाई अटेर गर्नुले सात दिनपछि पनि सिंहदरबार नछाड्ने प्रष्ट संकेत दिएको छ । राष्ट्रप्रमुखको सार्वजनिक आह्वानलाई यसरी क्याबिनेट बैठकले औपचारिकरुपमै अटेर गरेको नेपालको इतिहासमै दुर्लभ घटना हो । सरकारको यस्तो निर्णयसँगै अब शीतलनिवास र सिंहदरवारबीचको दुरी झन् बढ्ने विश्लेषकहरु बताउँछन् । राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार ७ दिनभित्र सहमतिको प्रधानमन्त्री सिफारिस गर्न दलहरुलाई औपचारिक आहृवान गर्नुभएको थियो ।
मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ३८ को उपधारा ९ बमोजिम संसद सदस्य नरहेकाले प्रधानमनत्री पदमुक्त भएको भन्ने राष्ट्रपति कार्यालयबाट जारी भएको जेठ १६ गतेको विज्ञप्तिसमेत संविधानको भावना विपरीत भएको ठहर गरेको छ । हाल संसद नरहेको अवस्थामा मंसिर ८ गते पुनः प्रधानमनन्त्री आहृवान गर्नु संविधानतः विरोधाभाषपूर्ण भएको सरकारको ठहर छ ।
संविधानको धारा ३७ को उपधारा १ मा कार्यकारी अधिकार संविधान र अन्य कानुनबमोजिम मन्त्रिपरिषद्मा निहित हुनेछ भन्ने व्यवस्था भएको, सर्वोच्च अदालतले कार्यकारी अधिकार मन्त्रिपरिषद्मा हुने र राष्ट्रपतिबाट प्रयोग हुने अधिकार निरपेक्ष नभई अन्य निकाय वा पदाधिकारीबाट भएको निर्णयको आधारमा त्यसकेा अन्तिम उद्घोषण गर्नेसम्ममा सीमित रहेको देखिने भन्ने सिद्धान्त प्रतिपादन भएको र संविधानको धारा ३६ क लाई कार्यकारिणी अधिकारको रुपमा राष्ट्रपतिले प्रयोग गर्न सक्ने नदेखिएको पारित निर्णयमा उल्लेख छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ- ‘नेपालको अन्तरिम संविधान २०६३ ले सम्माननीय राष्ट्रपतिलाई स्वविवेकले आदेश जारी गर्ने वा कसैलानई कानुनी हैसियत दिने वा कानुन हैसियतबाट हटाउने अधिकार दिएको नदेखिएको ।’ संविधानको धारा ३८ को उपधारा १ को प्रावधान संसद कायम रहेको अवस्थामा संसदद्धारा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि भएको भन्दै सरकारले अहिले उक्त व्यवस्था प्रयोग हुन नसक्ने बताएको छ ।
सरकारले गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भई कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले गर्ने सिफारिस राष्ट्रपतिका स्वीकृति भएपछि मात्र गतिरोध अन्त्य हुने सक्ने बताएको छ । चार घण्टा लामो बैठकपछि क्याबिनेटले गरेको यस्तो निर्णयपछि बाबुारम नेतृत्वको सरकारले सिंहदरबार नछाड्ने र शीतलनिवाससित द्वैधसत्ताको स्थिति सिर्जना हुनसक्ने संकेत देखिएको छ ।
यस्तो छ मन्त्रिपरिषदको निर्णय
राष्ट्रपतिको कार्यालयको प.सं. स.०६९/७०, च.नं.३७, मिति २०६९।०८।०८ को पत्रबाट “सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले संवत् २०६५ साल जेठ १५ गतेदेखि प्रारम्भ भएको संविधानसभाको कार्यकाल २०६९ जेठ १४ गतेपश्चात समाप्त भई व्यवस्थापिका-संसद समेत नरहेको अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा -९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गरिरहने व्यहोरा समेत मिति २०६९।०२।१६ मा जानकारी गराइएको र मुलुकमा विद्यमान राजनीतिक एवम् संवैधानिक गतिरोधको अन्त्य गर्दै जनताको चाहना बमोजिम संविधानसभाद्वारा नयाँ संविधान निर्माण गरी निकास दिने सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको आदेशसमेतलाई ध्यानमा राखी सरकार, राजनीतिक दलका नेता, तथा प्रतिनिधिहरूसँग सामूहिक एवम् व्यक्तिगत रुपमा पटक पटक छलफल गर्दा पनि संविधानसभाको अवसान भएदेखि हालसम्म राजनीतिक सहमतिको निरन्तर प्रयास रहे तापनि राजनीतिक सहमति कायम भई राजनीतिक एवम् संवैधानिक निकास निस्कन र प्रधानमन्त्रीको चयन हुन नसकेकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क. को संवैधानिक प्रावधानबमोजिमको कर्तव्य समेत बोध गर्दै नेपालको अन्तरिम संविधान, २०६३ को मर्मलाई दृष्टिगत गरी धारा ३८ को उपधारा-१) बमोजिम संवत् २०६९ साल मंसिर १४ गते विहिबारका दिन दिनको १६ः०० बजेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनको लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न’ राजनीतिक दलहरूलाई आव्हान गर्नुभएको व्यहोरा अनुरोध गर्दछु” भनी नेपाल सरकारका मुख्य सचिवलाई लेखिआएको पत्रको व्यहोरा आजको मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिवबाट पेश हुँदा देहायबमोजिम गर्नेः
१. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३७ को उपधारा -१) मा नेपालको कार्यकारिणी अधिकार यो संविधान र अन्य कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित हुनेछ भन्ने व्यवस्था भएको,
२. सम्माननीय राष्ट्रपतिको अधिकारक्षेत्रको सन्दर्भमा सम्मानित सर्वाेच्च अदालतबाट मिति २०६७।६।१४ मा संवत् २०६६ सालको ध्ँ ०००८ को श्रीकृष्ण सुवेदी बिरुद्ध सम्माननीय राष्ट्रपति डा.रामवरण यादव समेत भएको उत्प्रेषणको रिटमा ‘नेपालको कार्यकारिणी अधिकार संविधान र अन्य कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित हुने र राष्ट्रपतिबाट प्रयोग हुने अधिकार निरपेक्ष नभई अन्य निकाय वा पदाधिकारीबाट भएको निर्णयको आधारमा त्यसको अन्तिम उद्घोषण गर्ने सम्ममा सीमित रहेको देखिने भन्ने सिद्धान्त प्रतिपादन भएको,
३. नेपालको लामो लोकतान्त्रिक संघर्षको अनुभवको आधारमा वर्तमान संविधानमा संवैधानिक राष्ट्रपतिको व्यवस्था गरिएको हुँदा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६.क. लाई कार्यकारिणी अधिकारको रुपमा सम्माननीय राष्ट्रपतिले प्रयोग गर्न सक्ने नदेखिएको,
४. नेपालको अन्तरिम संविधान, २०६३ ले सम्माननीय राष्ट्रपतिलाई स्वविवेकले आदेश जारी गर्ने वा कसैलाई कानूनी हैसियत दिने वा कानूनी हैसियतबाट हटाउने अधिकार दिएको नदेखिएको,
५. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा -१) को प्रावधान व्यवस्थापिका-संसद कायम रहँदाको अवस्थामा व्यवस्थापिका-संसदद्वारा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनको लागि भएकोले यथास्थितिमा सो धारा प्रयोग हुन नसक्ने,
६. वर्तमान सरकार व्यवस्थापिका-संसदबाट निर्वाचित सरकारको निरन्तरता भएको हुँदा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा -९) बमोजिम व्यवस्थापिका-संसदको सदस्य नरहेकोले प्रधानमन्त्री पदमुक्त भएको भन्ने राष्ट्रपति कार्यालयबाट जारी भएको मिति २०६९।२।१६ को विज्ञप्ति समेत नेपालको अन्तरिम संविधान, २०६३ को भावना विपरीत रहेको । व्यवस्थापिका-संसद नरहेको अवस्थामा मिति २०६९।८।८ मा पुनः प्रधानमन्त्रीको सिफारिस गर्न आव्हान गर्नु संविधानतः विरोधाभाषपूर्ण रहेको,
७. राजनीतिक दलहरू बीच सहमति कायम गरी सो सहमतिलाई मन्त्रिपरिषद्बाट हुने सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र वर्तमान गतिरोधको अन्त्य गर्न सकिने,
८. मिति २०६९।८।७ मा बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक निकासका लागि राजनीतिक दलहरूलाई सम्माननीय प्रधानमन्त्रीले गरेको आव्हानलाई पारित गरी सोको जानकारी सम्माननीय राष्ट्रपतिलाई गराइसकिएको र वर्तमान गतिरोधको अन्त्य गर्न सरकार जुनसुकै लचकता अपनाउन र त्याग गर्न तयार रहेको,
तसर्थ, राष्ट्रपतिको कार्यालयको मिति २०६९।८।८ को उपर्युक्त पत्र नेपालको अन्तरिम संविधान, २०६३ को भावना र मर्म विपरीत रहेको ठहर गर्दै उपर्युक्त व्यहोरा सम्माननीय राष्ट्रपतिलाई राष्ट्रपति कार्यालयमार्फत जानकारी गराउने ।

Friday, November 23, 2012

अन्तरिम संविधानसित बाझियो राष्ट्रपतिको आह्वान


राष्ट्रपतिले नयाँ प्रधानमन्त्री गठनका लागि गरेको आह्वान नेपालको अन्तरिम संविधानसित बाझिएको छ । अन्तरिम संविधानमा प्रधानमन्त्री हुनका लागि व्यवस्थापिका संसद्को सदस्य हुनैपर्ने अनिवार्य प्रावधान रहेको छ । गत जेठ १४ मा संविधानसभा विघटन भएपछि देशमा कोही व्यक्ति पनि प्रधानमन्त्री हुनका लागि योग्य छैनन् । संसद् सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री पदबाट स्वतः मुक्त हुने व्यवस्था अन्तरिम संविधानले गरेको छ ।
अन्तरिम संविधानको धारा ३८ (१) मा ‘मन्त्रिपरिषद्को गठन’ शीर्षकमा भनिएको छ, ‘राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने छ ।’ त्यस्तै, सोही धाराको उपधारा (२) मा भनिएको छ-’उपधारा (१) बमोजिम सहमति हुन नसकेमा व्यवस्थापिका-संसद्को तत्काल कायम रहेको सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ ।’
धारा ३८ को उपधारा (७) मा प्रधानमन्त्री पदमुक्त हुने ४ वटा अवस्थाहरु उल्लेख गरिएका छन्, जसअनुसार राष्ट्रपतिसमक्ष राजीनामा दिएमा, अविश्वासको प्रस्ताव पारित भएमा, व्यवस्थापिका संसद्को सदस्य नरहेमा वा मृत्यु भएमा प्रधानमन्त्री आफ्नो पदबाट स्वतः मुक्त हुन्छन् । अन्तरिम संविधानले यसरी संसद् बाहिरबाट प्रधानमन्त्रीको परिकल्पनै नगरेको अवस्थामा राष्ट्रपतिले संविधानको कुन प्रावधानमा टेकेर प्रधानमन्त्री नियुक्त गर्ने भन्ने संवैधानिक प्रश्न उब्जेको छ । धारा ३८ को उपधारा (५) मा मन्त्रीसमेत व्यवस्थापिका संसद्को सदस्यमध्येबाट हुनुपर्ने अनिवार्य व्यवस्था छ । तर, यो व्यवस्थालाई काट्दै धारा ४० मा संसद् सदस्य नरहेको व्यक्तिलाई प्रधानमन्त्रीले उपप्रधानमन्त्री वा मन्त्री नियुक्त गर्न पाउने परस्पर विरोधी व्यवस्था गरिएको छ । यही धारामा टेकेर संसद्बाहिरबाट मन्त्री बनाउने परम्परा बाबुरामअघिका प्रधानमन्त्रीहरुले बसाएका थिए ।
राष्ट्रपतिको आह्वानअनुसार तोकिएको मितिमा प्रधानमन्त्रीको नाममा सहमति भएन भने राष्ट्रपतिले ३८ (२) अनुसार बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न संसदलाई निर्देशन दिनुपर्ने हुन्छ । बहुमतका आधारमा प्रधानमन्त्री छान्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन ।
‘बाधा अड्काऊ’ को विशेष व्यवस्था
अन्तरिम संविधानसभा नलेखिएको तर मुलुकलाई निकास दिनका लागि नगरी नहुने कार्य गर्नका लागि अन्तरिम संविधानको धारा १५८ ले राष्ट्रपतिलाई ‘बाधा अड्काऊ’ फुकाउने अधिकार प्रदान गरेको छ । तर, बाधा अड्काऊ फुकाउने यो अधिकार राष्ट्रपतिले एक्लै गर्न सक्दैनन् । बाधा अड्काऊबारे धारा १५८ मा यस्तो लेखिएको छ-’यो संविधानको कार्यान्वयन गर्न कुने बाधा अड्काऊ परेमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आदेश जारी गर्न सक्नेछन् ।’ तर, यही धारामा यस्तो पनि भनिएको छ,’यस्तो आदेश व्यवस्थापिका संसद्बाट एक महिनाभित्र अनुमोदन गराउनुपर्ने छ ।’
धारा १५८ को प्रावधानलाई हेर्दा राष्ट्रपतिले संसद् रहेको वा नरहेको अवस्थामा बाधा अड्काऊ फुकाउने धाराको प्रयोग प्रधानमन्त्रीको सिफारिसविना एक्लैले गर्न सक्दैनन् ।
(अनलाइनखबर विश्लेषण, By: onlinekhabar.com)

राष्ट्रपतिद्वारा नेपालको नयाँ ज्ञानेन्द्र बन्ने दुस्प्रयास


काठमाडौ, मंसिर ८ - राष्ट्रपति रामवरण यादवले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि सात दिनको समय दिएर आह्‍वान गरेका छन् ।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८(१) अनुसार सहमतीय सरकारका लागि आह्वान गरेका हुन् । बारम्बार सहमतिको लागि माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बोलाएर राष्ट्रिय सहमतिका लागि आग्रह गर्दै आएका राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार लागि संविधान अनुसार औपचारिक आह्वान गरेका हुन् ।
संविधान अनुसार राष्ट्रपतिले सहमतीय सरकारको लागि आह्वान गर्ने र त्यसले सरकार बनाउन नसकेमा संसदलाई बहुमतीय आधारमा सरकार चयनको लागि लेखी पठाउने अभ्यास छ । अन्तरिम संविधानमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । गणतन्त्र कार्यान्वयन यता राष्ट्रपतिले दलहरुलाई यस्तो आहृवान गर्दै आएका छन् ।
हाल संसद नभएको अवस्थामा राष्ट्रपतिको आह्वानमा पनि राष्ट्रिय सहमतिको सरकार गठन नभएमा त्यसपछिको कदमका बारेमा भने अन्योल कायमै रहनेछ ।
जेठ १४ गते संविधानसभाको विघटनपछि राष्ट्रपतिले जेठ १६ गते बिज्ञप्ती जारी गरी सरकार कामचलाउ अवस्थामा रहेको उल्लेख गरेका थिए ।
साथै यसअघिको बैठकहरुमा राष्ट्रपतिले सरकारले मंसिर ७ गते संविधानसभाको पुननिर्वाचन घोषणा गरेको भएपनि त्यो हुन नसकेको भन्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि आफुले कदम चाल्ने संकेत दिएका थिए ।
सरकारले भने बैशाख मसान्तसम्ममा संविधानसभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
यथास्थितिवादी, प्रतिक्रियावादी, दक्षिणपन्थी, राष्ट्रघाती कांग्रेस–एमाले कुनै पनि हालतमा सहमतीको राजनीति चाहँदैनन् । उनीहरु जसरी हुन्छ अहिलेको वर्तमान सरकारलाई गिराएर आफुले सत्ता हत्याउने कोशिशमा छन् । न संविधानसभा, न संसद, न सांसद, न सभासद, यस्तो अवस्थामा यदी उनीहरुले सत्ता पाए भने देशमा न त चुनाव नै हुन्छ, न संविधान नै बन्छ । माकुनेको सरकारको पालामा नै देखाइसकेको निरंकुशता त्यो भन्दा बढी निरंकुश हुनेछ उनीहरुको सरकार । माकुनेको सरकारको पालामा त सभासदहरु थिए र उनीहरुको बहुमतले सरकार ढालिएको थियो, तर यदी अब उनीहरुको हातमा सत्ता सुम्पिने हो भने न त सभासद, न संसद अनी कसले ढाल्ने उनीहरुको निरंकुश सरकार ?
रामवरण यादव को हो ? उसको हैसियत के हो भन्ने कुरा त अन्तरिम संविधानमा प्रष्टै उल्लेख गरिएको छ । उसले आह्वान ग¥यो वा आदेश दियो भन्दैमा राष्ट्रघाती पाराले सहमती हुनैसक्दैन र गर्नु पनि हुन्न, कसैको तागत छैन, कसैको हैसियत र अधिकार छैन तँ सरकारबाट हट भन्न वा आफुखुशी सरकार चयन गर्न र अन्तरिम संविधानले पनि राष्ट्रपतिलाई यो अधिकार दिएको छैन । फेरी राष्ट्रपतिले किन असंवैधानिक कदम चाल्न खोज्दैछन् । यदी यस पटक पनि राष्ट्रपतिले असंवैधानिक कदम चाल्न खोज्यो भने निराश भएर प्रधानमन्त्रीले राजिनामा दिने होइन, बरु संसदको बहुमतले पारित गरेर राष्ट्रपतिलाई नै पदबाट बर्खास्त गर्नुपर्छ । राष्ट्रपति भनेको राजा होइन, शताब्दीयौँदेखि एकलौटी शासन गर्दै आएका राजतन्त्रलाई त निर्मूल पारियो भने राष्ट्रपति फेरी अर्को राजा, अर्को ज्ञानेन्द्र बन्ने दुस्साहस नगरे हुन्छ ।

Thursday, November 22, 2012

यस्तो रहेछ प्रचण्ड माथिको आक्रमण योजना

तीन ठाउँबाट आक्रमण योजना


काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको ज्यान लिन शक्तिशाली गिरोहहरु सक्रिय रहेको खुलासा भएको छ । प्रचण्डलाई ‘समाप्त पार्न’ भित्रभित्रै परिवर्तन विरोधीहरुले योजना बनाइरहेको खुलासा भएको हो ।
शुक्रबार प्रकाशित चर्चित राष्ट्रिय साप्ताहिक जनआह्वानले महिनौदेखि प्रचण्डको ज्यान नै लिने गरि तीन गिरोह तीन ठाउँबाट परिचालित भएको दाबी गरेको छ । पार्टीले मंसिर १ गते राजधानीमा आयोजना गरेको चियापान समाहरोहमा उनीमाथि बाग्लुङका पदम कुँवरले हातपात गरेको घटना सेलाउन नपाउँदै सो खुलासा भएको हो । पत्रिकाले घटना समान्य हो वा त्यसका पछि कुनै शक्तिशाली गिरोह नै संलग्न छ भन्ने तथ्य सरकारले अझै बाहिर नल्याएपनि प्रचण्डलाई कमजोर बनाउन परिवर्तनका विराधीहरु लागेको आशंका व्यक्त गरेको छ ।
प्रचण्डमाथि हमला गर्न खडा गरिएका गिरोहहरुलाई पोखरा, चितवन, नारायणघाट र काठमाडौंमा परिचालन गरिएको उच्च स्रोतलाई उदृत गर्दै पत्रिकाले खबर छापेको छ । पार्टीको काममा र बिदा मनाउन प्रचण्ड पोखरा बारम्बार आउजाउ गर्ने भएका कारण गिरोहहरुको पोखरामा केन्द्रित रहेको छ । त्यसैगरी आफ्नो गृह नगर पनि रहेका कारण प्रचण्ड चितवन जाने भएकाले गिरोह त्यहाँ पनि सक्रिय रहेको छ । यता दैनिक काम बढि काठमाडौमा हुने भएकाले त्यो गिरोह यहाँ पनि सक्रिय रहेको पत्रिकाले उल्लेख गरेको छ । गिरोहमा परिवर्तन देख्न नचाहने विशेष गरी पूर्व राजावादीहरु, गणतन्त्र विरोधीहरु, संघियता विरोधीहरु, धर्म निरपेक्षताका विराधीहरु र जनयुद्धका दौरानमा सुराकी गर्ने र माओवादी आन्दोलन नै छाडेर भागेका आत्मसमर्पणकारीहरु रहेको दाबी गरिएको छ ।
प्रचण्डलाई मार्न पटक–पटक प्रयास भएपनि सो सफल हुन सकेको छैन । संविधानसभाको निर्वाचनको बेला गिरोहहरुको योजनामा पूर्वञ्चलको एक चुनावी जनसभामा गोली हान्न तयार भएर बसेको एक भूतपूर्व प्रहरीलाई तत्कालै सभाबाट पेस्तोलसहित पक्राउ गरिएको थियो । त्यसलगत्तै प्रधानमन्त्री रहेका गिरीजाप्रसाद कोइरालाले प्रचण्डमाथि ठुलो सुरक्षा खतरा रहेको र सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई विशेष निर्देशन दिएका थिए भन्दै पत्रिकाले खबर छापेको छ ।
(By: http://www.onlinegreatway.com)