Monday, January 7, 2013

धम्की न दे भारत

– मेदिनीनाथ सुवेदी


हाम्रो खास छिमेक भै स्थिति निकै मिल्दा दुबै देशको,
धेरै वर्ष अगाडिदेखि बलियो मित्रत्व सम्बन्ध भो ।
त्यो नै पुष्ट गराउँदै अघि बढ्यौँ भूल हाम्रो छ त ?
सोझै राख्छु दबाबमा म त भनी धम्की न दे भारत !

सानो गर्दछ के सबै किसिमले मै हूँ ठुलो देश त,
खाँचो हुन्छ अनेक चीज न दिए नेपालमा के छ र ?
भन्ने भाव लिएर तुच्छपनका ठानेर हामीसित,
लत्री आउँछ, भित्र यो मत लिँदै धम्की न दे भारत !

यो नेपाल पवित्र नै छ अरुको दासत्वले शून्य छ,
धेरै वर्ष त मुस्लिमी बृटिसको दासत्वमा भारत ।
बाँचेको इतिहास भन्छ भवमा साक्षी बनी स्पष्ट त,
ठूलो पेट नचाउँदै समरको धम्की न दे भारत !

हाम्रा वीर सपूत छन् समरमा यो विश्व थर्काउने,
हाम्रा जोश र होस छन् मुलुक यो आकल्प जोगाउने ।
यो सांसारिक शत्रुको बल लिने नेपालमा शक्ति छ,
तेरो तागत छैन कत्ति यसमा, धम्की न दे भारत !

हिंसाहीन बनी लडाइँ नगरी शान्ति–प्रथा ल्याउन,
गान्धीवाद चल्यो त्यही मुलुकमा स्वातन्त्र्य फर्काउन ।
जन्मी नेहरुबाट नै अब म¥यो त्यो पञ्चशील स्वतः,
त्यत्रो धाक कहाँ गयो ? समरको धम्की न दे भारत !

गर्दे सन्धि छिटै कि पारबहनी वाणिज्य सम्बन्ध यो,
साठी (१९६०) को जुन शर्तमा छ बलियो त्यै शर्तमा चल्छ यो ।
सम्झी राख भविष्य इज्जत नयाँ मित्रत्वले प्रेरित,
भै त्यो भूल सुधार झट्ट गरिदे, धम्की न दे भारत !

सं.रा.सं. प्रति फर्कंदा वचनमा बल्छी परेको दिन,
लाग्ने लाज तँसाथ छैन कि त्यसै गर्छस् अमैत्री किन ?
नाकाबन्द गरेर दुर्नियतको छारो उडाइस् कि त,
तेरो हुन्न भलाइ कत्ति अहिले, धम्की न दे भारत !

ठूला चीन अमेरिका रुसहरुलाई बरु हाँक दे,
साना देश अँठ्याउने कलुषता राख्ने प्रथा छोडिदे
तेरो यो स्थिति ठीक छैन अरुले भन्छन् सधैँ स्पष्टः,
नेपालीसँग मिल्नुपर्छ कहिल्यै धम्की न दे भारत !

टिस्टा पूर्व दिशा र पश्चिम दिशा किल्ला त त्यो काँगडा,
हाम्रो साँध थियो लडेर बलले सीमा गरेको खडा ।
त्यो ताजा इतिहास आज सबले आँट्यौँ भने सर्वतः,
आफ्नै देश बढाउँछौँ अघि बढी, धम्की न दे भारत !

आफ्नो नैतिकता कतातिर गयो सोचेर राम्रैसँग,
राख्नै पर्दछ मित्रता दृढ अझै सम्झेर हामीसित ।
हिन्दू राष्ट्र भनेर एक भवमा यो देश प्रख्यात छ,
हाम्रो शक्ति बुझेर बोल्नु, कहिल्यै धम्की न दे भारत !

मान्दैनस् यदि सन्धि गर्न सुरिँदै गर्छस् भने निर्णय,
गर्छौँ पूर्ण विरोध कत्ति नझुकी हौँ वीरका वंशज ।
हाम्रा मानिस छन् त्यहाँ जति यहाँ फर्काई दे सैनिक,
लड्नै पर्छ भने लडौँ अघि सरी धम्की न दे भारत !
(२०२७ सालमा नेपाल–भारत पारवहन सन्धि बिग्रेको बेला भारतले नाकाबन्द गरी नेपाललाई दुःख दिएको थियो । त्यसैबेला लेखिएको प्रस्तुत कविता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको ठानी हामीले यहाँ प्रकाशन गरेका हौँ – सं.)

Sunday, January 6, 2013

नेपाली जीवन नालापानीदेखि काँगडासम्म


  • नेपाल राज्य विस्तार अभियानसँगै फैलिएका नेपाली बस्तीहरू
पश्चिम नेपालको पोखरातिरका गुमानसिंह खड्का बडाकाजी अमरसिंह थापाको नेपाल राज्य विस्तार अभियानका एक सदस्य थिए। त्यही क्रममा उनी हाल भारतको हिमाचल प्रदेशमा पर्ने काँगडा पुगे। कुरा आजभन्दा दुई सय वर्षअघिको हो। 

नेपाली सेनाको फौजले काँगडा कब्जा गरी त्यहाँका राजा संसार चन्दलाई ढुंगैढुंगाको किल्लाभित्र थुन्यो। नेपालको सिमाना सतलजभन्दा पनि पर व्यास नदीसम्म कायम भयो। हाल पाकिस्तान, चीन र भारतबीच कचिंगलको विषय रहेको कश्मीरसमेत विशाल नेपाल राज्यभित्र एकीकृत गर्ने त्यो फौजको सपना थियो। काँगडा वरपरका दर्जनौँ राज्यलाई कज्याएका सम्राट नेपालीको शक्तिसामु निरीह भए। उनको विशाल साम्राज्य खुम्चिँदै गएर काँगडाको एउटा थुम्कोमा बनाइएको ढुंगे किल्लाभित्र सीमित हुन पुग्यो। 

हो, त्यही बेला नेपाली फौज, प्रशासक र सामाजिक क्षेत्रका अभियन्ताहरू काँगडा क्षेत्रमा छरएि। यतै घरबार बसाए। तिनैमध्येका एक थिए, गुमानसिंह। आज यो भूमि नेपाल राज्यको सीमाभित्र छैन। भूगोल नेपालभित्र नरहे पनि त्यो पुरानो इतिहास सम्झाउने गरी नेपालीहरू यस क्षेत्रमा पुस्तौँदेखि छरिएर बसेका छन्। तीमध्ये पनि सीमित परिवार आफ्नो नेपाली पहिचान जोगाएर बसेका छन्। गुमानसिंहको पाँचौँ पुस्ता सुनीलविक्रम खड्का, ५६, आज पनि परविारका साथ भेटिन्छन्, काँगडा जिल्लाको भाग्सु क्षेत्र अन्तर्गत दाडी गाउँमा। 

सुनीललाई दाडी गाउँका नेपाली समुदायले मुखिया नियुक्त गरेको छ। आफूलाई नेपालीभन्दा भारतका अरू समुदाय र प्रशासनले नेपालको राष्ट्रियतासँग दाँजेर हेर्ने हुँदा तिनलाई नेपाली भन्न गाह्रो छ। त्यसैले उनी भारतीयभित्रै गोर्खाली समुदायका रूपमा छुट्टै पहिचान राख्न चाहन्छन्। "हाम्रो दाडी गाउँमा मात्रै गोर्खालीका ४ सय ५० घरपरिवार छन्," सुनीलसँग आँकडा कण्ठस्थ छ, "यो हिमाचल प्रदेशमा सबैभन्दा बाक्लो नेपाली बस्ती भएको गाउँ पनि हो।" 

खड्काका अनुसार भाग्सु क्षेत्रमा यस्ता नेपालीबहुल १६ गाउँ छन्। यस क्षेत्रको नाम धर्मशाला पनि हो। तर, भाग्सु नाममा बढी अपनत्व महसुस गर्छन् नेपालीहरू। "नेपालीले नै राखेको नाम हो, भाग्सु। त्यसैले हामीलाई यही नाम प्यारो लाग्छ," सुनील भन्छन्। 

खड्का परिवारकै इतिहास नियाल्ने हो भने यहाँ नेपाली समुदायको अविच्छिन्न इतिहास छर्लंग हुन्छ। गुमानसिंहले यतै घरजम गरे। उनका छोरा तेजु खड्का भारतीय सेनामा जागिरे बने। वीर नेपाली जातिका सन्तान भन्नेबित्तिकै रणजित सिंहदेखि इस्ट इन्डिया कम्पनी र बि्रटिस सरकारले समेत रातो कार्पेट बिछ्याए। त्यसैले नेपालीहरूको मूल पेसा नै फौजी जागिर बन्न पुग्यो। तेजु खड्काका छोरा पूरणसिंह, नाति जंगबहादुर र पनाति सुनीलले समेत पुख्र्यौली बिँडो थामे। फरक यति हो कि कसैले नेपाल राज्यको पक्षमा लडे। कसैले बि्रटिस साम्राज्यको पक्षमा त कसैले स्वतन्त्र भारतको पक्षमा। 

अमर सिंह थापाको राज्य विस्तार अभियानमा फौजी मात्रै थिएनन्। फौजका सहयोगी, व्यवस्थापक, प्रशासक र धार्मिक-सामाजिक क्षेत्रमा काम गर्ने गैरसैनिक नेपालीको जत्था पनि साथै गएको थियो। सायद तिनैमध्येका एक थिए, उनका पुर्खा। उनी अर्थात् जगदीशसिंह प्रधान, ८८, जो भारतीय सेनामा सम्पूर्ण युवावय खर्चेर निवृत्त जीवन बिताइरहेका छन्, भाग्सुको सल्लाघारीमा। 

त्यस परिवारमा उनी पाँचौँ पुस्ताका हुन्, भाग्सु आएर बस्ने। त्यसअघि त्यो परविार हिमाचल प्रदेशकै जोगेन्द्रनगरतिर बस्यो। जगदीशका जिज्यूबाजे भाग्सु पुगे। "नेपाली फौज लड्दै कब्जा गर्दै पश्चिमतिर आउँदा विभिन्न ठाउँमा नेपालीको बस्ती विस्तार हुँदै आयो," जिज्यूबाजेको नाम थाहा नभए पनि यी पाका नेपालीले आफ्ना बाबुबाट सुनेका यति कुराचाहिँ 'नोट' गरेका रहेछन्, "शोले चलचित्रमा गब्बर सिंहको खौफ जस्तो देखिन्छ, एकताका त्यस्तै नेपालीको थियो।" 

उनकै विश्लेषणमा नेपाली समुदायको प्रभुत्व घट्दै जाँदा त्यो खौफ पनि ओरालो लाग्यो। अहम् र हीनभावको चक्रमा जेलिँदै कतै नेपाली भाषा र संस्कृति भारतीयमा विलीन भयो। केही भने यस्तै सुदूर इलाकामा बस्न आए। कि यसरी अलग बस्नेहरूले नेपाली पहिचानलाई जोगाए कि त बढी संख्यामा साथै बस्नेले।

नेपाली गाउँहरूको सहर 
"पाल्पा घर भन्छन् तर कुन गाउँ, कुन ठाउँ थाहा छैन," एउटै वाक्यमा नेपालसम्बन्धी जानकारीको बिट मारे, टेकबहादुर गुरुङ, ७२, ले। बाबुआमा दुवै नेपाली भए पनि भारतमै जन्मे, पढे, हुर्के, बढे। ३२ वर्ष सैन्य जागिर गरे। लक्ष्मणपुर, देहरादुनमा घरबार बसाएका उनको पनि पारिवारिकि पेसा नै सैन्य बनेको छ। बाबु पदमसिंह गुरुङले थालेको यो पेसालाई टेकबहादुरका छोराले समेत निरन्तरता दिएका छन्। सुरुका केही वर्ष धर्मशालामा बसे पनि पदमसिंह जागिरे जीवनका अन्तिम दिन देहरादुन आइपुगे। यतै निवृत्तिभरण लिने गरी घर बनाए। उनको परिवार देहरादुन बसेको पनि ५३ वर्ष भइसकेको छ।

देहरादुन सहर उनीजस्तै सेवानिवृत्त फौजीहरूको पर्याय बनेको छ। छाउनी सहरको परचिय भिरेको देहरादुनलाई यस रूपमा विकास गर्न बेलायती उपनिवेशकालदेखि प्रयास भएको देखिन्छ। अझ नालापानीको खलंगा (अंग्रेजद्वारा कलिंगा लेखिएको) मलाउ युद्धमा नेपालीहरूको बहादुरीपूर्ण प्रदर्शनबाट प्रभावित भएर तिनै नेपालीलाई मिलाएर गोरखा पल्टन बनाइदिए अंग्रेजले। साथै, नेपाली किशोर तथा युवाहरूलाई सैन्य भर्ती र तालिम दिनका लागि चारवटा केन्द्र यहीँ स्थापना गरएि। "पछि सैन्य परिवारका लागि घरजग्गा, स्कुल, अस्पतालको व्यवस्था गरिएपछि भारतीय सेनामा काम गर्ने सबैतिरका नेपाली यहीँ केन्द्रीकृत भए। त्यसैले जता हेरे पनि फौजी नेपाली देखिन्छन् यहाँ," गोर्खा सुधार सभाका अध्यक्ष भगवानसिंह क्षेत्री भन्छन्। 

पूरनसिंह प्रधान, ५८, देहरादुनको नयाँगाउँमा किराना पसल गरी बसेका छन्। भारतीय सेनाको निवृत्तिभरण त यहाँका हरेक प्रौढको अभिन्न अंग नै हो। उनी अपवाद बन्ने कुरै छैन। "पुख्र्यौली घर कहाँ भन्ने थाहा छैन," देहरादुनी वासमती चामल तौलँदै उनी भन्छन्, "आमा भने दैलेखतिरको भन्छन्।" 

बाबु नेपालकै कुनै गाउँबाट भागेर लखनउ गएको र त्यतै भारतीय सेनामा प्रवेश पाएको हुन सक्ने अनुमानसम्म गरेका छन्, उनले। यसले के देखाउँछ भने देहरादुनमा पनि विभिन्न चरणमा आएर बसेका छन्, नेपालीहरू। 

देहरादुनको सहस्रधारा रोडमा नेपाली फौजका कमान्डर बलभद्र कुँवर र अंग्रेज कमान्डर जनरल जिलेस्पीको सम्मानमा अंग्रेजहरूले बनाएको स्मारक छ। त्यससँगै जोडिएको जंगलको भिरालो शिरमा नेपालीहरूले केही वर्षअघि बनाएको बलभद्र खलंगा युद्ध स्मारक छ। त्यही स्मारकको केही तल सागरतालमा हरेक वर्ष नेपालीहरूले खलंगा मेला मनाउँछन्। गएको २४ नोभेम्बरमा ३८औँ खलंगा मेला मनाए उनीहरूले। तर, नालापानी क्षेत्रवरपर नेपाल राज्य विस्तारका क्रममा आई बसेका नेपाली परविार खोज्ने हो भने भेट्न मुस्किल छ। 

विभिन्न समयमा आएका सेवानिवृत्त फौजीहरूकै बाहुल्य भएकाले पनि दुई सय वर्षअघिका र नालापानी युद्धपछिका को हुन् भन्ने छुट्याउन गाह्रो भएको नयाँगाउँ ग्राम पञ्चायतका उपप्रधान खेमबहादुर थापा, ७१, बताउँछन्। धेरै पुस्ताअघिको बसाइँ भए पनि कतिपय नेपालीले आफ्नो भाषा, संस्कृतिलाई जोगाउन नसकेका कारण पनि यहाँका पुराना नेपालीको पहिचान हुन नसकेको धेरैजसो अगुवाहरूको भनाइ छ। 

देहरादुनका नयाँगाउँ, अनारवाला, जोहडी गाउँ, गजियावाला, घट्टेखोला, इन्द्रनगर, वाणगंगा, जयतनवाला, चाँदमारी, नागनाथ, गढी, कौलागढ, पण्डितबाडी, चन्द्रमणि, चोइला, लाडपुर, बान्लावाला, लछीवाला, छिद्दरवाला, सेलाकुई, भरोटेवाला, गुच्चुपानी, ठाकुरपुर, श्यामपुर, रायपुर, रायवाला, गढी क्यान्ट, डाकरा, चानमारी, विकास नगर, लक्ष्मणपुर, नेहरुग्राम यस्ता नाम हुन्, जहाँ नेपालीको बाक्लो बसाइ छ। यहाँका अधिकांश नेपाली अंग्रेज-नेपाल युद्धको समाप्तिपछि भारतीय वा इस्ट इन्डिया कम्पनी सरकारको सेनामा जागिर गरेर निवृत्त भएका हुन्। छिटपुट मात्र अन्य पेसामा बाँधिएका छन्। उत्तराखण्डको राजधानी देहरादुन र त्यसवरपरको क्षेत्रमा धेरै नेपालीबहुल बस्ती छन्, जहाँ अहिले पनि नेपाली भाषा नै चल्छ। कुनै बेला देहरादुन, कुमाउ र गढवाल क्षेत्रमा सम्पर्क भाषाकै स्थानमा पुगेको नेपाली पछिल्लो समयमा भने ओरालो लाग्दो छ। 

गोर्खाली सुधार सभाका महासचिव गोविन्द थापाका अनुसार उत्तराखण्ड राज्यमा १० देखि १२ लाख नेपाली मूलका भारतीयको बसोवास छ। बाँकी बंगाली, पन्जाबी, मद्रासी छन्। उत्तराखण्ड राज्यको कुल जनसंख्या भने १ करोड १ लाख रहेको गत वर्षको जनगणनाले देखाएको थियो। तर, यहाँ जनगणनामा जातीयताका आधारमा लगत नलिइने हुँदा ठोस आँकडा नभएको थापाको भनाइ छ। 

अल इन्डिया गोर्खा एक्ससर्भिसमेन वेलफेयर एसोसिएसनको केन्द्रीय कार्यालय पनि देहरादुनमै छ, जसले पूर्वसैन्यको परविार कल्याणसम्बन्धी काम गर्छ। भारतीय रक्षा मन्त्रालयबाट वाषिर्क आठ लाख रुपियाँ अनुदान पाउने यस संस्थाले दार्जीलिङपछि देहरादुन र धर्मशाला क्षेत्रमै बढी खर्च गरेको छ। यसले पनि सेवानिवृत्त फौजीहरूको बाक्लो उपस्थितिलाई प्रस्ट पार्छ।

गोर्खा धर्मसभाको अध्ययन अनुसार हिमाचल प्रदेशमा एक लाखभन्दा बढी नेपाली मूलका भारतीय पुस्तौँदेखि बसेका छन्। उनीहरू मुस्किलले नेपाली भाषा बोल्छन्। उनीहरूको नेपाली भाषामा अधिकांश शब्द र लबज हिन्दीकै काँगडा भाषिकाको प्रभाव छ। हिमाचली संस्कृतिले उनीहरूलाई छपक्कै छोपेको छ। युवा उमेर भारतीय र बि्रटिस सेनामा बिताएर निवृत्त जीवन मात्र घरमा बित्नु यस क्षेत्रका पुराना नेपालीको विशेषता हो। "९० प्रतिशत त फौजी पृष्ठभूमिकै छौँ," हिमाचल प्रदेशका नेपाली र भाग्सुको इतिहासबारे पुस्तक प्रकाशनको तयारी गररिहेका प्रतापसिंह गुरुङ, ७५, भन्छन्।

काँगडा र नालापानीबाट नेपाली फौजको फिर्ती, सन् १८९० को हैजाको महामारी र सन् १९०५ को भुइँचालो पनि नेपालीको पहिचान र इतिहास विस्तारमा उथलपुथल ल्याउने मुख्य घटना थिए। नेपालीको पुरानो बसोवासलाई झल्काउने चिनोमध्येको एक हो, सन् १९०५ मा आएको ७ दशमलव ८ रेक्टर स्केलको भुइँचालोमा पनि नढलेको भाग्सुको एक घर। भाग्सुको गब्ली दाडी पञ्चायतकी प्रधान सबिता कार्की, ५६, को उक्त घरमा नेपाली परविारका पाँच पुस्ता हुर्किसकेका छन्। हिमाचल प्रदेशमा भाग्सुबाहेक नेपाली समुदाय धेरै बसोवास भएका ठाउँहरूमा नाहान, बक्लोह, पालमपुर, सिमलालगायत पर्छन्। 

काँगडाका राजा संसार चन्दलाई तीन वर्षसम्म किल्लाभित्र थुनियो। यसबीचमा कैयौँ लडाइँ भए। सामाजिक उथलपुथल भए। युद्धनीतिमा मतभेद हुँदा नेपाली फौजको प्रदर्शन कमजोर बन्यो। उता संसार चन्दले पन्जाबका अर्का शक्तिशाली रणवीर सिंहसँग सहायता मागे। लामो समयको राजनीतिक अन्योल र युद्धबाट स्थानीय समुदाय आजित भइसकेको थियो। सुरुमा नेपालको स्वामित्व स्वीकार गरेका रजौटाहरूको लगाव पनि नेपालप्रति कम हुँदै गयो। परिणामतः नेपालले त्यस क्षेत्रको स्वामित्व गुमायो। राजनीतिक नक्सामा त्यो ठाउँ नेपालभित्र नपरे पनि कैयौँ नेपालीले त्यही भूमिलाई आफ्नो बनाए। र, आज लाखौँको संख्याका नेपालीले काँगडालगायत हिमाचल र उत्तराखण्डको विशाल भूगोल ओगटेका छन्। यही ठाउँलाई उनीहरू आफ्नो मातृभूमि भनेर गर्व गर्छन्। 

नेपाली फौज र प्रशासन यहाँबाट फर्किएपछि यहीँ बसेका धेरै नेपाली भारतीय भाषा र संस्कृतिमै सम्मिलित भए। उनीहरूको सांस्कृतिक सम्मिलन एक प्रकारले विलय थियो। एकातिर, राज्यसत्तामा नेपाली जातिको पराजय, अर्कोतिर अल्पसंख्यक उपस्थिति। यसले भाषिक र सांस्कृतिक पहिचानमा संकट ल्याउनु स्वाभाविक थियो। त्यस कारण धेरै नेपालीका थर पनि भारतीय जाति र थरसँग मिल्दाजुल्दा भए। भाषा, संस्कृति र रीतिरिवाज बिस्तारै भारतीयकरण भए। कतिपय त स्थानीय समुदायमा यसरी भिजे कि नेपाली पहिचान नै विलीन भयो। बरू वीर गोर्खालीका लागि त्यस क्षेत्रका रजौटादेखि इस्ट इन्डिया कम्पनीका सेनामा जागिर सधैँ खुला रह्यो। त्यसैले आज पश्चिमोत्तर भारतको जुनसुकै भूगोलमा पुगे पनि अधिकांश नेपाली फौजी पृष्ठभूमिकै भेटिन्छन्। 

भाग्सुमा नेपालीबहुल बस्ती बन्नुको कारण त्यहाँको सरकारी नीति पनि हो। भारतमा बेलायती साम्राज्य छँदै भाग्सु क्षेत्रलाई ९९ वर्षका लागि लिजमा दिइएको थियो। फस्ट गोर्खा राइफल्स, ६६-नर्सरी बटालियनबाट निवृत्त भएका नेपालीलाई यहाँ बस्न दिइन्थ्यो। त्यसबेला सेनामा काम गर्न उमेर हद थिएन। काम गर्न सक्ने हुन्जेल खट्नुपथ्र्यो। बूढो उमेरमा न घर फर्किने तागत हुन्थ्यो, न अहिलेजस्तो यातायातका साधन नै थिए। त्यसैले यस सल्लाघारी क्षेत्रमा जंगल फाँडेर निवृत्त नेपालीलाई त्यहीँ बस्न दिइएको थियो। जग्गाको भाडा पनि कमै थियो। "जसले जति जंगल फाँड्न सके, त्यति नै जग्गा उपयोग गरे," प्रधान भन्छन्, "पछि भारत सरकारले भाडा पनि तिर्न नपर्ने गरी दर्ता प्रमाणपत्र दियो। अब त बाबुबाजे बसेको ठाउँ छाडेर छोरानाति जाऊन् नै कहाँ ?" 

फौजी अर्थतन्त्र

नयाँगाउँ, देहरादुनकी रीता गुरुङ आउँदो होलीसम्म नयाँ घरमा बस्ने योजनामा छिन्। भारतीय सेनामा जागिरे श्रीमान्को कमाइ नै उनको परिवार धान्ने प्रमुख आधार हो। परिवार धान्ने मात्रै होइन, त्यस क्षेत्रका औसत घरभन्दा केही ठूलो आवासीय भवन बनाउने धुनमा छिन् उनी। भन्छिन्, "२७ लाख रुपियाँजतिमा घरको काम पूरा होला भनेकी थिएँ, लागत केही बढ्ला जस्तो छ।" यो नेपाली ४३ लाख रुपियाँभन्दा बढी रकम हो। सेनामा जागिरे भएपछि राम्रो विद्यालयमा छोराछोरीको पढाइ, राम्रो अस्पतालमा नियमित स्वास्थ्य जाँच, कम्तीमा एउटा मोटर र फराकिलो घडेरीमा डेढ-दुई तलाको घर बनाउनु हरेक परिवारको विशेषता नै बनेको छ। नेपालीबहुल धेरैजसो गाउँटोलमा चिल्ला र सुकिला डेढ-दुई तलाका घर, घरको फराकिलो आँगन, आँगनमा एक चारपांग्रे र एकाध दुईपांग्रे सवारीसाधन भेटिन्छन्। 

देहरादुनको गढी क्यान्टतर्फ जाने मुख्य सडकसँगै जोडिएको छ, बलराजसिंह घर्तीको अटो सप (गाडी मर्मत पसल)। सडकसँगै सोझिएको उनको पसललाई बायाँ पारी भित्रतिर छिर्ने हो भने उनको घरमा पुगिन्छ। भर्खरै छोरी रुचिका घर्तीको विवाह गरिदिएका बलराज भन्दै थिए, "६ लाख रुपियाँको कार उपहार दिएँ। १० लाख अरू खर्च भयो।" यो करबि २६ लाख नेपाली रुपियाँ हो। घर्तीले छोरीको विवाहमा गरेको खर्चको मोटो विवरणले प्रस्ट पार्छ, फौजीबहुल बस्तीको सामान्य अर्थशास्त्र। फेसन डिजाइनको क्षेत्रमा भविष्य बनाउँदै गरेकी रुचिकाको विवाह भारतीय सेनामा क्याप्टेन रहेका युवक विकास गुरुङसँग भएको थियो। घर्ती भन्छन्, "सामान्य विवाहमा पनि ८ देखि १० लाख भारतीय रुपियाँ त खर्च लाग्छ नै। छोरीको विवाहमा अझ धेरै लाग्छ। कार दाइजो दिनु सामान्यजस्तै बनेको छ।" 

कतिपयका भनाइमा भारतभरमिा सबैभन्दा राम्रो आर्थिक अवस्था भएका नेपाली देहरादुनमा बस्छन्। अन्यत्र चौकीदारी र खेतीमा संलग्न नेपाली मूलका भारतीयको बसोवास बढी छ। उत्तराखण्डमै पनि देहरादुनबाहिर निवृत्त फौजीभन्दा बढी अरू पेसा-व्यवसायमा लागेका नेपालीभाषी छन्। सेनामा दोस्रो उच्च पदसम्म पुगे पनि अन्य क्षेत्रमा यहाँका नेपालीको उपस्थिति कमजोर छ । नेपाली मूलकी मालाराज्यलक्ष्मी शाह यस क्षेत्रकी अहिलेसम्मकै एक्लो लोकसभा सदस्य हुन् । 

युवा पुस्ताको अलग बाटो 

दीपक खत्री, ४२, ले फौजी बाबुबाजेको पेसा पछ्याएनन्। उनले सहिद मेघ गुरुङ मार्ग, देहरादुनमा एउटा रेस्टुराँ र होस्टेल (छात्रावास) चलाएका छन्। सहरमा मध्यमस्तरको व्यवसायीमा गनिन्छन् उनी। आफूबाहेक श्रीमती र फौजी सेवाबाट निवृत्त बाबुलाई समेत त्यही व्यवसायमा व्यस्त राखेका उनले थप तीन जनालाई रोजगारी दिएका छन्। प्यूठान, भिंगृबाट दीपकका जिज्यूबाजे भारतीय सेनामा जागिर गर्न पुगेका थिए। त्यसपछि उनको परिवार देहरादुनमै बस्दै आएको छ। जिज्यूबाजेदेखिको सेनामा जागिर गर्ने क्रमलाई उनले भंग गरिदिए। "हाम्रो पुस्ता सरकारी जागिरको विकल्प खोज्दै छ। आफ्नै व्यवसायले बढी स्वतन्त्र र आत्मनिर्भर भएको महसुस हुन्छ," दीपक भन्छन्। 

दीपक यस्ता उदाहरण हुन्, जो देहरादुनमा रहेको नेपाली समुदायको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्छन्। उनीजस्तै आज धेरैजसो भारतीय नेपाली युवक स्वतन्त्र पेसा र व्यवसायको खोजीमा छन्। त्यसैले कतिपय आफ्नै व्यवसाय सञ्चालन गर्दै छन् भने कतिपय निजी क्षेत्रको जागिरमा फैलिँदै छन्। पेसा र व्यवसायका विविध क्षेत्रसँग परिचित हुनु, विभिन्न प्राविधिक तथा उच्च शिक्षाको सहज पहुँचमा पुग्नु र सरकारले सैन्य भर्तीमा आरक्षणको कटौती गर्नु आजको पुस्ता विविध क्षेत्रमा फैलिनाका प्रमुख कारण हुन्। भारतीय सेनाका बि्रगेडियरबाट निवृत्त भएका पीएस गुरुङ भन्छन्, "अवसर र बाध्यता दुवै कारण नयाँ पुस्ता फौजी जागिरको विकल्प खोज्दै छ।"

नेपाली भाषा, संस्कृति र पहिचानबाट पनि युवा पुस्ता थप टाढिँदै छ। भारतीय राष्ट्रिय सैन्य प्रतिष्ठानको परेडस्थलछेवैको बाटो भएर कार्यालयतर्फ जाँदै गरेकी सोनाली चन्द, २३, लाई नै हेरौँ। उनको घरमा नेपाली भाषा चले पनि कम हुँदै गएको छ। देहरादुनकै एक सूचना तथा सञ्चार प्रविधि कलेजकी कम्प्युटर शिक्षक सोनालीका लागि कम्प्युटर, इन्टरनेट, आइप्याड, स्कुटी र अंग्रेजी भाषा जति अनिवार्य छ, त्यति आवश्यक छैन, नेपाली भाषा। त्यसैले उनी घरमा पनि अधिकांश हिन्दी र केही अंगे्रजी बोल्छिन्। स्टिल कारखानामा काम गर्ने बाबु र फौजी काकाहरू पनि हिन्दीमै अभ्यस्त भइसकेकाले परविारमा नेपाली भाषाको उपस्थिति कम हुँदै गएको हो। 

नयाँगाउँ, देहरादुनकी नयना थापा, २२, एयर होस्टेस हुन्। दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा केन्दि्रत उनको जागिरका कारण वर्षमा एकाधपटक मात्र घरपरविारसँग बित्छ। अंग्रेजी स्कुलमा पढेकी, परष्िकृत हिन्दी लबजमा अभ्यस्त भएकी नयनालाई नेपाली बोल्न भने झन्झट लाग्न थालिसकेको छ। तैपनि, बाबुआमालाई भेट्न देहरादुन आइपुग्दा हिन्दी र अंग्रेजीमिश्रति नेपाली बोल्ने प्रयास गर्छिन्। 

उनका बाबु प्रीतमकुमार थापा र बाजे पनि सेनामा जागिरे थिए। उनीहरू आबद्ध पल्टनमा नेपालीकै बाहुल्य हुँदा अनौपचारकि कुराकानी नेपालीमा नै हुन्थ्यो। नेपाली गीतसंगीतमा रमाउँथे। तर, नयना यस्तो माहोलबाट निकै टाढा पुगिसकेकी छन्। अमरसिंह थापासँगै काँगडा पुगेका योद्धा गुमानसिंह खड्काका पाँचौँ उत्तराधिकार सुनीलविक्रमको चिन्ता पनि यही छ, "हामी गोर्खाली जातिको भाषा, धर्म, संस्कृति नै नामेट पो हुने हो कि ? हाम्रो जातिको सभ्यता नामेट भयो भने हाम्रो अस्तित्व केमा खोज्ने ?" 

मास्टर मित्रसेनको तोतारानी

टाउको उठाएर हेर्दा नाकैमा ठोकिएलाजस्तो हिउँको पहाड अगाडि उभिन्छ। त्यसैको फेदीमा छ, भाग्सु धर्मशाला। यही भाग्सु क्षेत्रको तोतारानी गाउँमा आजभन्दा करबि ५० वर्षअघि मास्टर मित्रसेन थापाले झर्रा शब्दमा झ्याउरे गीतका बान्की भट्याएका थिए। हरियो जंगलको भित्रभित्रै हुर्कंदै गरेको यही भूमिबाट उनले नेपाली वीर जातिको गौरवगाथा गाएका थिए। लाहुरे जीवनको यथार्थलाई देश-देशावर पुर्‍याएका थिए। हो, तिनै मित्रसेनलाई जन्माउने यो भूमिमा, यो नेपाली बस्तीमा आज त्यस्ता विभूतिको खडेरी छ। मित्रसेनका झर्रा शब्द भट्याउने, नेपाली जनजीवनको स्पन्दन ठम्याउने नयाँ पिँढी खोज्नुपर्ने अवस्था छ। मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले, धानको बाला झुल्यो हजुर देशै रमाइलो, लाहुरेको रेलिमाई फेसनै राम्रो, चुइँचुइँ चुइँकिने जुत्ता, छड्के टोपी ढल्काई ढल्काई खुकुरी चम्काई, अब त जाऊँ कान्छी घर बाटो छ उकाली ओरालीजस्ता शब्दलाई झ्याउरे भाकामा कर्णपि्रय स्वरमा ग्रामोफोनमा रेकर्ड गराएर नेपाली ढुकढुकीमा बस्न सफल भएका मास्टर मित्रसेनकै घरमा नेपाली भाषा बुझाउन दोभाषे राख्नुपर्ने अवस्था त आउने होइन भन्ने स्थितिमा भाग्सु पुगेको छ। उनकै छिमेकी गाउँ दाडीका चन्दन कार्की, ५९, हिमाचली कुल्लु मिलाउँदै भन्छन्, "घरभित्र त नेपाली नै बोल्छौँ। तर, अचेलका केटाकेटीले नेपाली बोल्न र बुझ्नै छाडिसके।"

तैपनि, यहाँ मित्रसेनकै नाममा मित्रसेन साहित्य संगीत सभा स्थापना गरिएको छ। यस संस्थाले बेलाबेला साहित्यिक जमघट र सांस्कृतिक कार्यक्रम गर्दै आएको स्थानीय प्रतापसिंह गुरुङ बताउँछन्। त्यसबाहेक देवीदेवताको पूजा, दसैँतिहार, भैलो, चाडपर्व नेपाली चलन अनुसार मनाउने गरएिको उनको भनाइ छ। अर्को रोचक पक्ष के भने यहाँका नेपालीमूलका भारतीयहरू आफ्नो अलग र ऐक्यबद्ध सांस्कृतिक पहिचानका लागि हरेक वर्ष चाडपर्वको पात्रो प्रकाशित गर्छन्। "त्यो पात्रो भाग्सुलगायत काँगडा जिल्लाका हरेक गोर्खालीका घरमा पुर्‍याउँछौँ। र, एउटै रीति र तिथिमा ती चाडपर्व मनाउँछौँ," काँगडाकै द्रमण, प्रीतमनगरका एक मात्र गोर्खाली परिवारका मूली लालबहादुर भण्डारी भन्छन्। 

यता, उत्तराखण्डको देहरादुनमा नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृति हस्तान्तरण गर्न कतिपय विद्यालयमा नेपाली अध्यापन नै गराउन खोजियो। तर, विद्यार्थी त्यसतर्फ आकषिर्त हुनै सकेनन्। अहिले त्यो अभियान बन्द छ। "बरू, गीत र सांस्कृतिक क्षेत्रबाट गोर्खाली पहिचानप्रति नयाँ पुस्तालाई सचेत बनाउन सकिन्छ कि भनेर लागिएको छ," गुराँस सांस्कृतिक कला केन्द्रकी कोषाध्यक्ष प्रभा शाह भन्छिन्। 

केन्द्रकी नृत्य निर्देशिका सुम्निमा शर्मा गुरुङले स्वयंसेवी रूपमा झ्याउरे, सोरठी, कौरा, मारुनी, तामाङ सेलोजस्ता नेपाली नृत्य स्कुले बालबालिकालाई सिकाउँदै आएकी छन्। कोषाध्यक्ष शाहका अनुसार गोर्खालीलाई एकतामा बाँध्न र आफ्नो जातीय संस्कृतिप्रति सबैको ध्यान आकषिर्त गर्न यो तरिका बढी प्रभावकारी भएको छ। "प्रदेशस्तरमा हुने प्रतियोगितात्मक कार्यक्रम, सरकारी स्तरबाट आयोजना हुने सभा, समारोह, राजनीतिक संगठनका कार्यक्रम र नेपाली चाडपर्वका अवसरमा समेत हामी ठेट नेपाली प्रस्तुति दिन्छौँ," शाह भन्छिन्, "हाम्रो प्रस्तुति हेरेपछि आफ्नो जातीय संस्कृतिप्रति हरेक गोर्खाली सोच्न बाध्य हुन्छ।" 

देहरादुनमा देउसीभैलोको प्रचलन भए पनि त्यसमा संस्कृति, कला र धार्मिक पक्ष कम तर पैसा माग्ने पक्ष बढी हावी भएको देखेर सेनाका पूर्वबि्रगेडियर पीएस गुरुङ चिन्तित बने। त्यसपछि उनले प्रस्ताव ल्याए, असली देउसीभैलो खेलेर देखाइदिनुपर्‍यो। गोर्खालीहरूको बैठकै डाकेर केही दिन देउसीभैलोको रहिर्सल गरियो र गएको तिहारमा गाउँगाउँमा गएर परम्परागत देउसीभैलो खेलियो। भन्छन्, "मौलिक संस्कृति हराउँदै गएको ठानेर हामीले असली देउसीभैलोको अभ्यास थालेका छौँ।" अहिले नेपाली कला र संस्कृतिसम्बन्धी पुस्तक, वाद्य, तस्बिर र भिडियो संकलन गर्नु उनको दैनिकी बनेको छ। 

साहित्य, कला, संगीतका क्षेत्रमा उर्वर बन्न नसकेको यस क्षेत्रमा जागरणको लहर ल्याउन कठिन रहेको लेखक भूपेन्द्र अधिकारीको ठम्याइ छ। तर, यही क्षेत्रमा मरिमेट्ने हो भने पुनःजागरणको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ। "हरेक वर्ष २९ असारमा भानुजयन्ती धुमधामका साथ मनाउँछौँ। खलंगा मेलामा सहभागी हुन बाहिर रहेका गोर्खालीसमेत घर फिर्छन् र यसमा राजनीतिक नेता र सरकारी ओहोदावाल पनि सहभागी हुन थालेका छन्," नेपाली भाषाका शिक्षकसमेत रहेका अधिकारी भन्छन्, "यसले नेपाली जातीय पहिचान र सांस्कृतिक जागरणको पक्षमा झीनो आशाको संकेत गर्छ।"

वीरताको चिनो

देहरादुन सहरको उत्तरपूर्वी किनारको शान्त बगैँचामा ठिंग उभिएका छन्, दुई पुराना स्मारक। यिनै स्मारकले १ सय ९८ वर्ष पुरानो इतिहास सम्झाउँछन्। भारत सरकारको पुरातत्त्व सर्वेक्षण कार्यालयले छेउमै टाँगेको छ, 'हमारी विरासत, हमारा गौरव' लेखिएको बोर्ड।
त्यही इतिहास, जहाँ वीर गोर्खाली -नेपाली) सेना आफ्ना परम्परागत हतियार र युद्धकौशलका सहायताले आधुनिक हतियारबद्ध अंग्रेज फौजलाई हायलकायल पार्छन्। सेनापति वीर बलभद्र कुँवरले आफ्ना ६ सय सैनिक, महिला तथा बालबालिकाका साथ ३ हजार ५ सयभन्दा बढी सैनिक रहेको अंग्रेज फौजसँग लड्छन् । अंग्रेज सेनाका सबैभन्दा योग्य मानिएका जनरल जिलेस्पीसमेत ठाउँको ठाउँ मारिन्छन् । 
लडाइँमा विफल भएपछि अंग्रेजले नेपाली फौजलाई सखाप पार्न नालापानी किल्लामा जाने पानी नै बन्द गरििदएको थियो। त्यसपछि बलभद्रले बाँकी रहेका ७० जना लडाकूका साथ स्वेच्छाले किल्ला छाड्ने घोषणा गरेका थिए। अंग्रेजले नेपाली फौजको अदम्य साहस र वीरताको कदर गर्दै आफ्ना जनरल जिलेस्पीकै समानान्तर बलभद्रको पनि स्मारक बनाइदिएका छन्। र, नेपाली फौजलाई भनेका छन्, 'हाम्रा वीर शत्रु।' यो संसारमै एक मात्र यस्तो स्मारक हो, जहाँ आफैँसँग लडेका शत्रु सेनाको प्रशंसा र सम्मान प्रकट गरिएको छ। 
नालापानी पर्वतीय शृंखलाको सबैभन्दा अग्लो डाँडो। दक्षिणपश्चिममा लमतन्न फैलिएको छ, सेतो बर्को ओछ्याएजस्तो देहरादुन सहर। घना जंगलको यो निर्जन टाकुरामा आकाशै छेडूँलाजस्तो गरी ठडिएको छ, मानव निर्मित एक आकृति। 
गोर्खाली वीरताको चिनोका रूपमा हालै देहरादुनका नेपालीले बनाएका हुन्, बलभद्र खलंगा युद्ध स्मारक। देहरादुनको सहस्रधारा रोडस्थित अंग्रेजले बनाएको पुरानो स्मारकभन्दा करबि तीन किलोमिटर टाढा। केही तल सागरताल छ, जहाँ अहिले पनि नेपालीहरू बर्सेनि खलंगा मेला भर्छन्। 
त्यतिखेर गोर्खाली सेना आफू बस्ने छाउनीलाई खलंगा भन्ने गर्थे। तर, यस क्षेत्रमा नेपालीले बनाएको किल्ला, प्रयोग गरेका हतियार र अरू पुरातात्त्विक महत्त्वका वस्तुहरूको खोजी हुन सकेको छैन। यस क्षेत्रलाई पनि पुरातत्त्वले जिम्मा लिएर आवश्यक संरक्षण र उत्खनन गर्नुपर्ने, युद्ध क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग यहाँका नेपालीले उठाउँदै आएका छन्। 
भारतमा शासन गररिहेको अंग्रेजलाई समेत चुनौती दिने दुई बलिया राजा थिए, संसार चन्द र रणजित सिंह। ती दुवैलाई एकसाथ थर्कमान बनाएका थिए, नेपालीले। पश्चिमोत्तर भारतको काँगडा राज्य नेपालीले कब्जा गर्दा त्यहाँका राजा संसार चन्द काँगडाको यस ढुंगे किल्लाभित्र थुनिएका थिए।
काँगडाको मूल बजार र वस्तीभन्दा निकै पर । बाणगंगा र माझी नदीको दोभानमा अवस्थित यस थुम्कोमा निर्मित ढुंगे किल्लालाई जसले कब्जा गर्छ, उसैको यो राज्य हुन्छ भन्ने मान्यतालाई समेत नेपालीले खण्डित गरेका थिए। 
किल्लाबाट देखिने गरी नजिकै अर्को डाँडोमा बडाकाजी अमरसिंह थापाले जयन्ती माताको मन्दिर थापना गरी ध्वजा फहराइसकेका थिए। काँगडाको सिमाना सतलज नदीभन्दा पार िगोर्खाली फौज पुगिसकेको थियो। राजा संसार चन्द तीन वर्षसम्म यही किल्लाभित्र थुनिए। नेपालीलाई बर्सेनि लाखौँ रकम र आफ्नी छोरीसमेत दिन उनी तयार भए। आफ्नो ज्यान जोगाउन महिलाको भेष धारण गरी भागे। तर, पन्जाबका राजा रणजित सिंहले संसार चन्दलाई सहयोग गर्ने नाममा गोर्खाली फौजमाथि आक्रमण बढाए र काँगडा किल्ला कब्जा गरे। संसार चन्दको काँगडा राज्य पतन भयो । 















Wednesday, December 26, 2012

चे ग्वेभाराका


चेको व्यापार


"तपाईंको ट्याक्सीमा टाँसेको यो स्िटकर कसको हो ?" एक जना युवा ट्याक्सी चालक यस प्रश्नमा एकछिन अकमकाउँछन् । सामुन्ने सिसामा टाँसेको त्यस तस्िबरतिर हल्का आँखा घुमाउँछन् । "नाम त यी त्यहीँ लेखिएको छ नि, पढ्नोस् !" उनी यस संवाददातालाई आग्रह गर्छन् । "यी व्यक्तिका बारेमा तपाईंलाई के थाहा छ ?" संवाददाताले फेर िप्रश्न गर्छ । चालक ट्याक्सी रोकिएको अवसरको पाइदा उठाउँदै खल्तीबाट चुरोटको बट्टा निकाल्छन् र संवाददातातिर तेस्र्याउँछन्, "तान्ने हो सर ?" नकारात्मक जवाफ पाएपछि उनी पुनः कुराको सिलसिला जोड्छन्, "क्रान्तिकारी हो भन्ने सुनेको छु, अरू थाहा छैन सर !"

अहिले चे ग्वेभाराका तस्िबर अंकित स्िटकरहरू मात्र होइन, टिसर्ट, पाइन्ट, टोपी, पर्सदेखि की-चेनसम्म बजारमा छ्यापछ्याप्ती छन् । युवा जमातमा विशेष प्रचलित यी सामग्रीहरू प्रयोग गर्नेहरूमा शिक्षित र अशिक्षित दुवैथरी छन् । धेरैलाई थाहा छैन, यस व्यक्तिले के त्यस्तो काम गरेको थियो तर पनि उसका तस्िबर यत्रतत्र प्रयोग भइरहेछन् । 

चेको तस्िबर अंकित टिसर्ट, टोपी आदिको नेपालमा औसत कारोबार छ । काठमाडौँमा एक सयभन्दा धेरै व्यवसायीहरूले चे अंकित ती वस्तुहरूको व्यापार गररिहेका छन् । विभिन्न मुलुक र नेपालमै बनेका टिसर्टलगायतका सामग्रीहरू आयात गरेर तिनमा चेका तस्िबर छाप्ने वा कुद्ने काम नेपालमा हुन्छ । चेसँग जोडिएको कारोबारले औसत किसिमको रोजगारसमेत पैदा गरेको सम्बद्ध व्यापारीहरूको कथन छ ।

नयाँ बसपार्क, गोंगबुमा पश्चिम जाने बस कुररिहेका २४ वषर्ीय तिलक जोशीले सेतो टिसर्ट लगाएका छन्, जसको अग्रभागमा चेको कालो रङको छापावाल तस्िबर छ । जाडोयाम विस्तारै छिप्पिन लागेकाले उनले टिसर्टमाथि ज्याकेट पनि भिरेका छन् तर त्यसको फास्नर खुलै भएकाले चेको दाह्रीवाल तस्िबर प्रस्टै देख्न सकिन्छ । "यो टिसर्टको मान्छेबारे तपाईंलाई केही थाहा छ ?" उनकै नजिकमा पुगेर एकछिनको भलाकुसारीपश्चात् सोधिएकोे प्रश्नमा उनको उत्तर थियो, "खै थाहा छैन, भाइले किनिदिएकाले लगाएको हुँ ।" उनी यसबारेमा लामो कुरा गर्ने मुडमा थिएनन् । बस छुट्ला भन्ने पिरलोले होला कुरालाई त्यति गम्भीरतापूर्वक लिएनन् पनि उनले । 

ठमेलका टिसर्ट बिक्रेता सुमन मुननकर्मीको बुझाइ पनि जोशीको भन्दा त्यति फरक छैन । "कम्युनिस्ट मान्छे हो भन्ने सुनेको छु तर धेरै थाहा छैन," उनी भन्छन््, "हामी व्यापारीले जे बिक्छ, त्यही बेच्ने हो ।" चेका बारेमा खासै जानकारी नभए पनि यस्ता टिसर्टहरू पाकाहरूले नलगाउने र उमेरदारले मात्र लगाउने भन्ने मुननकर्मीको जानकारी छ । 

तर, प्रकाश सिवाकोटी र बद्रीप्रसाद तिमिल्सिनाको एक दशक लामो व्यापार अनुभवले भने उपभोक्ताहरू चे ग्वेभारालाई बुझेरै यस्ता सामग्रीहरू प्रयोग गर्छन् भन्ने ठम्याइ छ । दुईदेखि चार सय रुपियाँसम्म पर्ने यस्ता टिसर्ट हुन् या त्यति नै मूल्य पर्ने टोपी हुन्, तिनको प्रयोग गर्ने अधिकांश युवा तथा शिक्षित भएकाले चेका बारेमा बुझेका सिवाकोटी र तिमिल्सिनाको भनाइ छ ।

चेका तस्िबरप्रति आकषिर्त हुनेहरू दुईथरी छन् । एकथरी राजनीतिक दलको जुलुसमा मिसिएर नारा लगाउने जनताजस्ता छन्, जो केही नबुझी लहैलहैमा चेलाई अगाँलिरहेका छन् । अर्कोथरी राजनीतिक दलका कार्यकर्ता छन्, जो बुझेर निष्ठाका साथ चेलाई प्रयोग गररिहेछन् ।

सन् १९५३ मा अर्जेन्टिनाको रोजारयिोमा जन्मेका चे ग्वेभारा कुशल चिकित्सक थिए । आफ्नो अध्ययन सकेर पेरुको एक अस्पतालमा चिकित्सकका रूपमा कार्यरत रहँदा चेले त्यहाँ धेरै कुष्ठरोगीहरू आर्थिक अभावका कारण उपचार गराउन असमर्थ रहेको देखे । यहीँबाट उनमा कम्युनिस्ट विचारधारा अंकुरति भएको हो । सन् १९५५ मा मेक्सिको पलायन भई एउटा अस्पतालमा काम गररिहेका बखत उनको भेट क्युबाका प्रसिद्ध क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग भयो । त्यस भेटले उनीहरूको विचारधारालाई आपसमा संयोजन गर्‍यो । फलतः क्यास्ट्रोद्वारा सन् १९५६ मा गठित 'रभ्ियुलुसनरी मुभमेन्ट'मा चेलाई एक चिकित्सकका रूपमा आबद्ध गरयिो । यसै संस्थाबाट चे औपचारकि रूपमा क्युबाबाहेकका ल्याटिन अमेरकिी देशहरूको स्वतन्त्रता र कम्युनिस्ट शासन स्थापनाका लागि प्रतिबद्ध भएर लागे । एक समय उनी क्युबाको मन्त्रीसमेत हुन पुगेका थिए । गुरल्िला युद्धका 'मास्टर माइन्ड' मानिने उनले क्युबाको मन्त्री पद र नागरकितासमेत त्यागेर उरुग्वे, ब्राजिल, पाराग्वे, अर्जेन्टिना, बोलिभियालगायतका देशहरूमा कम्युनिस्ट शासन स्थापनाका लागि गुरल्िला युद्ध सञ्चालन गर्दै हिँडे । ३९ वर्षको उमेरमा बोलिभियाको एउटा जंगलमा अमेरकिी गुप्तचर संस्थाद्वारा उनको हत्या गरयिो । 

ठमेलमा विगत एक दशकदेखि सौरभ म्युजिक चलाएर बसेका छन्, कपिल महर्जन । उनको पसलमा चेका अधिकांश फिल्महरू किन्ने ग्राहक विदेशी नै हुन्छन् । उनका विचारमा नेपाली युवा पुस्ताले चेसम्बन्धी फिल्महरूमा मनोरञ्जन लिने गरेका छन् । "तर, चेका बारेमा बुझेका र बुझ्न चाहनेले मात्र यस्ता फिल्म हेर्छन्," उनी भन्छन्, "आममानिसले चेका फिल्म हेर्ने रुचि देखाएको मलाई जानकारी छैन ।" कपिललाई चेका बारेमा अरू बिक्रेताहरूको तुलनामा धेरै जानकारी छ । ल्याटिन अमेरकिी मुलुकमा कम्युनिज्म स्थापनाका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भन्ने पनि उनले बुझेका छन् । दी मोटरसाइकल डायरी, चे गुरल्िला र ई एल अर्जेन्टिनो भन्ने फिल्महरू पनि उनले हेरेका छन् । पछिल्ला दुई फिल्महरू स्पेनिस भाषामा भएकाले बुझ्न अलि कठिन छ । तर, चे भाग-१ र भाग-२ ले भने उनका बारेमा बुझ्न राम्रो सहयोग गर्छन् । 

चे ग्वेभाराका तस्िबर अंकित सामग्रीहरू प्रयोग गर्ने ग्राहकका बारेमा प्रकाशले पनि धेरथोर बुझेका छन् । आफ्नो पसलबाट झिकेर चेको तस्िबर अंकित टिसर्ट लगाउँदै उनले भने, "यी कम्युनिस्ट हुन् । त्यसैले यस विचारधारामा विश्वास राख्नेहरूले नै यस्ता कुरा बढी प्रयोग गर्छन् ।" यो बुझ्नेहरूको कुरा भयो । 

युवा ट्याक्सी चालक र बस कुररिहेका तिलक जोशीजस्ता कयौँ मानिसहरू तस्िबरको इतिहास नबुझी कुनै टिसर्ट, क्याप, ज्याकेट, ब्याग या स्िटकरहरूको प्रयोग गररिहेछन् । कलंकी चोकमा भेटिएका एक युवाको कुराले यसलाई पुस्ट्याइँ गर्छन् । उनी चेको तस्िबर सजिएको कालो क्याप ढल्काएर हिँडिरहेका थिए । औपचारकि अभिवादनपश्चात् उनलाई टोपीका व्यक्तिबारे जिज्ञासा राखियो । उनको उत्तर थियो, "यो अंग्रेजी गीत गाउने कुनै गायक हुनुपर्छ," उनले शिरको टोपी हातमा नचाउँदै भने, "नाम, थरै त कहाँ थाहा हुन्छ, पसलमा छान्दा यही मन पर्‍यो, किनेर लगाएँ ।"

जानेर होस् या लहैलहमा, विगत केही वर्षयता चे ग्वेभारा आफ्नो जन्मस्थलभन्दा हजारौँ मिल टाढा नेपालमा पनि प्रसिद्ध छन् । चेका बारेमा थाहा पाउनेले उनको बहादुरीपूर्ण कार्य र निडर व्यक्तित्वको सम्मानस्वरूप यस्ता तस्िबरहरू प्रयोग गररिहेका छन् । उनका बारेमा पटक्कै थाहा नपाएकाहरू पनि तस्िबरमा देखिने जोसिलोपन र आकर्षणले तानिएर उनलाई स्वीकारेका छन् । 

यस्ता थिए चे

"मेरो नाम चे ग्वेभारा हो । मलाई मार्नुभन्दा बचाउनु तिमीहरूका लागि महत्त्वपूर्ण हुनेछ...। मलाई थाहा छ, तिमीहरू मलाई मार्नै आएका हौ, त्यसैले हे कायर हो, मलाई गोली ठोक । तर, तिमीहरू केवल एउटा व्यक्तिलाई मार्न लागिरहेछौ ...।" आफ्नो हत्याअघि चे ग्वेभाराका मुखबाट निस्केका वाणी थिए, यी । चेको घाँटीभन्दा मुनि गोली हान्नु भन्ने आदेश थियो सेनालाई । र, ९ अक्टोबर १९६७ को अपराह्न १ बजेर १० मिनेट जाँदा उनलाई चारपटक गोली हानेर बोलिभियाको भ्नालेग्रान्दे जंगलमा हत्या गरएिको थियो ।

प्रसिद्ध अंग्रेजी पत्रिका टाइमले सन् १९६०, अगस्त महिनाको अंकमा आवरण चित्रसहित चेका बारेमा छाप्यो । यसमा उनलाई फिडेल क्यास्ट्रोको दिमाग भनिएको छ । नायक गुरल्िलाका नामले प्रसिद्ध चेका तस्िबरहरू फेसन फोटोग्राफर अलबर्टो डियाज गुएरेले त्यही वर्ष खिचेर उनको क्रान्तिकारी छविलाई अझ लोेकपि्रय बनाउन मद्दत गरे । 

टाइमले सन् २००० मा चेलाई बीसौँ शताब्दीका एक सय जना प्रभावशाली व्यक्तिमध्ये घोषणा गर्‍यो । पत्रिकाले लेखेको थियो, "यद्यपि, विश्वमा आज साम्यवादको ज्वाला मत्थर भइसक्यो तर चे विद्रोहको जोडदार प्रतीक हुन् र क्रान्तिका लागि एक उदाहरणीय उत्साह बनेका छन् ।"

यस धरतीबाटै गरबिी उन्मूलन र गरबिको उत्थानका लागि कम्मर कसेर लागेका चेलाई कहिलेकाहीँ प्राचीनकालका अलेक्जेन्डर महान्को दुस्साहससँग पनि तुलना गरन्िछ । १४ जून १९२८ मा अर्जेन्टिनाको रोजारयिोमा एक मध्यमवर्गीय परविारमा पाँचमध्ये जेठो सन्तानका रूपमा उनको जन्म भएको थियो । उनले सन् १९५३ मा चिकित्सा विज्ञानमा डिग्री हासिल गरी चिकित्सकका रूपमा विभिन्न दक्षिण अमेरकिी मुलुकहरूको भ्रमण गरे । पेरुको सान पाब्लो कुष्ठरोग अस्पतालमा काम गर्दा उनले असहाय धेरै राेगीहरूलाई भेटे । त्यस अस्पतालमा उपचारका लागि खर्च नभएका कारण तिनका आमाबाबु आफ्ना सन्तानहरू मृत्युका मुखमा गएको टुलुटुलु हेर्न बाध्य थिए । त्यस घटनाले चेलाई एउटा क्रान्तिकारी व्यक्तित्व बनाउन भूमिका खेल्यो । 

सन् १९५५ मा क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग चेको मेक्सिकोमा भेट भयो । चे त्यहाँ पलायन भई चिकित्सा संकायमा कार्यरत थिए । यही भेटपछि चे र क्यास्ट्रोबीच सहकार्य भयो । क्युबाका तत्कालीन तानाशाह फुलजेन्सियो बाटिस्टाविरुद्ध जेहाद छेडियो र सन् १९५९ मा अपदस्थ गरयिो । जनवरी ७ का दिन क्युबामा अन्तरमि सरकार गठन गरयिो र क्यास्ट्रो नयाँ नेता भए । सन् १९६० मा उनले चेकोस्लोभाकिया, चीन तथा सोभियत संघको भ्रमण गरे र गुरिल्ला युद्ध र क्युबाली क्रान्तियुद्धका सम्झनाहरू नामक पुस्तकहरू लेखे । सन् १९६१ मा चेलाई त्यहाँको नागरकिता प्रदान गर्दै क्यास्ट्रो सरकारले उद्योगमन्त्री तथा प्रमुख अर्थविद्का रूपमा नियुक्त गर्‍यो । 

उनले सन् १९६३ र ६४ मा संयुक्त महासभामा सम्बोधन गरे, जुन सम्बोधन अत्यन्तै चर्चित भयो । उनले आफ्नो भाषणमा भनेका थिए, "सशस्त्र संघर्ष नै समाजवाद प्राप्तिको एउटा निश्चित बाटो हो ।" सन् १९६५ मा क्युबाको मन्त्री पद मात्र होइन, त्यहाँको नागरकिता नै त्यागेर विभिन्न ल्याटिनी मुलुकहरूको भ्रमणमा निस्िकए । ९ डिसेम्बर १९६७ मा बोलिभियाको एक जंगलमा उनको सैनिकद्वारा हत्या भयो ।

चे ग्वेभारा सम्बन्धी जानकारी


अर्नेस्तो "चे" ग्वेभारा (स्पेनी: Ernesto Che Guevara; १४ जून १९२८ – ९ अक्टोबर १९६७),अर्जेन्टीनाका मार्क्सवादी क्रांतिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चेअथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रांति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरूको का प्रतीक बन्यो।
चिकित्सीय शिक्षाको बेला चे पूरैल्याटिन अमेरिकामा धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्‍यायो। उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण एकाधित्यपूंजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद, जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो - विश्व क्रांति। यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका राष्ट्रपति याकोबो आरबेंज गुजमानद्वारा चलाइएको समाज सुधारहरूमा भाग लिए। उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४मा गुजमानलाई अमेरिकाको मददले हटाइयो। यसको केही समय पछि मेक्सिको सिटीमा उनको राऊल र फिदेल कास्ट्रो सित भेट भयो, र उनी क्यूबाको २६ जुलाई क्रांतिमा सामेल भए। चे शीघ्र नैं क्रांतिकारीहरूको कमानमा अर्को ठाउँसम्म पुगे र बातिस्ताको राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए।
क्यूबाको क्रांति पश्चात चेले नयाँ सरकारमा धेरै महत्त्वपूर्ण कार्य गरे, र साथ-साथै सारा विश्वमा घुमेर क्यूबाकोसमाजवादको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाए। उनिद्वारा प्रशिक्षित सैनिकहरूले पिग्सको खाड़ी आक्रमणलाई सफलतापूर्वक पछारे। सोभियत संघसित नाभिकीय प्रक्षेपास्त्र लिएर आए, जसद्वारा १९६२को क्यूबन प्रक्षेपास्त्र संकटको शुरुवात भएकोथियो, र सारा विश्व नाभिकीय युद्धको स्थितिमा पुगेकोथियो। साथै चेले लेखेका पनि छन्, उनका सबभन्दा प्रसिद्ध कृतिहरू हुन् - गुरिल्ला युद्धको नियम-पुस्तक र दक्षिणी अमरीकामा उनको यात्रामा आधारित मोटरसाइकल डायरीहरू। १९६५मा चे क्यूबादेखि निक्लेर कांगो पुगे जहाँ उनले क्रांति ल्याउने विफल प्रयास गरे। यसपछि उनी बोलिविया पुगे र क्रांति उक्साउने प्रयास गरे तर पक्रा परे अनि उनलाई गोली हानी मारियो।
मृत्युपछि पनि चेलाई आदर र धिक्कार दुइटै दिइयो। टाइम पत्रिकाले उनलाई २०औं शताब्दीका १०० सर्वाधिक महत्त्वपूर्ण व्यक्तिहरूको सूचिमा सामेल गर्‍यो। चेको तस्वीर गेरिलेरो एरोइको (स्पेनी: Guerrillero Heroico, वीर गुरिल्ला) लाई विश्वको सबैभन्दा प्रसिद्ध तस्वीर मानिएको छ।

Tuesday, December 25, 2012

कम्युनिष्टहरुले भुलिरहेको संस्कार

- देवराज विश्वकर्मा

स्थापित मूल्य–मान्यतामाथि आक्रमण गर्दै इतिहासको गम्भीर अध्ययन र विश्लेषण गरी एउटा परिपक्व विचार कार्ल माक्र्सले अघि सारेपछि पृथ्वीभर हलचल मच्चियो । कार्ल माक्र्सले अघि सारेको विचार केवल विचार मात्र थिएन, त्यो दुनिया“लाई प्रगति र उन्नतिको मार्गमा डो¥याउने विज्ञानसम्मत विश्व दृष्टिकोण थियो । स्थापित मान्यता के थियो भने काम गर्नेहरुले गरिराख्नुपर्छ, बसेर खाने मानिसहरु भनेका भाग्य लिएर आएका मानिसहरु हुन् भन्ने थियो । धर्म, राज्य, कानूनजस्ता कृत्रिम चिजहरु सबै बसेर भाग्यको भरमा मानिस कजाएर खानेहरुको पक्षमा थिए । अधिकार भन्ने कुन चरीको नाम होला भने जस्तै थियो । जसको हातमा स्रोत साधन थिएन उनीहरु अवला थिए, कमजोर थिए । जसले धेरै जनता सताएका थिए उनीहरुको विरुद्धमा बोल्नु महापाप ठहरिन्थ्यो, अपराध ठहरिन्थ्यो । ती सबैलाई नांगेझार पार्दै न्यायप्रेमीहरुका प्रणेता कार्ल माक्र्सले नवीन विचार अघि सारेपछि आज दुनिया“ आलोकित बनिरहेको छ र आज अन्याय जति चरमचुलीमा पुगे पनि भोलि त्यो अवश्य ढल्छ, आज जतिसुकै शोषण गरिए पनि भोलि त्यसकै गर्भबाट त्यो शोषण दोहनको अन्त्य गर्ने शक्ति जन्मिन्छ भन्ने नवीन मान्यता स्थापित भइसकेको छ ।
कार्ल माक्र्स जसलाई गरीवहरुका प्रमिथस भनिन्छ, उनले अघि सारेको विचार ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । यी विषयका ज्ञाता केवल कार्ल माक्र्स मात्र थिएनन्, अरस्तु, हेगेल, फायरवाखजस्ता विद्वान्–विचारकहरु पनि थिए । उनीहरुले पनि विषयवस्तुको अध्ययन विषद् रुपमै गरेका थिए । प्रत्येक वस्तुको द्वन्द्वको कारण ऊ आफै हो र त्यसको विकासोन्मुख गुणहरु प्रवल भए त्यो अघि बढ्छ पतनोन्मुख गुणहरु प्रवल भए त्यो विनाश हुन्छ भन्ने कुरा उल्लेखित विचारहरुले अध्ययन अनुसन्धान गरे पनि वस्तु अन्ततः कसरी उत्पत्ति हुन्छ भन्ने सवालमा उनीहरु चुके । वस्तुको जन्मदाता कुनै अदृश्य शक्ति रहेको रहस्य देखाए । फायरवाखले विकास गरेको भौतिवाद र हेगेलले विकास गरेको द्वन्द्ववादलाई टाउकोले टेकेको मानवको संज्ञा दिए कार्ल माक्र्सले । आफूले कुनै अद्भूत काम नगरेको, केवल टाउकोले टेकेको मान्छेलाई खुट्टाले टेक्न मात्र लगाएको कुरा कार्ल माक्र्सले गरेका छन् । मानव जातिको उत्पत्ति र विकासको समुचित विश्वदृष्टिकोण जो कार्ल माक्र्सद्वारा अघि सारिएको थियो, त्यो जति वैज्ञानिक दृष्टिकोण अर्को छैन । हालसम्म विकसित प्रविधि अनुसार गरिएको सर्वेक्षणका आधारमा भन्ने हो भने एक हजार वर्षको इतिहासमा सबैभन्दा धेरै मानव जातिलाई प्रभावित गर्ने मानवका रुपमा कार्ल माक्र्सलाई मानिएको छ । दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादजस्ता महत्वपूर्ण विषयहरुमा विषद् अध्ययन गरेका कारणले मात्र कार्ल माक्र्सलाई सम्मानित गरिएको होइन बरु मानव जातिका विद्यमान यावत् समस्याहरुलाई हल गर्ने सवालमा माक्र्सले अघि सारेको विचार नै अचूक ठहरिए ।
विचारमा समृद्ध हु“दाहु“दै त्यो लागु गर्ने संयन्त्र के हो भन्ने सवालमा कार्ल माक्र्सका सच्चा उत्तराधिकारीका रुपमा लेनिनले संगठनको क्षेत्रमा गरेको योगदान अत्यन्त महत्वपूर्ण हुन आउ“छ । पूर्व सोभियत संघका महानायक, अक्टोवर क्रान्तिका प्रणेता भि.आई (भ्लाई इल्यिय) लेनिनले कम्युनिज्मका लागि संगठन (संयन्त्र) लाई कसरी परिचालन गर्ने भन्ने विषयमा अघि सारेको विचारबाट नै आज संसारभरका कम्युनिष्टहरु आलोकित छन् । खेती गर्नका लागि गोरु, हलो, हली र आधुनिक युगमा ट्रेक्टर–ड्राइभर आदि आवश्यक परेझैं समाजलाई नया“ दिशाबाट नया“ गन्तव्यमा पु¥याउन संगठन अनिवार्य वस्तु रहेछ । कार्ल माक्र्सले इतिहासको परिचालक शक्ति जनता हुन् भनेर गरेको परिभाषा अनुसार लेनिनले समाजलाई आमूल परिवर्तनको दिशामा अघि बढाउन जनतालाई अजेय शक्ति मानेका छन् । अजेय जनताको शक्तिलाई परिचालन गरेर क्रान्तिको लक्ष्य पूरा गर्न सकिन्छ । त्यो क्रान्तिको लक्ष्य पूरा गर्ने भनेको क्रान्तिको अभिभारा पूरा गर्नु नै हो । संगठन अचूक अस्त्र भए पनि यसलाई परिचालन गर्ने सवालमा थुप्रै त्रुटिहरु छन् । यही संगठन परिचालन गर्ने सिलसिलामा देखिने सानातिना कार्यशैलीगत कमजोरीलाई सिद्धान्तको जामा पहि¥याएर अति रंगरोगन गर्दै अनेक कम्युनिष्ट पार्टी बनाउ“दै हि“ड्नु निम्न पू“जीवादी चिन्तन हो । विगतमा सोभियत मोडेलको समाजवादलाई हेर्ने मामिलामा मतमतान्तर हु“दा कम्युनिष्ट पार्टी विभाजित भए । पछि चीनमा क्रान्ति सम्पन्न भएपछि रुसको बाटो कि चीनको बाटो भनेर कम्युनिष्ट पार्टीहरु विभाजित भए । नेपालमा यतिसम्म कि एउटा देशले अर्को देशस“ग गर्ने सन्धि सम्झौताको विषयलाई लिएर कम्युनिष्ट पार्टी विभाजित भएको दुःखद् इतिहास छ ।
लेनिनले अलग–अलग देशमा आ–आफ्नैढंगले कम्युनिष्ट पार्टीले क्रान्ति सम्पन्न गर्न सक्छन् भन्ने मान्यता अघि सारेपछि त्यस देशको वस्तुगत धरातलका आधारमा क्रान्ति सम्पन्न गर्नु मूल ध्येय हो न कि अनेक बहानामा विभाजित हुनु । पार्टीहरु विभाजित हुने मात्र होइन त्यो पार्टीभित्र अनेक गुट–उपगुटहरु देखिनु, त्यसको अभ्यास गरिनु सामन्ती सोचको पराकाष्ठा हो । लेनिनले विकास गरेको लेनिनवादी संगठनात्मक पद्धतिलाई आत्मसात गर्न नसक्दा कम्युनिष्ट पार्टीलाई पर्याप्त जनताले साथ दिंदादिंदै पनि क्रान्तिको अभिभारा पूरा गर्न नसकेको अवस्था छ ।
नेतामा सामन्ती सोच, धेरै जनता भएको ठाउ“मा मात्र जान खोज्ने, कार्यकर्ता–जनताबाट धेरै स्वागत–सम्मान खोज्ने, गाडी मोटर अघिपछि कुदाउन खोज्ने, कार्यकर्ता अघिपछि लगाउने, फूलमाला, स्वागतद्वार आदि खोज्ने, कार्यकर्तालाई कोही नजिक कोही टाढा देख्ने, धेरै प्रचार प्रसारमा रमाउने, पैसा दिएर भए पनि रेडियो पत्रपत्रिकामा अन्तर्वार्ता दिने, धेरै सञ्चार माध्यममा छाउन खोज्ने, आफ्नो व्यक्तिगत प्रभाव बढाउन विरोधीस“ग सा“ठगा“ठ गर्ने, ठाटबाठ मन पराउने, पार्टीभित्र शक्ति हत्याउन अनावश्यक दलवल तयार गर्ने, प्रशंसा खोज्ने प्रवृत्तिहरु सामन्ती सोचका परिचायक हुन् । कार्यकर्तामा अनावश्यकरुपमा दलाली, चाकडी गर्ने, अनावश्यकरुपमा फुलबुट्टा भरेर प्रशंसा गर्ने, अर्को नेतालाई होच्याउने, मन परेको अमूक नेतालाई फुक्र्याउने, अमूक नेताको सम्मानमा धेरै खटिने, अमूक नेतालाई उपेक्षा गर्ने प्रवृत्ति नै कार्यकर्ताको तहबाट गुटबन्दी बढाउने चिन्ह हुन् ।
प्रत्येक विन्दु–विन्दुमा मतमतान्तर हुन सम्भव छ किनभने प्रत्येकका सोच्ने आ–आफ्नै मस्तिष्कहरु छन् । एकपटक एउटा विषयलाई टुंगोमा पु¥याउन भएको विवाद स्थायी मतभेदको कारण बन्न सक्दैन । कम्युनिष्टबाहेक अरुले हजार–लाख वर्षको अध्ययन गरेर निष्कर्ष निकाल्न सक्दैनन् । तर आज कुनै कम्युनिष्ट पार्टीले अधिवेशन नै गर्दैनन् । कम्युनिष्ट पार्टीको जीवन शुद्धिकरणको प्रक्रिया भनेकै अधिवेशन–सम्मेलनहरु हुन् । एउटा अधिवेशन सम्मेलनबाट विजयी विचार र नेतृत्व स्थायी होइन । आज हारेको नेतृत्वले भोलि विजय प्राप्त गर्न सक्छ । जित्नेहरुलाई हार्नेहरुले सहयोग गर्न सकेनन् भने भोलि उनीहरुको पनि अस्तित्व संकटमा पर्छ । आफूलाई मन परेको विषयमा निर्णय हुन सकेन भने सक्रियताबाट आवश्यकता बोध गराउन सक्नुपर्छ । तर अस्वीकृत विचारलाई पालेर अनुशासन नाघ्नु हु“दैन । बहुमत–अल्पमतको विधि नै निर्णयमा पुग्ने उच्चतम विधि हो । सर्वसम्मत निर्णयमा पुग्नु सर्वोत्तम विधि हो । एउटा अधिवेशनका प्रतिनिधिले चुनेको नेतृत्व एउटा अवधिका लागि संस्था हो । त्यो संस्थाको सम्मान गर्न सके मात्र सिंगो विचार पक्षधरको हित रक्षित बन्दछ । एक अधिवेशनदेखि अर्को अधिवेशन, एक बैठकदेखि अर्को बैठक, एक भेलादेखि अर्को भेलासम्म धैर्य गर्न नसक्नेले कसरी क्रान्तिको अभिभारा पूरा गर्न सक्लान् ? आफ्नो विषय निर्णय भएन भने अवाञ्छित ठाउ“मा बैठक–भेलाको आयोजना गर्र्नु, संस्थाको निर्णयविरुद्ध अर्को निर्णयको प्रचारवाजी गर्दै हिड्नु कदापि क्षम्य हु“दैन ।
गरीवको पक्षधर भएको हवाला दिंदैमा क्रान्ति सम्पन्न हुने भए आज मुलुक धेरै अघि पुगिसक्थ्यो । कुरा गरेर भन्दा काम गरेर लक्ष्यमा पुग्न सकिन्छ, परिणाम दिन सकिन्छ । आज हरेक कम्युनिष्ट पार्टीभित्र झा“गिएका यी प्रवृत्तिहरुको समुचित व्यवस्थापनको विधि भनेको प्रत्येक कम्युनिष्टहरुले आवधिकरुपमा आलोचना आत्मालोचनाको विधि अंगिकार गर्नैपर्दछ । अन्यथा हिंडिरहनेछौं तर लक्ष्यमा कहिल्यै पुग्नेछैनौं ।

ओझेलमा पर्यो १९५० को एजेन्डा


१९५० को सन्धीको विकल्पमा नयां सन्धीका लागि भारत सरकारलाइ तयार गर्न नसकेपनि प्रचन्डले आफ्नो भ्रमणको मुख्य केन्द्र यसैलाइ बनाउन सफल भएका थिए । तर, नेपालले भने यसलाइ त्यत्ति महत्व दिएनन भन्ने तथ्य उनको भारतभ्रमणमा उठेका विषयहरुवाट प्रष्ट भइरहेको छ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचन्डको भारत भ्रमणताका चर्चामा थियो नेपाल र भारतविच भएको १९५० को सन्धी पुनरावलोकन गरिने विषय । एमालेका नेताहरुको भाषणमा समेत सधै अट्ने शब्द हो सुगौली सन्धीको पुनरावलोकन । २०५१ ताका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले पहिलो पटक यो सन्धीको विषयलाइ उठाएका थिए । त्यसैलाइ माओवादी अध्यक्ष प्रचन्डले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणताका पुन उठाएका थिए । तर एमाले नेता नेपालले प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जांदा यो विषय त्यत्तिकै विलायो । न राजनीतिक दलहरुले सन्धीको पुनरावलोकनको विषय उठान गर्नुपर्ने विषयमा जोड दिए न प्रधानमन्त्रीको सुचिमा नै यो पर्न सक्यो ।

प्रचन्डको भारतभ्रमणताका नेपाल भारतविच भएको सन्धीहरुको पुनरावलोकन र अध्यावधीका लागि विदेश सचिवस्तरिय समिति गठन गरी काम शुरु गर्ने सहमति भएको भनिएको थियो । तर, त्यो समितिले के गरिरहेको छ चर्चामा छैन अहिले ।

तत्कालिन प्रधानमन्त्रि प्रचन्डको भारत भ्रमण अगाडि उनले १९५० को सन्धी खारेज गर्नुपर्ने माग अगाडि सारेपनि उनी त्यो कोणवाट विषयको उठान गर्न भने असफल भएका थिए । उनले भारत १९५० को शान्ती तथा मैत्रि सन्धीको विकल्पमा नयां सन्धीका लागि भारत तयार रहेको बताएपनि जारी भएको २२ बुंदे संयुक्त विज्ञप्तीमा भने १९५० को सन्धी लगायतका अन्य सहमति र सन्धीको पुनरावलोकनका लागि दुबै देश तयार रहेको भन्ने उल्लेख रहेको थियो ।

१९५० को सन्धीको विकल्पमा नयां सन्धीका लागि भारत सरकारलाइ तयार गर्न नसकेपनि प्रचन्डले आफ्नो भ्रमणको मुख्य केन्द्र यसैलाइ बनाउन सफल भएका थिए । तर, नेपालले भने यसलाइ त्यत्ति महत्व दिएनन भन्ने तथ्य उनको भारतभ्रमणमा उठेका विषयहरुवाट प्रष्ट भइरहेको छ ।

यो विडम्बना नै मान्नुपर्छ । नेपालको भारत भ्रमणमा १९५० को सन्धीको विषय ओझेलमा परेपछि अब त्यो सन्धीको बारेमा पहिलो पटक कुरा उठाउने पार्टी एमाले हो भनेको आधारमा जस पाउन सक्दैनन । एमाले सुचिमा १९५० को सन्धीको पुनरावलोकन या खारेजी प्राथमिकतामा छैन भन्ने यसले पुष्टी गरेको छ ।

किन असमान छ सन्धी

१९५० को सन्धीको कुरा आयो कि यो असमान भएको भन्ने टिप्पणि सुनिन्छ नै । हुनपनि यसमा व्यवस्था भएका बुंदाहरुले नै स्पष्ट रुपमा भारतले जे गरेपनि हुने नेपालले भने त्यो सर्त पालनै गर्नुपर्ने असमान व्यवस्था गरेको छ । त्यही कारण सन्धी शंसोधन या खारेजीको माग उठ्दै आएको हो ।
तत्कालीन इष्ट इन्डीया कम्पनि र नेपाल सरकारविच भएको सन्धीको पहिलो प्रभाव भनेको अहिले ग्रेटर नेपाल भनेर नेपालको नक्सा टिष्टा र कांगडा र सतलजपारीसम्म देखाउने गरिन्छ ति भुभाग यही सन्धी अनुसार नेपालले गुमाएर अहिलेको आकारमा आएको थियो । सन्धीको दोस्रो र तेस्रो बुंदामै विवाद कायम रहेको भुभाग नेपालका राजाले इष्ट इन्डीया सरकारलाई बुझाएर ४० दिनभित्र खाली गर्नुपर्ने उल्लेख छ ।
सो सन्धीको सबैभन्दा आपत्तिजनक ब्यवस्था भनेको आन्तरिक शुरक्षा सधै भारतको मुख ताक्नुपर्ने अवस्था छ । नेपालले चाहेर पनि हतियारमा बलियो बन्न सक्दैन । सन्धीको ५, ६ र ७ बुंदामा स्पष्ट रुपमा नेपालले हतियार खरिद गर्दा भारतको स्विकृत लिनुपर्ने प्रावधान उल्लेख गरेको छ । बुंदा ५ मा भनिएको छ–नेपाललाई भारतको राज्यक्षेत्रवाट अथवा सो राज्यक्षेत्रको बाटो गरी नेपालको शुरक्षाको निमित्ति चाहिने हातहतियार, गोलिगट्ठा खरखजाना मालसामानको पैठारी गर्ने अधिकार छ । दुबै सरकारले परस्पर सल्लाह गरी चालु गराउने कारवाहीको तय गर्ने छ ।’ यो प्रावधानका आधारमा भारतले उ बाहेक तेस्रो देशवाट हतियार किन्न नेपालले प्रयास ग¥यो भने सधै लफडा गर्दै आएको छ । पञ्चायतकालमा चीनवाट हतियार ल्याउंदा भारतले सन्धीको यही बुंदा टकेर नेपाल सरकारको विरोध गरेको थियो र यो बुंदा शंसोधन नगरेसम्म विरोध गरिरहने छ ।[smartads]
यस्तै बुंदा नम्बर ६ मा ‘दुबै सरकारले आफ्नो राज्यक्षेत्रमा रहेका सरकारका रैतिलाई आफ्नो मुलुकको औद्योगिक र आर्थिक विकास, त्यस्ता विकास सम्बन्धी रियायत ठेक्काहरुमा भाल लिनलाई राष्ट्रिय व्यवबहार दिनलाई कबुल गर्दछ’ भन्ने उल्लेख छ । यही बुंदाको आधारमा नेपालमा हुने गरेका हरेक ठुला योजना त्यो सडक होस या जलविद्युत त्यसमा भारतिय कम्पनिलाइ पहिलो प्राथमिकता दिन नेपाल बाध्य छ । यही सन्धीको आधारमा ठुला ठुला जनविद्युत सधै भारतको पोल्टामा पर्ने गरेको छ । तर, यही सुविधा नेपालीले भने पाएका छैनन ।
त्यस्तै बुंदा ७ मा‘ नेपाल सरकार र भारत सरकारकाले आफ्ना क्षेत्रमा रहेका अर्को मुलुकका रैतिलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु यस्तै प्रकारको विशेषाधिकारको विषयमा पारस्परिक तौरले समान विशेष अधिकार दिनलाइ कबुल गर्दछ’ भन्ने उल्लेख छ । यसको आधारमा नेपालमा बस्ने भारतियले नेपाली सरहकै अधिकार पाएका छन । उनीहरु भारतिय भएर पनि नेपाली सरह अधिकारसम्पन्न छन । तर भारतमा रहेका नेपालीले यही अधिकार पाएका छैनन ।
बुदा १० मा सन्धी पुनरावलोकनको हैन खारेजीको व्यवस्था छ । तर यसका लागि सन्धी खारेज गर्न चाहने पक्षले एक वर्ष अगाडि नै जानकारी दिनुपर्ने व्यवस्था छ । पक्कैपनि भारत यो सन्धी खारेज गर्न चाहंदैन नै । सन्धीवाट मारमा परेको नेपालको । त्यसैले यो सन्धीको खारेजीको प्रारम्भ नेपालले गर्नुपर्छ नै । तर यसमा नेपाली नेताहरुले सधै खुट्टा कमाइरहेका छन ।