Sunday, November 2, 2014

यात्रुको जीवन


सन् १९८८ मे १४ को राति अमेरिकाको केन्टुकीमा एउटा कारले स्कुल बसलाई बेजोडले ठोक्कायो । तेलको ट्यांकी छ्यालब्याल भएर बसमा अचानक आगो लाग्यो । तत्काल ढोका पनि खुलेन । चर्चको प्रार्थना सकेर अबेला फर्किंदै गरेका विद्यार्थी त्यही आगोमा बल्न थाले । २७ जनाको त्यहीं मृत्यु भयो । ३४ जना घाइते भए । ६ जनामात्र सकुशल निस्कन सके । अमेरिकी इतिहासमै वीभत्समध्ये पर्ने त्यस दुर्घटनाका दोषी कारचालक ल्यारी वाइने महनीलाई त्यहाँको अदालतले १६ वर्ष जेल हाल्यो । ल्यारीले रक्सी पिएकाले दुर्घटना भएको भन्दै अदालतले कडा सजाय दिएको हो ।
हाम्रो देशमा सार्वजनिक यातायातका यस्ता थोक दुर्घटना कति हुन्छन् कति । अचेल दुर्घटनाका समाचार नआउने दिनै हुँदैनन् । अस्ति १५ गते राति मात्र मकवानपुरको बस्तीपुरमा शुभश्री ट्राभल्सको बसले अर्को बसलाई ठक्कर दियो । यात्रुहरूका अनुसार शुभश्रीका मालिक र चालकबीच बाटामा झगडा भइरहेको थियो । चितवनको रामनगरमा दुवैले रक्सी पिए । झगडा झन् बढ्यो । त्यहाँ खाना खाएर अघि बढेपछि गाडीको गति अनियन्त्रित भयो । यात्रुहरूले सचेत गराउँदागराउँदै बस्तीपुरमा दुर्घटना भयो । १० जनाको मृत्यु भयो । ३० जनाभन्दा बढी घाइते भए । चालक र मालिक दुवै पत्तै नपाई भागे ।
पछि चालक पक्राउ त परे । तर नेपालको कानुनअनुसार उनी केही दिन हिरासतमा बस्छन् । मालिक र व्यवसायी समितिले मृतकका आफन्त र घाइतेलाई केही क्षतिपूर्ति दिन्छन् । त्यतिन्जेलमा चालक छुटिसक्छन् । मालिकले मुक्ति पाइहाल्छन् । अत्यन्त लापरबाहीपूर्ण तरिकाले सामूहिक नरसंहार गर्ने व्यक्ति केही दिनमै अर्को बस चलाइरहेको भेटिन्छ । बिमाबाट रकम पाएर मालिकले पुरानाको साटो नयाँ बस किन्छन् । दुर्घटना त चिठ्ठा परेजस्तो हुन्छ ।
छिमेकी भारतमा लापरबाहीपूर्ण ड्राइभिङ गर्दा दुर्घटना भएको पुष्टि भए १० वर्षसम्म जेल हाल्ने कानुन छ । ज्यानै मार्नेसम्म नियतको लापरबाही पाइए मृत्युदण्ड पनि हुन्छ । गतवर्ष पुने अदालतले एक लापरबाह चालकलाई मृत्युदण्ड नै दिएको थियो । अर्काको बस कब्जामा लिई हुइँक्याइरहेका सन्तोष माने त्यतिबेला पक्राउ परे, जतिबेला जताततै मान्छे किच्याइसकेका थिए । तीव्र गतिको अनियन्त्रित बसले ९ जनाको ज्यान लिएको थियो । ३७ जना घाइते भएका थिए । यसलाई 'नियत'समेत जोडेर अदालत मृत्युदण्डको फैसलामा पुगेको हो । ती चालकको पुनरावेदनलाई माथिल्लो अदालतले खारेज गरिदियो ।
नेपाली सडक दुर्घटनाको इतिहासमा सर्वाधिक अविस्मरणीय एमाले नेता मदन भण्डारी र जीवराज आश्रतिको निधनलाई लिइन्छ । उनीहरू चढेको गाडी दासढुंगामा त्रिशूलीमा खसाउने चालक अमर लामालाई चितवन अदालतले आजीवन काराबास तोकेको थियो । पछि सर्वोच्चले पाँच वर्षमा झार्‍यो । छुटेपछि लामा पार्टी फेरेर कांग्रेसमा लागे । २०६० मा माओवादीले उनको हत्या गर्‍यो । सबै रहस्यै-रहस्यमा रहे । यसले दिने संकेत के हो भने दुर्घटनाको फितलो कानुनले सर्वसाधारणदेखि प्रतिष्ठित व्यक्तिसम्म असुरक्षित बन्दै गएका छन् । चालकको लापरबाही बढेको छ ।
गाडीले किचेर कुनै व्यक्ति घाइते वा अंगभंग भयो भने लाखौं खर्च हुनसक्छ । मृत्युको त क्षतिपूर्ति नै छैन भन्दा हुन्छ । केही सम्बन्धित व्यावसायिक संस्थाले बेहोर्छन्, केही बिमाले । नपुगेको थोरबहुत मालिकले । दुर्घटना गराउने चालकले केही दिन हिरासतमा बसिदिनुपर्ने मात्र हो । त्यही भएर कसैलाई सवारी साधनले ठोक्किइगए ब्याक गरेर भए पनि मार्छन् । वर्षौंवर्ष झन्झट बेहोर्नुभन्दा सिध्याई नै दिन्छन् । यसलाई ज्यान मारेको अभियोग लगाउने गरिएको छैन । सवारी दुर्घटनाका नाममा सजिलै उन्मुक्ति दिइन्छ ।
दुर्घटनाका मुख्य कारण मादक पदार्थ सेवन, तीव्र गति, निद्रा, मोबाइल लगायत हुन् । एउटै चालकलाई रातभरि बस चलाउन लाउनु, यात्रु र मालिकले दुव्र्यवहार गरेर वा दुर्वचन लगाएर आक्रोशित बनाउनुका कारण पनि घटना भएका छन् । लापरबाहीलाई सामान्य भवितव्य ठान्नु हुँदैन । हातमा लाइसेन्स हुनेले पनि आफ्नो र अरूको ज्यानलाई बराबर ठान्नुपर्छ । पूर्ण सुरक्षा हुन्छ भन्ने विश्वासमा यात्रा गर्नेहरू कहिले भीरबाट खस्छन् । कहिले नदीमा डुब्छन् ।
क्यानाडामा मादक पदार्थ सेवन गरेर ड्राइभिङ गर्नेलाई आजीवन कारावाससम्मको व्यवस्था छ । परीक्षण गर्दा प्रति १०० मिलिमिटर रगतमा ८० मिलिग्रामभन्दा बढी अल्कोहल पाइएमा अत्यधिक सजाय तोक्न सकिन्छ । नेपालमा मापसे गरेर सवारी चलाउनेलाई लाइसेन्स खोस्ने, सामान्य जरिवाना गराउने र तालिम दिइने गरिएको छ । उसले पार गर्ने गन्तव्यसम्मको सडकका सबै जीवनलाई खतरामा पारेर हिँड्दा जम्मा यति सजाय हुन्छ । प्रहरीको चेकिङ छल्दै भाग्ने त झन् जोगिइहाल्छन् । राति खासगरी लामो दूरीका बसका चालकको जंगल पुगेपछि चेकिङ कमै हुन्छ । दुर्घटना प्रायः त्यस्तै अवस्थामा हुन्छन् ।
वल्र्ड हेल्थ र्‍याङकिङका अनुसार बढी दुर्घटना हुने देशमध्ये नेपाल १२७ औं नम्बरमा पर्छ । यहाँ एक लाखमा ११.४ जनाको दुर्घटनामा मृत्यु हुन्छ । सबैभन्दा धेरै नामिबियामा ५३.४ जनाले दुर्घटनामा ज्यान गुमाउँछन् । तुलनात्मक रूपमा हेर्दा हामी तलै भए पनि हाम्रो गति बढ्दो छ । लापरबाही बढ्दो छ । निर्दोषहरूको ज्यान जाने क्रम बढ्दो छ ।
त्यसलाई सुधार्न कडाभन्दा कडा कानुन नबनाई हुँदैन ।

मेरो विचार ः जुनसुकै अपराधीले पनि अपराध गरिसकेपछि मैले अपराध गरेको होइन वा मैले जानाजान गरेको होइन भन्छ, जुन स्वभाविक हो । चोरले कहिले म चोर हुँ भन्छ र? यो चालक हत्यारा हो, जघन्य अपराध गर्ने अपराधी हो । मृत्युदण्ड नै अन्तिम तथा कठोर सजाय होइन । मेरो विचारमा त मृत्युदण्ड जती सजिलो सजाय केही छैन, केहीछिनको तडप पछि त्यसले मुक्ती पाइहाल्छ । यस्तो अपराधको लागि १५/२० वर्षको जेल सजाय पनि कम हुन्छ । त्यसैले, यसलाई जनताको कठघरामा उभ्याई चारै हातखुट्टा काटेर डुँडो र लङ्गडो बनाईदिनुपर्छ ताकी यसले आफ्नो अपराधको सजाय जीवनभरी प्रत्येक पल पाइरहोस् ।.
डा कविताराम श्रेष्ठ
यो ६ दिन अँधेरो हुन्छ भन्ने कुरोले अझैसम्म पनि हल्लिखाल्ली मच्चायो । यो हावादारी खबर (hoax) हज्लर्स डट कमले नासाको प्रशासक चार्ल्स बोल्डनको हवाला दिएर प्रसारमा ल्यायो । यसले छोटो समयमै फेसबुकमा ६ लाख “likes” हासिल गरेको थियो । तर अक्टोबर ३० मा यो खबर ‘द एपोक टाइम्स’ भन्ने पत्रिकाले हावादारी भएको प्रमाणित गरिदियो ।  मैले भने थाहा पाइन र आफ्नो भनाइ समेत फेसबूकमा शेयर गरेको थिएँ । तर, एक घण्टा पनि नपुग्दै मेरा मित्रहरूले यो हावादारी भएको लिंकहरू प्रस्तुत गर्नुभयो । र, मैले तत्काल त्यसलाई हटाएको थिएँ ।
गएका केही दिनसम्म नेपालका कतिपय समाचार पोर्टलले ‘एक हप्ता पृथ्वी पूर्णरुपमा अँध्यारो हुने’ भन्दै हल्लीखल्ली गरेका छन् । सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन् । कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन् र यो अझै यो गरमागरम नै देखियो । त्यसैले यस बारेको केही तथ्य अघि ल्याउन मन लाग्यो ।
- See more at: http://dainiknepal.com/2014/11/26099.html#sthash.Nm7c11iL.waBHlbQ1.dpuf
डा कविताराम श्रेष्ठ
यो ६ दिन अँधेरो हुन्छ भन्ने कुरोले अझैसम्म पनि हल्लिखाल्ली मच्चायो । यो हावादारी खबर (hoax) हज्लर्स डट कमले नासाको प्रशासक चार्ल्स बोल्डनको हवाला दिएर प्रसारमा ल्यायो । यसले छोटो समयमै फेसबुकमा ६ लाख “likes” हासिल गरेको थियो । तर अक्टोबर ३० मा यो खबर ‘द एपोक टाइम्स’ भन्ने पत्रिकाले हावादारी भएको प्रमाणित गरिदियो ।  मैले भने थाहा पाइन र आफ्नो भनाइ समेत फेसबूकमा शेयर गरेको थिएँ । तर, एक घण्टा पनि नपुग्दै मेरा मित्रहरूले यो हावादारी भएको लिंकहरू प्रस्तुत गर्नुभयो । र, मैले तत्काल त्यसलाई हटाएको थिएँ ।
गएका केही दिनसम्म नेपालका कतिपय समाचार पोर्टलले ‘एक हप्ता पृथ्वी पूर्णरुपमा अँध्यारो हुने’ भन्दै हल्लीखल्ली गरेका छन् । सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन् । कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन् र यो अझै यो गरमागरम नै देखियो । त्यसैले यस बारेको केही तथ्य अघि ल्याउन मन लाग्यो ।
- See more at: http://dainiknepal.com/2014/11/26099.html#sthash.Nm7c11iL.waBHlbQ1.dpuf
डा कविताराम श्रेष्ठ
यो ६ दिन अँधेरो हुन्छ भन्ने कुरोले अझैसम्म पनि हल्लिखाल्ली मच्चायो । यो हावादारी खबर (hoax) हज्लर्स डट कमले नासाको प्रशासक चार्ल्स बोल्डनको हवाला दिएर प्रसारमा ल्यायो । यसले छोटो समयमै फेसबुकमा ६ लाख “likes” हासिल गरेको थियो । तर अक्टोबर ३० मा यो खबर ‘द एपोक टाइम्स’ भन्ने पत्रिकाले हावादारी भएको प्रमाणित गरिदियो ।  मैले भने थाहा पाइन र आफ्नो भनाइ समेत फेसबूकमा शेयर गरेको थिएँ । तर, एक घण्टा पनि नपुग्दै मेरा मित्रहरूले यो हावादारी भएको लिंकहरू प्रस्तुत गर्नुभयो । र, मैले तत्काल त्यसलाई हटाएको थिएँ ।
गएका केही दिनसम्म नेपालका कतिपय समाचार पोर्टलले ‘एक हप्ता पृथ्वी पूर्णरुपमा अँध्यारो हुने’ भन्दै हल्लीखल्ली गरेका छन् । सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन् । कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन् र यो अझै यो गरमागरम नै देखियो । त्यसैले यस बारेको केही तथ्य अघि ल्याउन मन लाग्यो ।
Earth3वास्तवमा यस खबर हावादारी भएपनि सौर्यआंधी धेरै परसम्म उठ्ने र धेरै टाढा अन्तरिक्षमा पुगेपछि सेलाएर पृथ्वीसम्म आउने सूर्यको प्रकाशलाई छेक्न ठूलो कुरा हुन्न नै । यस्ता लप्काले पृथ्वी त के त्यो भन्दा परका ग्रहलाई पनि अँधेरो पार्न मात्र होइन आफ्नो चपेटामा पार्न पनि सक्दछ । संलग्न फोटोहरू हेर्नुहोस, सूर्यको अनुपातमा पृथ्वी र सूर्यबाट उठ्ने लप्का कत्रो र कस्तो देखिन्छ, हेर्दा नै थाहा हुन्छ । साढे चार पांच अरब वर्ष अघितिर पृथ्वीलगायत सबै ग्रहहरू नै सौर्य आंधीबाट हुत्याइएको लप्का सेलाएर त्यसैको कणबाट बनेको भन्ने सिद्धान्त वैज्ञानिकहरूले अघि सारेका छन् । यो सानो लप्काको कुरा त के नै भयो र ?
यही गत २०१२ सालकै कुरा हाम्रा सामू दृष्टान्त छ । यसबारेमा एभ्लिन ब्राउनिङ्ग ग्यार्रिस आफ्नो लेख Solar Storms: A Scary Near Miss!, March 23, 2014 मा लेख्छन- “अधिकांश पृथ्वीबासीले भोगे कि २०१२ साल कति गर्मी थियो थियो । तर धेरैलाई थाहा भएन कि हामी झन्डै खरानी नै भएका थियौं । त्यस साल सूर्यको ठूलै आगोको लप्का यता हानिएको थियो । यसले पृथ्वीका समस्त विद्युत सञ्जालनै झण्डै नष्ट गरेको थियो, हामी अलिकतिले जोगियौं” (http://www । almanac । com/blog/weather-blog/solar-storms-scary-near-miss) ।
यसै बारेमा सोलर म्यक्सका अन्तर्राष्ट्रिय टास्क फोर्स सदस्य आस्ली डेल भन्दछन- “यो दुर्घटना घटेको भए पृथ्बीभरका संचार र यातायातका सञ्जाल पूरै ध्वस्त हुने थियो र त्यसबाट झन्डै डेढ ट्रिलियन पाउण्ड नोक्सान हुन्थ्यो । Physics World भन्ने पत्रिकामा उनले लेखेका छन् “यस्ता कुराले पृथ्वीमा पक्कै गम्भीर असर गर्ने छ । ” नसाका वैज्ञानिक क्यारिङ्ग्टन लेभेल भन्छन “यस्तो घटना हरेक १५० वर्षमा एकपल्ट हुन्छ नै र यसपल्ट त ५ वर्ष नाघी सकेथ्यो ।”
EarthEarth to Scate
‘द एपोक टाइम्स’ले बिहिबार अक्टोबर ३० मा जनायो कि, पहिले त यो हावादारी हल्लाले डिसेम्बर २०१२ मा तीन दिन अँधेरो हुनेछ भनेको थियो र यस अन्धकार भएका दिनमा पृथ्वी अर्को आयाममा प्रवेश गर्नेछ । त्यसपछि त्यसमा अरू ३ दिन थपेर यही वर्ष सौर्य आंधीको कारणले डिसेम्बरको २१, २२ र २३ मा यो घटना हुनेछ भनेको थियो । अर्थात २०१४ को डिसेम्बरमा यो हुन्छ भन्ने कुरा पछि थपिएका हुन् । त्यसपछि अरू कुरा “NASA Confirms Earth Will Experience 6 Days of Total Darkness in December 2014!” शीर्षक साथ थपिएको थियो । जसले थपेर भन्यो- गत २५० वर्ष पछि पृथ्वीमा ६ दिन अर्थात् २१६ घण्टा मंगलबार डिसेम्बर १६ देखि सोमबार २२ डिसेम्बरसम्म पृथ्वी पूरै अन्धकारमय हुनेछ । सूर्यमा उठेको बिशाल आँधीको कारणबाट उब्जिएको कणहरूबाट ९०% प्रकाश छेकिएर यस्तो हुनेछ । नासाको वैज्ञानिक अर्ल गोडोयले पूर्णत: कृतिम प्रकाशको व्यवस्था गरिने छ र पृथ्वीमा अरू कुनै समस्या भने हुने छैन । चार्ल्स बोल्डनले उक्त समयाबधिभर शान्त रहन आह्वान गरेका छन्, आदि ।
जे होस अब सबैले बुझ्न पर्‍यो। नासाले नै यो हावादारी भनी सकेको स्थिति छ र हामीले हावादारी नै मान्न पर्‍यो। त्यसैले यस्ता हावादारीको पछि नलाग्न दैनिक नेपालमार्फत आग्रह पनि गर्दछु ।
- See more at: http://dainiknepal.com/2014/11/26099.html#sthash.Nm7c11iL.waBHlbQ1.dpuf

के साँच्चै अन्धकार हुन लागेको हो त पृथ्वी ?

सौर्य आँधीले प्रकाश छेकिन्छ ?

 गोकुल कार्की
उत्पत्ति:-
सुर्य एक बिशाल आणविक बादलको अंशबाट आज भन्दा करिब ४.५७ अरब बर्ष पहिले निर्माण भएको हो । हाम्रो सुर्यभन्दा दश हजारदेखि दश लाख गुणासम्म ठुला अणुहरुको  बिशाल भीमकाय बादललाई बिशाल आणविक बादल भनिन्छ । यो कहिलेकहिँ सैयौं प्रकाश बर्षको ब्याससम्म पुग्दछ ।जहाँ हाम्रो सौर्यमण्डलको ब्योमको कणहरुको घनत्व एक कण प्रति घनसेन्टिमिटर हुन्छ, त्यहाँ यस्तो बादलमा १०,००० देखि १०,००,००० कण प्रति घन सेन्टिमिटरसम्म पुग्न सक्छ । यस घनत्वमा यी बादल भित्र बिबिध किसिमका आकृतिहरु बन्न पुग्दछन् । जस्तो कि, गोलो-बाटुलो-गुच्चाकार आदि इत्यादी । सोहि घनत्वको आधारमै सुर्यले पनि आफ्नो आकार प्राप्त गरेको छ, जसलाई आज हामी नियाल्न सक्छौं ।
अधिकांश हाइड्रोजन अनि हिलियम ग्याँसबाट सुर्यको निर्माण भए झैँ अन्य ताराहरु पनि सोहि बिधि अनुसार निर्माण भएको हुन् सक्ने बैज्ञानिकहरुको अनुमान छ । सुर्यको सम्बन्धमा जुन आयु निकालिएको छ, यो ‘तारकीय विकास’ को ‘कम्प्यूटर मण्डल’ को प्रयोग र ‘न्युक्लियोकोस्मोक्रोनोलोजी’ को माध्यमबाट अनुमानित हो । परिणाम प्राचीनतम सौर्यमंडल सामाग्रीको ‘रेडियोमिट्रिक तिथि’ कै अनुरुप छ, ४.५६७ अरब बर्ष प्राचिन ‘उल्कापात’को अध्यन ‘अल्पजिवी आइसोटोपो’ को स्थिर नाभिकको संकेत देखाउँछ, जस्तो कि आइरन-६०, जो केवल विस्फोटित, अल्पजीवी तारामा निर्माण हुन्छ । यो संकेत गर्छ कि, त्यो स्थान जहाँ सुर्य निर्माण भएको छ, नजिकमा एक वा सो भन्दा बढी सुपरनोभा अबश्य हुनु पर्दछ । कुनै नजिकको सुपरनोभाबाट निक्लिएको ‘आघात तरङ्ग’ले आणविक बादल भित्रको ग्याँसलाई संकुचित बनाएर सुर्यको निर्माण प्रक्रिया शुरु भएको हुन् सक्ने अनुमान छ । र कुनै क्षेत्र आफूमै निहित गुरुत्वबलको अधिनबाट निर्माण भएको हुन् सक्छ । जस्तो कि, बादलको कुनै टुक्रा आफैमा खाँद्दिन्छ, ‘कोणीय गतिमा संरक्षण’ को कारण यो पनि घुम्न थालेको हुनु पर्छ । अनि बढ्दो दवाबको कारणले तातिन सक्छ । धेरै ठुलो दवावको कारणले द्रब्यराशी केन्द्रमा संकुचित हुन् गइ प्रतिक्रिया स्वरूप बिस्फोट हुन् गएको हुन् सक्छ । परिणाम स्वरूप केन्द्रमा अवस्थित मूल पदार्थ सुर्य बन्न गयो भने बाँकी ओरिपरी रहेका तत्वहरु विस्फोटनका क्रममा उछिट्टिएर वर्तमान सौर्यमंडलका अन्य सदस्यहरु आज अस्तित्वमा देखिएका ग्रह-उपग्रह इत्यादिको रुपमा बिद्द्यमन भएको बैज्ञानिक राय छ ।
त्यस्तो आणविक बादलको ‘कोर’ को गुरुत्वबलको दवाबले अत्यधिक उष्ण पैदा गराएर बाहिरी सतहसम्म अधिक ग्यास संचालित गराई, अन्तत: ‘नाभिकीय संलयन’ लाई सक्रिय गरायो । यस प्रकारले  सुर्यको जन्म भयो ।
अवस्था:-
सौर्यमंडलको केन्द्रमा अवस्थित एउटा मध्यम खालको तारा जसको ओरिपरी अन्य अबयबहरु परिक्रमा गर्ने गर्दछन् । सूर्य हाम्रो सौर्यमंडलको सबै भन्दा ठुलो पीन्ड हो । यसको ब्यास लगभग १३ लाख ९० हजार किलोमिटर छ, जुन पृथ्वी भन्दा लगभग १०९ गुणा अधिक हो । उर्जाको शक्तिशाली भण्डारको रुपमा रहेको सुर्य मुख्य रुपमा हाइड्रोजन र हिलियम ग्याँसको एउटा बिशाल गोला हो । आफ्नो केन्द्र भागमा हुने परमाणु बिलय प्रक्रियाद्वारा यसले उर्जा पैदा गर्दछ । सुर्यबाट उत्सर्जित भएको एउटा सानो अंश मात्रै  पृथ्वीमा आइपुग्छ । जसको १५ प्रतिशत अन्तरिक्षमा परबर्तन भएर जान्छ । ३० प्रतिशतले भने पानीलाई बाफ बनाउन सहयोग पुर्याउँदछ भने बाँकी उर्जा रुख बिरुवा नदीनाला-समुन्द्र आदिले खपत गर्दछ । यसको मजबुत गुरुत्वकर्षण शक्तिले पृथ्वी लगायतका अन्य ग्रहहरुलाई आफूतर्फ खिचेर राखेको हुन्छ ।
सूर्यबाट पृथ्वीको औसत दुरी लगभग १४,९६,००,००० किलोमिटर (९,२९,६०,००० माइल)छ । यसको प्रकाश हामीसम्म आइपुग्न ८ मिनेट ३० सेकेन्ड लाग्दछ । यसै प्रकाशीय उर्जाबाट प्रकाश संस्लेषण नामक एक महत्वपूर्ण जैव-रासायनिक अभिक्रिया हुन्छ, यो नैं  जीवनको आधार हो  । यसले नै पृथ्वीको जलबायु र मौसमलाई प्रभावित गर्दछ ।
सुर्यको सतहको निर्माण हाइड्रोजन ७३.४६%, हिलियम २४.८५%,फलाम ०.१६%,निकेल ०.०९%,अक्सिजन ०.७७%,सिलिकन ०.०७%,सल्फर ०.१२%, मैग्नेसियम ०.०५%, कार्वन ०.२९%, नियोंन ०.१२%, क्याल्सियम, क्रोमियम तत्वबाट भएको छ  ।
यो बल्दै गरेको ग्याँसको पिन्डलाई हामी दूरदर्शन यन्त्रको सहायताले नियाल्न सक्छौं । यसको सतहमा सानाठूला दाग-धब्बाहरु सजिलैसँग देख्न सक्छौं ।यसलाई सौर्य-दाग भनिन्छ । यो दाग आफ्नो स्थानबाट सरिरहेको देख्न सकिन्छ । यसलाई हेरेर बैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने सूर्य पूर्वबाट पश्चिमतर्फ आफ्नो अक्षमा परिक्रमा गर्दछ, जुन २७ दिनमा सम्पन्न गर्दछ । जुन प्रकारले पृथ्वी अनि अन्य ग्रहहरु सुर्यको परिक्रमा गर्दछन, उसै प्रकारले सुर्यले पनि आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्दछ । जसलाई परिक्रमा गर्न सूर्यलाई लगभग २२ देखि २५ करोड बर्ष लाग्ने गर्दछ । यो अवधिलाई निहारिका बर्ष भनिन्छ । यसले परिक्रमा गर्ने गति २५१ किलोमिटरप्रतिसेकेन्ड हुन्छ ।
सूर्यक्षेत्रको सीमा यानिकी हिलियोस्फियर (heliosphere):-
हाम्रो सौर्यमंडल एउटा अत्यन्तै ठुलो बिबिराहरुले घेरिएको हुन्छ जसलाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।हिलियोस्फियर (heliosphere) सुर्यबायुद्वारा बन्न गएको त्यस्तो बिबिरा (फोका) हो, जस अन्तर्गत सुर्यद्वारा उत्सर्जित सबै पदार्थहरु रहेको  हुन्छ ।तैपनि यो बिबिराको भित्र हिलियोस्फियर भन्दा बाहिरबाट आएका अत्यन्तै उर्जावाला कणहरु पनि प्रवेश गर्न सक्छन् ।
सौर्यबायु यो कुनै ताराको बाहिरी बाताबरणद्वारा उत्सर्जित आवेषित कणको एउटा धाराप्रवाह हो । सौर्यबायु मुख्यतः अत्यधिक उर्जावाला इलोक्ट्रोन र प्रोटोनबाट बनेको हुन्छ, जसको उर्जामा  कुनै पनि ताराको गुरुत्व प्रभावबाट बाहिर जान सक्ने क्षमता अन्तर्निहित रहेको हुन्छ । सौर्यबायु सुर्यको हर दिशामा प्रवाहित हुन्छ जसको गति केहि सय किलोमिटर प्रति सेकेन्ड हुन्छ । सुर्यको सन्दर्भमा यसलाई सौर्यबायु भनिन्छ भने अन्य ताराहरुको सम्बन्धमा यसलाई ब्रह्माण्ड बायु भनिन्छ ।
सुर्यबाट केहि दुरीमा रहेको प्लुटोभन्दा धेरै बाहिर सौर्य बायु खगोलीय माध्यमको प्रभावले मत्थर हुन् जान्छ । यो प्रक्रिया केहि चरणमा हुन्छ । खगोलीय माध्यम हाइड्रोजन अनि हिलियमबाट बनेको हुन्छ जुन सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ ।
सौर्य बायु सुपरसोनीक गतिबाट कम हुँदै सबसोनिक गतिमा चल्दछ । यस चरणलाई  टर्मीनेशन शक(Termination Shock) भनिन्छ ।
सबसोनिक गतिमा चलेको सौर्यबायु खगोलीय माध्यमको प्रवाहको प्रभावले प्रभावित पार्दछ र सौर्य बायुलाई  धुमकेतुको पुच्छर जस्तै आकृतिमा पुर्याईदिन्छ, जसलाई हीलीयोशेथ(Helioseath) भनिन्छ ।
हीलीयोशेथ(Helioseath)को बाहिरी सतह जहाँ हिलियोस्फियर खगोलीय माध्यमसंग मिल्दछ, जसलाई हिलियोपाज (Heliopause)भनिन्छ ।
हिलियोपाज क्षेत्र सुर्यले आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्ने क्रममा खगोलीय माध्यममा एउटा हलचल उत्पन्न गर्दछ । यो हलचल हुने क्षेत्र जुन हिलियोपाज भन्दा बाहिर हुन्छ जसलाई Bow Shock भनिन्छ ।
anr_storms_011513
किन आउँछ सौर्य आँधी ?
थोरै उल्लेख माथि नै गरिएको छ कि सुर्यले परमाणु बिलय प्रक्रियाद्वरा उर्जा पैदा गर्दछ ।  सुर्य एउटा बिशाल हाइड्रोजन बम नै  हो जसका  अणुहरु लगातार बिष्फोटन भैरहेका छन् । हिलियममा रुपान्तरण भै रहेका छन् । अरबौ बर्षदेखि यो आगोको ज्वाला निरन्तर दन्कि नैं रहेको छ । यसरि  पड्कदै रहेको बमले उत्सर्जन गरेको उज्यालोसंगै हामीले जीवन अनि दृष्टि पाएका छौं ।
बल्दै गरेको आफ्नै अगेनोमा यदि हामीले ठोस-ठास पार्यौं  भने त्यहाँबाट थप अरु झिल्काहरु बाहिर निस्कन्छन् ।  आगो आवाज निकाल्दै अरु दन्कन थाल्छ । त्यो अगेना बाट निक्लिएको झिल्का अग्नि-आँधीको  एउटा सानो रुप हो । उर्जा रहुन्जेल हलचल पैदा गर्दछ । यो भनेको  स्वयंमा अन्तर्निहित शक्तिको परिणाम हो ।
त्यसै गरि पुर्णिमाको रातमा समुन्द्रमा ज्वारभाटा आउँदछ । चन्द्रमाको गुरुत्व बलले समुन्द्रको पानीलाई माथि माथि उचाल्छ । जुन अलि बढी भयो भने समुन्द्री आँधी बन्न पुग्दछ । यो चै बाहिरी शक्तिको प्रभावले देखिएको परिणाम  हो ।
सौर्य आँधीमा यी दुवै उदाहरण लागू हुन्छन् । एकातर्फ सुर्य स्वयं बिस्फोट हुँदै उर्जा बाहिर फ्याँकी रहेको अवस्था अनि अर्को तर्फ अरबौं गुणा शक्तिशाली ताराहरुको समुह आकाशगंगालाई पनि  परिक्रमा गर्ने हुनाले त्यसको गुरुत्वबलको प्रभावले बल्दै गरेको सुर्यको लप्कालाई आफु तर्फ खिच्न पुग्दछ । जुन लप्काहरु सूर्यबाट फुत्किएर  सुपरसोनिक  गतिमा चारै तर्फ  आंधीको रुपमा दौडने गर्दछ र एउटा सीमारेखामा पुगेर आफुलाई नियन्त्रण गर्दछ । जुन सीमालाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।
धेरै बैज्ञानिक भनाइहरु पनि अनुमानित नै छन् । धारणा बनाउन हर कोहि स्वतन्त्र छन् । त्यस आधारमा सबै भन्दा सङ्गत ठहरिन सक्ने आफुलाई लागेको अनुमानलाई सार्वजनिक गर्नु सकारात्मक  नै हो भन्ने मेरो विचार छ ।
पृथ्वीमा सौर्यवायुको प्रभाव:-
नासाको अनुसार  आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुनेछ । जस अनुसार  डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार अर्थात पुष १ गते देखि ७ गतेसम्म दिनरात पुरै अध्यारो हुने बताइएको छ ।
सौर्य आँधीका कारण तीन दिनसम्म पूर्ण अन्धकार हुनेछ  भने बाँकी  तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत भाग  छेकिएर अध्यारो हुने उसको भनाई छ । नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने बताइएको छ ।
 सूर्यमा जब  आँधी चल्छ, विश्वले ठुलो भौतिक क्षेतीको सामना गर्नु पर्ने हुन सक्छ । विद्युत्, खानेपानी र सञ्चार सेवाबाट अकस्मात् वञ्चित हुनु्पर्ने हुनसक्छ। सौर्य आँधी आउने एघार वर्षे चक्रिय प्रणाली छ। सन १९२१ र १८५९ मा सौर्य आँधी पृथ्वीमा ठोक्किसकेकोले वैज्ञानिकहरू यसप्रति सचेत छन।
सौर्य आँधीले  तेलका भूमिगत पाइपलाइनसमेतलाइ क्षतिग्रस्त पार्दछ। करोडाँ डिग्री फरेनहाइट तपाक्रमसहितका आयनित कण र घातक विकिरणले सौर्य आँधी बनेको हुन्छ। सूर्यमा ठूलो हलचल हुँदा अन्तरिक्षमा करोडौँ माइलसम्म बलिरहेको ग्यासका लप्का सेकेन्डमै फैलिन्छ।पृथ्वीमा चुम्बकीय क्षेत्र नहुँदो हो त सौर्य आँधीले यहाँको  सबैकुरा   नष्ट गरिसक्थ्यो। पृथ्वीलाई घेरिरहेको चुम्बकीय क्षेत्रले धेरै हदसम्म सौर्य आँधीको प्रभाव कम गर्छ। प्रतिघन्टा करिब १० लाख माइलको गतिमा चल्ने सौर्य आँधी पृथ्वीमा ठोक्किदा पृथ्वीको चुम्बकीय क्षेत्रले हामीलाई बचाउँछ। चुम्बकीय क्षेत्रले सौर्य आँधीका घातक कण र विकिरणलाई मात्र होइन सुदूर अन्तरिक्षबाट नियमितरूपमा आउने विकिरण र आयनित कणहरूलाई वायुमन्डलमा पस्न दिँदैन।
 Earth_at_Night
सौर्य आँधीले  प्रकाश छेकिन्छ ?
यस सम्बन्धमा पनि एउटा उदाहरण पेश गर्नु सान्दर्भिक होला । मानी लिनुस् तपाईंको घरको अगेनामा आगो दन्किरहेको छ । अब त्यो दन्किएको आगोमा मकैका नसुकेका खोयाहरु अथवा काँचा दाउराहरु हाल्नु भयो भने धुवाँ आउने मात्रै हैन यति पिरो हुन्छ, श्वास फेर्न पनि मुश्किल पर्छ । धुवाँले पुरै घर रुमल्लिने छ । तपाईं अगेनो छोडेर टाप ठोक्नु हुनेछ । तर जहाँसम्म सुर्यको सवाल छ, चौतर्फी, सम्पूर्ण सतहमा  आगो दन्किरहेको छ । त्यहाँ कसले बाहिरबाट लगेर काँचो मकैको खोया अनि नसुकेको दाउरा थप्छ र बलिरहेको आगो छेकिन्छ ǃ र, उज्यालो ढाकिन्छ ǃ ? त्यै पनि कसैको घरको अगेनामा पिल्पिलाउँदै  गरेको झ्यासको आगो हैन सुर्य जसको उज्यालो २-४ धमाकाबाट निक्लदै गरेका धुलाका कणहरुले अबरुद्द गरुन । करोडौ डिग्री फरेनहाइटको तापक्रम स्वयं सक्षम छ त्यस्ता कणहरुको उपस्थितिलाई बिलिन गराउन । पलभरका लागि छेकिन सक्छ सुर्यका किरणहरु तर आजभोली जसरी हल्ला गरिंदै छ, २ दिन ४ दिन एक हप्ता अँध्यारो हुन्छ भन्दै, सम्भावना देखिंदैन ।

Saturday, November 1, 2014

ऐतिहासिक स्थल बेवारिसे

त्रिशूली नदी किनारको खेतमा दुई ठूला ढुंगा वर्षौंदेखि अलपत्र छन् । यस्तो दृश्य देशभर देख्न सकिन्छ तर रसुवाको नुवाकोट ४ दहमा रहेका यी दुई ढुंगाको कुरा बेग्लै छ । यिनै ढुंगामा बसेर नेपाल र चीनबीच युद्ध अन्त्य गर्ने सन्धि भएको थियो जसलाई 'बेत्रावतीको सन्धि' नामले चिनिन्छ । यी ढुंगाले नेपाल र चीनबीचको सन्धिलाई मात्र बुझाउँदैनन्, तिब्बत चीनमा गाभिएको समयको समेत प्रतिनिधित्व गर्छन् ।
सरोकारवाला निकायले चासो नलिँदा उक्त ऐतिहासिक स्थल चर्चामा छैन । विसं १८४९ असोज १५ मा नेपाल र चीनबीच सन्धि भएको थियो । तीमध्ये अग्लो कालो ढुंगामा चिनियाँ र तल्लोमा नेपाली पक्ष बसेर सन्धिपत्रमा हस्ताक्षर भएको थियो । तल्लो ढुंगा तुप्चे गाविसका दुर्गा पौडेलको जग्गामा परेको छ भने माथिल्लो सार्वजनिक जग्गामा । माथिल्लोभन्दा मास्तिर अर्को सानो ढ्यांग्रो आकारको ढुंगा पनि थियो । केही समय अघिसम्म सन्धिस्थल हेर्न स्थानीय बासिन्दा आउने गरेका थिए । ढ्यांग्रो भएको ढुंगा फालिदिएपछि कसैले चासो नदिएको पौडेलले बताए ।
सम्बन्धित निकायले चासो नलिएपछि उक्त स्थल गन्तव्य बन्न नसकेको विश्वहिन्दु महासंघ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । सन्धिस्थललाई व्यवस्थित गर्नसके स्वदेशी र विदेशी पर्यटकीय आकर्षणको केन्द्र बन्ने उनले बताए । ऐतिहासिक धरोहर जोगाउन सरकारी निकायले विशेष चासो दिनुपर्ने स्थानीय कृष्णप्रसाद रिजालले बताए ।
तिब्बतको आफ्नो मुद्रा नभएर नेपालबाट टकमारी गरेर लाने चलन थियो । उक्त मुद्रामा शुद्ध चाँदी नभएपछि तिब्बतसँग खटपट हुँदै दुई देशबीच युद्ध भयो । विसं १८४४ मा तिब्बतका काजी स्यामर्पा लामा त्यहाँ भएको खटपटका कारण शरण लिन नेपाल आए ।
उनलाई तिब्बत फिर्ता गर्नुपर्ने र मुद्राको विषय सुल्झाउनुपर्ने विवाद बढ्दै गयो । विसं १८४६ मा तिब्बतसँग गरिएको भोटको सन्धिले ५० हजार एक रुपैयाँ नेपाललाई बुझाउनुपर्नेमा दोस्रो वर्ष नबुझाई तिब्बतले सन्धि भंग गर्‍यो । त्यसपछि नेपालसँग युद्ध गर्न चीनको सहयोग माग्यो । विसं १८४९ असार १० मा टुंवाङको नेतृत्वमा आएको चिनियाँ सेना र नेपाली सेनाबीच रसुवाको धैबुङ तथा नुवाकोटका गेर्खु, चोकदे र दुधेलामाको डाँडामा युद्ध भएको इतिहासमा उल्लेख रहेको रिजालले बताए ।

नेपाली भाषाको उद्गमस्थल संरक्षणविहीन

नेपाली भाषाको उद्गम स्थलका रूपमा चिनिने डडेलधुराको अजयमेरुकोट संरक्षणविहीन हुँदा १५ सय वर्षअघिको पुरातात्त्विक महत्त्वको स्थल खण्डहर बन्दै गएको छ ।
१५ सय वर्षअघिको दरबारका भग्नावशेष, दरबार क्षेत्रबाट झन्डै ४ किलोमिटर दूरीमा रहेको गणिका नदीमा खुल्ने गुफा, तत्कालीन समयका अद्भुत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरू रहेको अजयमेरुकोट क्षेत्र जीर्णसँगै बिस्तारै अतिक्रमणसमेत हुन थालेपछि संकटमा पर्दै गएको हो । स्थानीय बासिन्दा सम्मिलित कोट संरक्षण समिति भए पनि ती स्थलहरूको संरक्षण हुन सकेको छैन । 'नाम मात्रको संरक्षण भएको छ,' स्थानीय बासिन्दा जयराम दमाईं भन्छन्, 'बरु यो ऐतिहासिक धरोहरका नाममा आउने सानोतिनो बजेट केही व्यक्तिका लागि कमाइखाने भाँडो भएको छ ।'
नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोट संरक्षणका लागि न त राज्यले पहल गरेको छ न समुदाय स्तरबाटै कुनै प्रयास हुन सकेको छ । 'दरबार क्षेत्रका अद्भुत कलाकृतिहरू चोरी हुन थालेका छन्, झन्डै ८ सय वर्ष एउटा शक्तिशाली राज्यको राजधानी रहेको जस्तो ठाउँ नै रहेन,' ऐतिहासिक दरबार रहेको अजयमेरु गाविसका निवर्तमान गाविस अध्यक्ष हिक्मत ऐरले भने, 'स्थानीय स्तरमा गाविसको संरक्षण प्रयासले मात्र ऐतिहासिक धरोहरको संरक्षण हुन सक्दैन ।'
'डडेलधुरा सदरमुकामदेखि डेढ घन्टाको दूरीमा रहेको ऐतिहासिक कोटको संरक्षण हुन सकेको छैन,' डोटी राज्यको इतिहासका लेखक भोजराज भट्टराईले भने, 'अजयमेरुकोट मात्र नभई पुरै दरबार क्षेत्रको संरक्षण आवश्यक छ ।' उनका अनुसार जुम्लादेखि कणर्ाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र नभई १५ सय वर्षअघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्र पनि हो । 'राष्ट्रगुरु योगी नरहरि नाथको प्रमुख खोज र अनुसन्धानको केन्द्र पनि अजयमेरुकोट रहेको थियो,' उनले भने ।
सुदूरपश्चिमका प्रमुख पर्यटकीय र धार्मिक स्थलहरू खप्तड, अपी साइपाल, बडीमालिका गन्तव्य क्षेत्रमा पर्ने यो ऐतिहासिक धरोहर बिस्तारै समाप्त हुँदै जान थालेपछि पुरातत्त्वविदहरूले चिन्ता व्यक्त गरेका छन् । संस्कृतिविद प्रा.डा. भोजराज पन्तले भने अजयमेरुकोटलाई छोडेर सुदूरपश्चिमको मात्र नभई नेपालको इतिहास नै अधुरो हुने बताए । उनले नेपाली भाषाको माउ डोटेली भाषाको मूल उत्पत्ति थलो मानिने अजयमेरुकोट पर्यटकीय रूपमा मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण भएको बताए । 'डोटी, कुमाउ र कर्णाली प्रदेशको इतिहास अनुसन्धानकर्ताका लागि समेत अजयमेरुकोट प्रमुख अनुसन्धान स्थल हो,' उनले भने । कर्णाली प्रदेशका प्रसिद्ध इतिहासकार स्व. रत्नाकर देवकोटाका शब्दमा कर्णाली र डोटी राज्यको प्राचीन सभ्यताबारे अजयमेरुकोटबाट धेरै कुरा पाउन सकिन्छ । इतिहासकार देवकोटाको पुस्तक कर्णाली सेरोफेरोमा आधुनिक सभ्यताको उत्पत्ति केन्द्र अजयमेरुकोटलाई लिइएको छ ।
प्रसिद्ध इतिहासकार योगी नरहरिनाथसहित धेरै अनुसन्धानकर्ता र इतिहाकारहरूको लामो समयसम्म अनुसन्धानस्थल रहेको कोटको निर्माण पनि अद्भुत किसिमले भएको छ । दरबार भित्रैबाट ४ किलोमिटर सुरुङ मार्ग हुँदै गणिका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भुत कलाकृति, कल्पना गर्न नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन् । पर्यटक निम्त्याउन चाहिने सबै पूर्वाधार भए पनि कोटको अवस्था भने दिनप्रतिदिन बिग्रँदै गएको छ । पछिल्लो समय कोट संरक्षणका लागि राज्यस्तरबाट बजेट निकासा भए पनि पुरातात्त्विक मापदण्डविपरीत स्थानीयहरूबाट मनोमानी ढंगले काम हुन थालेको छ ।
'अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र होइन,' सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका डा. देवदत्त कलौनी भन्छन् ।

नेपाली एप्सको आफ्नै स्टोर

तपाईं कुन अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन चलाउनु हुन्छ ? आइओइस, एन्ड्रोइड, विन्डोज, ब्ल्याकबेरी वा अरु कुनै ? ती सबै प्लेटर्फमका छुट्टाछुट्टै एप्लिकेसन्स (एप्स) स्टोर छन् । आफूलाई आवश्यक परेको एप्स सम्बन्धित प्लेटर्फमको भन्डारमा गएर डाउनलोड गर्‍यो । चलायो ।

एन्ड्रोइड मोवाइल चलाउनु हुन्छ भने अब ओएस डेभलपर कम्पनी गुगलकै प्लेस्टोरमा गएर मात्र एप्स डाउनलोड गर्नु पर्ने छैन । नेपाली एप्सको स्टोर छुट्टै छ 'एप्स झोला' नाममा । नामैले नेपालीपन झल्किने यस झोलामा नेपाली डेभलपरले डेभलप गरेका एप्स हुने नै भए, अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेका केही एप्स समेत तपाईंलाई उपलब्ध हुने छन ।

गुगलले प्रोमोट गरेको गुगल डेभलपर गु्रप काठमाडौंका भुपाल सापकोटा, प्रभातमान श्रेष्ठ, हेम श्रेष्ठ र सुदीप तुलाधरले राजधानीमा आयोजित स्टार्टअप विकेन्डमा सहभागी हुदा नेपाली एप्सको स्टोरको कन्सेप्ट ल्याएका थिए । 'स्टार्टअप विकेन्डका दुई दिनको बन्द सेसनमै हामीले यसलाई तयार गरेका हौं,' डेभलपर टिमको नेतृत्व गरेका सापकोटाले भने, 'त्यसको छ महिनामा देखिएका एररहरु हटाएर रिलिज गर्‍यौं ।' समूहले ६ महिनाअघि यसको मोवाइल एप्स पनि बजारमा ल्याइसकेको छ ।

नेपालीको छुट्टै स्टोर किन आवश्यक पर्‍यो ? नेपाली डेभलपरहरुले विकास गरेका एप्स एन्ड्रोइड प्ले स्टोरमा राख्न आफ्नो छुट्टै एकाउन्ट क्रिएट गरेर २५ डलर तिर्नु पर्छ । त्यसरी रकम तिर्न नेपालमा इन्टरनेशनल पेमेन्ट गेटवेको सुविधा छैन । विदेशमा रहेका आफन्त वा साथीको सहयोगमा पैसा तिरेर एकाउन्ट बनाउनु पर्छ ।

'धेरै डेभलपरले प्ले स्टोरमा आफ्नो एप्स राख्न निकै सास्ती भोग्नु परेको छ,' सापकोटाले भने, 'त्यसलाई हटाउन हामीले नेपाली डेभलपरका लागि छुट्टै स्टोर डेभलप गरेका हौं ।' एप्स झोलामा आफ्नो एप्स राख्न डेभलपरहरुले १ हजार रुपैया तिरे पुग्छ । त्यसका लागि नेपाली पेमेन्ट गेटवे वा बैंकिङ च्यानलको प्रयोग गर्न सकिन्छ । त्यति रकम डेभलपरको एप्स डाउनलोड हुदा प्रयोग हुने ब्यान्डविथको खर्च मात्रै हो ।

एप्स झोला टिमले प्ले स्टोरमा तितरवितर अवस्थामा रहेका राम्रा नेपाली एप्सहरुलाई एकै ठाउमा अर्गनाइज गर्नु पर्ने अबस्था पनि देखेका रहेछन् । 'एप्स झोला भएपछि नेपाली एप्स खोज्न एन्ड्रोइड मोवाइल हुनेहरुले अरु कुनै स्टोर चाहार्नु पर्ने छैन,' सापकोटाले भने । 

एप्स झोलामा विभिन्न डेभलपरहरुले अहिलेसम्म विजनेश, इन्टरटेनमेन्ट, गेम्स, इजुकेसन, फिनान्स, लाइफस्टाइल, मिडिया, म्युजिक, ओपनसोर्स, प्रोडक्टिभिटी, सोसिइल टुल्स, ट्राभल्स क्याटागोरीका गरी ७० वटाजति एप्स राखेका छन् । यसमा युजर, एप्स डेभलपर र एप्स झोलाको टिम गरी १ हजार २ सयजति युजर बेस छ । त्यसमा ६० थरीका इन्डिपेन्डेन्ट डेभलपरहरु छन् ।

अहिलेसम्म उनीहरुले स्टोरबाट सित्तैमा एप्स उपलब्ध गराउदै आएका छन् । भविष्यमा थोरै शुल्क लिने सोचाइ उनीहरुको छ । 'राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा एप्सझोलाबाट धेरै एप्स डाउनलोड हुन थालेपछि केही शुल्क लिएर स्तरीय एप्स डाउनलोड गर्न दिने सोचाइ बनाएका छौं,' सापकोटाले भने, 'त्यसबाट हुने आम्नानीको ७० प्रतिशत डेभलपरलाई र ३० प्रतिशत स्टोरलाई छुट्याउने योजना छ । स्टोरलाई हुने आम्दानीको ठूलो हिस्सा एप्सझोलाको बजार प्रबर्धनमा खर्च गरिने उनले बताए ।

नेपाली एप्सको छुट्टै भण्डार पाउदा युजरहरुको रेस्पोन्स कस्तो छ ? 'युजरको रेस्पोन्स निकै राम्रो छ, टिम लिडर सापकोटाले भने, 'प्ले स्टोरमा देशबाहिरबाट भनसुन गराएर एकाउन्ट क्रिएट गर्न नसक्ने डेभलपरहरुलाई यसले अझ सजिलो बनाइ दिएको छ ।'

अपरेटिङ सिस्टम डेभलपरहरुका छुट्टै एप्स स्टोर छदैछन्, सामसङ, एचटिसीलगायतका मोवाइल हार्डवेयर निर्माता कम्पनीले पनि आफ्नै स्टोर डेभलप गरेका छन् । नेपाली डेभलपरको पहुच तिनका स्टोरसम्म पुग्दैन । त्यस्तो अवस्थामा नेपालमै एप्सको स्टोर हुदा प्रयोगकर्ता र डेभलपर दुवैलाई फाइदा पुग्ने देखिन्छ । तपाईंलाई कुन एप्स चाहियो ? एक पटक एप्सझोलामा ट्राइ गर्ने कि !

Sunday, October 19, 2014

सात बजेपछि देउसी भैलो बन्द हुन्छ, तस्करहरुको लाइन खुल्छ

कुसुम भट्टराई 
kushum bhattraiकाठमाडौं । धापासीमा म बसेको घर छेउमै केही तन्नेरीहरु गितार बोकेर गाना प्राक्टीस गरिरहेका थिए । हेर्दा ट्यापेजस्ता देखिए पनि उनीहरु असल संस्कारमै हुर्किएका केटाहरु थिए, प्लस टु कलेज पढ्दै गरेका । उनीहरुको पोशाक अली हिप–हप भएपनि उनीहरु आधुनिक नेपालका शिक्षित पुस्ता थिए ।
उनीहरु आशीकी–२ को गित अभ्यास गरिरहेका थिए, ‘क्यों की तुम ही हो, मेरी जिन्दगी बस तुम ही हो ।’
एउटा भाईको हातमा हलो गितार थियो । छेउमा एउटा भाई ड्रम बजाइरहेका थिए । लामो कपाल पालेका भाई लिड गितार र अर्का भाई बेस गितारमा थिए ।
मलाई देख्नासाथ केटाहरुले गाउन बन्द गरे । ‘ओ ब्रो आयो, अब गित जम्ने भो’ भन्दै उनीहरु हौसिए ।
‘ल दाई आज कैलाश खेरको जाओस है’, एउटा भाइले भन्यो । अर्कोले थप्यो, ‘हैन नुसरत फतेह अलीको अल्ला हु जाओस् ।’
‘ओके ओके, तर केटा हो, यसपाली तिमीहरुले भैलो खेल्न नपाउने भयौ नी । सात बजेपछि देउसी भैलो नखेल्नू भनेर गृह मन्त्रालयले सूचना निकालेको छ नी’, मैले भनें ।
‘ओ ब्रो, देउसी भैलो खेल्न ब्याण्ड ग¥यो रे सरकारले । बुलसीट’, लिड गितारिस्ट भाइ जंगीए ।
अर्का भाईले आक्रोशीत हुँदै भने, ‘हामीले भैलो खेल्दा सरकारलाई किन टेन्सन ? सरकार चलाउनु नी, किन देउसी भैलोमा डिस्टर्ब ?’
मैले भनें ‘राती–राती देउसी भैलो खेल्दा शान्ति सुरक्षामा खतरा उत्पन्न भएकाले सात बजेपछि ब्याण्ड गरेको रे ।’
‘कुन चाँही पाजीको निर्णय हो त्यो ?’, ड्रमर भाईले रन्कीदै भने ।
मैले भनीदिएँ, ‘पाजीको निर्णय हैन क्या । काजीको निर्णय रे । बामदेव काजीको ।’
‘रडीज भो, बामदेव काजीलाई हाम्रो देउसी भैलोले के गर्याथ्यो यार । के हामी टेरोरिस्ट हो ? वर्षमा एक पटक आउने देउसी खेलेर हल्का गाँठ जम्मा गरौं भनेको, बोर भो नी यार’, इलेक्ट्रीक गितार बोकेका भाईले गितारको स्ट्रीङमा दरीलो झट्का दिएर गोडाले ग्याजेट थिचे । चर्को साउण्ड निकालेर उनले सरकारको निर्णयप्रति खेद प्रकट गरे ।
तिहारको रमाइलो बातावरणमा सरकारी निर्णय आफैमा आतंक बनिरहेको थियो । सानैदेखि रातभरी देउसी भैलो खेलेर मनोबिनोद गरेका केटाहरु निराश देखिन्थे । देउसी भैलो खेल्नेहरुका कारण राति शान्ति सुरक्षा खलबलिन्छ भन्ने सरकारको तर्क उनीहरुलाई हास्यास्पद लागिरहेको थियो ।
deusi‘विश्वका जुनसुकै शहरहरुमा रातभरी चहल पहल हुन्छ । त्यहाँ शान्ति सुरक्षा हुँदैन ? नेपालमा मात्रै पुलीसहरु आफ्नो कमजोरी र लाचारीबाट बच्न जनतालाई दुःख दिन्छन्’, यतिबेरसम्म मौन रहेका भोकलीस्ट भाइ बोले ।
भोकलिस्ट भाईको तर्क थियो, ‘यदि देउसी भैलो खेल्दा आतंककारीहरु, असामाजिक तत्वहरुले मौका पाउने हो भने दियो र बत्ती पनि त बाल्नु भएन । आतंककारीहरुले त्यही दियोको दुरुपयोग गरेर पुरै शहरमा आगो लगाउनसक्छन् ।’
अर्को भाईले थपे, ‘त्यसो भए होली पर्व पनि खेल्नु भएन । होलीको रङ धारण गरेर आतंककारीले बहुरुपी भएर आतंक मच्चाउनसक्छ । होलीको रङमा विष मिसाएर आतंककारीले सबैलाई मार्न सक्छ ।’
ड्रमर भाईले ड्रम ठटाउँदै भने, ‘नदी किनार, ताल या पोखरीको छेउमा गएर छठ मनाउन पनि भएन । आतंककारी र असामाजिक तत्वले छठ मनाउनेहरुलाई नदी, ताल वा पोखरीमा धकेलेर मार्नसक्छ नी । त्यो पनि सुरक्षाका दृष्टिले जोखीमपूर्ण नै छ ।’
मलाइ पनि उनीहरुको कुरा रमाइलो लाग्यो । थपीदिएँ, ‘माघे संक्रान्ति पनि मनाउनु भएन । त्यो त झन् चाकुको पर्व । अब चाकु याने चक्कु त सुरक्षाका दृष्टिले झन् खतरनाक । आतंककारीहरु चाकु प्रहार गर्दै हिंडनसक्छन् । गृहले चाकु नखानु भनेर विज्ञप्ति जारी गर्न के बेर ?’
सबै बाजाहरुको सम्मीलनमा एउटा ब्रिजजस्तो ध्वनी निकाले भाइहरुले । साथमा हाँसोको फोहरा छुट्यो ।
हलो गितार समाइरहेका भाईले भने, ‘दाई, त्यसो भए त शिवरात्री झन् मनाउनै भएन । त्यो त रातभरी धुनी बालेर मनाउनुपर्ने पर्व । सरकारका ब्रोहरुले शिवरात्रीको नाम फेरेर अब शिव दिन राख्ने हुन की ?’
मलाई उनको तर्क मन प¥यो । हो त । शिवरात्री त रातिमा मनाइने हो । अब त्यसमा पनि प्रतिबन्ध लगाउने होलान् गृहमन्त्रीले ।
यसरी हेर्दा त नेपालका हरेक पर्व मनाउन नपाइने पो देखियो । नाग पञ्चमी त मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले त्यही बहानामा घर–घरमा नाग छोडिदिनसक्छन् । जैविक हतियार भने झैं नाग हतियारको प्रयोग गर्न सक्छन् । सरकारले देउसी भैलो रातमा नखेल्न भनेर जुन दलील दियो, त्यस अनुसार त जनै पूर्णिमा झन मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले डोरो र जनैको दुरुपयोग गरेर त्यसैलाई घाँटीको पासो बनाइदिनसक्छन् । पण्डितको भेष धारण गरेर डोरो हतियार लिएर उनीहरुले जे पनि गर्नसक्छन् ।
ओहो, कृष्ण जन्माष्टमी त झन् मान्नै भएन । हिन्दु पौराणीक ग्रन्थ अनुसार कृष्णको जन्म राती १२ बजे भएको मानिन्छ । भक्तजनहरु मध्यरातसम्म जागै बसेर कृष्णको जन्मको प्रतिक्षा र भजन किर्तन गर्ने गर्छन् । सायद अब गृह मन्त्रालयले भगवान कृष्णलाई नै सोझै पत्र लेखेर कृष्ण जन्माष्टमीमा सात बजे अगावै अवतार लिन भन्ने हो की ? कृष्ण मध्यरातमा जन्मिदा कलीयुगका कंशहरुले शान्ति सुरक्षा खलल गर्न सक्ने भएकाले कृष्णले पनि सुर्य अस्ताउनुअगावै जन्मीएर शान्ति सुरक्षा कायम राखीदिनुपर्ने हो की ?
हिन्दुहरुको महान पर्व बडा दशैं झन मान्नै भएन । यसको त नाम नै नवरात्र । रातभरी जाग्राम बस्ने पर्व । रातभरी जागै बसेर देवीको आराधना गर्ने पर्व । यसरी नवरात्र मनाउँदा कलीयुगका महिशासुरहरुले समाजको शान्ति सुरक्षा खलबल्याउनसक्छन्, त्यसैले नवरात्रको नाम फेरेर ‘नव दिन’ राख्ने हो की गृहले ? कि कसो ?
मेरो कुरा सुनेर केटाहरु हाँसे । तर कुरो गम्भीर थियो । भोकलीस्ट भाइले अन्त्यमा एउटा गहकिलो कुरा भने, ‘ब्रो, रात हाम्रो लागि हैन । यो देशमा रातिको समयमा हामी देउसी भैलो खेल्नेलाई छुट छैन । यो देशमा राति रेस्टुरेन्टमा रमझम गर्नेहरुलाई छुट छैन । यो देशमा रातिमा भोज र जात्रामा सहभागी भएर फर्कन सहज छैन । बस एउटा बर्ग छ, जसलाई रातिमा जे पनि गर्न छुट छ ब्रंो…’
मैले सोधें, ‘यो देशमा अहिले राति–राति कसलाई जे गर्न पनि छुट छ भाई ?’
भोकलीस्ट भाईले भने, ‘तस्कर र कालो बजारीयालाई ब्रो । हाम्रो नेपालमा रात भनेको तस्करहरुको हो । कालो बजारीयाहरुको हो । रातमा हामीलाई निषेध गरिन्छ, तर तस्करहरुको लाइन खुल्छ ब्रो ।’
भोकलीस्ट भाईको कुरा सोह«ै आना सही लाग्यो । अहिले रात भनेको तस्करहरुकै हो ।
ठिक त्यसैबेला लिड गितारिस्ट भाइले मेरै गितको धुन निकाले । अनी म गाउन थालें । भाइहरु पनि सँगसँगै गाउन थाले । सरकार र राजनीतिको गन्दा खेलभन्दा पर हामी केहीबेर सँगीतको स्निग्ध, निश्छल, निराकार र निर्वेद रसमा पौडियौं । त्यसले केही विरेचन ग¥यो ।

Sunday, July 20, 2014

मुस्ताङमा युरेनियम: उत्खनन गरे मुलुकको कायापलट

गोपाल भण्डारी
युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।
औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।
 युरेनियम र यसको महत्व
सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु युरेनियमको २३८ परमाणविक धार हुने हुन्छ र लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् ।
यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।
एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।
अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम–२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।
युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युत्मा निर्भर छन् ।
केही साताअघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवत: विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ ।
सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त ‘लिटिल ब्वाय’ र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको ‘फ्याट म्यान’ नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।
नेपालमा युरेनियम पाईने ठाउँहरु
हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।
खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।
खानी विभागले ‘गामा–रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।
मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।
नेपालको युरेनियम: विदेशी चासो

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।
रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान ‘युरेनिफेस रक’को नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।
सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भविद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भविद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुन: सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्‍यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो ।
स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्, ले तीनभंगाले–कालोखोलाको युरेनियम मिश्रति चट्टानका टुक्राबारे ‘गामा–रे स्पेक्ट्रोस्कोपी’ प्रविधि अनुरप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यसबाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।
जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा ‘रेडियसन फिजिक्स’ को राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभावबारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए। त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरमाझ निकै चर्चा भएको थियो ।
विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्माचाहिँ डडेल्धुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकारसमक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्माचाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था
आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ ।
तथापि, यो निर्माण गर्ने क्रम झन् बढ्दो छ, जसको मूल कच्चा पदार्थ नै युरेनियम हो । त्यसैले पनि युरोनियमको खपत दिनानुदिन बढिरहेको छ । त्यही भएरै शक्ति सम्पन्न राष्ट्रहरु अप्रत्यक्ष रुपमा नेपालका विभिन्न परियोजनामार्फत नेपालका युरेनियममा चासो देखाइरहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युतट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियमलगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ ।
खानी विभागका उपमहानिर्देशक रहमान भन्छन्, ‘कोरयिनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन ।’ दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करबि ५३ करोड रुपियाँ)को परियोजना दिएको छ ।
यद्यपि, त्यस परियोजनामा उल्लेख्य प्रगति भइरहेको चाहिँ छैन । परियोजना अन्तर्गत नेपालका विभिन्न निकायबाट झन्डै एक सय कर्मचारी तथा विज्ञहरु आईएईएका विभिन्न सेमिनार तथा तालिममा सहभागी भइसकेका छन् । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नवीन देवकोटा भन्छन्, ‘आईएईएको नेपालको मुख्य चासो भनेको यहाँ पिस फर न्युक्लियरको नारासहित दक्ष जनशक्ति उत्पादन गर्ने र विभिन्न प्राविधिक सहयोग उपलब्ध गराउने नै हो ।’
आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहर नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिमसमेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।
विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियमसम्बन्धी अध्ययन भनेर आउँदैनन्, उनीहर नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै  देशमा लैजान्छन् ।