Friday, November 16, 2012

बढि मोटाएर चिन्तामा हुनुहुन्छ ? खानुस् यी ७ खानेकुरा


के तपाइँलाई सरीरको वजन धेरै भएर वा धेरै मोटाएर चिन्ता लागेको छ ? कसरी वजन घटाउने होला भन्ने सोँचमा हुनुहुन्छ ? वजन घटाउन व्यायाम अर्थात् डाइटिङको तयारीमा हुनुहुन्छ ? यदि हो भने अब तपाइँले धेरै संघर्ष गरिरहनु परेन ।
तपाइँले वजन घटाउन उपवास बस्नु वा डाइटिङ गर्नु आवश्यक छैन । तपाइँले हल्का व्यायाम सँगै सन्तुलित भोजनमा ध्यान दिएमा तपाइँको तौल नियन्त्रण हुन्छ । वजन घटाउन यी खानेकुरा सहयोगी हुन्छन् :
१. च्याउ : च्याउका विभिन्न परिकारको नियमति सेवनले सरीरमा प्रोटिन लगायतका पौष्टिक तत्वको आपूर्ति त गर्छ नै तपाइँको वजन नियन्त्रणमा पनि सघाउ पूराउँछ ।
२. अण्डा : मोटाएर चिन्तामा हुनुहुन्छ र तौल घटाउन चाहनुहुन्छ भने बिहान खाजाको रुपमा अण्डा खानुहोस् । यसले तपाइँको क्यालोरी आवश्यकता पूरा गर्ने मात्र होइन तपाइँको भोक समेत कम गर्नेछ ।
३. स्याउ : स्याउमा क्यालोरीका साथै प्रसस्तै फाइबर समेत हुने भएकाले यसले वजन नियन्त्रणमा सहयोग गर्छ ।
४. तरकारीको सुप : खानासँगै प्रसस्तै तरकारीको झोल खाएमा त्यसले तपाइँले खाने खानाको मात्रा घटाउँछ र वजन नियन्त्रणमा सहयोग पूराउँछ ।
५.जौँ तथा फापरका परिकार खाने गर्नाले पनि वजन नियन्त्रणमा सघाउ पूराउँछ । यसमा हुने कार्बोहाइड्रेटको दहनमा लामो समय लाग्ने भएकाले त्यसबेला सम्म उर्जा उत्पन्न गर्नका लागि सरीरको बोसो उपयोग हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ ।
६. खाना सँगै रातो पिरो खुर्सानी खाने गर्नाले समेत भोजनको मात्रा घट्छ र वजन घटाउन सहयोग पुग्छ ।
७. बदाम : थोरै परिमाणमा पनि पर्याप्त क्यालोरी प्रदान गर्न तथा भोक घटाउन बदाम उपयोगी हुन्छ, जसले वजन नियन्त्रणमा प्रत्यक्ष सघाउ पूराउँछ ।

२० राज्यलाई अमेरिकाबाट अलग गर्न माग गर्दै ह्वाइट हाउसमा निबेदन


अमेरिकी राष्ट्रपति बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनका समर्थकहरुले धुमधामसँग खुसी मनाए । पराजित उम्मेबार मिट रोम्नीका समर्थक भने निरास देखिए ।
निर्वाचनमा हार-जित हुनु स्वभाविक नै हो । तर, ओबामाको जितपछि निराश भएका १ लाख भन्दा बढी अमेरिकीले छुट्टै देशको माग गरेका छन् ।
अमेरिकाबाट आफ्नो राज्यलाई अलग गर्न माग गर्दै करिव २० वटा राज्यका मानिसले ह्वाइट हाउसमा निबेदन दिएको बीबीसीले जनाएको छ । निवेदनमा रिपब्लिकन उम्मेदबार रोम्नीलाई समर्थन गरिएको छ । अमेरिकाको संविधानमा राज्य देशबाट अलग हुने सक्ने व्यवस्था छैन ।
तर उनीहरुले अमेरिका बेलायतबाट स्वतन्त्रता हुँदाको घोषणापत्रको एक लाइन उल्लेख गर्दै आफुहरु स्वतन्त्र हुन पाउनुपर्ने जिकिर गरेका छन् । सोमबार रातिसम्म निवेदनबारे हृवाइट हाउसले केही जवाफ दिएको छैन ।

अध्यारोमा पनि मानिसले देख्न सक्छ !


मानिसको यस्तो प्रजाति होस्, जो विना थकाबट काम गर्न सकोस् र साना या ठूला हरेक कुरा याद गर्न सकोस् । यो विज्ञासनको फिक्शन जस्तो लाग्छ । तर, यो सम्भव भएको विशेषज्ञहरु बताउँछन् । मानवीय क्षमतमा भइरहेको तिब्र अनुसन्धानले छिट्टै यसलाई साकार बनाउने भन्दै विशेषज्ञहरुले त्यसका लागि तयार रहनु पर्ने बताएका छन् ।
यद्यपी अहिल्यै पनि सम्झनाशक्ति कम भएका र अति सक्रिय बच्चाका लागि बजारमा विभिन्न औषधी छन्, जसले मानसिक कमजोरी हटाउने छ । अबको १५ वर्षभित्रमा नै मानव जीवनको सबै अनुभव रेकर्ड गर्ने र बर्सनासाथ हेर्न सक्ने सानो उपकरण बन्ने बैज्ञानिकहरुको अनुमान छ ।
अध्यारोमा पनि देखिन्छ
विशेषज्ञहरुका अनुसार मेशीनीकृत अंक र इन्जिजियरिङमा भएको प्रगतिले मानिसले अध्यारोमा पनि देख्न सक्छन् । तर, यस प्रगतिको ठूलो मूख्य चुकाउनु पर्ने उनीहरुले चेतावनी दिएका छन् । द एकेडेमी अफ मेडिकल साइन्स, द ब्रिटिस एकेडेमी, द रोयल एकेडेमी अफ इन्जिनियरिङ र द रोयल सोसाइटीमा कार्यरत बैज्ञानिकहरुका अनुसार प्रविधिको विकासले मानिसको प्रदर्शन र सहायता एजेन्सीमा सुधार त हुनेछ तर, यसको प्रयोगले गम्भीर नैतिक, दार्शनिक, नियमक र आर्तिक मुद्धा चर्किनेछ ।
चार संस्थाले तयार पारेको साझा रिपोर्टमा प्रविधिको विकासले हुनसक्ने सम्भावित क्षतीबारे तत्काल बहस थाल्न सचेत गराइएको छ । स्थायी समितिका अध्यक्ष नेजीवर रिचर्डसले भनेका छन्-’विभिन्न प्रविधिको विकास हुँदैछ र केही विषयमा प्रयोग पनि भइरहेको छ । यस्तोमा हाम्रो काम गर्ने तरिकामा परि परिर्वतन हुनसक्छ, जुन राम्रो वा नराम्रो जे पनि हुनसक्छ ।’
परीक्षाको समयमा मस्तिकको क्षमता बृद्धिका लागि विद्यार्थीहरुले स्मार्ट पिलको प्रयोग गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !


नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधासम्पन्न हवेलीको बास, सुबिधासम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन- गरिव मुलुकका ठाँटिला नेताहरु भनेर ।
तर दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले गान्धीको भन्दा पनि सादगी जीवनशैली अपनाएर सन्सारका नेताहरुलाई चुनौती दिएका छन् । सन् २०१० मार्चबाट उरग्वेका राष्ट्रपति रहेका यी ७७ बर्षे बुढा राजधानीको छेउमा श्रीमतिको सामान्य कृषि फार्ममा बस्छन र तलववापत आउने अधिकांश रकम गरिवका लागि दान दिन्छन् ।
सरकारले दिएको सुबिधासम्पन्न आवास र गाडी त्यागेर श्रीमतिको फार्महाउसमा बस्न थालेका यी बुढाले सागदी जीवनशैली अपनाएर बिश्वका नेताहरुलाई चुनौती दिएका छन भने सवैभन्दा गरिव राष्ट्रपतिको पहिचान पनि बनाएका छन् ।

श्रीमतिको फार्महाउसमा बसिरहेका उनलाई केवल तीन जना पुलिस र दुई कुकुरले सुरक्षा दिन्छन् । त्यसमध्ये एक कुकुर तीनवटा खुट्टा भएको अर्थात अपाङ्ग छ । आफुले पाउने १२ हजार अमेरिकी डलर तलवमध्ये ९० प्रतिशत दान दिने मुजिकाले श्रीमतिसँगै मिलेर फार्महाउसमा आफै काम गर्छन् ।
सन् १९६० र ७० को दशकमा कम्युनिष्ट बिद्रोही संगठनको नेतृत्व गरेका यी नेताले ६ पटक गोली खाएका छन भने करिव १४ बर्ष जेल जीवन बिताएका छन् । आफ्नो फूल खेतनिर पुरानो कुर्सीमा बसेका राष्ट्रपति मुजिकाले बीबीसीसँग भने-’मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ, मसँग जे जति त्यसैबाट राम्रो तरिकाले जीवन जिउन सक्छु ।’ जेलमा बस्दाका तीनै कठिन दिनले आफुलाई सादा जीवन जिउन सिकाएको उनले बताए ।
सन् २०१० मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसँग एक हजार ८ सय डलर पर्ने भक्सवागनको पुरानो गाडीमात्र थियो ।
‘मलाई कँगाल राष्ट्रपति भन्छन तर मलाई त्यस्तो लाग्दैन’ राष्ट्रपति महोदयले भने- गरिव त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन जहिले धेरैभन्दा धेरै कमाउन चाहान्छन ।’
(onlinekhabaar.com)


Sunday, March 28, 2010

चिट चोराउने बिषयमा झडप

सप्तरी, १५ चैत । एसएलसी परीक्षाको तेस्रो दिन आईतबार सप्तरीको भगवतपुर बडहरी केन्द्रमा चिट चोराउने समुहसाग प्रहरीको झडप भएको छ । परिक्षामा सहभागी विद्यार्थीहरुलाई जबरजस्ती चिट चोराउन उपस्थित भीडलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा २ प्रहरी र १ सर्वसाधारण घाइते भएका छन् ।

उत्तेजक भीडलाई नियन्त्रणमा लिन १ सेल अश्रुग्याास प्रहार गरिएको सप्तरीका प्रहरी उपरीक्षक शरद ओलीले जानकारी दिनुभयो । चिट चोराउने समुहलाई प्रहरीले अबरोध गरेपछि उनीहरु प्रहरीमाथि नै जाई लागेको बताइएको छ । यसैबीच जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

फत्तेपुर परीक्षा केन्द्रबाट सोनम चौधरीको नामबाट परीक्षामा सामेल भएका नक्कली परीक्षार्थी धीरेन्द्र यादव र ओद्राहा केन्द्रबाट श्याम चौधरीको सट्टामा सामेल भएका नक्कली परीक्षार्थी बालकृष्ण चौधरी पक्राउ परेका हुन् । जिल्लाभरीमा १५ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

धम्किपछी प्रमुखबाट राजिनामा

धनकुटा, १५ चैत । हतियारधारी समुहले ज्यान मार्ने धम्की दिएपछि धनकुटा बहुमुखि क्याम्पसका प्रमुख केशव पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । करिब १५ जनाको हतियारधारी समुहले पेस्तोल देखाउँदै शनिबार राजिनामा नदिए जिल्ला छोड्नु पर्ने धम्की दिएपछि आइतबार पोखरेलले राजिनामा दिनुभएको हो ।

पोखरेललाई हतियारधारी समूहले विगत एक हप्तादेखि टेलिफोनमार्फत राजिनामा दिन दवाव दिंदै आएको थियो । हतियारधारी समूहको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । धम्की आउन थालेपछि स्थानीय प्रशासनलाई जानकारी दिएपनि सुरक्षाको प्रत्याभुति नभएकोले बाध्य भएर राजिनामा दिएको क्याम्पस प्रमुख पोखरेलले बताउनु भयो ।

घटनाको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने सुरक्षाको  व्यवस्था मिलाउने भने पनि पोखरेलले अस्वीकार गरेको जानकारी दिनुभयो । करिब ६ महिना अघि क्याम्पस प्रमुखमा नियुक्त पाखरेलको राजिनामापछि नेतृत्वमा जानेबारे अन्योलता सृजना भएको छ । 

सरकार तत्काल विघटन हुनुपर्छः वैद्य


१५ चैत, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकार तत्काल विघटन हुनुपर्ने बताउनुभएको छ ।
वर्तमान सरकारबाट शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पनि पुग्न नसक्ने र तोकिएको समयमा नयाँ संंविधान पनि जारी नहुने भएकाले सरकार विघटन हुनुको विकल्पन नभएको बताउनुभयो ।
सेना समायोजन र अन्तरिम संविधानकाविरुद्ध वोल्दै हिँड्ने वर्तमान सरकारका मन्त्रीहरु नै शान्ती र संविधान विथोल्न लागिको परेको आरोप लगाउनुभयो ।
राजधानिको जनसंचार अभियानमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले माओवादी नेतृत्वको सहमतीय राष्ट्रिय सरकार नै वर्तमान गतिरोध अन्तयको उपयुक्त वाटो हुने ठहर गर्नुभयो ।
माओवादी अहिले पुर्ण रुपले नयाँ संविधान वनाउन लागिपरेको स्पस्ट पार्दै किरणले जेठ १४ गतेभित्र संविधान नवने जनताले स्वतः स्फुर्त रुपमा विद्रोह गर्ने वताउनुभयो । त्यसलाई माओवादीले साथ दिने स्पस्ट पार्दै उहाँले त्यो विद्रोह प्रकृती कस्तो हुन्छ भन्ने अहिलेनै निश्चित नभईसकेको वताउनुभयो ।
उच्च स्तरिय राजनैतिक संयन्त्रको नेतृत्व माओवादीले गर्नेमा अन्य दलहरुले विवाद गर्नु आवश्यक नभएको उपाध्यक्ष किरणको भनाई छ ।
सेना समायोजन पहिला गरेर अन्य दलहरुले संविधान नवनाउने माओवादी माथि दमनको रणनिति अपनाउने प्रतिगामी षडयन्त्रपनि स्पष्ट देखिन थालेकाले संविधान निमार्ण संगसंगै सेना समायोजन गर्ने माओवादीको आधिकारीक धारणा भएको उहाँले स्पस्ट पार्नुभयो ।