Saturday, November 1, 2014

ऐतिहासिक स्थल बेवारिसे

त्रिशूली नदी किनारको खेतमा दुई ठूला ढुंगा वर्षौंदेखि अलपत्र छन् । यस्तो दृश्य देशभर देख्न सकिन्छ तर रसुवाको नुवाकोट ४ दहमा रहेका यी दुई ढुंगाको कुरा बेग्लै छ । यिनै ढुंगामा बसेर नेपाल र चीनबीच युद्ध अन्त्य गर्ने सन्धि भएको थियो जसलाई 'बेत्रावतीको सन्धि' नामले चिनिन्छ । यी ढुंगाले नेपाल र चीनबीचको सन्धिलाई मात्र बुझाउँदैनन्, तिब्बत चीनमा गाभिएको समयको समेत प्रतिनिधित्व गर्छन् ।
सरोकारवाला निकायले चासो नलिँदा उक्त ऐतिहासिक स्थल चर्चामा छैन । विसं १८४९ असोज १५ मा नेपाल र चीनबीच सन्धि भएको थियो । तीमध्ये अग्लो कालो ढुंगामा चिनियाँ र तल्लोमा नेपाली पक्ष बसेर सन्धिपत्रमा हस्ताक्षर भएको थियो । तल्लो ढुंगा तुप्चे गाविसका दुर्गा पौडेलको जग्गामा परेको छ भने माथिल्लो सार्वजनिक जग्गामा । माथिल्लोभन्दा मास्तिर अर्को सानो ढ्यांग्रो आकारको ढुंगा पनि थियो । केही समय अघिसम्म सन्धिस्थल हेर्न स्थानीय बासिन्दा आउने गरेका थिए । ढ्यांग्रो भएको ढुंगा फालिदिएपछि कसैले चासो नदिएको पौडेलले बताए ।
सम्बन्धित निकायले चासो नलिएपछि उक्त स्थल गन्तव्य बन्न नसकेको विश्वहिन्दु महासंघ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । सन्धिस्थललाई व्यवस्थित गर्नसके स्वदेशी र विदेशी पर्यटकीय आकर्षणको केन्द्र बन्ने उनले बताए । ऐतिहासिक धरोहर जोगाउन सरकारी निकायले विशेष चासो दिनुपर्ने स्थानीय कृष्णप्रसाद रिजालले बताए ।
तिब्बतको आफ्नो मुद्रा नभएर नेपालबाट टकमारी गरेर लाने चलन थियो । उक्त मुद्रामा शुद्ध चाँदी नभएपछि तिब्बतसँग खटपट हुँदै दुई देशबीच युद्ध भयो । विसं १८४४ मा तिब्बतका काजी स्यामर्पा लामा त्यहाँ भएको खटपटका कारण शरण लिन नेपाल आए ।
उनलाई तिब्बत फिर्ता गर्नुपर्ने र मुद्राको विषय सुल्झाउनुपर्ने विवाद बढ्दै गयो । विसं १८४६ मा तिब्बतसँग गरिएको भोटको सन्धिले ५० हजार एक रुपैयाँ नेपाललाई बुझाउनुपर्नेमा दोस्रो वर्ष नबुझाई तिब्बतले सन्धि भंग गर्‍यो । त्यसपछि नेपालसँग युद्ध गर्न चीनको सहयोग माग्यो । विसं १८४९ असार १० मा टुंवाङको नेतृत्वमा आएको चिनियाँ सेना र नेपाली सेनाबीच रसुवाको धैबुङ तथा नुवाकोटका गेर्खु, चोकदे र दुधेलामाको डाँडामा युद्ध भएको इतिहासमा उल्लेख रहेको रिजालले बताए ।

नेपाली भाषाको उद्गमस्थल संरक्षणविहीन

नेपाली भाषाको उद्गम स्थलका रूपमा चिनिने डडेलधुराको अजयमेरुकोट संरक्षणविहीन हुँदा १५ सय वर्षअघिको पुरातात्त्विक महत्त्वको स्थल खण्डहर बन्दै गएको छ ।
१५ सय वर्षअघिको दरबारका भग्नावशेष, दरबार क्षेत्रबाट झन्डै ४ किलोमिटर दूरीमा रहेको गणिका नदीमा खुल्ने गुफा, तत्कालीन समयका अद्भुत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरू रहेको अजयमेरुकोट क्षेत्र जीर्णसँगै बिस्तारै अतिक्रमणसमेत हुन थालेपछि संकटमा पर्दै गएको हो । स्थानीय बासिन्दा सम्मिलित कोट संरक्षण समिति भए पनि ती स्थलहरूको संरक्षण हुन सकेको छैन । 'नाम मात्रको संरक्षण भएको छ,' स्थानीय बासिन्दा जयराम दमाईं भन्छन्, 'बरु यो ऐतिहासिक धरोहरका नाममा आउने सानोतिनो बजेट केही व्यक्तिका लागि कमाइखाने भाँडो भएको छ ।'
नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोट संरक्षणका लागि न त राज्यले पहल गरेको छ न समुदाय स्तरबाटै कुनै प्रयास हुन सकेको छ । 'दरबार क्षेत्रका अद्भुत कलाकृतिहरू चोरी हुन थालेका छन्, झन्डै ८ सय वर्ष एउटा शक्तिशाली राज्यको राजधानी रहेको जस्तो ठाउँ नै रहेन,' ऐतिहासिक दरबार रहेको अजयमेरु गाविसका निवर्तमान गाविस अध्यक्ष हिक्मत ऐरले भने, 'स्थानीय स्तरमा गाविसको संरक्षण प्रयासले मात्र ऐतिहासिक धरोहरको संरक्षण हुन सक्दैन ।'
'डडेलधुरा सदरमुकामदेखि डेढ घन्टाको दूरीमा रहेको ऐतिहासिक कोटको संरक्षण हुन सकेको छैन,' डोटी राज्यको इतिहासका लेखक भोजराज भट्टराईले भने, 'अजयमेरुकोट मात्र नभई पुरै दरबार क्षेत्रको संरक्षण आवश्यक छ ।' उनका अनुसार जुम्लादेखि कणर्ाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र नभई १५ सय वर्षअघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्र पनि हो । 'राष्ट्रगुरु योगी नरहरि नाथको प्रमुख खोज र अनुसन्धानको केन्द्र पनि अजयमेरुकोट रहेको थियो,' उनले भने ।
सुदूरपश्चिमका प्रमुख पर्यटकीय र धार्मिक स्थलहरू खप्तड, अपी साइपाल, बडीमालिका गन्तव्य क्षेत्रमा पर्ने यो ऐतिहासिक धरोहर बिस्तारै समाप्त हुँदै जान थालेपछि पुरातत्त्वविदहरूले चिन्ता व्यक्त गरेका छन् । संस्कृतिविद प्रा.डा. भोजराज पन्तले भने अजयमेरुकोटलाई छोडेर सुदूरपश्चिमको मात्र नभई नेपालको इतिहास नै अधुरो हुने बताए । उनले नेपाली भाषाको माउ डोटेली भाषाको मूल उत्पत्ति थलो मानिने अजयमेरुकोट पर्यटकीय रूपमा मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण भएको बताए । 'डोटी, कुमाउ र कर्णाली प्रदेशको इतिहास अनुसन्धानकर्ताका लागि समेत अजयमेरुकोट प्रमुख अनुसन्धान स्थल हो,' उनले भने । कर्णाली प्रदेशका प्रसिद्ध इतिहासकार स्व. रत्नाकर देवकोटाका शब्दमा कर्णाली र डोटी राज्यको प्राचीन सभ्यताबारे अजयमेरुकोटबाट धेरै कुरा पाउन सकिन्छ । इतिहासकार देवकोटाको पुस्तक कर्णाली सेरोफेरोमा आधुनिक सभ्यताको उत्पत्ति केन्द्र अजयमेरुकोटलाई लिइएको छ ।
प्रसिद्ध इतिहासकार योगी नरहरिनाथसहित धेरै अनुसन्धानकर्ता र इतिहाकारहरूको लामो समयसम्म अनुसन्धानस्थल रहेको कोटको निर्माण पनि अद्भुत किसिमले भएको छ । दरबार भित्रैबाट ४ किलोमिटर सुरुङ मार्ग हुँदै गणिका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भुत कलाकृति, कल्पना गर्न नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन् । पर्यटक निम्त्याउन चाहिने सबै पूर्वाधार भए पनि कोटको अवस्था भने दिनप्रतिदिन बिग्रँदै गएको छ । पछिल्लो समय कोट संरक्षणका लागि राज्यस्तरबाट बजेट निकासा भए पनि पुरातात्त्विक मापदण्डविपरीत स्थानीयहरूबाट मनोमानी ढंगले काम हुन थालेको छ ।
'अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र होइन,' सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका डा. देवदत्त कलौनी भन्छन् ।

नेपाली एप्सको आफ्नै स्टोर

तपाईं कुन अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन चलाउनु हुन्छ ? आइओइस, एन्ड्रोइड, विन्डोज, ब्ल्याकबेरी वा अरु कुनै ? ती सबै प्लेटर्फमका छुट्टाछुट्टै एप्लिकेसन्स (एप्स) स्टोर छन् । आफूलाई आवश्यक परेको एप्स सम्बन्धित प्लेटर्फमको भन्डारमा गएर डाउनलोड गर्‍यो । चलायो ।

एन्ड्रोइड मोवाइल चलाउनु हुन्छ भने अब ओएस डेभलपर कम्पनी गुगलकै प्लेस्टोरमा गएर मात्र एप्स डाउनलोड गर्नु पर्ने छैन । नेपाली एप्सको स्टोर छुट्टै छ 'एप्स झोला' नाममा । नामैले नेपालीपन झल्किने यस झोलामा नेपाली डेभलपरले डेभलप गरेका एप्स हुने नै भए, अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेका केही एप्स समेत तपाईंलाई उपलब्ध हुने छन ।

गुगलले प्रोमोट गरेको गुगल डेभलपर गु्रप काठमाडौंका भुपाल सापकोटा, प्रभातमान श्रेष्ठ, हेम श्रेष्ठ र सुदीप तुलाधरले राजधानीमा आयोजित स्टार्टअप विकेन्डमा सहभागी हुदा नेपाली एप्सको स्टोरको कन्सेप्ट ल्याएका थिए । 'स्टार्टअप विकेन्डका दुई दिनको बन्द सेसनमै हामीले यसलाई तयार गरेका हौं,' डेभलपर टिमको नेतृत्व गरेका सापकोटाले भने, 'त्यसको छ महिनामा देखिएका एररहरु हटाएर रिलिज गर्‍यौं ।' समूहले ६ महिनाअघि यसको मोवाइल एप्स पनि बजारमा ल्याइसकेको छ ।

नेपालीको छुट्टै स्टोर किन आवश्यक पर्‍यो ? नेपाली डेभलपरहरुले विकास गरेका एप्स एन्ड्रोइड प्ले स्टोरमा राख्न आफ्नो छुट्टै एकाउन्ट क्रिएट गरेर २५ डलर तिर्नु पर्छ । त्यसरी रकम तिर्न नेपालमा इन्टरनेशनल पेमेन्ट गेटवेको सुविधा छैन । विदेशमा रहेका आफन्त वा साथीको सहयोगमा पैसा तिरेर एकाउन्ट बनाउनु पर्छ ।

'धेरै डेभलपरले प्ले स्टोरमा आफ्नो एप्स राख्न निकै सास्ती भोग्नु परेको छ,' सापकोटाले भने, 'त्यसलाई हटाउन हामीले नेपाली डेभलपरका लागि छुट्टै स्टोर डेभलप गरेका हौं ।' एप्स झोलामा आफ्नो एप्स राख्न डेभलपरहरुले १ हजार रुपैया तिरे पुग्छ । त्यसका लागि नेपाली पेमेन्ट गेटवे वा बैंकिङ च्यानलको प्रयोग गर्न सकिन्छ । त्यति रकम डेभलपरको एप्स डाउनलोड हुदा प्रयोग हुने ब्यान्डविथको खर्च मात्रै हो ।

एप्स झोला टिमले प्ले स्टोरमा तितरवितर अवस्थामा रहेका राम्रा नेपाली एप्सहरुलाई एकै ठाउमा अर्गनाइज गर्नु पर्ने अबस्था पनि देखेका रहेछन् । 'एप्स झोला भएपछि नेपाली एप्स खोज्न एन्ड्रोइड मोवाइल हुनेहरुले अरु कुनै स्टोर चाहार्नु पर्ने छैन,' सापकोटाले भने । 

एप्स झोलामा विभिन्न डेभलपरहरुले अहिलेसम्म विजनेश, इन्टरटेनमेन्ट, गेम्स, इजुकेसन, फिनान्स, लाइफस्टाइल, मिडिया, म्युजिक, ओपनसोर्स, प्रोडक्टिभिटी, सोसिइल टुल्स, ट्राभल्स क्याटागोरीका गरी ७० वटाजति एप्स राखेका छन् । यसमा युजर, एप्स डेभलपर र एप्स झोलाको टिम गरी १ हजार २ सयजति युजर बेस छ । त्यसमा ६० थरीका इन्डिपेन्डेन्ट डेभलपरहरु छन् ।

अहिलेसम्म उनीहरुले स्टोरबाट सित्तैमा एप्स उपलब्ध गराउदै आएका छन् । भविष्यमा थोरै शुल्क लिने सोचाइ उनीहरुको छ । 'राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा एप्सझोलाबाट धेरै एप्स डाउनलोड हुन थालेपछि केही शुल्क लिएर स्तरीय एप्स डाउनलोड गर्न दिने सोचाइ बनाएका छौं,' सापकोटाले भने, 'त्यसबाट हुने आम्नानीको ७० प्रतिशत डेभलपरलाई र ३० प्रतिशत स्टोरलाई छुट्याउने योजना छ । स्टोरलाई हुने आम्दानीको ठूलो हिस्सा एप्सझोलाको बजार प्रबर्धनमा खर्च गरिने उनले बताए ।

नेपाली एप्सको छुट्टै भण्डार पाउदा युजरहरुको रेस्पोन्स कस्तो छ ? 'युजरको रेस्पोन्स निकै राम्रो छ, टिम लिडर सापकोटाले भने, 'प्ले स्टोरमा देशबाहिरबाट भनसुन गराएर एकाउन्ट क्रिएट गर्न नसक्ने डेभलपरहरुलाई यसले अझ सजिलो बनाइ दिएको छ ।'

अपरेटिङ सिस्टम डेभलपरहरुका छुट्टै एप्स स्टोर छदैछन्, सामसङ, एचटिसीलगायतका मोवाइल हार्डवेयर निर्माता कम्पनीले पनि आफ्नै स्टोर डेभलप गरेका छन् । नेपाली डेभलपरको पहुच तिनका स्टोरसम्म पुग्दैन । त्यस्तो अवस्थामा नेपालमै एप्सको स्टोर हुदा प्रयोगकर्ता र डेभलपर दुवैलाई फाइदा पुग्ने देखिन्छ । तपाईंलाई कुन एप्स चाहियो ? एक पटक एप्सझोलामा ट्राइ गर्ने कि !

Sunday, October 19, 2014

सात बजेपछि देउसी भैलो बन्द हुन्छ, तस्करहरुको लाइन खुल्छ

कुसुम भट्टराई 
kushum bhattraiकाठमाडौं । धापासीमा म बसेको घर छेउमै केही तन्नेरीहरु गितार बोकेर गाना प्राक्टीस गरिरहेका थिए । हेर्दा ट्यापेजस्ता देखिए पनि उनीहरु असल संस्कारमै हुर्किएका केटाहरु थिए, प्लस टु कलेज पढ्दै गरेका । उनीहरुको पोशाक अली हिप–हप भएपनि उनीहरु आधुनिक नेपालका शिक्षित पुस्ता थिए ।
उनीहरु आशीकी–२ को गित अभ्यास गरिरहेका थिए, ‘क्यों की तुम ही हो, मेरी जिन्दगी बस तुम ही हो ।’
एउटा भाईको हातमा हलो गितार थियो । छेउमा एउटा भाई ड्रम बजाइरहेका थिए । लामो कपाल पालेका भाई लिड गितार र अर्का भाई बेस गितारमा थिए ।
मलाई देख्नासाथ केटाहरुले गाउन बन्द गरे । ‘ओ ब्रो आयो, अब गित जम्ने भो’ भन्दै उनीहरु हौसिए ।
‘ल दाई आज कैलाश खेरको जाओस है’, एउटा भाइले भन्यो । अर्कोले थप्यो, ‘हैन नुसरत फतेह अलीको अल्ला हु जाओस् ।’
‘ओके ओके, तर केटा हो, यसपाली तिमीहरुले भैलो खेल्न नपाउने भयौ नी । सात बजेपछि देउसी भैलो नखेल्नू भनेर गृह मन्त्रालयले सूचना निकालेको छ नी’, मैले भनें ।
‘ओ ब्रो, देउसी भैलो खेल्न ब्याण्ड ग¥यो रे सरकारले । बुलसीट’, लिड गितारिस्ट भाइ जंगीए ।
अर्का भाईले आक्रोशीत हुँदै भने, ‘हामीले भैलो खेल्दा सरकारलाई किन टेन्सन ? सरकार चलाउनु नी, किन देउसी भैलोमा डिस्टर्ब ?’
मैले भनें ‘राती–राती देउसी भैलो खेल्दा शान्ति सुरक्षामा खतरा उत्पन्न भएकाले सात बजेपछि ब्याण्ड गरेको रे ।’
‘कुन चाँही पाजीको निर्णय हो त्यो ?’, ड्रमर भाईले रन्कीदै भने ।
मैले भनीदिएँ, ‘पाजीको निर्णय हैन क्या । काजीको निर्णय रे । बामदेव काजीको ।’
‘रडीज भो, बामदेव काजीलाई हाम्रो देउसी भैलोले के गर्याथ्यो यार । के हामी टेरोरिस्ट हो ? वर्षमा एक पटक आउने देउसी खेलेर हल्का गाँठ जम्मा गरौं भनेको, बोर भो नी यार’, इलेक्ट्रीक गितार बोकेका भाईले गितारको स्ट्रीङमा दरीलो झट्का दिएर गोडाले ग्याजेट थिचे । चर्को साउण्ड निकालेर उनले सरकारको निर्णयप्रति खेद प्रकट गरे ।
तिहारको रमाइलो बातावरणमा सरकारी निर्णय आफैमा आतंक बनिरहेको थियो । सानैदेखि रातभरी देउसी भैलो खेलेर मनोबिनोद गरेका केटाहरु निराश देखिन्थे । देउसी भैलो खेल्नेहरुका कारण राति शान्ति सुरक्षा खलबलिन्छ भन्ने सरकारको तर्क उनीहरुलाई हास्यास्पद लागिरहेको थियो ।
deusi‘विश्वका जुनसुकै शहरहरुमा रातभरी चहल पहल हुन्छ । त्यहाँ शान्ति सुरक्षा हुँदैन ? नेपालमा मात्रै पुलीसहरु आफ्नो कमजोरी र लाचारीबाट बच्न जनतालाई दुःख दिन्छन्’, यतिबेरसम्म मौन रहेका भोकलीस्ट भाइ बोले ।
भोकलिस्ट भाईको तर्क थियो, ‘यदि देउसी भैलो खेल्दा आतंककारीहरु, असामाजिक तत्वहरुले मौका पाउने हो भने दियो र बत्ती पनि त बाल्नु भएन । आतंककारीहरुले त्यही दियोको दुरुपयोग गरेर पुरै शहरमा आगो लगाउनसक्छन् ।’
अर्को भाईले थपे, ‘त्यसो भए होली पर्व पनि खेल्नु भएन । होलीको रङ धारण गरेर आतंककारीले बहुरुपी भएर आतंक मच्चाउनसक्छ । होलीको रङमा विष मिसाएर आतंककारीले सबैलाई मार्न सक्छ ।’
ड्रमर भाईले ड्रम ठटाउँदै भने, ‘नदी किनार, ताल या पोखरीको छेउमा गएर छठ मनाउन पनि भएन । आतंककारी र असामाजिक तत्वले छठ मनाउनेहरुलाई नदी, ताल वा पोखरीमा धकेलेर मार्नसक्छ नी । त्यो पनि सुरक्षाका दृष्टिले जोखीमपूर्ण नै छ ।’
मलाइ पनि उनीहरुको कुरा रमाइलो लाग्यो । थपीदिएँ, ‘माघे संक्रान्ति पनि मनाउनु भएन । त्यो त झन् चाकुको पर्व । अब चाकु याने चक्कु त सुरक्षाका दृष्टिले झन् खतरनाक । आतंककारीहरु चाकु प्रहार गर्दै हिंडनसक्छन् । गृहले चाकु नखानु भनेर विज्ञप्ति जारी गर्न के बेर ?’
सबै बाजाहरुको सम्मीलनमा एउटा ब्रिजजस्तो ध्वनी निकाले भाइहरुले । साथमा हाँसोको फोहरा छुट्यो ।
हलो गितार समाइरहेका भाईले भने, ‘दाई, त्यसो भए त शिवरात्री झन् मनाउनै भएन । त्यो त रातभरी धुनी बालेर मनाउनुपर्ने पर्व । सरकारका ब्रोहरुले शिवरात्रीको नाम फेरेर अब शिव दिन राख्ने हुन की ?’
मलाई उनको तर्क मन प¥यो । हो त । शिवरात्री त रातिमा मनाइने हो । अब त्यसमा पनि प्रतिबन्ध लगाउने होलान् गृहमन्त्रीले ।
यसरी हेर्दा त नेपालका हरेक पर्व मनाउन नपाइने पो देखियो । नाग पञ्चमी त मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले त्यही बहानामा घर–घरमा नाग छोडिदिनसक्छन् । जैविक हतियार भने झैं नाग हतियारको प्रयोग गर्न सक्छन् । सरकारले देउसी भैलो रातमा नखेल्न भनेर जुन दलील दियो, त्यस अनुसार त जनै पूर्णिमा झन मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले डोरो र जनैको दुरुपयोग गरेर त्यसैलाई घाँटीको पासो बनाइदिनसक्छन् । पण्डितको भेष धारण गरेर डोरो हतियार लिएर उनीहरुले जे पनि गर्नसक्छन् ।
ओहो, कृष्ण जन्माष्टमी त झन् मान्नै भएन । हिन्दु पौराणीक ग्रन्थ अनुसार कृष्णको जन्म राती १२ बजे भएको मानिन्छ । भक्तजनहरु मध्यरातसम्म जागै बसेर कृष्णको जन्मको प्रतिक्षा र भजन किर्तन गर्ने गर्छन् । सायद अब गृह मन्त्रालयले भगवान कृष्णलाई नै सोझै पत्र लेखेर कृष्ण जन्माष्टमीमा सात बजे अगावै अवतार लिन भन्ने हो की ? कृष्ण मध्यरातमा जन्मिदा कलीयुगका कंशहरुले शान्ति सुरक्षा खलल गर्न सक्ने भएकाले कृष्णले पनि सुर्य अस्ताउनुअगावै जन्मीएर शान्ति सुरक्षा कायम राखीदिनुपर्ने हो की ?
हिन्दुहरुको महान पर्व बडा दशैं झन मान्नै भएन । यसको त नाम नै नवरात्र । रातभरी जाग्राम बस्ने पर्व । रातभरी जागै बसेर देवीको आराधना गर्ने पर्व । यसरी नवरात्र मनाउँदा कलीयुगका महिशासुरहरुले समाजको शान्ति सुरक्षा खलबल्याउनसक्छन्, त्यसैले नवरात्रको नाम फेरेर ‘नव दिन’ राख्ने हो की गृहले ? कि कसो ?
मेरो कुरा सुनेर केटाहरु हाँसे । तर कुरो गम्भीर थियो । भोकलीस्ट भाइले अन्त्यमा एउटा गहकिलो कुरा भने, ‘ब्रो, रात हाम्रो लागि हैन । यो देशमा रातिको समयमा हामी देउसी भैलो खेल्नेलाई छुट छैन । यो देशमा राति रेस्टुरेन्टमा रमझम गर्नेहरुलाई छुट छैन । यो देशमा रातिमा भोज र जात्रामा सहभागी भएर फर्कन सहज छैन । बस एउटा बर्ग छ, जसलाई रातिमा जे पनि गर्न छुट छ ब्रंो…’
मैले सोधें, ‘यो देशमा अहिले राति–राति कसलाई जे गर्न पनि छुट छ भाई ?’
भोकलीस्ट भाईले भने, ‘तस्कर र कालो बजारीयालाई ब्रो । हाम्रो नेपालमा रात भनेको तस्करहरुको हो । कालो बजारीयाहरुको हो । रातमा हामीलाई निषेध गरिन्छ, तर तस्करहरुको लाइन खुल्छ ब्रो ।’
भोकलीस्ट भाईको कुरा सोह«ै आना सही लाग्यो । अहिले रात भनेको तस्करहरुकै हो ।
ठिक त्यसैबेला लिड गितारिस्ट भाइले मेरै गितको धुन निकाले । अनी म गाउन थालें । भाइहरु पनि सँगसँगै गाउन थाले । सरकार र राजनीतिको गन्दा खेलभन्दा पर हामी केहीबेर सँगीतको स्निग्ध, निश्छल, निराकार र निर्वेद रसमा पौडियौं । त्यसले केही विरेचन ग¥यो ।

Sunday, July 20, 2014

मुस्ताङमा युरेनियम: उत्खनन गरे मुलुकको कायापलट

गोपाल भण्डारी
युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।
औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।
 युरेनियम र यसको महत्व
सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु युरेनियमको २३८ परमाणविक धार हुने हुन्छ र लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् ।
यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।
एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।
अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम–२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।
युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युत्मा निर्भर छन् ।
केही साताअघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवत: विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ ।
सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त ‘लिटिल ब्वाय’ र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको ‘फ्याट म्यान’ नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।
नेपालमा युरेनियम पाईने ठाउँहरु
हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।
खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।
खानी विभागले ‘गामा–रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।
मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।
नेपालको युरेनियम: विदेशी चासो

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।
रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान ‘युरेनिफेस रक’को नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।
सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भविद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भविद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुन: सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्‍यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो ।
स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्, ले तीनभंगाले–कालोखोलाको युरेनियम मिश्रति चट्टानका टुक्राबारे ‘गामा–रे स्पेक्ट्रोस्कोपी’ प्रविधि अनुरप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यसबाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।
जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा ‘रेडियसन फिजिक्स’ को राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभावबारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए। त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरमाझ निकै चर्चा भएको थियो ।
विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्माचाहिँ डडेल्धुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकारसमक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्माचाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था
आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ ।
तथापि, यो निर्माण गर्ने क्रम झन् बढ्दो छ, जसको मूल कच्चा पदार्थ नै युरेनियम हो । त्यसैले पनि युरोनियमको खपत दिनानुदिन बढिरहेको छ । त्यही भएरै शक्ति सम्पन्न राष्ट्रहरु अप्रत्यक्ष रुपमा नेपालका विभिन्न परियोजनामार्फत नेपालका युरेनियममा चासो देखाइरहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युतट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियमलगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ ।
खानी विभागका उपमहानिर्देशक रहमान भन्छन्, ‘कोरयिनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन ।’ दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करबि ५३ करोड रुपियाँ)को परियोजना दिएको छ ।
यद्यपि, त्यस परियोजनामा उल्लेख्य प्रगति भइरहेको चाहिँ छैन । परियोजना अन्तर्गत नेपालका विभिन्न निकायबाट झन्डै एक सय कर्मचारी तथा विज्ञहरु आईएईएका विभिन्न सेमिनार तथा तालिममा सहभागी भइसकेका छन् । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नवीन देवकोटा भन्छन्, ‘आईएईएको नेपालको मुख्य चासो भनेको यहाँ पिस फर न्युक्लियरको नारासहित दक्ष जनशक्ति उत्पादन गर्ने र विभिन्न प्राविधिक सहयोग उपलब्ध गराउने नै हो ।’
आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहर नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिमसमेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।
विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियमसम्बन्धी अध्ययन भनेर आउँदैनन्, उनीहर नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै  देशमा लैजान्छन् ।

Thursday, June 26, 2014

क्यान्सर के हो ?

प्रा.डा.अञ्जनीकुमार शर्मा
वरिष्ठ शल्यचिकित्सक
नेपाल मेडिकल कलेज

विश्वभर जस्तै हाम्रो देश नेपालमा पनि क्यान्सर रोगबाट पीडित हुनेहरुको संख्यामा बृद्धि हुदै गएको छ । यो रोगबाट पीडित व्यक्ति र परिवारको जिज्ञासा हुन्छ-यो रोगले मलाई किन समात्यो ? यो रोगबाट बच्ने के के उपाया छन् ? क्यान्सर पीडित रोगीमा यो जिज्ञासा देखापर्नु वास्तबमा सही पनि हो । बेलायतमा ७०   वर्ष उमेर पुगेका व्यक्तिहरुमध्ये ३० प्रतिशतलाई क्यान्सर हुने संभावना बढी देखिएको छ । ३० प्रतिशतमध्ये ३३ प्रतिशत रोगीलाई उचित उपचारपछि केही वर्ष बचाउन सकिन्छ तर बााकी ३३ प्रतिशत रोगीलाई यो रोगबाट बचाउन सकिएको छैन । क्यान्सर रोगीहरुको पाच वर्षभित्रमा मृत्यू हुने प्राय निश्चित हुन्छ । आज पनि बेलायतमा करिब १ लाख ६० हजार ब्यक्ति क्यान्सर रोगका कारण मर्छन् ।    
हाम्रो देशमा कति व्यक्तिहरु क्यान्सरबाट पीडित छन् वा मर्छन् ? भन्ने सही तथ्यांकको अभावमा किटान गर्न गाह्रो छ । हामीकहा के, कस्तो क्यान्सरबाट पीडित रोगी कति छन् भन्ने थाहा नहुनाले नै यसको रोगथाममा असजिलो भइरहेको छ । यो तीतो सत्य हो ।
काठमाडौंका मुख्य पाच अस्पतालहरुमा भर्ना भएका रोगीहरुमध्ये क्यान्सरबाट पीडित रोगीहरुकेा संख्या १९८९ मा १७ प्रतिशत रहेको थियो भने सन् १९९४ मा यो प्रतिशत बढेर २३ पुगेको थियो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि नेपालमा पनि क्यान्सरबाट पीडित रोगीहरुको संख्या बर्सेनी बढ्दो छ।
क्यान्सरका प्रकार
१.    पाकस्थलीको क्यान्सर    २.    पाठेघरको क्यान्सर
३.    फोक्सो -ब्रोंकस)    ४.    थाइराइडको क्यान्सर
५.    छालाको क्यान्सर    ६.    लिम्फोमा क्यान्सर
७.    ल्युकिमिया क्यान्सर    ८.    स्तनको क्यान्सर
९.    प्रोस्टेटको क्यान्सर    १०.    मुखको क्यान्सर
क्यान्सर हुने मूल कारण यही नै हो भनेर किटान गर्न नसकिएकाले यसबाट जोगिने उपायाहरुका बारेमा लेख्न अलि असजिलो छ ।
क्यान्सर गराउने  कारक तत्व
ख    कतिपय रोगहरुमा वंशानुगत रुपमै क्यान्सरको जीन बाबुआमाबाट छोराछोरीमा जाने गर्दछ । जीनमा देखिने खराबीके कारणले गर्दा यो रोग आमाबाबुबाट छोराछोरीमा जान्छ । उदाहरणार्थ कोलन र रेक्टमको क्यान्सर, स्तनको क्यान्सर, जेरोडर्मा पिगमेन्टोसा, रेटिनो ब्लास्टोमा जस्ता क्यान्सरहरु वंशाणुगत रुपमा देखापर्नेमा गनिन्छन्।  यस सहस्राव्दीभित्रै वंशानुगत रुपमा देखिने क्यान्सरका रोगीको संख्या वंशानुगत जेनेटिक इन्जियनियरिङ पद्धतिद्धारा -वंशाणुगत जीन हटाउने प्रक्रिया) छोराछोरीमा जान नदिनसक्ने संभावना देखिएको छ । त्यसैले क्यान्सरबाट जीन भएका बाबुआमाले पनि छोराछारी नपाउने प्रतिज्ञा गरेर भावी सन्ततीलाई वंशानुगत क्यान्सरबाट जोगाउन सक्छन् ।
ख    एकपटक चोट लागी बारम्बार घाउ भइरहेमा पनि क्यान्सर हुने संभावना हुन्छ । यस्ता क्यान्सरहरुमा पाठेघर, मुख र गिजाका क्यान्सर पर्दछन् । त्यस्तै अल्ट्रा भ्वायलेट लाइट तथा रेडियमको विकिरणका कारण छाला, रगत र गााडको क्यान्सर हुनसक्दछ ।
ख    धुम्रपान वा सुर्तिसेवन गर्नेलाई फोक्सो, मुख र गिजाको क्यान्सर हुने सम्भावना बढी मात्रामा हुने गर्दछ । त्यस्तै आफ्लोटोक्सिन को प्रभावले लिभर वा पाकस्थलीको क्यान्सर हुनसक्छ । त्यस्तै गरी नुन धेरै खाने वा टिनको डिब्बामा राखिएका नुनयुक्त मासु-माछा खाने, सेकेको वा पोलेको मासु खाने व्यक्तिलाई पनि पाकस्थलीको क्यान्सर हुनसक्ने वढी संभावना रहन्छ । त्इस्तै रक्सी सेवना गर्नेलाई सिरोसि वा लिभरको क्यान्सर हुन सक्दछ ।
ख    एब्स्टीन बार भाइरसद्धारा नेजोपेरीन्जीयल क्यान्सर ह्युम्यान पैपिलोमा भाइरसद्धारा पाठेघरको मुखको क्यान्सर हुनसक्छ । धेरै पुरुषसाग सम्भोग गर्ने महिलालाई हृयूमन प्यापिलोमा भाइरस संक्रमण भएमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यस्तै पाकस्थलीको क्यान्सर भएको व्यक्तिमा हेलिकोव्याक्टर पाइरोलीको संक्रमण भएको पाइन्छ भने हेपाटाइटिस बी भएका रोगीहरुलाई कलेजोको क्यान्सर हुने सम्भावना अत्यधिक मात्रामा पाइन्छ । क्यान्सर हुदैमा मुत्यु हुन्छ भन्ने अवधारणालाई हामीले आफ्नो मनबाट हटाउनै पर्छ । त्यसलाई तिलाञ्जली दिनु जरुरी छ । सुरुमा नै पत्ता लागेर उचित उपचार गरेको खण्डमा क्यान्सरबाट मुक्ति पाइन्छ । क्यान्सर सरुवा रोग होइन । प्रत्येक व्यक्तिले आफ्नो  दैनिक क्रियाकलापमा शारीरिक व्यायाम गरे, खानपानमा ध्यान राखे, पथपरहेज गरे र थोरै मात्रै पनि आफ्नो स्वास्थ्यप्रति चेतनशील भइदिए क्यान्सरजस्तो रोगबाट अवश्य मुक्ति पाउन सकिन्छ ।

क्यान्सरका लक्षण
साधारण उपचारबाट निको नहुने घाउ खटिराहरु । नदुख्ने गिर्खाहरु देखिनु । गिर्खाहरु बढ्दै जानु, । गिर्खाहरु विशेषतः महिलाहरुको स्तनमा देखापर्दछ। शरीरका विभिन्न भागबाट रक्तश्राव, पिपश्राव हुनु । बराबर अपच र निल्नलाई अफ्ट्यारो हुनु । कव्जियत हुनु र पिसाब फेर्नमा कठिनाइ हुनु । वजन घट्दै जानु । कोठीको आकार परिवर्तन हुनु ।
क्यान्सर हुने मुख्य भाग
ख    मुख र गलाको क्यान्सर    ख    पाठेघरको क्यान्सर
ख    स्तनको क्यान्सर    ख    फोक्सोको क्यान्सर
ख    लिंगको क्यान्सर    ख    छाला कोठीको क्यान्सर

क्यान्सरबाट छुटकारा पाउने उपाय
हरेक व्यक्तिले प्रत्येक दिन आधाघण्टा शारीरिक व्यायाम गर्नाले मांसपेशीलाई मजबुत तुल्याई पाचन क्रियामा ठूलो मद्दत पुग्ने गर्छ । यस्तो व्यायामले शरीरका विभिन्न भागमा रक्तसञ्चार गराउाछ । फलः शरीर फूर्तिलो हुने गर्दछ ।
हामी जीवनयापनका लागि विभिन्न किसिमका र स्वादका खानेकुरा खाने गर्दछौं। तर दैनिक भोजनमा पनि हामीले विचार पुर्‍यायौं भने रोगहरुबाट टाढा रहन सक्छौं । खानामा हरियो तरकारी, सागसब्जी -हाई फाइबर डाइट) खाने गरेमा हामी कोलन र रेक्टमको क्यान्सरबाट जोगिन सक्छौं । बोसो बढी भएको खानेकुरा र बट्टामा बन्द गरिएका खानेकुराले स्वास्थ्यमा नराम्रो असर पारिरहेकेा हुनसक्छ। बोसो धेरै खाएमा पित्तसाग मिली ठूलो आन्द्राको क्यान्सर गराउनसक्छ । त्यस्तै टिनको डिब्बामा प्याक गरिएका माछा-मासुमा नुनको मात्रा बढी हुने भएकाले निट्रोसोमाइन बन्ने  गर्दछ । जसले पाकस्थलीको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता खानाको सेवनमा ध्यान पुर्‍याउनु नितान्त जरुरी छ । रक्सी वा वियरको अत्यधिक सेवनले लिभरको सिरोसिस हुनजाने र पछि हेपाटोमा वा कलेजोको क्यान्सर हुनसक्छ । त्यसैले यस्ता पेय पदार्थको सेवनमा पनि हामीले सचेतता अपनाउनु जरुरी छ ।
हामीले साधारण खाजाका रुपमा प्रयोग गर्ने बदाम मुमफली, मकै, बासी वा ढुसी परेका खाना खाएमा र अन्य तेलहन वस्तुमा अफ्लाटोक्सिन हुने भएकाले यसले कलेजो र पाकस्थलीको क्यान्सर गराउने गर्दछ । त्यसैले यस्ता खाद्य सामग्रीलगायत सेकेको पोलेको मासुको सेवन गर्दा होस् पुर्‍याउनु पर्ने हुन्छ । अलिकति हेलचेक्र्याइंले भयावह रोगलाई ननिम्त्याओस् । त्यसैले हामीले दैनिक खानामा पहेंला फलफूलहरु, दाल, हरियो मटर, खाग, हरिया तरकारीहरु, बोक्रोसमेतको आलु, गहुा, चना, मकै इत्यादिको सेवन गर्न सक्यौं भने हमी र हाम्रो परिवारका लागि राम्रो हुन्छ ।
यसका साथै चोकरसहितको गहुाको पिठो, मकै, फापरका रोटीहरु, हाई फाइबर भएका सागपात -रायो, चम्सुर, पालुङ्गो बेथे, तोरी आदि) बारम्बार खाने गर्नुपर्दछ। यसको सेवनले कब्जियत हुन दिादैन र यसले स्वस्थ राख्नमा दूरगामी भूमिका खेलेको हुन्छ । माछा, रेडमिट, कुखुराको मासु पनि उमालेर खाादा बेस हुन्छ । अचेल बजारमा सूर्यमुखी, मकै र भटमासक तेल पाइने गरेका छन्, यी तेलमा पकाइएका अथवा तारेका खानेकुरा खाादा राम्रो हुन्छ । तर बोसो, घिउ, मार्जरिन फूलकेा तेल नखानु नै स्वास्थ्यका लागि हितकर हुन्छ ।    
हामीकहाा, विशेषगरी सहरी क्षेत्रमा, फास्टफुडको चलन सुरु भइसकेकेा छ । सेकुवा, धेरै नुन हाली लामो समयसम्म रहने गरी टिनमा बन्द गरी राखिएका माछा-मासुको चलन बढ्दो छ । एक जना क्यानेडियन वैज्ञानिकले गरेको अनुसन्धानअनुसार, २०० खिल्ली चुरोटको असर उस्तै उस्तै हुन्छ क्यान्सर गराउनका लागि । त्यसैले हामीले सेकुवा र रक्सीको सेवन सक्दो कम गर्नु नै राम्रो हुन्छ । उमेर ढलेका व्यक्तिहरुको इम्युन शक्तिमा ह्रास आउने भएकाले त्यस्ता व्यक्तिहरुले स्वस्थ जीवनयापन गर्न भिटामिन ए, बी, सी तथा ई का साथै बिटा, केरोटिन, जिंक र सेलोनियम आदिको प्रयोग गरेमा शरीरको इम्युन शक्ति बढ्ने गर्छ । सुन्तला, काउली, ब्रोकाउली, केरा, सागपात, गाजरको सेवन गरिहेमा क्यान्सरबाट जोगिन सकिन्छ ।
क्यान्सर लाग्ने एकदमै कडा कारक तत्वका रुपमा सुर्तिजन्य वस्तुहरुको प्रयोगलाई लिइन्छ । यस्ता सुर्तीजन्य वस्तुहरुको प्रयोगले मुख, नाक, गला, इसोफेगस, फोक्सो, पाकस्थली, मुत्रथैली, पाठेघर र स्तनको क्यान्सर गर्नमा सहयोग गर्दछ भन्ने सिद्ध भइसकेको छ । अर्थात सुर्तीजन्य लागू पदार्थको प्रयोग गर्नेहरुमा क्यान्सर बढी देखिने गरेको छ । त्यसैले यी लागू पदार्थको प्रयोग अथवा सेवन नगरेमा क्यान्सर जस्तो भयावह रोगबाट बच्न सकिन्छ । हाम्रो देशमा ६५ देखि ७५ प्रतिशत मानिसहरु सूर्तीजन्य वस्तुहरुको प्रयोग गर्ने गर्दछन् । त्यसैले पनि हाम्रो मुलुकमा ब्रांेकस र फोक्सोको क्यान्सर हुनेको संख्या बढी पाइएको छ । तराई क्षेत्रमा सूर्ती वा जर्दाको प्रयोग कुन रुपमा हुन्छ त्यसबारेमा भनिरहनु नपर्ला । त्यसैले पनि त्यस क्षेत्रमा मुख र गिजाको क्यान्सरका रोगी बढी देखिएका छन् । सुरुमा सेतो दाग हुन्छ । तर जब त्यसप्रति वास्ता गरिदैन तब त्यसले क्यान्सरको रुप लिन्छ । त्यसकारण सूर्तीजन्य वस्तु त्याग्नुस्, क्यान्सरबाट बााच्नुस्, भन्ने नारालाई हामीले आत्मसात् गर्दै व्यवहारमा नै लागू गर्नुपर्ने अहिलेको आवश्यकता भएको छ ।
क्यान्सरजस्तो भयावह रोगबाट बच्न हामीले स्वास्थ्यप्रति चेनशील भई आफ्नो स्वास्थ्य परीक्षण बारम्बार गराइ रहनुपर्दछ । हाम्रो स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर अलिकति मात्र पनि दूरदर्शी कदम चाल्न सकेको खण्डमा हामी क्यान्सरलाई पाखा लगाउन सक्छौं । सानै उमेरमा बच्चा पाएमा वा धेरै बच्चा पाएका महिलालाई पाठेघरको क्यान्सरको सम्भावना बढी हुन्छ । त्यस्तै धेरै पुरुषसाग यौन सम्बन्ध राख्ने महिलालाई पाठेघरको क्यान्सर भएको पाइन्छ । त्यसैले यसप्रति सचेत भई धेरै बच्चा नपाउने, कलिलो उमेरमा बच्चा नजन्माउने सोच लिएको खण्डमा यो रोगबाट हामी बच्न सक्छौं । यौन सम्पर्क राख्ने महिलाले सहवासपछि आफ्नो यौन अंगको सरसफाई गर्नु नितान्त जरुर छ । सरसफाइ नगरे इन्फेक्सन भई घाउ हुने सम्भावना बढी रहन्छ र यस्तो घाउ धेरै दिनसम्म रहे यसैले क्यान्सरको रुप धारण गर्न सक्छ ।
त्यसैगरी ३०-३५ वर्ष पुगेकी महिलाले पाठेघरबाट निस्कने पानीको बरोबर जााच गराउनु भविष्यमा देखिने सम्भाव्य खतराबाट जोगिने सर्वोत्तम उपाय हो । प्याप स्मेयर गराउने सुविधा सबै अस्पतालहरुमा भएकाले विकसित मुलुकहरुमा पाठेघरको क्यान्सरका रोगीहरुकेा संख्या एकदमै कम छ । यदि उक्त सुविधा हाम्रा सबै अस्पतालहरुमा पनि भए पाठेघरको क्यान्सरबाट हामीकहाा पनि न्यून गर्न सकिन्छ । ३५ वर्ष पुगेकी महिलाको पाठेघरबाट रक्तश्राव भएमा त्यस्ता रोगीले बराबर जााच गराइरहनुपर्दछ । भोलि जचााउला, पर्सी जचााउला भनेर यसप्रति हेलचेक्र्याइ कदापी गर्नुहुादैन । शरीरमा घाउ खटिरा जसको पनि हुनसक्छ । यस्ता घाउ खटिराको समयमै उपचार गराइहाल्नुपर्छ । उपचार गर्दागर्दै पनि निको नभएमा, उपचार गर्न ढिलो गरेमा खटिरा, घाउ क्यान्सर बन्न सक्छन् । त्यसैले सानातिना खटिरा घाउ भए पनि सानो नसम्झौं । समयमै जााच गराऔं ।
गुदद्धारबाट रक्तश्राव भएमा र कव्जियत भएमा पनि डाक्टरी सल्लाह लिइहाल्नुपर्छ। किनकि यस्तै लक्ष्यणले पनि क्यान्सर रोग हुने संकेत गर्दछ । अनायास शरीरका कुनै भागबाट रक्तश्राव र पीपश्राव भएमा यसतर्फ सचेत भएर जााच गराइहाल्नुपर्दछ।।
खोक्दा  कफमा रगत देखापरेमा, रगत बान्ता गरेमा, दिसामा पचेको कालो रगत देखिएमा, पिसाबमा रगत देखिएमा, पुरुषको लिंगमा घाउ देखिएमा र घाउ बढ्दै गएमा त्यस्ता खराबीहरुले विभिन्न किसिमका क्यान्सर हुने सम्भावना अत्यधिक हुनेगर्दछ । त्यसैले क्यान्सर हुन नदिन समयमै सचेत हुनु जरुरी छ। उमेर पुगेका व्यक्तिहरुलाई खान मन नलागेमा, बारम्बार अपच भइरहेमा, आाखा पहेंलो भएमा र नदुख्ने गिर्खा देखापरेमा चिकित्सकसाग उचि तउपचारका लागि सल्लाह लिइहाल्नुपर्दछ । नभए यस्तोमा पैंक्रियाजको क्यान्सर हुने सम्भावना हुन्छ ।
त्यस्तै शरीरको वजन अनायास तर निरन्तर घट्दै गएमा, शरीरको सुन्दरताको प्रतिक कालो कोठी एकाएक बढेमा, फिजिादै गएमा वा घाउ भएमा डाक्टरी सल्लाह लिनु अति आवश्यक हुन्छ ।
रोकथाम
सागपात, फलफूल, दुध, दही खाने । तारेको पालेको वा बासी खानेकुरा नखाने । दैनिक व्यायाम गर्ने । सूर्तिजन्य वस्तु, रक्सी, जााडको सेवन नगर्ने । स्वच्छ वातावरणमा बस्ने । आफ्नो स्वास्थ्यप्रति चेनशील भई समय-समयमा स्वास्थ्य परीक्षण गराउने ।

दादुरा (Measles)

१. दादुरा रोग के हो ?
दादुरा(Measles) बिषाणु (Virus) बाट हुने अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७४५,००० बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ; खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।

२. दादुरा कसरी सर्दछ ?
  • दादुरा रोग रोगीको नाक तथा घाँटी बाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ । ड्ड दादुरा रोगको लक्षण देखिनु भन्दा अगाडि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म यो रोगको रोगीले दादुराका विषाणु सार्दछ ।
  • यो रोग बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्दछ, जस्तै: विद्यालय, अस्पताल आदि । 
३. दादुरा रोगका चिन्ह र लक्षणहरू के के हुन् ?
दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग (Koplick spot) देखापर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा (Rash) देखापर्दछन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ । 

४. दादुरा रोगका जटीलताहरू के के हुन् ?
खोप नपाएका ५ वर्षमुनिका बालबालिकाहरू, विशेषगरी १ वर्षमुनिका शिशुहरू दादुराको जटिलताको जोखिममा पर्नुका साथै मृत्यु समेत हुनसक्छ् । दादुराबाट संक्रमित शिशुहरूमा कडाखालको झाडा लागेर जल वियोजन हुन जान्छ । बालबालिकाहरूमा कान पाक्ने (Otitis Media) तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ ।
दादुरा रोग लागेर मृत्यु हुने कारण धेरै जसो निमोनिया हो । दादुराको विषाणुले प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिने भएकोले यस्तो भएको हो । निमोनिया दादुराको विषाणुले वा अन्य जिवाणुको संक्रमणबाट हुने गर्दछ । दादुराको कारणबाट कहिले काँहि मस्तिष्कमा कडा खालको सुजन (inflammation) भई मस्तिष्क ज्वरो (encephalitis) पनि आउन सक्दछ । 
 कडाखालको दादुरा रोग विशेषगरी कुपोषित, चाहिने मात्रामा भिटामिन ए नपाएका, HIV/ AIDS र अन्य रोगका कारणबाट प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै जना परिवार संख्या भएका ठाउँमा हुर्केका बालबालिकालाई लाग्दछ । अफ्रिका महादेश तथा बर्षैभरि दादुरा देखिने विश्वका अन्य मुलुकमा अन्धोपनको मुख्य कारण नै दादुरा रोग हो । एकपटक दादुरा रोग लागिसकेपछि निको भएका बालबालिकाहरूलाई जीवनभर दादुरा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुन्छ । 

५. दादुरा रोगको उपचार के हो ?
दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (antibiotics) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । 
 विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले  दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।
 भिटामिन ए को कमी हुँदा प्रदान गरिने भिटामिन ए को उपचार मात्रा तालीका
उमेर 
रोगी फेलापर्ने बित्तिकै दिने मात्रा 
दोश्रो दिन दिने मात्रा
फलोअपमा दिने मात्रा 

६ महिना भन्दा कमको शिशु
५०,००० आइ.यू
५०,००० आइ.यू
यदि २–४  हप्तापछि सुख्खा आँखा भएको  लक्षण देखापरेमा तेस्रो मात्रा दिने ।
६ महिना देखि ११ महिना सम्मको शिशुलाई दिने मात्रा
१००,००० आइ.यू
१००,००० आइ.यू
१२ महिना भन्दा माथिका बालबालिकाहरूलाई दिने मात्रा
२००,००० आइ.यू
२००,००० आइ.यू












६. दादुरा रोगको रोकथाम कसरी गर्न सकिन्छ ?
 दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् । अस्पतालमा दादुरा रोग सर्ने खतरालाई न्यूनीकरण गर्न अस्पतालमा भर्ना भएका तथा दादुरा विरुद्ध खोप नलिएका लक्षित समुहका बालबालिकाहरूलाई दादुरा रोग विरुद्ध खोप दिनुपर्दछ । त्यस्ता बालबालिकाहरूका बाबु–आमालाई आफ्ना बाल बालिकाहरूले खोप पाएको थाहा नभएमा पनि दादुरा विरुद्ध खोप दिनुपर्दछ । 
 
७. बिश्वव्यापी रूपमा दादुरा रोग नियन्त्रणका प्रयासहरू
May 2003 मा विश्व स्वास्थ्य महासंघको ५६ औं महासभाले सन् २००५ सम्ममा सन् १९९९ को तुलनामा दादुराबाट हुने मृत्यु दर ५०५ प्रतिशतले घटाउने निर्णय सर्वसम्मतिबाट पारित गर्यो । दादुरा रोगबाट हुने मृत्यु दर २००३ को तुलनामा सन् २००९ सम्ममा ९० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ । दादुरा रोगबाट हुने मृत्यु घटाउन घोषणा गरिएका रणनीतिहरू निम्न प्रकारका छन् :
  • ९ महिनाको उमेर पुग्नासाथ जतिसक्दो चाँडो प्रत्येक बच्चालाई नियमित खोप सेवा मार्फत एक मात्रा दादुरा विरुद्धको खोप प्रदान गर्नु नै दादुरा रोगबाट हुने मृत्युलाई घटाउने दिगो रणनीति हो । 
  • प्रत्येक बालबालिकाले थप दादुरा खोप दोश्रो अवसरको रूपमा प्राप्त गर्नुपर्दछ । यसले जुन बच्चा/बालबालिकाहरूले आफुले लिनुपर्ने दादुरा खोप लिएनन्, तथा ति बच्चा/बाल–बालिकाहरू जसले खोप लिएर पनि प्रतिरोधात्मक क्षमता विकसित गर्न सकेनन्, तिनमा पनि प्रतिरोधात्मक क्षमता बढाउँछ । यस किसिमका दोश्रो अवसरका खोपहरू नियमित खोपसेवा मार्फत वा समय समयमा अभियान मार्फत प्राप्त गर्न सक्छन् ।
  • दादुरा रोगको निगरानी इपिडेमियोलोजीकल तथा प्रयोगशालाबाट प्राप्त एकीकृत तथ्याङ्क अनुसार सुदृढीकरण गर्न सकिन्छ ।
  • दादुरा खोपको उपचार व्यवस्थापनलाई सुधार गर्नुपर्दछ ।
मूख्य बुँदाहरू:
  • दादुरा विषाणुद्वारा सर्ने अतिसंक्रामक रोग हो; यसले खोपबाट बचाउन सकिने अन्य रोगहरू भन्दा वढी संख्यामा बालबालिकाको मृत्यु गराउँछ ।
  • यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा हाच्छ्यूँ गर्दा, खोक्दा र विरामीको  नजिकको सम्पर्कमा आउँदा सर्छ ।
  • यो रोगको पहिलो चिन्ह कडा ज्वरो आउनु हो जुन १ देखि ७ दिनसम्म रहिरहन्छ र विषाणु (virus) बाट संक्रमित भई जीउभरि विमिरा देखापर्दछ ।
  • दादुरा भएपछि मृत्यु हुने मुख्य कारण निमोनिया हो ।
  • भिटामिन ए को पूरक मात्रा लगायत दादुरा रोगको उपयुक्त उपचार व्यवस्थापनबाट दादुरा रोगबाट हुने कडा जटिलताबाट जोगाउन सकिन्छ ।
  • दादुरा रोग दादुरा विरुद्धको खोपबाट बचाउन सकिन्छ । नियमित खोप कार्यक्रमको माध्मयबाट कम्तीमा ९० प्रतिशत भन्दा बढी बच्चाहरूले दादुरा खोप पाएको हुनुपर्दछ ।