Wednesday, November 12, 2014

जनमुक्ति सेनाले पनि हिन्दुराष्ट्रका लागि आन्दोलन गर्ने

काठमाडौं, कार्तिक २६ – बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले हिन्दूराष्ट्रको पूनस्थापनाका लागि राष्ट्रव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
उनीहरुले बुधवार पत्रकार सम्मेलन गर्दै पाश्चात्य संस्कृतिका ठेकेदारहरुले क्रिश्चियनहरुबाट डलर खाएर नेपाललाई धर्म निरपेक्षता राष्ट्र बनाएको भन्दै तत्काल हिन्दूराष्ट्र कायम गराउन आफूहरु आन्दोलनमा होमिने जानकारी दिएको हो ।
संघर्ष समितिका संयोजक लेनिन विष्टले वैदिक सनातन धर्म ॐ कार परिवारभित्र रहेका ८४ प्रतिशत हिन्दूहरुको अस्तित्व नै संकटमा रहेको भन्दै आफ्नो संस्कृति, धर्म जोगाउन सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका छन् ।
उनले भने–‘‘नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने निर्णय २०६२/६३ को जनआन्दोलनको मर्म र भावना विपरित छ, यो निर्णयले लोकतन्त्रको ठाडो उपहास भएको छ । हामी कुनै पनि हालतमा नेपाललाई हिन्दू राष्ट्र बनाएर छाड्छौं ।’’ वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयूक्त संघर्ष समितिका संयोजक कुमार बहादुर थापाले नेपालमा हिन्दूराष्ट्र हटाउन सभामुख सुवासचन्द्र नेम्बाङ्ले ठूलो भूमिका खेलेको आरोप लगाएका छन् । थापाले अहिले पनि संविधानसभामा ५५१ जना सभासदहरु हिन्दू भएको जानकारी दिँदै बहुमतको कदर गरिनुपर्ने उद्घोष गरेका छन् ।
थापाले भने–‘‘ नेपालमा हिन्दूराष्ट्र कायम नगरीए पार्टीहरुको अस्तित्व नै समाप्त हुनेछ, किनकी सबै राजनीतिक दलभीत्र हिन्दूहरु छन । हामीलाई सबै दलका नेता तथा कार्यकर्ताहरुको औपचारिक अनौपचारिक समर्थन छ । ’’
थापाले आगामी मंसिर ३ गते संविधानसभा घेराउ तथा १०८ शंख घोष, ४ गते उपत्याकाव्यापी बृहत्त मोटरसाईकल ¥याली लगायतका विभिन्न संघर्षका कार्यमहरुको समेत घोषणा गरेका छन् ।
प्रमुख अतिथि श्री श्रीनिवासाचार्यले नेपालमा हिन्दूराष्ट्र केही बदमाशहरुले हटाएको आरोप लगाउँदै अहिले पनि नेपाली काँग्रेस, राप्रपा नेपाल र नेकपा एमालेका केही नेताहरुले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न हिन्दूराष्ट्रको माग गरेको आरोप लगाएका छन् ।
श्रीनिवासाचार्यले आफूमाथि ठूलो चलखेल भएको उल्लेख गर्दै धर्मलाई राजनीतिक मद्दा बनाउन नहुने उद्घोष गरेका छन् । उनले भने–‘ म गौमाताको रक्षा गर्न, हिन्दू धर्मको संरक्षण गर्नका लागि आफ्नो जीवन नै आहुति दिन पनि तयार छु, तर कसैले चलखेल गरे चुप लागेर बस्दिन् ।’’
त्यस्तै राप्रपा नेपालका सभासद विक्रम बहादुर थापाले नेपाल र नेपालीहरुको पहिचानलाई रक्षा गर्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । थापाले राप्रपा नेपालको एजेण्डा भन्दा पनि आफ्नो धर्म र संस्कृति बचाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धाराणा राखेका छन् ।
उनले भने–‘‘ ८१ प्रतिशत हिन्दूहरु भएको मुलुकमा धर्मनिरपेक्षता घोषणा गर्नु अत्यन्तै गलत हो, हामी जुनसुकै मूल्यमा पनि नेपाललाई हिन्दूराष्ट्र बनाईछाड्छौं ।’’

Wednesday, November 5, 2014

कति मिच्यो भारतले ६४ वर्षमा नेपाली भूमी ?

भारतसँग जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५४ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचिएको छ । भारतसँग जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् ।

भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी पछिल्लो दाङ र बाराबाहेक भूभाग मिचिएको अनुमान गरिएको छ । यसमध्ये कालापानी-लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको छ । त्यतिमात्र कहाँ हो र मेची-महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब भएका छन् ।
सशस्त्र प्रहरीबलको तथ्याङ्कअनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये२ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् ! जङ्गे पिलरहरु छैनन् । अनौठाखालका पिलरहरु सिमानामा भेटिए ।” यस विषयमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि सहमत छन् । सन् १९८१मा नेपाल-भारत संयुक्त सीमा समिति गठन भएर त्यसले २००७ डिसेम्बरमा आपुनो काम सकेको बताउँदै उनी भन्छन्- “तर त्यसमा पनि विवाद कायमै छ ।
सो समितिले ९८ प्रतिशत सीमाङ्कन गरेका दावी गर्दै १८२ थान नक्सा बनाएको दाबी गरेको छ तर त्यो सरकारी स्तरमै गोप्य राखिएको छ । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले समेत सीमा विवाद रहेको स्वीकार गरेका थिए । अर्का सीमाविद् फणिन्द्र नेपाल अङ्ग्रेजले भारतलाई उपनिवेशबाट मुक्त गर्दा नेपालको भूमि पनि मुक्त गरेको बताउँछन् । उनी भन्छन् “नेपाल सरकारले यस मुद्दालाई सार्क आसियान र संयुक्त राष्ट्रसंघमा पेश गर्न सक्नुपर्छ । अन्तर्राष्ट्रियन्यायालयमा जान पनि सकिन्छ । ”
सुगौली सन्धिबाट गुमेको एकतिहाई भूभाग फिर्ता गर्ने सवालमा नेपालको यस्तो तर्क रहेको हो । सन् १९४७ सालमा स्वतन्त्र भएदेखि भारतले नेपालको भूमि लगातार अतिक्रमण गरिरहेको छ । भारतले १ लाख ४३ हजार वर्गकिलोमिटर नेपालको क्षेत्रफल भएको नक्सा बनाएको सीमाविद् नेपालको दावी छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सीमित भएको थियो ।
सुगौली सन्धिभन्दा पहिले नेपालको क्षेत्रफल १ लाख ४ हजार ६ सय १६ वर्गकिलोमिटर थियो । नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ त्यो पनि सीमाभन्दा ३-४ किलोमिटर भित्र मात्र ।
भारतसँग सीमा जोडिएका तराईका चितवन दाङ र पहाडका इलाम पाँचथर ताप्लेजुङ डडेल्धुरा बैतडी र दार्चुलामा नेपालका तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र फोस्र तैनाथ गरिएको छैन । उत्तरी छिमेकी चीनसँग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ । ती नाकाहरुमा नेपालले सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छैन । भलै चीनसँग नेपालको सीमा समस्या हल भइसकेको छ ।
भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ । नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । भारत र नेपालका बीचमा ८ हजार ५ सय र चीनसँग जोडिएका करिब १ सय सीमास्तम्भहरु छन् । तर ती सीमास्तम्भहरुकोअवस्था कस्तो छ भन्ने जानकारी नेपाल सरकारलाई छैन ।
सीमाको सही व्यवस्थापन गर्न र भारतीय बसाइसराई रोक्न नेपाल-भारत सीमारेखामा काँढेतार लगाउनुपर्छ भन्ने सीमाविद्हरुले बताउँदै आएका छन् । सीमाविद् फणिन्द्र नेपाल भन्छन् “काँढेतार लगाउने हो भने भारतीय डकैतीबाट पनि नेपालीहरु सुरक्षित हुने थिए । ” अझ परिचयपत्रका आधारमा मात्र सीमामा आवत-जावत गर्दा उपयुक्त हुने उनी बताउँछन् ।

Tuesday, November 4, 2014

राष्ट्रियताको आन्दोलन र नेपाली भुमी

नेपाली भुमीमाथी भारतीय पक्षवाट निरन्तर हस्तक्षेप भइरहेको खवर पत्रपत्रीकाहरूमा प्रकाशीत भइरहन्छन् तर केहिसमय हल्लाखल्ला मच्चिएपछि यस्ता कुरा त्यतिकै सेलाएर जानेगरेको पनि छ । केहि देशभक्त स्वाभिमानी नेपालीहरू सुगौली सन्धि मार्फत इष्ट इण्डिया कम्पनीले प्राप्त गरेको भुभागसमेत भारतले नेपाललाइ फिर्ता गर्नुपर्ने तर्कसमेत गर्दैछन् । यसर्थ, नेपालको भुमी कहांसम्म हो र हाम्रो स्वाभिमान के हो भन्नेवारे सवैले वुझ्नु जरूरी देखिन्छ। विश्वमै सवैभन्दा पुरानो संस्कृति र मानव सभ्यताको विकास भएको दक्षीण एशीयामा पर्ने हिमालय खण्डको इतिहास पुरै खोतलेर हेर्दा नेपालको अस्तित्व त्यतिवेलै प्रभावशाली रूपमा स्थापीत भएको पाइन्छ । यसैले यहां नेपालको ऐतिहासीकता र त्यसपछि विस्तारीत भुमी पत्ता लगाउने सिलसिला पौराणीक कालवाटै शुरू गरिएको छ ।

स्कन्द पुराण अनुसार हिमालय क्षेत्रलाइ भौगोलिक रूपले पॉच भागमा विभक्त गरिएको छ:-

खण्डाः पञ्च हिमालयस्य कथिताः नेपालकूर्माँञ्चलौ ।

केदारोऽथ जालन्धरोऽथ रूचिर काश्मीर संज्ञोऽन्तिमः ।।

अर्थात् हिमालय क्षेत्रमा नेपाल, कुर्मांचल, केदारखण्ड़ (गढवाल), जालन्धर ( हिमाञ्चल प्रदेश ) तथा सुरम्य काश्मीर पॉच खण्ड पर्दछन्। पौराणिक ग्रन्थमा कुर्मांचल क्षेत्र मानसखण्डको नामले  प्रसिद्व थियो। जस अनुसार, यस उत्तरी हिमालय क्षेत्रमा सिद्ध गन्धर्व, यक्ष, किन्नर जातिको सृष्टि भयो त्यतिवला यहांका राजा कुबेर थिए। कुबेरको राजधानी अलकापुरी (बद्रीनाथ नजिक) बताईएको छ। पुराण अनुसार राजा कुबेरको राज्यमा आश्रम वनाइ ऋषि-मुनिहरू तप,  साधना  गर्थे। त्यतिवेलै पनि यि क्षेत्रहरूमा नेपालको भुमीका प्रभावशाली थियो । पौराणीक कालपछि यस क्षेत्रमा चन्द राजाहरूको शासन प्रारम्भ भइ सन् १७९० सम्म कायम रह्यो। सन् १७९० मा गोरखाली सेनाले कुमांऊमाथी आक्रमण गरि आफ्नो अधीन गरेपछि सन् १८१५ सम्म शासन गरे। सन् १८१५ मा अंग्रेजसंग सुगौली सन्धि भएपछि गोरखाली सेना आफ्नो एकिकरण अभियान स्थगीत गरि नेपाल फर्के तर अंग्रेजले कुमांऊको शासन चन्द राजालाइ नदिइ ईस्ट इण्डिया कम्पनीको अधीनमा गरे। यस प्रकार कुमांऊमाथी अंग्रेजको शासन १८१५ वाट प्रारम्भ भयो।

ऐतिहासिक विवरण अनुसार केदारखण्ड धेरै गढ (किल्ला) मा विभक्त थियो। प्रत्येक गढमा अलग राजा थिए, र आफ्नै आधिपत्य रहेको क्षेत्र थियो। इतिहासकारहरूका अनुसार पंवार वंशका राजाले यि गढहरूलाइ आफ्नो अधीनमा ल्याइ एकीकृत गढवाल राज्य स्थापना गरे र श्रीनगरलाइ राजधानी बनाए। केदारखण्डलाइ त्यतिवेलैदेखी गढवाल भन्न थालियो। सन् १८०३ मा गोरखाली सेनाले गढवाल राज्यमाथी आक्रमण गरि आफ्नो आधीपत्य कायम गरे । पछि त्यहांका महाराजाले गोरखालीहरूको अधिपत्यवाट मुक्त गराइदिन अंग्रेजसंग सहायता मागे । अंग्रेजहरूले यसलाइ उचित अवसरको रूपमा उपयोग गर्दै गोरखाली संग युद्द लडे। रणनितीक चातुर्यता र प्रशष्त सेना रहेको अंग्रेजसंग आपसी खिंचातानीमा अल्झेको दरवारका कारण गोरखालीहरूको केही जोर चलेन र अन्तमा १८१५ को सुगौली सन्धिमार्फत अन्तिम रूपले परास्त भएको ठहरिए ।

गढवालका तत्कालीन महाराजाले युद्धमा लागेको व्ययको निर्धारित धनराशी भुक्तान नगरेको भन्दै अंग्रेजहरूले गढवाली महाराजालाइ केवल टिहरी जिल्ला (वर्तमान उत्तरकाशी सहित) को भू-भाग मात्र  दिए र वांकी सम्पूर्ण गढवाल राज्य (अलकनन्दा मन्दाकिनीको पूर्वी भाग) आफ्नो अधिनमा लिए । गढवालका तत्कालीन महाराजा सुदर्शन शाहले २८ दिसम्बर १८१५ मा टिहरीमा भागीरथी र मिलंगनाको  संगमस्थित सानो गाउंमा खुम्चेर त्यहीं आफ्नो राजधानी स्थापित गर्न वाध्य भए । यसरि सन१८१५ वाट देहरादून र पौडी गढवाल (वर्तमान चमौली जिल्ला तथा रूद्र प्रयाग जिल्लाको अगस्तमुनि र ऊखीमठ विकास खण्ड सहित) अंग्रेजको अधीनमा भयो, टिहरी भने गढवाली महाराजाको अधीनमा छाडियो। यो टिहरी राज्य १९४९ को अगस्टमा भारतीय गणतन्त्रमा विलय हुंदा तत्कालीन संयुक्त प्रान्तको एक जिल्ला घोषित गरियो। पछि भारत-चीन युद्वको पृष्ठभूमिमा सिमान्त क्षेत्रको विकासका लागि भन्दै सन् १९६० मा भारतले यस क्षेत्रलाइ उत्तरकाशी, चमौली र पिथौरागढ नामक तीन सिमान्त जिल्लाहरूमा विभाजन गर्यो ।

यि ऐतिहासीक तथ्यहरू हेर्दा भारतले यी क्षेत्रलाइ आफ्नो भनि दावी गर्ने एउटै आधार सुगौली सन्धिमात्रै हो। अन्यथा कुर्मांचल क्षेत्र र  केदारखण्डभनि पुराणमा वर्णित सवै क्षेत्र अंग्रेजहरूले भारत छाडेदेखी नै नेपाल अन्तर्गतको भुमी हुनुपर्ने थियो । तर, तात्कालिन राणा शाषकहरूले आफ्नो सत्ता टिकाउने लोभमा पर्दा सो भुभागको दावी गर्नु आवश्यक ठानेनन् । तिनीहरूको त्यही कुकर्मको फल आज आम नेपालीहरूले भोगिरहेका छन् । तर, अझैपनि वेलायतले हङकङ चिनलाइ फिर्ता गरेको नजिर पेश गर्ने हो भने यो भुभाग नेपालले फिर्ता पाउने प्रशष्त आधार भेटिन्छ । यद्यपी, नेपाल र नेपाली जनताले यि कुराहरूप्रति मौन रहंदा रहंदैपनि भारतीय विस्तारवादले नेपालमाथी हस्तक्षेप गर्न छाडेको छैन ।

राणा शासन, त्यसपछिको शाहवंशीय तथा २०४६ सालको जनआन्दोलनपछि बनेका सरकारहरु कुनैले पनि नेपाली माटो र जनताप्रति इमानदारिता देखाउन नसक्दाको कारण नै नेपालीहरूले राजनीति देखी सीमा क्षेत्रसम्म भारतीय अतिक्रमण निरन्तर भोग्दै आएका छन् । भारतीय इशारामा नै सरकार, मन्त्रिमण्डल र विकास निर्माणका योजनाहरू बन्न थालेपछि नेपाली राजनीतिमा भारतीय दादागिरि कायम रहन पुगेको यथार्थलाई नकार्न सकिन्न । सरकारमा बस्नासाथ नेपाली शासकहरू भारतीय आशीर्वाद प्राप्त गर्नका लागि सर्वप्रथम भारत भ्रमणमा जाने परम्परालाई वर्तमान प्रधानमन्त्रीले पनि निरन्तरता दिए । यसै परम्परालाई तोड्न खोज्ने माओवादी अध्यक्ष प्रचण्डले अन्ततः सत्ता छोड्न बाध्य हुनुपर्‍यो । जनआन्दोलन- १ का बेला पनि राजा वीरेन्द्रले भारतीय स्वार्थअनुसार चलेको भए व्यवस्था परिवर्तन हुने थिएन । जनआन्दोलन-२ का बेला भारतीय स्वार्थअनुसार ज्ञानेन्द्रले राष्ट्रियता समर्पण गरेका भए यो परिवर्तन यति सजिलोसंग हुने थिएन । उनमा शासक बन्ने तीव्र इच्छा पलाएको, तर भारतीय ईशारामा नचलेका कारण भारत चिढिएको र त्यही क्रोधका कारण ज्ञानेन्द्रलाई सत्ताच्युत गर्ने माओवादी प्रस्तावप्रति भारतले विना हिच्किचाहट सहयोग गरेको विगतलाई पनि विर्सनु हुंदैन । यसरि भारतीय विस्तारवादले के सावित गरिदिएको छ भने उसको सहयोग र आशीर्वादबिना नेपालका कुनै पनि सरकार टिक्ने छैनन् । तर वास्तविकता त्यसो नभइ, जनमतको विश्वास नगर्ने तर सरकारमा हालीमुहाली भने संधै गर्न चाहने राष्ट्रघाती तत्वहरूकै कारण अहिले मुलुकको अस्तित्व संकटमा परेको हो । यसैकारण कतिपय अवस्थामा राष्ट्रियता मागिखाने भांडो भएकोपनि देखिएको छ ।

सरकार जति वनेपनि कुनै स्पष्ट विदेश नीति नभएको र सन् १९५० लगायतका सन्धिसम्झौताहरू पुनरावलोकन गर्न कुनै प्रयास नगरिएकाले अहिले नेपालमा भारतीय हस्तक्षेप सतहमै देखिने गरी ह्वात्तै बढेको पाइएको छ । यद्यपी माओवादी नेतृत्वको सरकारले शुरुमा सन्धि पुनरावलोकनको मुद्दालाई उठाउने कुरा गरेको थियो । अहिलेसम्म पनि उसले भारतीय हस्तक्षेप र अतिक्रमणको विषयलाई राष्ट्रियता, जनजीविका र नागरिक सर्वोच्चताको आन्दोलनसंगै जोडतोडले उठाइरहेको छ । तर ठुला भनिएका अन्य दलहरू नेपाली कांग्रेस तथा एमालेले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । उल्टो जसरि हुन्छ सत्ता टिकाईदिनु पर्‍यो भनेर भारतसामुन्ने हातपाउ पसारी रहेका छन् । यसले पनि भारतीय सहयोग र सम्मानमा पदीय तथा आर्थिक लाभमा पुगेपछि नेताहरूले जनता र राष्ट्रप्रति कत्तिको संवेदनशीलता प्रदर्शन गर्छन् भन्ने कुरा छर्लंग बनिरहेको छ । भारतीय सहयोगबिना हामी कुर्सीमा बस्न जानै सक्तैनौं भन्ने मानसिकताले ग्रसित भएका नेताहरू त्यही बिम्बका साथ सिंहदरबार छिर्दै आएका छन् । त्यही मानसिकता बोकेका दलालहरुको समुहले शाहवंश, नेपाली कांग्रेस, राप्रपा र एमालेलाई खाइसकेको छ भने पछिल्ला दिनहरुमा माओवादीलाई पनि यसले गांज्दै लगेको प्रतित हुंदैछ ।

२००७ साल, २०४६ वा २०६२/६३ मा भएको भनिएको परिवर्तन होस् या त्यसपछि बनेका सरकारहरू कुनै न कुनै रुपमा भारतीय विस्तारवादी नीतिको शिकार मात्र भएनन् कि उनीहरू आत्मसमर्पण गरेरै भए पनि सत्ता टिकाउने खेलमा लागिरहे । त्यसैको फलस्वरूप कोशी, गन्डकी र महाकाली नदी त बेचिइनै सकेका छन् भने अझै कति बेचिने अन्तिम तयारीमा छन् । राजा महेन्द्रकै पालामा दार्चुलाको कालापानीमा भारतीय सेनाले कब्जा जमाएका थिए । चुपचाप रहेर उनलेपनि सत्ता स्वार्थका लागि आफ्नो माटो बेचिदिए । तर, त्यतिलेमात्रै नपुगेर महेन्द्रको मृत्यु समेत स्वाभाविक नभई तात्कालीन भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धिवाट आएको दवाव र धम्कीको सामना गर्न नसकेकाले आत्महत्या गरेको भन्नेसम्मको गाईंगुईं सुनिएको थियो । खैर, यसको वास्तविकता जे भएपनि भारतीय विस्तारवाद कतिसम्म नांगो रुपमा प्रस्तुत भएको छ भन्ने त अहिले मुलुकको वस्तुगत यथार्थलाई वुझ्न सक्ने जोसुकैले अनुमान लगाएकै विषय हो ।

जे होस्, तात्कालीन राजा त्रिभुवनले भारतीय दुतावासमा लगेर वुझाएको राष्ट्रिय स्वाधिनता र महेन्द्रकालमा थालनी भएको नेपाली माटोमाथि भारतीय अतिक्रमण अहिलेसम्म जोडतोडका साथ अघि वढि नै रहेको छ, जसलाइ अहिले एनेकपा माओवादीले नेपाली जनतासामु प्रस्तुत गरेको छ । यसलाइ सत्ताप्राप्ति या अन्य कुनै राजनैतिक स्वार्थसंग उसले नसाटेमा र सकेसम्म सुगौली सन्धिमार्फत गुमेको भुमी पुरै फर्काउने या तत्काल त्यति संभव नभएमा कमसेकम सन् १९५० को सन्धिलाइ नेपाली हित प्रतिकुल नहुनेगरि प्रतिस्थापन गरि त्यसअघिको नेपाली भुभागलाइ फर्काउन सकेमात्र पनि विश्वमानचित्रमा नेपाली स्वाभिमानले पुनः एकपटक टाउको उठाउन सक्नेछ । अन्यथा जनविश्वासमाथी कुठाराघात गरेकोमा राजनितीको केन्द्रमा रहेर सत्ताको हालीमुहालीमा मात्रै रम्ने शाषकहरूको नाम नेपाली इतिहासमा युग युगान्तरसम्म पनि दुर्गन्धित भइनै रहनेछ ।

Sunday, November 2, 2014

हेटौडामा दुर्घटना भएका शुभश्री यातायता र मेट्रो डिलक्सलाई सञ्चालनमा रोक

काठमाडौं,कात्तिक १७ – सरकारले शुभश्री यातयात र मेट्रो डिलक्स यातायातका बस सञ्चालनमा रोक लगाएको छ । शनिबार हेटौँडामा दश यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा लापरबाही भएको ठहर गर्दै यातायात व्यवस्था विभागले १५ दिनका लागि रोक लगाएको हो ।
विभागले दुर्घटनामा दुवै गाडीको लापरबाही देखिएकाले सञ्चालनमा रोक लगाएको जनाएको छ । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना.४ख ५४४८ नम्बरको शुभश्री यातायातको बस इलामबाट काठमाडौंतर्फ आइरहेको ना.५ख ४८४१ नम्बरको मेट्रो डिलक्ससँग ठोक्किएर शनिबार दुर्घटना भएको थियो । घटनामा दशजनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

खेल हेर्दा युवतीलाई जेल

तेहरान (बीबीसी), कार्तिक १७ - पुरुषबीच भएको भलिबल खेल हेर्ने प्रयास गरेको अभियोगमा इरानमा एक युवतीलाई जेल सजाय दिइएको छ । इरानी मूलकी बेलायती नागरिक २५ वर्षीया गोन्चे गवामीलाई यस्तो एक वर्ष कैद सजाय दिइएको हो ।
लन्डनबाट कानुनमा स्नातक गरेकी उनलाई गत जुनमा तेहरान स्टेडियमबाट पक्राउ गरिएको थियो । उनका वकिल अलिजादेह तबातबाईका अनुसार सजायको स्पष्ट कारण खुलाइएको छैन । गवामी पक्राउ पर्नुको कारण भलिबल प्रतियोगिता नभई सुरक्षा जोखिम रहेको इरानी अधिकारीहरूको दाबी छ ।
उनलाई एक सय २६ दिनदेखि तेहरानको कुख्यात जेल 'एबिन पि्रजन'मा राखिएको छ । उनका परिवारजन र साथीहरूले रिहाइको माग गर्दै सामाजिक सञ्जालमा अभियान नै सञ्चालन गरेका थिए । गवामीका परिवार र वकिललाई पक्राउको आधार नदिइएको उनीहरूको भनाइ छ । 'निष्पक्ष र न्यायसंगत कानुनी प्रक्रिया हरेक नागरिकको अधिकार हो,' उनको रिहाइ माग गर्दै चलाइएको फेसबुक पेजमा उल्लेख छ, 'गवामीको त्यस अधिकारप्रति किन अधिकारीहरूले वास्ता नगरेका हुन् ?'
भलिबलका महिला प्रशंसक तथा महिला पत्रकारहरूलाई पनि तेहरानको आजादी स्टेडियममा प्रतियोगिता हेर्न प्रतिबन्ध लगाइएको थियो । सोही क्रममा गवामीलाई पक्राउ गरियो ।
इरानी प्रहरी प्रमुख जनरल इस्माइल अहमदी मोगादमको भनाइमा त्यस्ता अवसरमा महिला र पुरुष एकसाथ रहनु सार्वजनिक हितविपरीत हो । गवामीलाई पक्राउ गरिएको समयमा पनि मोगादमले प्रहरीले कानुन र व्यवस्थाको पालना गरिरहेको बताएका थिए । महिला र पुरुषबीच अशिष्ट व्यवहार हुनबाट बचाउन फुटबल प्रतियोगितामा एकसाथ सामेल हुन दिन नहुने इरानी अधिकारीहरूले बताउँदै आएका छन् ।

यात्रुको जीवन


सन् १९८८ मे १४ को राति अमेरिकाको केन्टुकीमा एउटा कारले स्कुल बसलाई बेजोडले ठोक्कायो । तेलको ट्यांकी छ्यालब्याल भएर बसमा अचानक आगो लाग्यो । तत्काल ढोका पनि खुलेन । चर्चको प्रार्थना सकेर अबेला फर्किंदै गरेका विद्यार्थी त्यही आगोमा बल्न थाले । २७ जनाको त्यहीं मृत्यु भयो । ३४ जना घाइते भए । ६ जनामात्र सकुशल निस्कन सके । अमेरिकी इतिहासमै वीभत्समध्ये पर्ने त्यस दुर्घटनाका दोषी कारचालक ल्यारी वाइने महनीलाई त्यहाँको अदालतले १६ वर्ष जेल हाल्यो । ल्यारीले रक्सी पिएकाले दुर्घटना भएको भन्दै अदालतले कडा सजाय दिएको हो ।
हाम्रो देशमा सार्वजनिक यातायातका यस्ता थोक दुर्घटना कति हुन्छन् कति । अचेल दुर्घटनाका समाचार नआउने दिनै हुँदैनन् । अस्ति १५ गते राति मात्र मकवानपुरको बस्तीपुरमा शुभश्री ट्राभल्सको बसले अर्को बसलाई ठक्कर दियो । यात्रुहरूका अनुसार शुभश्रीका मालिक र चालकबीच बाटामा झगडा भइरहेको थियो । चितवनको रामनगरमा दुवैले रक्सी पिए । झगडा झन् बढ्यो । त्यहाँ खाना खाएर अघि बढेपछि गाडीको गति अनियन्त्रित भयो । यात्रुहरूले सचेत गराउँदागराउँदै बस्तीपुरमा दुर्घटना भयो । १० जनाको मृत्यु भयो । ३० जनाभन्दा बढी घाइते भए । चालक र मालिक दुवै पत्तै नपाई भागे ।
पछि चालक पक्राउ त परे । तर नेपालको कानुनअनुसार उनी केही दिन हिरासतमा बस्छन् । मालिक र व्यवसायी समितिले मृतकका आफन्त र घाइतेलाई केही क्षतिपूर्ति दिन्छन् । त्यतिन्जेलमा चालक छुटिसक्छन् । मालिकले मुक्ति पाइहाल्छन् । अत्यन्त लापरबाहीपूर्ण तरिकाले सामूहिक नरसंहार गर्ने व्यक्ति केही दिनमै अर्को बस चलाइरहेको भेटिन्छ । बिमाबाट रकम पाएर मालिकले पुरानाको साटो नयाँ बस किन्छन् । दुर्घटना त चिठ्ठा परेजस्तो हुन्छ ।
छिमेकी भारतमा लापरबाहीपूर्ण ड्राइभिङ गर्दा दुर्घटना भएको पुष्टि भए १० वर्षसम्म जेल हाल्ने कानुन छ । ज्यानै मार्नेसम्म नियतको लापरबाही पाइए मृत्युदण्ड पनि हुन्छ । गतवर्ष पुने अदालतले एक लापरबाह चालकलाई मृत्युदण्ड नै दिएको थियो । अर्काको बस कब्जामा लिई हुइँक्याइरहेका सन्तोष माने त्यतिबेला पक्राउ परे, जतिबेला जताततै मान्छे किच्याइसकेका थिए । तीव्र गतिको अनियन्त्रित बसले ९ जनाको ज्यान लिएको थियो । ३७ जना घाइते भएका थिए । यसलाई 'नियत'समेत जोडेर अदालत मृत्युदण्डको फैसलामा पुगेको हो । ती चालकको पुनरावेदनलाई माथिल्लो अदालतले खारेज गरिदियो ।
नेपाली सडक दुर्घटनाको इतिहासमा सर्वाधिक अविस्मरणीय एमाले नेता मदन भण्डारी र जीवराज आश्रतिको निधनलाई लिइन्छ । उनीहरू चढेको गाडी दासढुंगामा त्रिशूलीमा खसाउने चालक अमर लामालाई चितवन अदालतले आजीवन काराबास तोकेको थियो । पछि सर्वोच्चले पाँच वर्षमा झार्‍यो । छुटेपछि लामा पार्टी फेरेर कांग्रेसमा लागे । २०६० मा माओवादीले उनको हत्या गर्‍यो । सबै रहस्यै-रहस्यमा रहे । यसले दिने संकेत के हो भने दुर्घटनाको फितलो कानुनले सर्वसाधारणदेखि प्रतिष्ठित व्यक्तिसम्म असुरक्षित बन्दै गएका छन् । चालकको लापरबाही बढेको छ ।
गाडीले किचेर कुनै व्यक्ति घाइते वा अंगभंग भयो भने लाखौं खर्च हुनसक्छ । मृत्युको त क्षतिपूर्ति नै छैन भन्दा हुन्छ । केही सम्बन्धित व्यावसायिक संस्थाले बेहोर्छन्, केही बिमाले । नपुगेको थोरबहुत मालिकले । दुर्घटना गराउने चालकले केही दिन हिरासतमा बसिदिनुपर्ने मात्र हो । त्यही भएर कसैलाई सवारी साधनले ठोक्किइगए ब्याक गरेर भए पनि मार्छन् । वर्षौंवर्ष झन्झट बेहोर्नुभन्दा सिध्याई नै दिन्छन् । यसलाई ज्यान मारेको अभियोग लगाउने गरिएको छैन । सवारी दुर्घटनाका नाममा सजिलै उन्मुक्ति दिइन्छ ।
दुर्घटनाका मुख्य कारण मादक पदार्थ सेवन, तीव्र गति, निद्रा, मोबाइल लगायत हुन् । एउटै चालकलाई रातभरि बस चलाउन लाउनु, यात्रु र मालिकले दुव्र्यवहार गरेर वा दुर्वचन लगाएर आक्रोशित बनाउनुका कारण पनि घटना भएका छन् । लापरबाहीलाई सामान्य भवितव्य ठान्नु हुँदैन । हातमा लाइसेन्स हुनेले पनि आफ्नो र अरूको ज्यानलाई बराबर ठान्नुपर्छ । पूर्ण सुरक्षा हुन्छ भन्ने विश्वासमा यात्रा गर्नेहरू कहिले भीरबाट खस्छन् । कहिले नदीमा डुब्छन् ।
क्यानाडामा मादक पदार्थ सेवन गरेर ड्राइभिङ गर्नेलाई आजीवन कारावाससम्मको व्यवस्था छ । परीक्षण गर्दा प्रति १०० मिलिमिटर रगतमा ८० मिलिग्रामभन्दा बढी अल्कोहल पाइएमा अत्यधिक सजाय तोक्न सकिन्छ । नेपालमा मापसे गरेर सवारी चलाउनेलाई लाइसेन्स खोस्ने, सामान्य जरिवाना गराउने र तालिम दिइने गरिएको छ । उसले पार गर्ने गन्तव्यसम्मको सडकका सबै जीवनलाई खतरामा पारेर हिँड्दा जम्मा यति सजाय हुन्छ । प्रहरीको चेकिङ छल्दै भाग्ने त झन् जोगिइहाल्छन् । राति खासगरी लामो दूरीका बसका चालकको जंगल पुगेपछि चेकिङ कमै हुन्छ । दुर्घटना प्रायः त्यस्तै अवस्थामा हुन्छन् ।
वल्र्ड हेल्थ र्‍याङकिङका अनुसार बढी दुर्घटना हुने देशमध्ये नेपाल १२७ औं नम्बरमा पर्छ । यहाँ एक लाखमा ११.४ जनाको दुर्घटनामा मृत्यु हुन्छ । सबैभन्दा धेरै नामिबियामा ५३.४ जनाले दुर्घटनामा ज्यान गुमाउँछन् । तुलनात्मक रूपमा हेर्दा हामी तलै भए पनि हाम्रो गति बढ्दो छ । लापरबाही बढ्दो छ । निर्दोषहरूको ज्यान जाने क्रम बढ्दो छ ।
त्यसलाई सुधार्न कडाभन्दा कडा कानुन नबनाई हुँदैन ।

मेरो विचार ः जुनसुकै अपराधीले पनि अपराध गरिसकेपछि मैले अपराध गरेको होइन वा मैले जानाजान गरेको होइन भन्छ, जुन स्वभाविक हो । चोरले कहिले म चोर हुँ भन्छ र? यो चालक हत्यारा हो, जघन्य अपराध गर्ने अपराधी हो । मृत्युदण्ड नै अन्तिम तथा कठोर सजाय होइन । मेरो विचारमा त मृत्युदण्ड जती सजिलो सजाय केही छैन, केहीछिनको तडप पछि त्यसले मुक्ती पाइहाल्छ । यस्तो अपराधको लागि १५/२० वर्षको जेल सजाय पनि कम हुन्छ । त्यसैले, यसलाई जनताको कठघरामा उभ्याई चारै हातखुट्टा काटेर डुँडो र लङ्गडो बनाईदिनुपर्छ ताकी यसले आफ्नो अपराधको सजाय जीवनभरी प्रत्येक पल पाइरहोस् ।.
डा कविताराम श्रेष्ठ
यो ६ दिन अँधेरो हुन्छ भन्ने कुरोले अझैसम्म पनि हल्लिखाल्ली मच्चायो । यो हावादारी खबर (hoax) हज्लर्स डट कमले नासाको प्रशासक चार्ल्स बोल्डनको हवाला दिएर प्रसारमा ल्यायो । यसले छोटो समयमै फेसबुकमा ६ लाख “likes” हासिल गरेको थियो । तर अक्टोबर ३० मा यो खबर ‘द एपोक टाइम्स’ भन्ने पत्रिकाले हावादारी भएको प्रमाणित गरिदियो ।  मैले भने थाहा पाइन र आफ्नो भनाइ समेत फेसबूकमा शेयर गरेको थिएँ । तर, एक घण्टा पनि नपुग्दै मेरा मित्रहरूले यो हावादारी भएको लिंकहरू प्रस्तुत गर्नुभयो । र, मैले तत्काल त्यसलाई हटाएको थिएँ ।
गएका केही दिनसम्म नेपालका कतिपय समाचार पोर्टलले ‘एक हप्ता पृथ्वी पूर्णरुपमा अँध्यारो हुने’ भन्दै हल्लीखल्ली गरेका छन् । सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन् । कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन् र यो अझै यो गरमागरम नै देखियो । त्यसैले यस बारेको केही तथ्य अघि ल्याउन मन लाग्यो ।
- See more at: http://dainiknepal.com/2014/11/26099.html#sthash.Nm7c11iL.waBHlbQ1.dpuf
डा कविताराम श्रेष्ठ
यो ६ दिन अँधेरो हुन्छ भन्ने कुरोले अझैसम्म पनि हल्लिखाल्ली मच्चायो । यो हावादारी खबर (hoax) हज्लर्स डट कमले नासाको प्रशासक चार्ल्स बोल्डनको हवाला दिएर प्रसारमा ल्यायो । यसले छोटो समयमै फेसबुकमा ६ लाख “likes” हासिल गरेको थियो । तर अक्टोबर ३० मा यो खबर ‘द एपोक टाइम्स’ भन्ने पत्रिकाले हावादारी भएको प्रमाणित गरिदियो ।  मैले भने थाहा पाइन र आफ्नो भनाइ समेत फेसबूकमा शेयर गरेको थिएँ । तर, एक घण्टा पनि नपुग्दै मेरा मित्रहरूले यो हावादारी भएको लिंकहरू प्रस्तुत गर्नुभयो । र, मैले तत्काल त्यसलाई हटाएको थिएँ ।
गएका केही दिनसम्म नेपालका कतिपय समाचार पोर्टलले ‘एक हप्ता पृथ्वी पूर्णरुपमा अँध्यारो हुने’ भन्दै हल्लीखल्ली गरेका छन् । सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन् । कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन् र यो अझै यो गरमागरम नै देखियो । त्यसैले यस बारेको केही तथ्य अघि ल्याउन मन लाग्यो ।
- See more at: http://dainiknepal.com/2014/11/26099.html#sthash.Nm7c11iL.waBHlbQ1.dpuf
डा कविताराम श्रेष्ठ
यो ६ दिन अँधेरो हुन्छ भन्ने कुरोले अझैसम्म पनि हल्लिखाल्ली मच्चायो । यो हावादारी खबर (hoax) हज्लर्स डट कमले नासाको प्रशासक चार्ल्स बोल्डनको हवाला दिएर प्रसारमा ल्यायो । यसले छोटो समयमै फेसबुकमा ६ लाख “likes” हासिल गरेको थियो । तर अक्टोबर ३० मा यो खबर ‘द एपोक टाइम्स’ भन्ने पत्रिकाले हावादारी भएको प्रमाणित गरिदियो ।  मैले भने थाहा पाइन र आफ्नो भनाइ समेत फेसबूकमा शेयर गरेको थिएँ । तर, एक घण्टा पनि नपुग्दै मेरा मित्रहरूले यो हावादारी भएको लिंकहरू प्रस्तुत गर्नुभयो । र, मैले तत्काल त्यसलाई हटाएको थिएँ ।
गएका केही दिनसम्म नेपालका कतिपय समाचार पोर्टलले ‘एक हप्ता पृथ्वी पूर्णरुपमा अँध्यारो हुने’ भन्दै हल्लीखल्ली गरेका छन् । सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन् । कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन् र यो अझै यो गरमागरम नै देखियो । त्यसैले यस बारेको केही तथ्य अघि ल्याउन मन लाग्यो ।
Earth3वास्तवमा यस खबर हावादारी भएपनि सौर्यआंधी धेरै परसम्म उठ्ने र धेरै टाढा अन्तरिक्षमा पुगेपछि सेलाएर पृथ्वीसम्म आउने सूर्यको प्रकाशलाई छेक्न ठूलो कुरा हुन्न नै । यस्ता लप्काले पृथ्वी त के त्यो भन्दा परका ग्रहलाई पनि अँधेरो पार्न मात्र होइन आफ्नो चपेटामा पार्न पनि सक्दछ । संलग्न फोटोहरू हेर्नुहोस, सूर्यको अनुपातमा पृथ्वी र सूर्यबाट उठ्ने लप्का कत्रो र कस्तो देखिन्छ, हेर्दा नै थाहा हुन्छ । साढे चार पांच अरब वर्ष अघितिर पृथ्वीलगायत सबै ग्रहहरू नै सौर्य आंधीबाट हुत्याइएको लप्का सेलाएर त्यसैको कणबाट बनेको भन्ने सिद्धान्त वैज्ञानिकहरूले अघि सारेका छन् । यो सानो लप्काको कुरा त के नै भयो र ?
यही गत २०१२ सालकै कुरा हाम्रा सामू दृष्टान्त छ । यसबारेमा एभ्लिन ब्राउनिङ्ग ग्यार्रिस आफ्नो लेख Solar Storms: A Scary Near Miss!, March 23, 2014 मा लेख्छन- “अधिकांश पृथ्वीबासीले भोगे कि २०१२ साल कति गर्मी थियो थियो । तर धेरैलाई थाहा भएन कि हामी झन्डै खरानी नै भएका थियौं । त्यस साल सूर्यको ठूलै आगोको लप्का यता हानिएको थियो । यसले पृथ्वीका समस्त विद्युत सञ्जालनै झण्डै नष्ट गरेको थियो, हामी अलिकतिले जोगियौं” (http://www । almanac । com/blog/weather-blog/solar-storms-scary-near-miss) ।
यसै बारेमा सोलर म्यक्सका अन्तर्राष्ट्रिय टास्क फोर्स सदस्य आस्ली डेल भन्दछन- “यो दुर्घटना घटेको भए पृथ्बीभरका संचार र यातायातका सञ्जाल पूरै ध्वस्त हुने थियो र त्यसबाट झन्डै डेढ ट्रिलियन पाउण्ड नोक्सान हुन्थ्यो । Physics World भन्ने पत्रिकामा उनले लेखेका छन् “यस्ता कुराले पृथ्वीमा पक्कै गम्भीर असर गर्ने छ । ” नसाका वैज्ञानिक क्यारिङ्ग्टन लेभेल भन्छन “यस्तो घटना हरेक १५० वर्षमा एकपल्ट हुन्छ नै र यसपल्ट त ५ वर्ष नाघी सकेथ्यो ।”
EarthEarth to Scate
‘द एपोक टाइम्स’ले बिहिबार अक्टोबर ३० मा जनायो कि, पहिले त यो हावादारी हल्लाले डिसेम्बर २०१२ मा तीन दिन अँधेरो हुनेछ भनेको थियो र यस अन्धकार भएका दिनमा पृथ्वी अर्को आयाममा प्रवेश गर्नेछ । त्यसपछि त्यसमा अरू ३ दिन थपेर यही वर्ष सौर्य आंधीको कारणले डिसेम्बरको २१, २२ र २३ मा यो घटना हुनेछ भनेको थियो । अर्थात २०१४ को डिसेम्बरमा यो हुन्छ भन्ने कुरा पछि थपिएका हुन् । त्यसपछि अरू कुरा “NASA Confirms Earth Will Experience 6 Days of Total Darkness in December 2014!” शीर्षक साथ थपिएको थियो । जसले थपेर भन्यो- गत २५० वर्ष पछि पृथ्वीमा ६ दिन अर्थात् २१६ घण्टा मंगलबार डिसेम्बर १६ देखि सोमबार २२ डिसेम्बरसम्म पृथ्वी पूरै अन्धकारमय हुनेछ । सूर्यमा उठेको बिशाल आँधीको कारणबाट उब्जिएको कणहरूबाट ९०% प्रकाश छेकिएर यस्तो हुनेछ । नासाको वैज्ञानिक अर्ल गोडोयले पूर्णत: कृतिम प्रकाशको व्यवस्था गरिने छ र पृथ्वीमा अरू कुनै समस्या भने हुने छैन । चार्ल्स बोल्डनले उक्त समयाबधिभर शान्त रहन आह्वान गरेका छन्, आदि ।
जे होस अब सबैले बुझ्न पर्‍यो। नासाले नै यो हावादारी भनी सकेको स्थिति छ र हामीले हावादारी नै मान्न पर्‍यो। त्यसैले यस्ता हावादारीको पछि नलाग्न दैनिक नेपालमार्फत आग्रह पनि गर्दछु ।
- See more at: http://dainiknepal.com/2014/11/26099.html#sthash.Nm7c11iL.waBHlbQ1.dpuf

के साँच्चै अन्धकार हुन लागेको हो त पृथ्वी ?

सौर्य आँधीले प्रकाश छेकिन्छ ?

 गोकुल कार्की
उत्पत्ति:-
सुर्य एक बिशाल आणविक बादलको अंशबाट आज भन्दा करिब ४.५७ अरब बर्ष पहिले निर्माण भएको हो । हाम्रो सुर्यभन्दा दश हजारदेखि दश लाख गुणासम्म ठुला अणुहरुको  बिशाल भीमकाय बादललाई बिशाल आणविक बादल भनिन्छ । यो कहिलेकहिँ सैयौं प्रकाश बर्षको ब्याससम्म पुग्दछ ।जहाँ हाम्रो सौर्यमण्डलको ब्योमको कणहरुको घनत्व एक कण प्रति घनसेन्टिमिटर हुन्छ, त्यहाँ यस्तो बादलमा १०,००० देखि १०,००,००० कण प्रति घन सेन्टिमिटरसम्म पुग्न सक्छ । यस घनत्वमा यी बादल भित्र बिबिध किसिमका आकृतिहरु बन्न पुग्दछन् । जस्तो कि, गोलो-बाटुलो-गुच्चाकार आदि इत्यादी । सोहि घनत्वको आधारमै सुर्यले पनि आफ्नो आकार प्राप्त गरेको छ, जसलाई आज हामी नियाल्न सक्छौं ।
अधिकांश हाइड्रोजन अनि हिलियम ग्याँसबाट सुर्यको निर्माण भए झैँ अन्य ताराहरु पनि सोहि बिधि अनुसार निर्माण भएको हुन् सक्ने बैज्ञानिकहरुको अनुमान छ । सुर्यको सम्बन्धमा जुन आयु निकालिएको छ, यो ‘तारकीय विकास’ को ‘कम्प्यूटर मण्डल’ को प्रयोग र ‘न्युक्लियोकोस्मोक्रोनोलोजी’ को माध्यमबाट अनुमानित हो । परिणाम प्राचीनतम सौर्यमंडल सामाग्रीको ‘रेडियोमिट्रिक तिथि’ कै अनुरुप छ, ४.५६७ अरब बर्ष प्राचिन ‘उल्कापात’को अध्यन ‘अल्पजिवी आइसोटोपो’ को स्थिर नाभिकको संकेत देखाउँछ, जस्तो कि आइरन-६०, जो केवल विस्फोटित, अल्पजीवी तारामा निर्माण हुन्छ । यो संकेत गर्छ कि, त्यो स्थान जहाँ सुर्य निर्माण भएको छ, नजिकमा एक वा सो भन्दा बढी सुपरनोभा अबश्य हुनु पर्दछ । कुनै नजिकको सुपरनोभाबाट निक्लिएको ‘आघात तरङ्ग’ले आणविक बादल भित्रको ग्याँसलाई संकुचित बनाएर सुर्यको निर्माण प्रक्रिया शुरु भएको हुन् सक्ने अनुमान छ । र कुनै क्षेत्र आफूमै निहित गुरुत्वबलको अधिनबाट निर्माण भएको हुन् सक्छ । जस्तो कि, बादलको कुनै टुक्रा आफैमा खाँद्दिन्छ, ‘कोणीय गतिमा संरक्षण’ को कारण यो पनि घुम्न थालेको हुनु पर्छ । अनि बढ्दो दवाबको कारणले तातिन सक्छ । धेरै ठुलो दवावको कारणले द्रब्यराशी केन्द्रमा संकुचित हुन् गइ प्रतिक्रिया स्वरूप बिस्फोट हुन् गएको हुन् सक्छ । परिणाम स्वरूप केन्द्रमा अवस्थित मूल पदार्थ सुर्य बन्न गयो भने बाँकी ओरिपरी रहेका तत्वहरु विस्फोटनका क्रममा उछिट्टिएर वर्तमान सौर्यमंडलका अन्य सदस्यहरु आज अस्तित्वमा देखिएका ग्रह-उपग्रह इत्यादिको रुपमा बिद्द्यमन भएको बैज्ञानिक राय छ ।
त्यस्तो आणविक बादलको ‘कोर’ को गुरुत्वबलको दवाबले अत्यधिक उष्ण पैदा गराएर बाहिरी सतहसम्म अधिक ग्यास संचालित गराई, अन्तत: ‘नाभिकीय संलयन’ लाई सक्रिय गरायो । यस प्रकारले  सुर्यको जन्म भयो ।
अवस्था:-
सौर्यमंडलको केन्द्रमा अवस्थित एउटा मध्यम खालको तारा जसको ओरिपरी अन्य अबयबहरु परिक्रमा गर्ने गर्दछन् । सूर्य हाम्रो सौर्यमंडलको सबै भन्दा ठुलो पीन्ड हो । यसको ब्यास लगभग १३ लाख ९० हजार किलोमिटर छ, जुन पृथ्वी भन्दा लगभग १०९ गुणा अधिक हो । उर्जाको शक्तिशाली भण्डारको रुपमा रहेको सुर्य मुख्य रुपमा हाइड्रोजन र हिलियम ग्याँसको एउटा बिशाल गोला हो । आफ्नो केन्द्र भागमा हुने परमाणु बिलय प्रक्रियाद्वारा यसले उर्जा पैदा गर्दछ । सुर्यबाट उत्सर्जित भएको एउटा सानो अंश मात्रै  पृथ्वीमा आइपुग्छ । जसको १५ प्रतिशत अन्तरिक्षमा परबर्तन भएर जान्छ । ३० प्रतिशतले भने पानीलाई बाफ बनाउन सहयोग पुर्याउँदछ भने बाँकी उर्जा रुख बिरुवा नदीनाला-समुन्द्र आदिले खपत गर्दछ । यसको मजबुत गुरुत्वकर्षण शक्तिले पृथ्वी लगायतका अन्य ग्रहहरुलाई आफूतर्फ खिचेर राखेको हुन्छ ।
सूर्यबाट पृथ्वीको औसत दुरी लगभग १४,९६,००,००० किलोमिटर (९,२९,६०,००० माइल)छ । यसको प्रकाश हामीसम्म आइपुग्न ८ मिनेट ३० सेकेन्ड लाग्दछ । यसै प्रकाशीय उर्जाबाट प्रकाश संस्लेषण नामक एक महत्वपूर्ण जैव-रासायनिक अभिक्रिया हुन्छ, यो नैं  जीवनको आधार हो  । यसले नै पृथ्वीको जलबायु र मौसमलाई प्रभावित गर्दछ ।
सुर्यको सतहको निर्माण हाइड्रोजन ७३.४६%, हिलियम २४.८५%,फलाम ०.१६%,निकेल ०.०९%,अक्सिजन ०.७७%,सिलिकन ०.०७%,सल्फर ०.१२%, मैग्नेसियम ०.०५%, कार्वन ०.२९%, नियोंन ०.१२%, क्याल्सियम, क्रोमियम तत्वबाट भएको छ  ।
यो बल्दै गरेको ग्याँसको पिन्डलाई हामी दूरदर्शन यन्त्रको सहायताले नियाल्न सक्छौं । यसको सतहमा सानाठूला दाग-धब्बाहरु सजिलैसँग देख्न सक्छौं ।यसलाई सौर्य-दाग भनिन्छ । यो दाग आफ्नो स्थानबाट सरिरहेको देख्न सकिन्छ । यसलाई हेरेर बैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने सूर्य पूर्वबाट पश्चिमतर्फ आफ्नो अक्षमा परिक्रमा गर्दछ, जुन २७ दिनमा सम्पन्न गर्दछ । जुन प्रकारले पृथ्वी अनि अन्य ग्रहहरु सुर्यको परिक्रमा गर्दछन, उसै प्रकारले सुर्यले पनि आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्दछ । जसलाई परिक्रमा गर्न सूर्यलाई लगभग २२ देखि २५ करोड बर्ष लाग्ने गर्दछ । यो अवधिलाई निहारिका बर्ष भनिन्छ । यसले परिक्रमा गर्ने गति २५१ किलोमिटरप्रतिसेकेन्ड हुन्छ ।
सूर्यक्षेत्रको सीमा यानिकी हिलियोस्फियर (heliosphere):-
हाम्रो सौर्यमंडल एउटा अत्यन्तै ठुलो बिबिराहरुले घेरिएको हुन्छ जसलाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।हिलियोस्फियर (heliosphere) सुर्यबायुद्वारा बन्न गएको त्यस्तो बिबिरा (फोका) हो, जस अन्तर्गत सुर्यद्वारा उत्सर्जित सबै पदार्थहरु रहेको  हुन्छ ।तैपनि यो बिबिराको भित्र हिलियोस्फियर भन्दा बाहिरबाट आएका अत्यन्तै उर्जावाला कणहरु पनि प्रवेश गर्न सक्छन् ।
सौर्यबायु यो कुनै ताराको बाहिरी बाताबरणद्वारा उत्सर्जित आवेषित कणको एउटा धाराप्रवाह हो । सौर्यबायु मुख्यतः अत्यधिक उर्जावाला इलोक्ट्रोन र प्रोटोनबाट बनेको हुन्छ, जसको उर्जामा  कुनै पनि ताराको गुरुत्व प्रभावबाट बाहिर जान सक्ने क्षमता अन्तर्निहित रहेको हुन्छ । सौर्यबायु सुर्यको हर दिशामा प्रवाहित हुन्छ जसको गति केहि सय किलोमिटर प्रति सेकेन्ड हुन्छ । सुर्यको सन्दर्भमा यसलाई सौर्यबायु भनिन्छ भने अन्य ताराहरुको सम्बन्धमा यसलाई ब्रह्माण्ड बायु भनिन्छ ।
सुर्यबाट केहि दुरीमा रहेको प्लुटोभन्दा धेरै बाहिर सौर्य बायु खगोलीय माध्यमको प्रभावले मत्थर हुन् जान्छ । यो प्रक्रिया केहि चरणमा हुन्छ । खगोलीय माध्यम हाइड्रोजन अनि हिलियमबाट बनेको हुन्छ जुन सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ ।
सौर्य बायु सुपरसोनीक गतिबाट कम हुँदै सबसोनिक गतिमा चल्दछ । यस चरणलाई  टर्मीनेशन शक(Termination Shock) भनिन्छ ।
सबसोनिक गतिमा चलेको सौर्यबायु खगोलीय माध्यमको प्रवाहको प्रभावले प्रभावित पार्दछ र सौर्य बायुलाई  धुमकेतुको पुच्छर जस्तै आकृतिमा पुर्याईदिन्छ, जसलाई हीलीयोशेथ(Helioseath) भनिन्छ ।
हीलीयोशेथ(Helioseath)को बाहिरी सतह जहाँ हिलियोस्फियर खगोलीय माध्यमसंग मिल्दछ, जसलाई हिलियोपाज (Heliopause)भनिन्छ ।
हिलियोपाज क्षेत्र सुर्यले आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्ने क्रममा खगोलीय माध्यममा एउटा हलचल उत्पन्न गर्दछ । यो हलचल हुने क्षेत्र जुन हिलियोपाज भन्दा बाहिर हुन्छ जसलाई Bow Shock भनिन्छ ।
anr_storms_011513
किन आउँछ सौर्य आँधी ?
थोरै उल्लेख माथि नै गरिएको छ कि सुर्यले परमाणु बिलय प्रक्रियाद्वरा उर्जा पैदा गर्दछ ।  सुर्य एउटा बिशाल हाइड्रोजन बम नै  हो जसका  अणुहरु लगातार बिष्फोटन भैरहेका छन् । हिलियममा रुपान्तरण भै रहेका छन् । अरबौ बर्षदेखि यो आगोको ज्वाला निरन्तर दन्कि नैं रहेको छ । यसरि  पड्कदै रहेको बमले उत्सर्जन गरेको उज्यालोसंगै हामीले जीवन अनि दृष्टि पाएका छौं ।
बल्दै गरेको आफ्नै अगेनोमा यदि हामीले ठोस-ठास पार्यौं  भने त्यहाँबाट थप अरु झिल्काहरु बाहिर निस्कन्छन् ।  आगो आवाज निकाल्दै अरु दन्कन थाल्छ । त्यो अगेना बाट निक्लिएको झिल्का अग्नि-आँधीको  एउटा सानो रुप हो । उर्जा रहुन्जेल हलचल पैदा गर्दछ । यो भनेको  स्वयंमा अन्तर्निहित शक्तिको परिणाम हो ।
त्यसै गरि पुर्णिमाको रातमा समुन्द्रमा ज्वारभाटा आउँदछ । चन्द्रमाको गुरुत्व बलले समुन्द्रको पानीलाई माथि माथि उचाल्छ । जुन अलि बढी भयो भने समुन्द्री आँधी बन्न पुग्दछ । यो चै बाहिरी शक्तिको प्रभावले देखिएको परिणाम  हो ।
सौर्य आँधीमा यी दुवै उदाहरण लागू हुन्छन् । एकातर्फ सुर्य स्वयं बिस्फोट हुँदै उर्जा बाहिर फ्याँकी रहेको अवस्था अनि अर्को तर्फ अरबौं गुणा शक्तिशाली ताराहरुको समुह आकाशगंगालाई पनि  परिक्रमा गर्ने हुनाले त्यसको गुरुत्वबलको प्रभावले बल्दै गरेको सुर्यको लप्कालाई आफु तर्फ खिच्न पुग्दछ । जुन लप्काहरु सूर्यबाट फुत्किएर  सुपरसोनिक  गतिमा चारै तर्फ  आंधीको रुपमा दौडने गर्दछ र एउटा सीमारेखामा पुगेर आफुलाई नियन्त्रण गर्दछ । जुन सीमालाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।
धेरै बैज्ञानिक भनाइहरु पनि अनुमानित नै छन् । धारणा बनाउन हर कोहि स्वतन्त्र छन् । त्यस आधारमा सबै भन्दा सङ्गत ठहरिन सक्ने आफुलाई लागेको अनुमानलाई सार्वजनिक गर्नु सकारात्मक  नै हो भन्ने मेरो विचार छ ।
पृथ्वीमा सौर्यवायुको प्रभाव:-
नासाको अनुसार  आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुनेछ । जस अनुसार  डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार अर्थात पुष १ गते देखि ७ गतेसम्म दिनरात पुरै अध्यारो हुने बताइएको छ ।
सौर्य आँधीका कारण तीन दिनसम्म पूर्ण अन्धकार हुनेछ  भने बाँकी  तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत भाग  छेकिएर अध्यारो हुने उसको भनाई छ । नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने बताइएको छ ।
 सूर्यमा जब  आँधी चल्छ, विश्वले ठुलो भौतिक क्षेतीको सामना गर्नु पर्ने हुन सक्छ । विद्युत्, खानेपानी र सञ्चार सेवाबाट अकस्मात् वञ्चित हुनु्पर्ने हुनसक्छ। सौर्य आँधी आउने एघार वर्षे चक्रिय प्रणाली छ। सन १९२१ र १८५९ मा सौर्य आँधी पृथ्वीमा ठोक्किसकेकोले वैज्ञानिकहरू यसप्रति सचेत छन।
सौर्य आँधीले  तेलका भूमिगत पाइपलाइनसमेतलाइ क्षतिग्रस्त पार्दछ। करोडाँ डिग्री फरेनहाइट तपाक्रमसहितका आयनित कण र घातक विकिरणले सौर्य आँधी बनेको हुन्छ। सूर्यमा ठूलो हलचल हुँदा अन्तरिक्षमा करोडौँ माइलसम्म बलिरहेको ग्यासका लप्का सेकेन्डमै फैलिन्छ।पृथ्वीमा चुम्बकीय क्षेत्र नहुँदो हो त सौर्य आँधीले यहाँको  सबैकुरा   नष्ट गरिसक्थ्यो। पृथ्वीलाई घेरिरहेको चुम्बकीय क्षेत्रले धेरै हदसम्म सौर्य आँधीको प्रभाव कम गर्छ। प्रतिघन्टा करिब १० लाख माइलको गतिमा चल्ने सौर्य आँधी पृथ्वीमा ठोक्किदा पृथ्वीको चुम्बकीय क्षेत्रले हामीलाई बचाउँछ। चुम्बकीय क्षेत्रले सौर्य आँधीका घातक कण र विकिरणलाई मात्र होइन सुदूर अन्तरिक्षबाट नियमितरूपमा आउने विकिरण र आयनित कणहरूलाई वायुमन्डलमा पस्न दिँदैन।
 Earth_at_Night
सौर्य आँधीले  प्रकाश छेकिन्छ ?
यस सम्बन्धमा पनि एउटा उदाहरण पेश गर्नु सान्दर्भिक होला । मानी लिनुस् तपाईंको घरको अगेनामा आगो दन्किरहेको छ । अब त्यो दन्किएको आगोमा मकैका नसुकेका खोयाहरु अथवा काँचा दाउराहरु हाल्नु भयो भने धुवाँ आउने मात्रै हैन यति पिरो हुन्छ, श्वास फेर्न पनि मुश्किल पर्छ । धुवाँले पुरै घर रुमल्लिने छ । तपाईं अगेनो छोडेर टाप ठोक्नु हुनेछ । तर जहाँसम्म सुर्यको सवाल छ, चौतर्फी, सम्पूर्ण सतहमा  आगो दन्किरहेको छ । त्यहाँ कसले बाहिरबाट लगेर काँचो मकैको खोया अनि नसुकेको दाउरा थप्छ र बलिरहेको आगो छेकिन्छ ǃ र, उज्यालो ढाकिन्छ ǃ ? त्यै पनि कसैको घरको अगेनामा पिल्पिलाउँदै  गरेको झ्यासको आगो हैन सुर्य जसको उज्यालो २-४ धमाकाबाट निक्लदै गरेका धुलाका कणहरुले अबरुद्द गरुन । करोडौ डिग्री फरेनहाइटको तापक्रम स्वयं सक्षम छ त्यस्ता कणहरुको उपस्थितिलाई बिलिन गराउन । पलभरका लागि छेकिन सक्छ सुर्यका किरणहरु तर आजभोली जसरी हल्ला गरिंदै छ, २ दिन ४ दिन एक हप्ता अँध्यारो हुन्छ भन्दै, सम्भावना देखिंदैन ।

Saturday, November 1, 2014

ऐतिहासिक स्थल बेवारिसे

त्रिशूली नदी किनारको खेतमा दुई ठूला ढुंगा वर्षौंदेखि अलपत्र छन् । यस्तो दृश्य देशभर देख्न सकिन्छ तर रसुवाको नुवाकोट ४ दहमा रहेका यी दुई ढुंगाको कुरा बेग्लै छ । यिनै ढुंगामा बसेर नेपाल र चीनबीच युद्ध अन्त्य गर्ने सन्धि भएको थियो जसलाई 'बेत्रावतीको सन्धि' नामले चिनिन्छ । यी ढुंगाले नेपाल र चीनबीचको सन्धिलाई मात्र बुझाउँदैनन्, तिब्बत चीनमा गाभिएको समयको समेत प्रतिनिधित्व गर्छन् ।
सरोकारवाला निकायले चासो नलिँदा उक्त ऐतिहासिक स्थल चर्चामा छैन । विसं १८४९ असोज १५ मा नेपाल र चीनबीच सन्धि भएको थियो । तीमध्ये अग्लो कालो ढुंगामा चिनियाँ र तल्लोमा नेपाली पक्ष बसेर सन्धिपत्रमा हस्ताक्षर भएको थियो । तल्लो ढुंगा तुप्चे गाविसका दुर्गा पौडेलको जग्गामा परेको छ भने माथिल्लो सार्वजनिक जग्गामा । माथिल्लोभन्दा मास्तिर अर्को सानो ढ्यांग्रो आकारको ढुंगा पनि थियो । केही समय अघिसम्म सन्धिस्थल हेर्न स्थानीय बासिन्दा आउने गरेका थिए । ढ्यांग्रो भएको ढुंगा फालिदिएपछि कसैले चासो नदिएको पौडेलले बताए ।
सम्बन्धित निकायले चासो नलिएपछि उक्त स्थल गन्तव्य बन्न नसकेको विश्वहिन्दु महासंघ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । सन्धिस्थललाई व्यवस्थित गर्नसके स्वदेशी र विदेशी पर्यटकीय आकर्षणको केन्द्र बन्ने उनले बताए । ऐतिहासिक धरोहर जोगाउन सरकारी निकायले विशेष चासो दिनुपर्ने स्थानीय कृष्णप्रसाद रिजालले बताए ।
तिब्बतको आफ्नो मुद्रा नभएर नेपालबाट टकमारी गरेर लाने चलन थियो । उक्त मुद्रामा शुद्ध चाँदी नभएपछि तिब्बतसँग खटपट हुँदै दुई देशबीच युद्ध भयो । विसं १८४४ मा तिब्बतका काजी स्यामर्पा लामा त्यहाँ भएको खटपटका कारण शरण लिन नेपाल आए ।
उनलाई तिब्बत फिर्ता गर्नुपर्ने र मुद्राको विषय सुल्झाउनुपर्ने विवाद बढ्दै गयो । विसं १८४६ मा तिब्बतसँग गरिएको भोटको सन्धिले ५० हजार एक रुपैयाँ नेपाललाई बुझाउनुपर्नेमा दोस्रो वर्ष नबुझाई तिब्बतले सन्धि भंग गर्‍यो । त्यसपछि नेपालसँग युद्ध गर्न चीनको सहयोग माग्यो । विसं १८४९ असार १० मा टुंवाङको नेतृत्वमा आएको चिनियाँ सेना र नेपाली सेनाबीच रसुवाको धैबुङ तथा नुवाकोटका गेर्खु, चोकदे र दुधेलामाको डाँडामा युद्ध भएको इतिहासमा उल्लेख रहेको रिजालले बताए ।

नेपाली भाषाको उद्गमस्थल संरक्षणविहीन

नेपाली भाषाको उद्गम स्थलका रूपमा चिनिने डडेलधुराको अजयमेरुकोट संरक्षणविहीन हुँदा १५ सय वर्षअघिको पुरातात्त्विक महत्त्वको स्थल खण्डहर बन्दै गएको छ ।
१५ सय वर्षअघिको दरबारका भग्नावशेष, दरबार क्षेत्रबाट झन्डै ४ किलोमिटर दूरीमा रहेको गणिका नदीमा खुल्ने गुफा, तत्कालीन समयका अद्भुत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरू रहेको अजयमेरुकोट क्षेत्र जीर्णसँगै बिस्तारै अतिक्रमणसमेत हुन थालेपछि संकटमा पर्दै गएको हो । स्थानीय बासिन्दा सम्मिलित कोट संरक्षण समिति भए पनि ती स्थलहरूको संरक्षण हुन सकेको छैन । 'नाम मात्रको संरक्षण भएको छ,' स्थानीय बासिन्दा जयराम दमाईं भन्छन्, 'बरु यो ऐतिहासिक धरोहरका नाममा आउने सानोतिनो बजेट केही व्यक्तिका लागि कमाइखाने भाँडो भएको छ ।'
नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोट संरक्षणका लागि न त राज्यले पहल गरेको छ न समुदाय स्तरबाटै कुनै प्रयास हुन सकेको छ । 'दरबार क्षेत्रका अद्भुत कलाकृतिहरू चोरी हुन थालेका छन्, झन्डै ८ सय वर्ष एउटा शक्तिशाली राज्यको राजधानी रहेको जस्तो ठाउँ नै रहेन,' ऐतिहासिक दरबार रहेको अजयमेरु गाविसका निवर्तमान गाविस अध्यक्ष हिक्मत ऐरले भने, 'स्थानीय स्तरमा गाविसको संरक्षण प्रयासले मात्र ऐतिहासिक धरोहरको संरक्षण हुन सक्दैन ।'
'डडेलधुरा सदरमुकामदेखि डेढ घन्टाको दूरीमा रहेको ऐतिहासिक कोटको संरक्षण हुन सकेको छैन,' डोटी राज्यको इतिहासका लेखक भोजराज भट्टराईले भने, 'अजयमेरुकोट मात्र नभई पुरै दरबार क्षेत्रको संरक्षण आवश्यक छ ।' उनका अनुसार जुम्लादेखि कणर्ाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र नभई १५ सय वर्षअघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्र पनि हो । 'राष्ट्रगुरु योगी नरहरि नाथको प्रमुख खोज र अनुसन्धानको केन्द्र पनि अजयमेरुकोट रहेको थियो,' उनले भने ।
सुदूरपश्चिमका प्रमुख पर्यटकीय र धार्मिक स्थलहरू खप्तड, अपी साइपाल, बडीमालिका गन्तव्य क्षेत्रमा पर्ने यो ऐतिहासिक धरोहर बिस्तारै समाप्त हुँदै जान थालेपछि पुरातत्त्वविदहरूले चिन्ता व्यक्त गरेका छन् । संस्कृतिविद प्रा.डा. भोजराज पन्तले भने अजयमेरुकोटलाई छोडेर सुदूरपश्चिमको मात्र नभई नेपालको इतिहास नै अधुरो हुने बताए । उनले नेपाली भाषाको माउ डोटेली भाषाको मूल उत्पत्ति थलो मानिने अजयमेरुकोट पर्यटकीय रूपमा मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण भएको बताए । 'डोटी, कुमाउ र कर्णाली प्रदेशको इतिहास अनुसन्धानकर्ताका लागि समेत अजयमेरुकोट प्रमुख अनुसन्धान स्थल हो,' उनले भने । कर्णाली प्रदेशका प्रसिद्ध इतिहासकार स्व. रत्नाकर देवकोटाका शब्दमा कर्णाली र डोटी राज्यको प्राचीन सभ्यताबारे अजयमेरुकोटबाट धेरै कुरा पाउन सकिन्छ । इतिहासकार देवकोटाको पुस्तक कर्णाली सेरोफेरोमा आधुनिक सभ्यताको उत्पत्ति केन्द्र अजयमेरुकोटलाई लिइएको छ ।
प्रसिद्ध इतिहासकार योगी नरहरिनाथसहित धेरै अनुसन्धानकर्ता र इतिहाकारहरूको लामो समयसम्म अनुसन्धानस्थल रहेको कोटको निर्माण पनि अद्भुत किसिमले भएको छ । दरबार भित्रैबाट ४ किलोमिटर सुरुङ मार्ग हुँदै गणिका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भुत कलाकृति, कल्पना गर्न नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन् । पर्यटक निम्त्याउन चाहिने सबै पूर्वाधार भए पनि कोटको अवस्था भने दिनप्रतिदिन बिग्रँदै गएको छ । पछिल्लो समय कोट संरक्षणका लागि राज्यस्तरबाट बजेट निकासा भए पनि पुरातात्त्विक मापदण्डविपरीत स्थानीयहरूबाट मनोमानी ढंगले काम हुन थालेको छ ।
'अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र होइन,' सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका डा. देवदत्त कलौनी भन्छन् ।

नेपाली एप्सको आफ्नै स्टोर

तपाईं कुन अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन चलाउनु हुन्छ ? आइओइस, एन्ड्रोइड, विन्डोज, ब्ल्याकबेरी वा अरु कुनै ? ती सबै प्लेटर्फमका छुट्टाछुट्टै एप्लिकेसन्स (एप्स) स्टोर छन् । आफूलाई आवश्यक परेको एप्स सम्बन्धित प्लेटर्फमको भन्डारमा गएर डाउनलोड गर्‍यो । चलायो ।

एन्ड्रोइड मोवाइल चलाउनु हुन्छ भने अब ओएस डेभलपर कम्पनी गुगलकै प्लेस्टोरमा गएर मात्र एप्स डाउनलोड गर्नु पर्ने छैन । नेपाली एप्सको स्टोर छुट्टै छ 'एप्स झोला' नाममा । नामैले नेपालीपन झल्किने यस झोलामा नेपाली डेभलपरले डेभलप गरेका एप्स हुने नै भए, अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेका केही एप्स समेत तपाईंलाई उपलब्ध हुने छन ।

गुगलले प्रोमोट गरेको गुगल डेभलपर गु्रप काठमाडौंका भुपाल सापकोटा, प्रभातमान श्रेष्ठ, हेम श्रेष्ठ र सुदीप तुलाधरले राजधानीमा आयोजित स्टार्टअप विकेन्डमा सहभागी हुदा नेपाली एप्सको स्टोरको कन्सेप्ट ल्याएका थिए । 'स्टार्टअप विकेन्डका दुई दिनको बन्द सेसनमै हामीले यसलाई तयार गरेका हौं,' डेभलपर टिमको नेतृत्व गरेका सापकोटाले भने, 'त्यसको छ महिनामा देखिएका एररहरु हटाएर रिलिज गर्‍यौं ।' समूहले ६ महिनाअघि यसको मोवाइल एप्स पनि बजारमा ल्याइसकेको छ ।

नेपालीको छुट्टै स्टोर किन आवश्यक पर्‍यो ? नेपाली डेभलपरहरुले विकास गरेका एप्स एन्ड्रोइड प्ले स्टोरमा राख्न आफ्नो छुट्टै एकाउन्ट क्रिएट गरेर २५ डलर तिर्नु पर्छ । त्यसरी रकम तिर्न नेपालमा इन्टरनेशनल पेमेन्ट गेटवेको सुविधा छैन । विदेशमा रहेका आफन्त वा साथीको सहयोगमा पैसा तिरेर एकाउन्ट बनाउनु पर्छ ।

'धेरै डेभलपरले प्ले स्टोरमा आफ्नो एप्स राख्न निकै सास्ती भोग्नु परेको छ,' सापकोटाले भने, 'त्यसलाई हटाउन हामीले नेपाली डेभलपरका लागि छुट्टै स्टोर डेभलप गरेका हौं ।' एप्स झोलामा आफ्नो एप्स राख्न डेभलपरहरुले १ हजार रुपैया तिरे पुग्छ । त्यसका लागि नेपाली पेमेन्ट गेटवे वा बैंकिङ च्यानलको प्रयोग गर्न सकिन्छ । त्यति रकम डेभलपरको एप्स डाउनलोड हुदा प्रयोग हुने ब्यान्डविथको खर्च मात्रै हो ।

एप्स झोला टिमले प्ले स्टोरमा तितरवितर अवस्थामा रहेका राम्रा नेपाली एप्सहरुलाई एकै ठाउमा अर्गनाइज गर्नु पर्ने अबस्था पनि देखेका रहेछन् । 'एप्स झोला भएपछि नेपाली एप्स खोज्न एन्ड्रोइड मोवाइल हुनेहरुले अरु कुनै स्टोर चाहार्नु पर्ने छैन,' सापकोटाले भने । 

एप्स झोलामा विभिन्न डेभलपरहरुले अहिलेसम्म विजनेश, इन्टरटेनमेन्ट, गेम्स, इजुकेसन, फिनान्स, लाइफस्टाइल, मिडिया, म्युजिक, ओपनसोर्स, प्रोडक्टिभिटी, सोसिइल टुल्स, ट्राभल्स क्याटागोरीका गरी ७० वटाजति एप्स राखेका छन् । यसमा युजर, एप्स डेभलपर र एप्स झोलाको टिम गरी १ हजार २ सयजति युजर बेस छ । त्यसमा ६० थरीका इन्डिपेन्डेन्ट डेभलपरहरु छन् ।

अहिलेसम्म उनीहरुले स्टोरबाट सित्तैमा एप्स उपलब्ध गराउदै आएका छन् । भविष्यमा थोरै शुल्क लिने सोचाइ उनीहरुको छ । 'राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा एप्सझोलाबाट धेरै एप्स डाउनलोड हुन थालेपछि केही शुल्क लिएर स्तरीय एप्स डाउनलोड गर्न दिने सोचाइ बनाएका छौं,' सापकोटाले भने, 'त्यसबाट हुने आम्नानीको ७० प्रतिशत डेभलपरलाई र ३० प्रतिशत स्टोरलाई छुट्याउने योजना छ । स्टोरलाई हुने आम्दानीको ठूलो हिस्सा एप्सझोलाको बजार प्रबर्धनमा खर्च गरिने उनले बताए ।

नेपाली एप्सको छुट्टै भण्डार पाउदा युजरहरुको रेस्पोन्स कस्तो छ ? 'युजरको रेस्पोन्स निकै राम्रो छ, टिम लिडर सापकोटाले भने, 'प्ले स्टोरमा देशबाहिरबाट भनसुन गराएर एकाउन्ट क्रिएट गर्न नसक्ने डेभलपरहरुलाई यसले अझ सजिलो बनाइ दिएको छ ।'

अपरेटिङ सिस्टम डेभलपरहरुका छुट्टै एप्स स्टोर छदैछन्, सामसङ, एचटिसीलगायतका मोवाइल हार्डवेयर निर्माता कम्पनीले पनि आफ्नै स्टोर डेभलप गरेका छन् । नेपाली डेभलपरको पहुच तिनका स्टोरसम्म पुग्दैन । त्यस्तो अवस्थामा नेपालमै एप्सको स्टोर हुदा प्रयोगकर्ता र डेभलपर दुवैलाई फाइदा पुग्ने देखिन्छ । तपाईंलाई कुन एप्स चाहियो ? एक पटक एप्सझोलामा ट्राइ गर्ने कि !

Sunday, October 19, 2014

सात बजेपछि देउसी भैलो बन्द हुन्छ, तस्करहरुको लाइन खुल्छ

कुसुम भट्टराई 
kushum bhattraiकाठमाडौं । धापासीमा म बसेको घर छेउमै केही तन्नेरीहरु गितार बोकेर गाना प्राक्टीस गरिरहेका थिए । हेर्दा ट्यापेजस्ता देखिए पनि उनीहरु असल संस्कारमै हुर्किएका केटाहरु थिए, प्लस टु कलेज पढ्दै गरेका । उनीहरुको पोशाक अली हिप–हप भएपनि उनीहरु आधुनिक नेपालका शिक्षित पुस्ता थिए ।
उनीहरु आशीकी–२ को गित अभ्यास गरिरहेका थिए, ‘क्यों की तुम ही हो, मेरी जिन्दगी बस तुम ही हो ।’
एउटा भाईको हातमा हलो गितार थियो । छेउमा एउटा भाई ड्रम बजाइरहेका थिए । लामो कपाल पालेका भाई लिड गितार र अर्का भाई बेस गितारमा थिए ।
मलाई देख्नासाथ केटाहरुले गाउन बन्द गरे । ‘ओ ब्रो आयो, अब गित जम्ने भो’ भन्दै उनीहरु हौसिए ।
‘ल दाई आज कैलाश खेरको जाओस है’, एउटा भाइले भन्यो । अर्कोले थप्यो, ‘हैन नुसरत फतेह अलीको अल्ला हु जाओस् ।’
‘ओके ओके, तर केटा हो, यसपाली तिमीहरुले भैलो खेल्न नपाउने भयौ नी । सात बजेपछि देउसी भैलो नखेल्नू भनेर गृह मन्त्रालयले सूचना निकालेको छ नी’, मैले भनें ।
‘ओ ब्रो, देउसी भैलो खेल्न ब्याण्ड ग¥यो रे सरकारले । बुलसीट’, लिड गितारिस्ट भाइ जंगीए ।
अर्का भाईले आक्रोशीत हुँदै भने, ‘हामीले भैलो खेल्दा सरकारलाई किन टेन्सन ? सरकार चलाउनु नी, किन देउसी भैलोमा डिस्टर्ब ?’
मैले भनें ‘राती–राती देउसी भैलो खेल्दा शान्ति सुरक्षामा खतरा उत्पन्न भएकाले सात बजेपछि ब्याण्ड गरेको रे ।’
‘कुन चाँही पाजीको निर्णय हो त्यो ?’, ड्रमर भाईले रन्कीदै भने ।
मैले भनीदिएँ, ‘पाजीको निर्णय हैन क्या । काजीको निर्णय रे । बामदेव काजीको ।’
‘रडीज भो, बामदेव काजीलाई हाम्रो देउसी भैलोले के गर्याथ्यो यार । के हामी टेरोरिस्ट हो ? वर्षमा एक पटक आउने देउसी खेलेर हल्का गाँठ जम्मा गरौं भनेको, बोर भो नी यार’, इलेक्ट्रीक गितार बोकेका भाईले गितारको स्ट्रीङमा दरीलो झट्का दिएर गोडाले ग्याजेट थिचे । चर्को साउण्ड निकालेर उनले सरकारको निर्णयप्रति खेद प्रकट गरे ।
तिहारको रमाइलो बातावरणमा सरकारी निर्णय आफैमा आतंक बनिरहेको थियो । सानैदेखि रातभरी देउसी भैलो खेलेर मनोबिनोद गरेका केटाहरु निराश देखिन्थे । देउसी भैलो खेल्नेहरुका कारण राति शान्ति सुरक्षा खलबलिन्छ भन्ने सरकारको तर्क उनीहरुलाई हास्यास्पद लागिरहेको थियो ।
deusi‘विश्वका जुनसुकै शहरहरुमा रातभरी चहल पहल हुन्छ । त्यहाँ शान्ति सुरक्षा हुँदैन ? नेपालमा मात्रै पुलीसहरु आफ्नो कमजोरी र लाचारीबाट बच्न जनतालाई दुःख दिन्छन्’, यतिबेरसम्म मौन रहेका भोकलीस्ट भाइ बोले ।
भोकलिस्ट भाईको तर्क थियो, ‘यदि देउसी भैलो खेल्दा आतंककारीहरु, असामाजिक तत्वहरुले मौका पाउने हो भने दियो र बत्ती पनि त बाल्नु भएन । आतंककारीहरुले त्यही दियोको दुरुपयोग गरेर पुरै शहरमा आगो लगाउनसक्छन् ।’
अर्को भाईले थपे, ‘त्यसो भए होली पर्व पनि खेल्नु भएन । होलीको रङ धारण गरेर आतंककारीले बहुरुपी भएर आतंक मच्चाउनसक्छ । होलीको रङमा विष मिसाएर आतंककारीले सबैलाई मार्न सक्छ ।’
ड्रमर भाईले ड्रम ठटाउँदै भने, ‘नदी किनार, ताल या पोखरीको छेउमा गएर छठ मनाउन पनि भएन । आतंककारी र असामाजिक तत्वले छठ मनाउनेहरुलाई नदी, ताल वा पोखरीमा धकेलेर मार्नसक्छ नी । त्यो पनि सुरक्षाका दृष्टिले जोखीमपूर्ण नै छ ।’
मलाइ पनि उनीहरुको कुरा रमाइलो लाग्यो । थपीदिएँ, ‘माघे संक्रान्ति पनि मनाउनु भएन । त्यो त झन् चाकुको पर्व । अब चाकु याने चक्कु त सुरक्षाका दृष्टिले झन् खतरनाक । आतंककारीहरु चाकु प्रहार गर्दै हिंडनसक्छन् । गृहले चाकु नखानु भनेर विज्ञप्ति जारी गर्न के बेर ?’
सबै बाजाहरुको सम्मीलनमा एउटा ब्रिजजस्तो ध्वनी निकाले भाइहरुले । साथमा हाँसोको फोहरा छुट्यो ।
हलो गितार समाइरहेका भाईले भने, ‘दाई, त्यसो भए त शिवरात्री झन् मनाउनै भएन । त्यो त रातभरी धुनी बालेर मनाउनुपर्ने पर्व । सरकारका ब्रोहरुले शिवरात्रीको नाम फेरेर अब शिव दिन राख्ने हुन की ?’
मलाई उनको तर्क मन प¥यो । हो त । शिवरात्री त रातिमा मनाइने हो । अब त्यसमा पनि प्रतिबन्ध लगाउने होलान् गृहमन्त्रीले ।
यसरी हेर्दा त नेपालका हरेक पर्व मनाउन नपाइने पो देखियो । नाग पञ्चमी त मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले त्यही बहानामा घर–घरमा नाग छोडिदिनसक्छन् । जैविक हतियार भने झैं नाग हतियारको प्रयोग गर्न सक्छन् । सरकारले देउसी भैलो रातमा नखेल्न भनेर जुन दलील दियो, त्यस अनुसार त जनै पूर्णिमा झन मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले डोरो र जनैको दुरुपयोग गरेर त्यसैलाई घाँटीको पासो बनाइदिनसक्छन् । पण्डितको भेष धारण गरेर डोरो हतियार लिएर उनीहरुले जे पनि गर्नसक्छन् ।
ओहो, कृष्ण जन्माष्टमी त झन् मान्नै भएन । हिन्दु पौराणीक ग्रन्थ अनुसार कृष्णको जन्म राती १२ बजे भएको मानिन्छ । भक्तजनहरु मध्यरातसम्म जागै बसेर कृष्णको जन्मको प्रतिक्षा र भजन किर्तन गर्ने गर्छन् । सायद अब गृह मन्त्रालयले भगवान कृष्णलाई नै सोझै पत्र लेखेर कृष्ण जन्माष्टमीमा सात बजे अगावै अवतार लिन भन्ने हो की ? कृष्ण मध्यरातमा जन्मिदा कलीयुगका कंशहरुले शान्ति सुरक्षा खलल गर्न सक्ने भएकाले कृष्णले पनि सुर्य अस्ताउनुअगावै जन्मीएर शान्ति सुरक्षा कायम राखीदिनुपर्ने हो की ?
हिन्दुहरुको महान पर्व बडा दशैं झन मान्नै भएन । यसको त नाम नै नवरात्र । रातभरी जाग्राम बस्ने पर्व । रातभरी जागै बसेर देवीको आराधना गर्ने पर्व । यसरी नवरात्र मनाउँदा कलीयुगका महिशासुरहरुले समाजको शान्ति सुरक्षा खलबल्याउनसक्छन्, त्यसैले नवरात्रको नाम फेरेर ‘नव दिन’ राख्ने हो की गृहले ? कि कसो ?
मेरो कुरा सुनेर केटाहरु हाँसे । तर कुरो गम्भीर थियो । भोकलीस्ट भाइले अन्त्यमा एउटा गहकिलो कुरा भने, ‘ब्रो, रात हाम्रो लागि हैन । यो देशमा रातिको समयमा हामी देउसी भैलो खेल्नेलाई छुट छैन । यो देशमा राति रेस्टुरेन्टमा रमझम गर्नेहरुलाई छुट छैन । यो देशमा रातिमा भोज र जात्रामा सहभागी भएर फर्कन सहज छैन । बस एउटा बर्ग छ, जसलाई रातिमा जे पनि गर्न छुट छ ब्रंो…’
मैले सोधें, ‘यो देशमा अहिले राति–राति कसलाई जे गर्न पनि छुट छ भाई ?’
भोकलीस्ट भाईले भने, ‘तस्कर र कालो बजारीयालाई ब्रो । हाम्रो नेपालमा रात भनेको तस्करहरुको हो । कालो बजारीयाहरुको हो । रातमा हामीलाई निषेध गरिन्छ, तर तस्करहरुको लाइन खुल्छ ब्रो ।’
भोकलीस्ट भाईको कुरा सोह«ै आना सही लाग्यो । अहिले रात भनेको तस्करहरुकै हो ।
ठिक त्यसैबेला लिड गितारिस्ट भाइले मेरै गितको धुन निकाले । अनी म गाउन थालें । भाइहरु पनि सँगसँगै गाउन थाले । सरकार र राजनीतिको गन्दा खेलभन्दा पर हामी केहीबेर सँगीतको स्निग्ध, निश्छल, निराकार र निर्वेद रसमा पौडियौं । त्यसले केही विरेचन ग¥यो ।

Sunday, July 20, 2014

मुस्ताङमा युरेनियम: उत्खनन गरे मुलुकको कायापलट

गोपाल भण्डारी
युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।
औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।
 युरेनियम र यसको महत्व
सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु युरेनियमको २३८ परमाणविक धार हुने हुन्छ र लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् ।
यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।
एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।
अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम–२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।
युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युत्मा निर्भर छन् ।
केही साताअघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवत: विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ ।
सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त ‘लिटिल ब्वाय’ र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको ‘फ्याट म्यान’ नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।
नेपालमा युरेनियम पाईने ठाउँहरु
हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।
खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।
खानी विभागले ‘गामा–रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।
मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।
नेपालको युरेनियम: विदेशी चासो

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।
रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान ‘युरेनिफेस रक’को नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।
सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भविद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भविद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुन: सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्‍यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो ।
स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्, ले तीनभंगाले–कालोखोलाको युरेनियम मिश्रति चट्टानका टुक्राबारे ‘गामा–रे स्पेक्ट्रोस्कोपी’ प्रविधि अनुरप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यसबाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।
जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा ‘रेडियसन फिजिक्स’ को राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभावबारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए। त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरमाझ निकै चर्चा भएको थियो ।
विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्माचाहिँ डडेल्धुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकारसमक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्माचाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था
आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ ।
तथापि, यो निर्माण गर्ने क्रम झन् बढ्दो छ, जसको मूल कच्चा पदार्थ नै युरेनियम हो । त्यसैले पनि युरोनियमको खपत दिनानुदिन बढिरहेको छ । त्यही भएरै शक्ति सम्पन्न राष्ट्रहरु अप्रत्यक्ष रुपमा नेपालका विभिन्न परियोजनामार्फत नेपालका युरेनियममा चासो देखाइरहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युतट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियमलगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ ।
खानी विभागका उपमहानिर्देशक रहमान भन्छन्, ‘कोरयिनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन ।’ दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करबि ५३ करोड रुपियाँ)को परियोजना दिएको छ ।
यद्यपि, त्यस परियोजनामा उल्लेख्य प्रगति भइरहेको चाहिँ छैन । परियोजना अन्तर्गत नेपालका विभिन्न निकायबाट झन्डै एक सय कर्मचारी तथा विज्ञहरु आईएईएका विभिन्न सेमिनार तथा तालिममा सहभागी भइसकेका छन् । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नवीन देवकोटा भन्छन्, ‘आईएईएको नेपालको मुख्य चासो भनेको यहाँ पिस फर न्युक्लियरको नारासहित दक्ष जनशक्ति उत्पादन गर्ने र विभिन्न प्राविधिक सहयोग उपलब्ध गराउने नै हो ।’
आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहर नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिमसमेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।
विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियमसम्बन्धी अध्ययन भनेर आउँदैनन्, उनीहर नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै  देशमा लैजान्छन् ।

Thursday, June 26, 2014

क्यान्सर के हो ?

प्रा.डा.अञ्जनीकुमार शर्मा
वरिष्ठ शल्यचिकित्सक
नेपाल मेडिकल कलेज

विश्वभर जस्तै हाम्रो देश नेपालमा पनि क्यान्सर रोगबाट पीडित हुनेहरुको संख्यामा बृद्धि हुदै गएको छ । यो रोगबाट पीडित व्यक्ति र परिवारको जिज्ञासा हुन्छ-यो रोगले मलाई किन समात्यो ? यो रोगबाट बच्ने के के उपाया छन् ? क्यान्सर पीडित रोगीमा यो जिज्ञासा देखापर्नु वास्तबमा सही पनि हो । बेलायतमा ७०   वर्ष उमेर पुगेका व्यक्तिहरुमध्ये ३० प्रतिशतलाई क्यान्सर हुने संभावना बढी देखिएको छ । ३० प्रतिशतमध्ये ३३ प्रतिशत रोगीलाई उचित उपचारपछि केही वर्ष बचाउन सकिन्छ तर बााकी ३३ प्रतिशत रोगीलाई यो रोगबाट बचाउन सकिएको छैन । क्यान्सर रोगीहरुको पाच वर्षभित्रमा मृत्यू हुने प्राय निश्चित हुन्छ । आज पनि बेलायतमा करिब १ लाख ६० हजार ब्यक्ति क्यान्सर रोगका कारण मर्छन् ।    
हाम्रो देशमा कति व्यक्तिहरु क्यान्सरबाट पीडित छन् वा मर्छन् ? भन्ने सही तथ्यांकको अभावमा किटान गर्न गाह्रो छ । हामीकहा के, कस्तो क्यान्सरबाट पीडित रोगी कति छन् भन्ने थाहा नहुनाले नै यसको रोगथाममा असजिलो भइरहेको छ । यो तीतो सत्य हो ।
काठमाडौंका मुख्य पाच अस्पतालहरुमा भर्ना भएका रोगीहरुमध्ये क्यान्सरबाट पीडित रोगीहरुकेा संख्या १९८९ मा १७ प्रतिशत रहेको थियो भने सन् १९९४ मा यो प्रतिशत बढेर २३ पुगेको थियो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि नेपालमा पनि क्यान्सरबाट पीडित रोगीहरुको संख्या बर्सेनी बढ्दो छ।
क्यान्सरका प्रकार
१.    पाकस्थलीको क्यान्सर    २.    पाठेघरको क्यान्सर
३.    फोक्सो -ब्रोंकस)    ४.    थाइराइडको क्यान्सर
५.    छालाको क्यान्सर    ६.    लिम्फोमा क्यान्सर
७.    ल्युकिमिया क्यान्सर    ८.    स्तनको क्यान्सर
९.    प्रोस्टेटको क्यान्सर    १०.    मुखको क्यान्सर
क्यान्सर हुने मूल कारण यही नै हो भनेर किटान गर्न नसकिएकाले यसबाट जोगिने उपायाहरुका बारेमा लेख्न अलि असजिलो छ ।
क्यान्सर गराउने  कारक तत्व
ख    कतिपय रोगहरुमा वंशानुगत रुपमै क्यान्सरको जीन बाबुआमाबाट छोराछोरीमा जाने गर्दछ । जीनमा देखिने खराबीके कारणले गर्दा यो रोग आमाबाबुबाट छोराछोरीमा जान्छ । उदाहरणार्थ कोलन र रेक्टमको क्यान्सर, स्तनको क्यान्सर, जेरोडर्मा पिगमेन्टोसा, रेटिनो ब्लास्टोमा जस्ता क्यान्सरहरु वंशाणुगत रुपमा देखापर्नेमा गनिन्छन्।  यस सहस्राव्दीभित्रै वंशानुगत रुपमा देखिने क्यान्सरका रोगीको संख्या वंशानुगत जेनेटिक इन्जियनियरिङ पद्धतिद्धारा -वंशाणुगत जीन हटाउने प्रक्रिया) छोराछोरीमा जान नदिनसक्ने संभावना देखिएको छ । त्यसैले क्यान्सरबाट जीन भएका बाबुआमाले पनि छोराछारी नपाउने प्रतिज्ञा गरेर भावी सन्ततीलाई वंशानुगत क्यान्सरबाट जोगाउन सक्छन् ।
ख    एकपटक चोट लागी बारम्बार घाउ भइरहेमा पनि क्यान्सर हुने संभावना हुन्छ । यस्ता क्यान्सरहरुमा पाठेघर, मुख र गिजाका क्यान्सर पर्दछन् । त्यस्तै अल्ट्रा भ्वायलेट लाइट तथा रेडियमको विकिरणका कारण छाला, रगत र गााडको क्यान्सर हुनसक्दछ ।
ख    धुम्रपान वा सुर्तिसेवन गर्नेलाई फोक्सो, मुख र गिजाको क्यान्सर हुने सम्भावना बढी मात्रामा हुने गर्दछ । त्यस्तै आफ्लोटोक्सिन को प्रभावले लिभर वा पाकस्थलीको क्यान्सर हुनसक्छ । त्यस्तै गरी नुन धेरै खाने वा टिनको डिब्बामा राखिएका नुनयुक्त मासु-माछा खाने, सेकेको वा पोलेको मासु खाने व्यक्तिलाई पनि पाकस्थलीको क्यान्सर हुनसक्ने वढी संभावना रहन्छ । त्इस्तै रक्सी सेवना गर्नेलाई सिरोसि वा लिभरको क्यान्सर हुन सक्दछ ।
ख    एब्स्टीन बार भाइरसद्धारा नेजोपेरीन्जीयल क्यान्सर ह्युम्यान पैपिलोमा भाइरसद्धारा पाठेघरको मुखको क्यान्सर हुनसक्छ । धेरै पुरुषसाग सम्भोग गर्ने महिलालाई हृयूमन प्यापिलोमा भाइरस संक्रमण भएमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यस्तै पाकस्थलीको क्यान्सर भएको व्यक्तिमा हेलिकोव्याक्टर पाइरोलीको संक्रमण भएको पाइन्छ भने हेपाटाइटिस बी भएका रोगीहरुलाई कलेजोको क्यान्सर हुने सम्भावना अत्यधिक मात्रामा पाइन्छ । क्यान्सर हुदैमा मुत्यु हुन्छ भन्ने अवधारणालाई हामीले आफ्नो मनबाट हटाउनै पर्छ । त्यसलाई तिलाञ्जली दिनु जरुरी छ । सुरुमा नै पत्ता लागेर उचित उपचार गरेको खण्डमा क्यान्सरबाट मुक्ति पाइन्छ । क्यान्सर सरुवा रोग होइन । प्रत्येक व्यक्तिले आफ्नो  दैनिक क्रियाकलापमा शारीरिक व्यायाम गरे, खानपानमा ध्यान राखे, पथपरहेज गरे र थोरै मात्रै पनि आफ्नो स्वास्थ्यप्रति चेतनशील भइदिए क्यान्सरजस्तो रोगबाट अवश्य मुक्ति पाउन सकिन्छ ।

क्यान्सरका लक्षण
साधारण उपचारबाट निको नहुने घाउ खटिराहरु । नदुख्ने गिर्खाहरु देखिनु । गिर्खाहरु बढ्दै जानु, । गिर्खाहरु विशेषतः महिलाहरुको स्तनमा देखापर्दछ। शरीरका विभिन्न भागबाट रक्तश्राव, पिपश्राव हुनु । बराबर अपच र निल्नलाई अफ्ट्यारो हुनु । कव्जियत हुनु र पिसाब फेर्नमा कठिनाइ हुनु । वजन घट्दै जानु । कोठीको आकार परिवर्तन हुनु ।
क्यान्सर हुने मुख्य भाग
ख    मुख र गलाको क्यान्सर    ख    पाठेघरको क्यान्सर
ख    स्तनको क्यान्सर    ख    फोक्सोको क्यान्सर
ख    लिंगको क्यान्सर    ख    छाला कोठीको क्यान्सर

क्यान्सरबाट छुटकारा पाउने उपाय
हरेक व्यक्तिले प्रत्येक दिन आधाघण्टा शारीरिक व्यायाम गर्नाले मांसपेशीलाई मजबुत तुल्याई पाचन क्रियामा ठूलो मद्दत पुग्ने गर्छ । यस्तो व्यायामले शरीरका विभिन्न भागमा रक्तसञ्चार गराउाछ । फलः शरीर फूर्तिलो हुने गर्दछ ।
हामी जीवनयापनका लागि विभिन्न किसिमका र स्वादका खानेकुरा खाने गर्दछौं। तर दैनिक भोजनमा पनि हामीले विचार पुर्‍यायौं भने रोगहरुबाट टाढा रहन सक्छौं । खानामा हरियो तरकारी, सागसब्जी -हाई फाइबर डाइट) खाने गरेमा हामी कोलन र रेक्टमको क्यान्सरबाट जोगिन सक्छौं । बोसो बढी भएको खानेकुरा र बट्टामा बन्द गरिएका खानेकुराले स्वास्थ्यमा नराम्रो असर पारिरहेकेा हुनसक्छ। बोसो धेरै खाएमा पित्तसाग मिली ठूलो आन्द्राको क्यान्सर गराउनसक्छ । त्यस्तै टिनको डिब्बामा प्याक गरिएका माछा-मासुमा नुनको मात्रा बढी हुने भएकाले निट्रोसोमाइन बन्ने  गर्दछ । जसले पाकस्थलीको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता खानाको सेवनमा ध्यान पुर्‍याउनु नितान्त जरुरी छ । रक्सी वा वियरको अत्यधिक सेवनले लिभरको सिरोसिस हुनजाने र पछि हेपाटोमा वा कलेजोको क्यान्सर हुनसक्छ । त्यसैले यस्ता पेय पदार्थको सेवनमा पनि हामीले सचेतता अपनाउनु जरुरी छ ।
हामीले साधारण खाजाका रुपमा प्रयोग गर्ने बदाम मुमफली, मकै, बासी वा ढुसी परेका खाना खाएमा र अन्य तेलहन वस्तुमा अफ्लाटोक्सिन हुने भएकाले यसले कलेजो र पाकस्थलीको क्यान्सर गराउने गर्दछ । त्यसैले यस्ता खाद्य सामग्रीलगायत सेकेको पोलेको मासुको सेवन गर्दा होस् पुर्‍याउनु पर्ने हुन्छ । अलिकति हेलचेक्र्याइंले भयावह रोगलाई ननिम्त्याओस् । त्यसैले हामीले दैनिक खानामा पहेंला फलफूलहरु, दाल, हरियो मटर, खाग, हरिया तरकारीहरु, बोक्रोसमेतको आलु, गहुा, चना, मकै इत्यादिको सेवन गर्न सक्यौं भने हमी र हाम्रो परिवारका लागि राम्रो हुन्छ ।
यसका साथै चोकरसहितको गहुाको पिठो, मकै, फापरका रोटीहरु, हाई फाइबर भएका सागपात -रायो, चम्सुर, पालुङ्गो बेथे, तोरी आदि) बारम्बार खाने गर्नुपर्दछ। यसको सेवनले कब्जियत हुन दिादैन र यसले स्वस्थ राख्नमा दूरगामी भूमिका खेलेको हुन्छ । माछा, रेडमिट, कुखुराको मासु पनि उमालेर खाादा बेस हुन्छ । अचेल बजारमा सूर्यमुखी, मकै र भटमासक तेल पाइने गरेका छन्, यी तेलमा पकाइएका अथवा तारेका खानेकुरा खाादा राम्रो हुन्छ । तर बोसो, घिउ, मार्जरिन फूलकेा तेल नखानु नै स्वास्थ्यका लागि हितकर हुन्छ ।    
हामीकहाा, विशेषगरी सहरी क्षेत्रमा, फास्टफुडको चलन सुरु भइसकेकेा छ । सेकुवा, धेरै नुन हाली लामो समयसम्म रहने गरी टिनमा बन्द गरी राखिएका माछा-मासुको चलन बढ्दो छ । एक जना क्यानेडियन वैज्ञानिकले गरेको अनुसन्धानअनुसार, २०० खिल्ली चुरोटको असर उस्तै उस्तै हुन्छ क्यान्सर गराउनका लागि । त्यसैले हामीले सेकुवा र रक्सीको सेवन सक्दो कम गर्नु नै राम्रो हुन्छ । उमेर ढलेका व्यक्तिहरुको इम्युन शक्तिमा ह्रास आउने भएकाले त्यस्ता व्यक्तिहरुले स्वस्थ जीवनयापन गर्न भिटामिन ए, बी, सी तथा ई का साथै बिटा, केरोटिन, जिंक र सेलोनियम आदिको प्रयोग गरेमा शरीरको इम्युन शक्ति बढ्ने गर्छ । सुन्तला, काउली, ब्रोकाउली, केरा, सागपात, गाजरको सेवन गरिहेमा क्यान्सरबाट जोगिन सकिन्छ ।
क्यान्सर लाग्ने एकदमै कडा कारक तत्वका रुपमा सुर्तिजन्य वस्तुहरुको प्रयोगलाई लिइन्छ । यस्ता सुर्तीजन्य वस्तुहरुको प्रयोगले मुख, नाक, गला, इसोफेगस, फोक्सो, पाकस्थली, मुत्रथैली, पाठेघर र स्तनको क्यान्सर गर्नमा सहयोग गर्दछ भन्ने सिद्ध भइसकेको छ । अर्थात सुर्तीजन्य लागू पदार्थको प्रयोग गर्नेहरुमा क्यान्सर बढी देखिने गरेको छ । त्यसैले यी लागू पदार्थको प्रयोग अथवा सेवन नगरेमा क्यान्सर जस्तो भयावह रोगबाट बच्न सकिन्छ । हाम्रो देशमा ६५ देखि ७५ प्रतिशत मानिसहरु सूर्तीजन्य वस्तुहरुको प्रयोग गर्ने गर्दछन् । त्यसैले पनि हाम्रो मुलुकमा ब्रांेकस र फोक्सोको क्यान्सर हुनेको संख्या बढी पाइएको छ । तराई क्षेत्रमा सूर्ती वा जर्दाको प्रयोग कुन रुपमा हुन्छ त्यसबारेमा भनिरहनु नपर्ला । त्यसैले पनि त्यस क्षेत्रमा मुख र गिजाको क्यान्सरका रोगी बढी देखिएका छन् । सुरुमा सेतो दाग हुन्छ । तर जब त्यसप्रति वास्ता गरिदैन तब त्यसले क्यान्सरको रुप लिन्छ । त्यसकारण सूर्तीजन्य वस्तु त्याग्नुस्, क्यान्सरबाट बााच्नुस्, भन्ने नारालाई हामीले आत्मसात् गर्दै व्यवहारमा नै लागू गर्नुपर्ने अहिलेको आवश्यकता भएको छ ।
क्यान्सरजस्तो भयावह रोगबाट बच्न हामीले स्वास्थ्यप्रति चेनशील भई आफ्नो स्वास्थ्य परीक्षण बारम्बार गराइ रहनुपर्दछ । हाम्रो स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर अलिकति मात्र पनि दूरदर्शी कदम चाल्न सकेको खण्डमा हामी क्यान्सरलाई पाखा लगाउन सक्छौं । सानै उमेरमा बच्चा पाएमा वा धेरै बच्चा पाएका महिलालाई पाठेघरको क्यान्सरको सम्भावना बढी हुन्छ । त्यस्तै धेरै पुरुषसाग यौन सम्बन्ध राख्ने महिलालाई पाठेघरको क्यान्सर भएको पाइन्छ । त्यसैले यसप्रति सचेत भई धेरै बच्चा नपाउने, कलिलो उमेरमा बच्चा नजन्माउने सोच लिएको खण्डमा यो रोगबाट हामी बच्न सक्छौं । यौन सम्पर्क राख्ने महिलाले सहवासपछि आफ्नो यौन अंगको सरसफाई गर्नु नितान्त जरुर छ । सरसफाइ नगरे इन्फेक्सन भई घाउ हुने सम्भावना बढी रहन्छ र यस्तो घाउ धेरै दिनसम्म रहे यसैले क्यान्सरको रुप धारण गर्न सक्छ ।
त्यसैगरी ३०-३५ वर्ष पुगेकी महिलाले पाठेघरबाट निस्कने पानीको बरोबर जााच गराउनु भविष्यमा देखिने सम्भाव्य खतराबाट जोगिने सर्वोत्तम उपाय हो । प्याप स्मेयर गराउने सुविधा सबै अस्पतालहरुमा भएकाले विकसित मुलुकहरुमा पाठेघरको क्यान्सरका रोगीहरुकेा संख्या एकदमै कम छ । यदि उक्त सुविधा हाम्रा सबै अस्पतालहरुमा पनि भए पाठेघरको क्यान्सरबाट हामीकहाा पनि न्यून गर्न सकिन्छ । ३५ वर्ष पुगेकी महिलाको पाठेघरबाट रक्तश्राव भएमा त्यस्ता रोगीले बराबर जााच गराइरहनुपर्दछ । भोलि जचााउला, पर्सी जचााउला भनेर यसप्रति हेलचेक्र्याइ कदापी गर्नुहुादैन । शरीरमा घाउ खटिरा जसको पनि हुनसक्छ । यस्ता घाउ खटिराको समयमै उपचार गराइहाल्नुपर्छ । उपचार गर्दागर्दै पनि निको नभएमा, उपचार गर्न ढिलो गरेमा खटिरा, घाउ क्यान्सर बन्न सक्छन् । त्यसैले सानातिना खटिरा घाउ भए पनि सानो नसम्झौं । समयमै जााच गराऔं ।
गुदद्धारबाट रक्तश्राव भएमा र कव्जियत भएमा पनि डाक्टरी सल्लाह लिइहाल्नुपर्छ। किनकि यस्तै लक्ष्यणले पनि क्यान्सर रोग हुने संकेत गर्दछ । अनायास शरीरका कुनै भागबाट रक्तश्राव र पीपश्राव भएमा यसतर्फ सचेत भएर जााच गराइहाल्नुपर्दछ।।
खोक्दा  कफमा रगत देखापरेमा, रगत बान्ता गरेमा, दिसामा पचेको कालो रगत देखिएमा, पिसाबमा रगत देखिएमा, पुरुषको लिंगमा घाउ देखिएमा र घाउ बढ्दै गएमा त्यस्ता खराबीहरुले विभिन्न किसिमका क्यान्सर हुने सम्भावना अत्यधिक हुनेगर्दछ । त्यसैले क्यान्सर हुन नदिन समयमै सचेत हुनु जरुरी छ। उमेर पुगेका व्यक्तिहरुलाई खान मन नलागेमा, बारम्बार अपच भइरहेमा, आाखा पहेंलो भएमा र नदुख्ने गिर्खा देखापरेमा चिकित्सकसाग उचि तउपचारका लागि सल्लाह लिइहाल्नुपर्दछ । नभए यस्तोमा पैंक्रियाजको क्यान्सर हुने सम्भावना हुन्छ ।
त्यस्तै शरीरको वजन अनायास तर निरन्तर घट्दै गएमा, शरीरको सुन्दरताको प्रतिक कालो कोठी एकाएक बढेमा, फिजिादै गएमा वा घाउ भएमा डाक्टरी सल्लाह लिनु अति आवश्यक हुन्छ ।
रोकथाम
सागपात, फलफूल, दुध, दही खाने । तारेको पालेको वा बासी खानेकुरा नखाने । दैनिक व्यायाम गर्ने । सूर्तिजन्य वस्तु, रक्सी, जााडको सेवन नगर्ने । स्वच्छ वातावरणमा बस्ने । आफ्नो स्वास्थ्यप्रति चेनशील भई समय-समयमा स्वास्थ्य परीक्षण गराउने ।

दादुरा (Measles)

१. दादुरा रोग के हो ?
दादुरा(Measles) बिषाणु (Virus) बाट हुने अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७४५,००० बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ; खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।

२. दादुरा कसरी सर्दछ ?
  • दादुरा रोग रोगीको नाक तथा घाँटी बाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ । ड्ड दादुरा रोगको लक्षण देखिनु भन्दा अगाडि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म यो रोगको रोगीले दादुराका विषाणु सार्दछ ।
  • यो रोग बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्दछ, जस्तै: विद्यालय, अस्पताल आदि । 
३. दादुरा रोगका चिन्ह र लक्षणहरू के के हुन् ?
दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग (Koplick spot) देखापर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा (Rash) देखापर्दछन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ । 

४. दादुरा रोगका जटीलताहरू के के हुन् ?
खोप नपाएका ५ वर्षमुनिका बालबालिकाहरू, विशेषगरी १ वर्षमुनिका शिशुहरू दादुराको जटिलताको जोखिममा पर्नुका साथै मृत्यु समेत हुनसक्छ् । दादुराबाट संक्रमित शिशुहरूमा कडाखालको झाडा लागेर जल वियोजन हुन जान्छ । बालबालिकाहरूमा कान पाक्ने (Otitis Media) तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ ।
दादुरा रोग लागेर मृत्यु हुने कारण धेरै जसो निमोनिया हो । दादुराको विषाणुले प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिने भएकोले यस्तो भएको हो । निमोनिया दादुराको विषाणुले वा अन्य जिवाणुको संक्रमणबाट हुने गर्दछ । दादुराको कारणबाट कहिले काँहि मस्तिष्कमा कडा खालको सुजन (inflammation) भई मस्तिष्क ज्वरो (encephalitis) पनि आउन सक्दछ । 
 कडाखालको दादुरा रोग विशेषगरी कुपोषित, चाहिने मात्रामा भिटामिन ए नपाएका, HIV/ AIDS र अन्य रोगका कारणबाट प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै जना परिवार संख्या भएका ठाउँमा हुर्केका बालबालिकालाई लाग्दछ । अफ्रिका महादेश तथा बर्षैभरि दादुरा देखिने विश्वका अन्य मुलुकमा अन्धोपनको मुख्य कारण नै दादुरा रोग हो । एकपटक दादुरा रोग लागिसकेपछि निको भएका बालबालिकाहरूलाई जीवनभर दादुरा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुन्छ । 

५. दादुरा रोगको उपचार के हो ?
दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (antibiotics) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । 
 विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले  दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।
 भिटामिन ए को कमी हुँदा प्रदान गरिने भिटामिन ए को उपचार मात्रा तालीका
उमेर 
रोगी फेलापर्ने बित्तिकै दिने मात्रा 
दोश्रो दिन दिने मात्रा
फलोअपमा दिने मात्रा 

६ महिना भन्दा कमको शिशु
५०,००० आइ.यू
५०,००० आइ.यू
यदि २–४  हप्तापछि सुख्खा आँखा भएको  लक्षण देखापरेमा तेस्रो मात्रा दिने ।
६ महिना देखि ११ महिना सम्मको शिशुलाई दिने मात्रा
१००,००० आइ.यू
१००,००० आइ.यू
१२ महिना भन्दा माथिका बालबालिकाहरूलाई दिने मात्रा
२००,००० आइ.यू
२००,००० आइ.यू












६. दादुरा रोगको रोकथाम कसरी गर्न सकिन्छ ?
 दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् । अस्पतालमा दादुरा रोग सर्ने खतरालाई न्यूनीकरण गर्न अस्पतालमा भर्ना भएका तथा दादुरा विरुद्ध खोप नलिएका लक्षित समुहका बालबालिकाहरूलाई दादुरा रोग विरुद्ध खोप दिनुपर्दछ । त्यस्ता बालबालिकाहरूका बाबु–आमालाई आफ्ना बाल बालिकाहरूले खोप पाएको थाहा नभएमा पनि दादुरा विरुद्ध खोप दिनुपर्दछ । 
 
७. बिश्वव्यापी रूपमा दादुरा रोग नियन्त्रणका प्रयासहरू
May 2003 मा विश्व स्वास्थ्य महासंघको ५६ औं महासभाले सन् २००५ सम्ममा सन् १९९९ को तुलनामा दादुराबाट हुने मृत्यु दर ५०५ प्रतिशतले घटाउने निर्णय सर्वसम्मतिबाट पारित गर्यो । दादुरा रोगबाट हुने मृत्यु दर २००३ को तुलनामा सन् २००९ सम्ममा ९० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ । दादुरा रोगबाट हुने मृत्यु घटाउन घोषणा गरिएका रणनीतिहरू निम्न प्रकारका छन् :
  • ९ महिनाको उमेर पुग्नासाथ जतिसक्दो चाँडो प्रत्येक बच्चालाई नियमित खोप सेवा मार्फत एक मात्रा दादुरा विरुद्धको खोप प्रदान गर्नु नै दादुरा रोगबाट हुने मृत्युलाई घटाउने दिगो रणनीति हो । 
  • प्रत्येक बालबालिकाले थप दादुरा खोप दोश्रो अवसरको रूपमा प्राप्त गर्नुपर्दछ । यसले जुन बच्चा/बालबालिकाहरूले आफुले लिनुपर्ने दादुरा खोप लिएनन्, तथा ति बच्चा/बाल–बालिकाहरू जसले खोप लिएर पनि प्रतिरोधात्मक क्षमता विकसित गर्न सकेनन्, तिनमा पनि प्रतिरोधात्मक क्षमता बढाउँछ । यस किसिमका दोश्रो अवसरका खोपहरू नियमित खोपसेवा मार्फत वा समय समयमा अभियान मार्फत प्राप्त गर्न सक्छन् ।
  • दादुरा रोगको निगरानी इपिडेमियोलोजीकल तथा प्रयोगशालाबाट प्राप्त एकीकृत तथ्याङ्क अनुसार सुदृढीकरण गर्न सकिन्छ ।
  • दादुरा खोपको उपचार व्यवस्थापनलाई सुधार गर्नुपर्दछ ।
मूख्य बुँदाहरू:
  • दादुरा विषाणुद्वारा सर्ने अतिसंक्रामक रोग हो; यसले खोपबाट बचाउन सकिने अन्य रोगहरू भन्दा वढी संख्यामा बालबालिकाको मृत्यु गराउँछ ।
  • यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा हाच्छ्यूँ गर्दा, खोक्दा र विरामीको  नजिकको सम्पर्कमा आउँदा सर्छ ।
  • यो रोगको पहिलो चिन्ह कडा ज्वरो आउनु हो जुन १ देखि ७ दिनसम्म रहिरहन्छ र विषाणु (virus) बाट संक्रमित भई जीउभरि विमिरा देखापर्दछ ।
  • दादुरा भएपछि मृत्यु हुने मुख्य कारण निमोनिया हो ।
  • भिटामिन ए को पूरक मात्रा लगायत दादुरा रोगको उपयुक्त उपचार व्यवस्थापनबाट दादुरा रोगबाट हुने कडा जटिलताबाट जोगाउन सकिन्छ ।
  • दादुरा रोग दादुरा विरुद्धको खोपबाट बचाउन सकिन्छ । नियमित खोप कार्यक्रमको माध्मयबाट कम्तीमा ९० प्रतिशत भन्दा बढी बच्चाहरूले दादुरा खोप पाएको हुनुपर्दछ ।

Friday, June 13, 2014

ज्यान मार्ने चालकको लाइसेन्स अब खारेज हुने

काठमाडौं,जेठ२९– सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान गए अब सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) खारेज जै गरिने भएको छ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको आजको राजधानी दैनिकमा खबर छ ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी कम गराउनका लागि भन्दै बैठकले दुर्घटनामा ज्यान गएमा सवारी चालकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । सोही आधारमा बैठकले दुर्घटना गराउने चालकलाई कारबाही गर्ने व्यवस्थासहित नयाँ कानुन ल्याउने निर्णय पनि गरेको छ । यसैगरी अब सवारीको लाइसेन्स लिनका लागि निश्चित मापदण्ड पूरागर्नुपर्ने व्यवस्था पनि बैठकले गरेको छ ।
जसअनुसार निश्चित शैक्षिक योग्यता र निश्चित उमेरसमेत तोक्ने निर्णय बैठकले गरेको हो ।

विश्वकप फुटबलमा ब्राजिलको विजयी सुरुवात, नेयमार चम्किए

३० जेठ, काठमाडौं । घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नेयमार चम्किएपछि ब्राजिल विजयी सुरुवात गरेको छ । १-० ले पछि परेको अवस्था उल्टाउँदै ब्राजिलले क्रोएसियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
साओ पाउलोमा भएको खेलमा अग्रता भने क्रोएसियाले उपहार गोलमार्फत लिएको थियो । ११ औं मिनेटमा ब्राजिलका मार्सेलोले आफ्नो पोष्टमा गोल गरे । काउन्टरमा क्रोएसि
याका खेलाडीले दिएको पास क्लियर गर्नु पर्नेमा उनले आफ्नो पोष्टमा गोल गरेका थिए ।
तर, क्रोएसियाले धेरेबेर त्यसलाई जोगाउन सकेन । २९ औं मिनेटमा उनले डिबक्स बाहिरबाट हानेको लो बल बारमा लाग्दै गोलमा परिणत भयो र रंगशालामा रहेका हजारौं दर्शकले खुसी मनाए ।
खेलको ७१ औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो । लोभरानले लोभरेनले हल्का छोएका मात्र थिए । फ्रेड डि बक्स भित्र लडेपछि जापानी रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिए । जसमा नेयमारले कुनै गल्ती गरेनन् र ब्राजिललाई २-१ को अग्रता दिलाए । यद्यपि रेफ्रीको यो निर्णय विवादास्पद बनेको छ ।
खेलको ९० औं मिनेटमा ओस्कारले गोल गर्दै ब्राजिललाई ३-१ को जित दिलाए । तर, ब्राजिलको प्रदर्शन सोचेजस्तो थिएन । बराबरीपछि क्रोएसियाविरुद्ध गोल गर्न झण्डै ४० मिनेटमसम्म कुर्नु परेको थियो ।
यसअघि २७ औं मिनेटमा नेयमारले पहेँलो कार्ड पाए । बल हेड गर्ने क्रममा क्रोएसियाका लुका मोडरिकलाई फल गरेका थिए । खेलपछि क्रोएसियाका प्रशिक्षकले भने रातो कार्ड नदिएको भन्दै असन्तुष्टि जनाए ।