Friday, March 19, 2010

जर्मन प्राविधिक सहयोग नियोगका कर्मचारीको हत्या

रोल्पा, चैत्र ६ - जर्मन प्राविधिक सहयोग नियोगका एकजना कर्मचारी रहस्यमय ढंगले मृत्यु भएको छ । माओवादी गढ गाममा कामगर्ने सिलसिलामा गएका दलसिंह विकको हत्या वा स्वभाबिक मृत्यु के हो ? भन्ने सम्बन्धमा प्रहरीले समेत खोजि गरेको छैन ।

बिहीबार बेलुका स्थानीय भाजबीर घर्तीको घरमा बास बसेका विक भोलिपल्ट त्यही घरमा मृत फेला परेका हुन । उनी घर्तिको घरमा जिल्ला प्राविधिक कार्यालयका प्राविधिक करुण श्रेष्ठसँगै सुतेका थिए ।

विहान ४ बजे विकको मृत्यु भएको भनी सगै सुतेका करुण र घरबेटीले गाउमा खबर गरेका थिए । 'म शौचालय गएको बेला उनी मरिसकेका थिए ।' करुणले भने - 'शौचालयबाट आएको १५ मिनेटमा उनको मृत्यु भैसकेको थियो ।' १५ मिनेट भित्र कसरी र के कारणले मृत्यु भयो ? प्रहरीले अनुसन्धान नगरेको पारिबारीक स्रोतले बताएको छ ।

करुणले कुराकानी गर्दै सँगै सुतेको स्वीकार गरेका छन । विकको मृत्यु भएपछि प्रहरीले करुण र घरबेटी भाजबीर घर्तीलाई सोधपुछ जारी राखेको दावी गरेको छ । करुणलाई जिल्ला प्रहरीमा र भाजबीरलाई सुलिचौर प्रहरीमा सोधपुछ गरे पनि नियन्त्रणमा लिएको छैन । माघ १३ गते बिकको रहस्यमय मृत्यु भएको हो ।

'प्रहरीको अनुसन्धानबारे हामीलाई विश्वास लागेेको छैन ।' बिकको परिवारका एक सदस्यले भने- किटानी जाहेरी दिने तयारी गर्दा प्रहरीले निबेदन लिन अस्वीकार गर्दै प्रहरीले बेनामी उजूरी दिन प्रहरीले दवाव दिएको छ ।'

जिल्लाकै दुर्गम गाम गाविसमा विद्यालय निर्माण तथा घोेरेटो बाटो निर्माण योजनामा कार्यरत विकको मृत्युलाई परिवार तथा जीटीजेडले पनि रहस्यमय भनेका छन् । घटनाको देस्रो दिन जीटीजेडले जिल्ला प्रहरीमा सत्यतथ्य खोजी पाउ भनी उजूरी दिएको थियो । 'काम गर्दा गर्दै भएको यो घटना रहस्यमय छ ।' जीटीजेड रोल्पाकी कार्यक्रम संयोजक सम्झना शाहले भनिन् 'परिवार र हाम्रो संस्था मिलेर मृत्युको कारण खोजिरहेका छौं ।'

दक्षिणी रोल्पाको झेनाम- २ कोबाङ गाउ निबासी स्थित बिक दुई वर्ष देखि ओभरसिएर पदमा कार्यरत थिए । लामो समय सिविनमा समेत रेहका थिए । सिविनका कार्यक्रम संयोजक झक्कुप्रसाद आचार्य भन्छन्- 'अत्यन्तै सहयोगी उनको मृत्युले हामी दुःखी भएका छौं ।'

परिवारले बिकको सुनियोजित हत्या भएको बताएको छ । उनले तीन महिना अघि विवाह गरेका थिए । पत्नी कृष्णाले उक्त घटनालाई गम्भीर रुपमा छानबिन गर्नुपर्ने बताइन् । पतिको मृत्यु पछि गाममा पढाउदै आएकी उनी विद्यालय गएकी छैनन् । उजूरी लिएर अनुसन्धान गर्न प्रहरीले सहयोग नगरेको उनको आरोप छ । बिकको परिवार स्थानीय प्रशासन र प्रहरीसँग आक्रोशित छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलाले भने -घटना रहस्यमय भएपनि छानबिन भइरहेको बताए

घटना पछि जीटीजेडका राप्ती अंचल कार्यक्रम संयोजक सूर्य नेपालले प्रहरी र प्रशासनका प्रमुखलाई भेटेर निष्पक्ष छानबिनको माग गरेका छन । रहस्यमय मृत्युका बारेमा पोष्टमार्टम रिपोर्ट हेर्न खोजेको नदिएको शाहले बताए । पोष्टमार्टम प्रतिवेदनमा बिकको टाउकोमा गम्भीर प्रकारको घाउ देखिएको छ । असामान्य अवस्थामा उनको मृत्यु नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीय प्रशासनको पहलमा जिल्ला सर्वदलीय बैठकमा पनि उक्त घटनाको बारेमा छलफल भएको छन । तर पीडितले दलीय संयन्त्रले पनि घटना निष्पक्ष छानबिन गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

उक्त हत्याको घटान पछि विकास निर्माण सम्बन्धी कार्यक्रम लिएर गाउ गएका सरकरी तथा गैर सरकारी संस्थाका कर्मचारीहरुले सुरक्षाको माग गरेका छन् । उक्त घटनाका कारण त्यस वरपर तथा अन्य स्थानमा खटिएका बिकास कार्यक्रम संचालनमा बाधा सिर्जना भएको बताएका छन् ।

राष्टिय तथा अन्तराष्टिय गैरसरकारी सस्थाले सुरक्षा नभए संचालन गरेका बिकास कार्यक्रमहरु फिर्ता गर्न सकिने चेतावनी दिएका छन ।

गैर सरकारी संस्था महासंघ नेपाल रोल्पाका सचिव मोहन परियारले गाम घटना रहस्यमय हुदाहुदै पीडितलाई उजूरी दर्ता नगर्न दवाब दिएको बताए । डेढ महिना देखि गाममा कार्यक्रम लिएर जान चाहने संस्थाहरु तर्सिएका छन् । त्यहा अझै सरकारी उपस्थिति शून्य प्रायः छ ।

भीमफेदीमा फेरि दुर्घट्ना/दुईको मृत्यु, ९ गम्भीर घाइते

हेटौडा, चैत्र ६ - दुर्घट्नाका लागि जोखिम क्षेत्रको रुपमा रहेको भीमफेदी-कुलेखानी सडक खण्डमा शुक्रबार फेरी दुर्घट्ना भएको छ । दुर्घट्नामा दुई जनाको मृत्यु भएको छभने ९ जना घाइते छन् । त्यसमध्ये सात जनाको अबस्था गम्भीर छ ।

बीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना१ज, २५४७ नम्बरको टाटासुमो हेटौडा-कुलेखानी सडक खण्डको भीमफेदीस्थित जुरीखेतमा पल्टिंदा दुर्घट्ना भएको हो ।

एक जना महिलाको घट्नास्थलमै र एक पुरुषको भीमफेदी प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई मकवानपुर जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

भीमफेरी-कुलेखानीको १६ किलोमिटर क्षेत्रमा धेरै दुर्घट्ना हुने गरेको छ । साँघुरो र जीर्ण सडक भएका कारण यस क्षेत्र जोखिम बढेको हो । तीन महिनाको बीचमा १५ वटा दुर्घट्ना भएको छ । त्यसमा १२ को मृत्यु र ४३ जना घाइते भएका छन् ।

दलको साथ खोज्दै माओवादी


काठमाडौं, ५ चैत

राष्ट्रिय सरकार निर्माणका लागि भन्दै माओवादीले संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरूसँग छलफल सुरु गरेको छ । शान्ति र संविधान निर्माणमा राष्ट्रिय सहमति बनाउन वर्तमान सरकार असफल भएको भन्दै माओवादीले छलफल थालेको हो ।

माओवादी संविधानसभा दलको कार्यालयमा बिहीबार भएको बैठकमा माओवादीले राष्ट्रिय सरकारका लागि सहयोग गर्न साना दलहरूलाई आग्रह गरेको छ । छलफलमा शान्ति र संविधान निर्माणबारे पनि कुराकानी भएको छ ।

माओवादी नेता भट्टराईले बैठकपछि सञ्चारकर्मीसाग सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय नभैसकेको जानकारी दिए । उनले नयाँ सरकार बनाउने उपायमध्ये अविश्वासको प्रस्ताव पनि एक हुने बताए ।

'वर्तमान सरकार शान्ति र संविधान निर्माणका लागि बाधक छ, छिटोभन्दा छिटो राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि उपाय खोज्नुपर्छ,' नेता भट्टराईले भने । सहमतिमा सरकार नछाडे जुनसुकै विधिबाट भए पनि राष्ट्रिय सरकार निर्माणका लागि प्रयत्न गरिने उनले बताए ।

'जनताबाट पराजित र तिरस्कृतहरूले राष्ट्रिय सहमतिको नेतृत्व गर्न सक्दैनन् भन्ने मान्यता हो, सहमतिबाट यो सरकारले बाटो खुला गरे गर्छ, अन्यथा सबै उपाय अपनाउन सकिन्छ,' भट्टराईले भने, 'त्यसमध्ये अविश्वासको प्रस्ताव पनि एक हुन सक्छ ।'

बैठकमा सहभागी अन्य दलका नेताहरूले पनि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याएको नेता भट्टराईले बताए । शान्ति र संविधान निर्माणको काम अहिलेको सरकारबाट पूरा नहुनेमा साना दल रहेको उनको भनाइ छ ।

संसद्को सातौँ अधिवेशन आह्वान

काठमाडौं/ राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसद्को सातौँ अधिवेशन आगामी २२ चैतमा आह्वान गरेका छन् । अन्तरिम संविधानमा गरिएको व्यवस्थाबमोजिम प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति यादवले अधिवेशन आह्वान गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल माओवादीले विशेष अधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरेका बेला प्रधानमन्त्री नेपालले बिहीबार राष्ट्रपति यादवलाई भेटेर अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । भेटमा समयसामयिक राजनीतिका विषयमा समेत छलफल भएको थियो ।

गभर्नरमा खतिवडा, योजना आयोगमा पोखरेल र कोषमा मल्लिकको नाम प्रस्ताव

काठमाडौ, चैत्र ६ - नेपाल राष्ट्र बैंकको गर्भनरमा युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोग र गरिवी निवरण कोष उपाध्यक्षमा क्रमशः जगदीश चन्द्र पोखरेल र विद्याधर मिल्लकलाई नियुक्ति गर्ने निश्चित भएको छ ।

काँग्रेसको पदाधिकारी शुक्रबार बैठकले आयोगमा पोखरेल र मल्लिकलाई नियुक्तिको प्रस्ताव गर्ने निर्णइ गरेको हो । यसअघि प्रमुख सत्तारुढ दलहरु काँग्रेस र एमालेको बैठकमा गभर्नरमा खतिवडालाई नियुक्ति गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री माधवकुमार नेपालसहित काँग्रेस र एमालेका नेताहरुको बैठकले आयोग र कोषको उपाध्यक्ष काँग्रेसलाई दिने निर्णय भए अनुसार काँग्रेसको पदाधिकारी बैठकले पोखरेल र मल्लिकलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

पोखरेल आयोगकै पूर्व उपाध्यक्ष हुन्भने मल्लिक पूर्वअर्थ सचिव हुन् । लोकतन्त्र पुनस्थापनापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पोखरेल उपाध्यक्षमा नियुक्त भएका थिए ।

संविधानसभाको निर्वाचन पछि माओवादी नेतृत्वको सरकार बनेपछि उनले राजीनामा दिएका थिए । बैठकमा गर्भनरमा एमालेले प्रस्ताव गरेका युवराज खतिवडालाई नियुक्त गर्ने सहमति भएको थियो । खतिवडा हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् । नियुक्तिको लागि मन्त्रिपरिषद्को बैठक चार बजे बोलाइएको छ ।

चुलियो राखेप-एनओसी विवाद


काठमाडौं, ५ चैत

नेपालका राष्ट्रिय खेल संघहरूमध्ये सर्वाधिक विवादमा आइरहने कबड्डी संघलाई बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विघटन गरेपछि नेपाली खेल क्षेत्रमा नयाँ विवादको बीउ रोपिएको छ ।

सुनील राजकणिर्कारको अध्यक्षतामा रहेको कबड्डी संघलाई विघटन गरेर लालकाजी लामाको नेतृत्वमा तदर्थ संघ गठन गर्ने परिषद्को निर्णयलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ठाडै अस्वीकार गरेको छ । 'परिषद्को निर्णयलाई हामी मान्दैनौँ, परिषद्का सदस्यहरू समावेश गरेर बनाइएको छानबिन समितिले दिएको रायको आधारमा नियतवस सो निर्णय गरिएको छ,' आफ्नो कमिटीका सदस्यसमेत रहेका राजकणिर्कारको बचावमा एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानले नयाँ पत्रिकासँग भने, 'कुनै व्यक्तिले गल्ती गरेको छ भने उसलाई कानुनी आधारमा हटाउनुपर्छ, सम्पूर्ण संघलाई नै विघटन गर्न मिल्दैन ।'

११औँ ढाका दक्षिण एसियाली खेलकुद (साग) को तयारीबाट समेत अलग राखिएका राजकणिर्कारले सो खेलकुद आयोजनाका क्रममा नेपालबाट आधिकारिक रूपमा रेपीका रूपमा सहभागी दिनेश पाललाई अपहेलित गर्नुका साथै अन्य प्रशिक्षकसँग मैदानमा नै झगडा गरेका थिए । साथै त्यही वेला उनले पुरुष कबड्डीका प्रशिक्षक विमल पोखरेल तथा महिला टोलीका प्रशिक्षक तारासिंह भाटलाई समेत आफ्नो भूमिकाबाट अलग गराउने प्रयास गरेका थिए ।

त्यही कारणले राजकणिर्कार र प्रशिक्षकहरूबीच सुरु भएको मुक्कामुक्की साम्य पार्न आयोजकलाई समेत हम्मेहम्मे परेको थियो । कबड्डीको अन्तर्राष्ट्रिय निकायको सदस्य तथा दक्षिण एसियाली निकायको महासचिवसमेत रहेको घमण्डमा आफ्नै मुलुकका सहभागीलाई अपमान गरेको आरोप नेपाली प्रशिक्षकहरूको थियो, त्यसवेला । साथै ढाका सागको तयारीमा आफूलाई अलग राखिएको रिस फेर्न राजकणिर्कारले आफ्नो 'पावर' प्रयोग गरेको आरोप पनि खेप्नुपरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले सम्मान साथ रेप|mीको भूमिकामा ढाका पठाएका पालको सर्टिफिकेट नै नक्कली भएको आरोप लगाउनसमेत उनी चुकेका थिएनन् । 'राष्ट्रिय खेलकुद परिषद्ले पालको सर्टिफिकेट सक्कली भएको प्रमाणित गर्न सक्छ भने अहिले नै राजीनामा दिन्छु,' राजकणिर्कारले बिहीबार नयाँ पत्रिकासँग दाबी गरे । साथै उनले मुलुकभित्र र बाहिर आर्जेको पदको आधारमा आफ्नो मान्यतालाई पुनस्र्थापित नगर्ने हो भने नेपालको कबड्डी खेलको विकास हुन नसक्ने दाबी पनि गरे । 'यसले खेलाडीहरूलाई प्रत्यक्ष मारमा पार्छ,' उनको चेतावनी छ ।

झन्डै दुई दशक संघमा बिताएका राजकणिर्कारको पालामा बृहतबाहेक अन्य अवसरमा एउटै पनि राष्ट्रिय प्रतियोगितासमेत हुन सकेको थिएन भने वेलावेलामा उनको र प्रशिक्षकबीचको विवादले महत्त्व पाउने गरेको छ । परिषद्ले राजकणिर्कारले ढाकामा मुलुकको प्रतिष्ठामा आँच पुर्‍याएको दाबीसहित उनको संघलाई बुधबार विघटन गर्ने निर्णय गरेको थियो । परिषद्का सदस्य लालकाजी लामाको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिको सिफारिसका आधारमा परिषद्ले सो निर्णय गरेको हो ।

'अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय कबड्डी महासंघले मान्यता दिएको संघलाई नियतवस विघटन गर्न मिल्दैन,' प्रधानको दाबी छ, 'अहिले पनि अन्तर्राष्ट्रियस्तरमा राजकणिर्कारको संघले नै मान्यता पाउँछ, यसले खेल तथा खेलाडीलाई नराम्रो असर पुर्‍याउँछ ।' उता एनओसीका महासचिव जीवनराम श्रेष्ठसमेत राजकणिर्कारको संघ नै मान्यताप्राप्त संघ भएको दाबी गर्छन् । 'कुनै व्यक्तिले गल्ती गरेको छ भने उसलाई संघले नै लोकतान्त्रिक ढंगबाट कारबाही गर्नुपथ्र्यो,' श्रेष्ठको दाबी छ, 'एक व्यक्तिको कार्यका लागि सम्पूर्ण संघ कारबाहीको भागीदार बन्न सक्दैन ।'

उता परिषद्का सदस्य-सचिव हरिबाबु चौधरी भने आफूहरूको निर्णय सही रहेको दाबी गर्दै खेलको विकासका लागि नै सो निर्णय गरेको बताउँछन् । साथै उनले एनओसीले जेजस्तो चेतावनी दिए पनि आफ्नो निर्णयमा अडिग रहने बताउँछन् ।

तदर्थ समितिको नेतृत्व पाएका लालकाजी लामा भने एनओसीले विरोध गरेको भरमा केही नहुने दाबी गर्छन् । 'एनओसी भनेको एनजिओ र आइएनजिओजस्तो संस्था हो भने परिषद् मुलुकको अंग हो, मुलुकले गरेको निर्णय मान्दिन भन्नु घमण्ड मात्रै हो,' लामाले भने, 'अब म समयअनुकूल संघको चुनाव गराउँछु तथा सागमा पदक जित्ने टोलीको पनि सम्मान गराउँछु ।'

साथै उनले अन्तर्राष्ट्रिय मान्यता कसैको पेवा नभएको तथा भोलि आफूहरूले सो मान्यता पाउने दाबी पनि गरे । कबड्डीकी मुख्य प्रशिक्षक शान्ति सिंह पनि राजकणिर्कारलाई हटाइएकोप्रति खुसी छिन् । यद्यपि उनी एक व्यक्तिको गल्तीको सजाय सम्पूर्ण संघलाई नदिएको भए पनि हुन्थ्यो भन्ने मत राख्छिन् । 'सुनीलको संघ पनि कुनै निर्वाचित संघ होइन, अहिले निर्वाचित संघलाई विघटन गरिएको पनि होइन तथा ऊ -राजकणिर्कार) सँग आफू अध्यक्ष बनेको कागजपत्रसमेत छैन,' सिंहको दाबी छ, 'अब चुनावबाट जो आउँछ उसलाई सहयोग गर्न हामी तयार छौँ ।'

डिस्कोबाट स्कुल पोशाकमा सयौं विद्यार्थी पक्राउ

काठमाडौ, चैत्र ६ - प्रहरीले शुक्रबार बिहान सुन्धारास्थित बेबीलोन डिस्कोमा छापा मारेको छ । उक्त डिस्कोमा स्कुल/कलेजकै पोशाकमा सयौं छात्र छात्रा रहेका थिए । पढ्न भनेर स्कुल र कलेज गएका छात्र छात्राहरु डिस्कोमा भेटिएका थिए । एनसीसी कलेज सुकेधारा,क्यास्पियन कलेज कुमारीपाटी,सिगमा कलेज सोहृखुटे, भियस निकेतन मिनभवन,रेडन कलेज सामाखुसी,जेभियर्स कलेज लाजिम्पाट,हृवाइट हाउस कलेज बानेश्वर,प्राइम कलेज,बि्रटिश गोर्खा कलेस बाँसबारी,युथ भिजन कलेज बालाजु,मानसिंह कलेज गोंगवु लगायतका शिक्षण संस्थामा अध्यनरत तीन सय विद्यार्थीलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएको छ ।

एउटी 'सिकारी’ महिला !

सैन्य ज्यादतीको प्रतिरक्षा गरेर उनी देशको रक्षामन्त्रीको राजनीतिक जिम्मेवारीमाथि उपहास मात्र गरिरहेकी छैनन्, सैन्यसत्ताधारी सेनापतिकै जस्तो भूमिका निभाइरहेकी छिन्

सुर्खेतमा काउलोसिकारी तीन दलित महिला सेनाको गोलीले मारिएको घटनाबारे संसदीय समितिमा स्पष्टीकरण दिन उभिएकी रक्षामन्त्री विद्यादेवी भण्डारीका जवाफ सुन्दा यस्तो लाग्छ— उनी एउटी ँसिकारी’ महिला हुन् ! सिकारी पनि यस्ती, जो महिलामाथि मात्र सिकार गर्छिन्, छानीछानी । स्पष्टीकरणभन्दा पनि गोलीजस्तो लाग्ने उनको बोली थियो— सिकारी महिलालाई सेनाले मार्‍यो । घटनाको सामान्य प्रकृतिसँग समेत कुनै साइनो नराख्ने रक्षामन्त्रीको भनाइ केवल सैनिक ज्यादतीको प्रतिरक्षा हो, सामन्ती संरचनाको मलजलले सेनाभित्र हुर्किएको अतिसारी व्यवहारको पक्षपोषण हो । यसले न न्यायिक राज्यको सम्मान गर्छ, न स्वयं सेनाकै हितरक्षा । सत्यभन्दा कोसौँ टाढा रक्षामन्त्रीको अभिव्यक्ति अमानवीय, क्रूर र मानवविरोधी छ, जसको जुनसुकै शब्दले निन्दा गरे पनि कमै हुन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला चोरी-सिकारीमा संलग्न रहेको रक्षामन्त्रीको भनाइ सेनाले यसअघि दिएकै अभिव्यक्तिको पुनरावृत्ति मात्र थियो । यस्तो अभिव्यक्ति राखेर उनी देशको रक्षामन्त्रीका रूपमा पाएको राजनीतिक जिम्मेवारीको उपहास मात्र गरिरहेकी छैनन्, बर्दीधारी सेनापतिकै जस्तो भूमिका निर्वाह गरिरहेकी छिन् । सेना या आफूमातहत कुनै पनि निकायका गलत कृत्यको अन्धसमर्थन केवल सैन्यसत्ता-चिन्तन मात्र हो, यसले कदाचित् लोकतान्त्रिक जनसत्ताको प्रतिनिधित्व गर्दैन ।

imageसेनाले झैँ रक्षामन्त्रीले 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा दुई सिकारी महिलाको घटनास्थलमै र एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भएको

एउटी मन्त्री महिला, सेनाको गोलीले तीन महिलाको ज्यान लिइएको घटनामा आठ दिनसम्म मौन रहिन् । यो मौनता केवल उनको गैरजिम्मेवारी थिएन, कानुनी राज्यविरोधी, महिलाविरोधी, मानवअधिकारविरोधी र समग्र मानव-सभ्यताविरोधी थियो भन्ने उनको 'बुलेट-विस्फोट’ ले प्रस्ट गर्छ । सभासद्का प्रश्नको जवाफ नदिएको, नागरिकसामु झुटो बोलेको वा सेनाको गलत प्रवृत्तिको पक्ष लिएको आरोपमा अब रक्षामन्त्रीको कसैले राजीनामा माग्नेछैन । किनकि, देशले नै उनीसहितको मन्त्रिपरिषद्कै राजीनामा मागिरहेको छ, एउटा असफल, निरीह र लाचार सरकारका रूपमा ।