- रतन भण्डारी
वैभवशाली एवं गौरवमय इतिहास बोकेको विशाल नेपाल आजभन्दा १९५ वर्ष अघि पूर्वमा टिस्टादेखि पश्चिम कुमाउँ गढवाल अठार र बाह्रठकुराइ श्रीमोर हुँदै काँगडासम्म फैलिएको थियो । सन् १८१४-१५ बीच चलेको नेपाल-अङ्गे्रजसँगको युद्धमा नेपालले हार बेहोर्नु पर्दा सन् १८१५ को डिसेम्बर २ का दिन अङ्गे्रजद्वारा नियोजितरुपमा प्रस्तावित सुगौली सन्धि स्वीकार्न नेपाल बाध्य भयो । सुगौली सन्धिकै कारण नेपाल मेचीपूर्व र महाकाली पश्चिमको आफ्नो सम्पूर्ण भूभागमाथिको दाबी त्याग्न पुग्यो । यसको लगत्तै सन् १८१६ डिसेम्बर ८ मा इष्ट इण्डिया कम्पनी सरकारले नेपाललाई मर्का परेको भन्दै एड्वार्ड गार्डनरको नामबाट नेपाललाई पत्र पठाइ केही भूभाग फिर्ता गर्ने निर्णय गर् यो । जसअनुसार सन् १८१६ डिसेम्बर ११ का दिन नेपाल र कम्पनी सरकारबीच एक सहमतिपत्रमा हस्ताक्षर भइ कुसाह र गण्डक नदीबीचको तिरहुत र सरुन तथा गण्डक र राप्ती नदीबीचको तल्लो भाग अर्थात बुटवल सेवराजलगायतको भूभाग नेपालले फिर्ता पायो । त्यसैगरी सन् १८५७ को बङ्गाली सेना तथा त्यसपछिको लखनऊ विद्रोह दमनमा नेपालले सेना पठाई सहयोग गरेकोमा त्यसबाट खुसी भई इष्ट इण्डिया कम्पनी सरकारले महाकाली र राप्ती नदीबीचको बाँके बर्दिया कैलाली र काचनपुर नेपाललाई फिर्ता गर् यो । त्यसैकारण यी जिल्लाहरुलाई नयाँमुलुक भन्ने गरिएको हो ।
सीमा अतिक्रमणको थालनी
सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार “नेपालका राजा तथा तिनका उत्तराधिकारी वा वारेसले काली नदीको पश्चिममा पर्ने देशहरुसितका सम्बन्ध र सबै दाबीहरु परित्याग गर्ने र ती देशहरु वा तिनका बासिन्दासित कुनै चासो नराख्ने” भन्ने सहमतिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी पूर्व कायम हुनपुग्यो । उक्त सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात ब्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२ वटा गाउँहरु दुईतिर बाँडिन पुगे । जसमध्ये गुन्जी नाभी कुटी टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरु नेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर । यस विषयमा बेलायती एक्टिङ चिफ सेक्रेटरी जे आडम्सले काठमाडौँस्थित बेलायती आवाशीय प्रतिनिधि एडवार्ड गाडर्नरलाई ४ फेबुअरी १८१७ मा पठाएको पत्रको बुँदा ३ मा यसरी लेखेका छन् : ”With respect to the Bum Shah’s claim to the track on the eastern side of Kali, the Governor General in council is of opinion, that according to the Letter of the Treaty, the Government of Nipaul is entitled to the restoration of it, notwithstanding its hither to having been regarded as annexed to the British province of Kumaoon. I am accordingly directed to intimate to you that the acting commissioner for Kumaoon will be instructed to surrender it to the officers of the Nipaulese government.”

No comments:
Post a Comment