Friday, June 13, 2014

ज्यान मार्ने चालकको लाइसेन्स अब खारेज हुने

काठमाडौं,जेठ२९– सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान गए अब सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) खारेज जै गरिने भएको छ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको आजको राजधानी दैनिकमा खबर छ ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी कम गराउनका लागि भन्दै बैठकले दुर्घटनामा ज्यान गएमा सवारी चालकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । सोही आधारमा बैठकले दुर्घटना गराउने चालकलाई कारबाही गर्ने व्यवस्थासहित नयाँ कानुन ल्याउने निर्णय पनि गरेको छ । यसैगरी अब सवारीको लाइसेन्स लिनका लागि निश्चित मापदण्ड पूरागर्नुपर्ने व्यवस्था पनि बैठकले गरेको छ ।
जसअनुसार निश्चित शैक्षिक योग्यता र निश्चित उमेरसमेत तोक्ने निर्णय बैठकले गरेको हो ।

विश्वकप फुटबलमा ब्राजिलको विजयी सुरुवात, नेयमार चम्किए

३० जेठ, काठमाडौं । घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नेयमार चम्किएपछि ब्राजिल विजयी सुरुवात गरेको छ । १-० ले पछि परेको अवस्था उल्टाउँदै ब्राजिलले क्रोएसियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
साओ पाउलोमा भएको खेलमा अग्रता भने क्रोएसियाले उपहार गोलमार्फत लिएको थियो । ११ औं मिनेटमा ब्राजिलका मार्सेलोले आफ्नो पोष्टमा गोल गरे । काउन्टरमा क्रोएसि
याका खेलाडीले दिएको पास क्लियर गर्नु पर्नेमा उनले आफ्नो पोष्टमा गोल गरेका थिए ।
तर, क्रोएसियाले धेरेबेर त्यसलाई जोगाउन सकेन । २९ औं मिनेटमा उनले डिबक्स बाहिरबाट हानेको लो बल बारमा लाग्दै गोलमा परिणत भयो र रंगशालामा रहेका हजारौं दर्शकले खुसी मनाए ।
खेलको ७१ औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो । लोभरानले लोभरेनले हल्का छोएका मात्र थिए । फ्रेड डि बक्स भित्र लडेपछि जापानी रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिए । जसमा नेयमारले कुनै गल्ती गरेनन् र ब्राजिललाई २-१ को अग्रता दिलाए । यद्यपि रेफ्रीको यो निर्णय विवादास्पद बनेको छ ।
खेलको ९० औं मिनेटमा ओस्कारले गोल गर्दै ब्राजिललाई ३-१ को जित दिलाए । तर, ब्राजिलको प्रदर्शन सोचेजस्तो थिएन । बराबरीपछि क्रोएसियाविरुद्ध गोल गर्न झण्डै ४० मिनेटमसम्म कुर्नु परेको थियो ।
यसअघि २७ औं मिनेटमा नेयमारले पहेँलो कार्ड पाए । बल हेड गर्ने क्रममा क्रोएसियाका लुका मोडरिकलाई फल गरेका थिए । खेलपछि क्रोएसियाका प्रशिक्षकले भने रातो कार्ड नदिएको भन्दै असन्तुष्टि जनाए ।

विश्वकपसँगै नेपालमा जर्सीको प्रयोग बढ्यो


ब्राजिलमा विश्वकप सुरु भएको छ, जसमा ३२ देशले भाग लिएका छन् । तर, सिंगो विश्व विश्वकपमा झुमेको छ । नेपालमा पनि विश्वकपको ज्वरो चढेको छ ।
खेलको समय नेपालीहरुको अनुकुल छैन । तर, पनि नेपालीहरु मध्यरातमा भएका खेलहरु हेर्न छुटाउँदैनन् । नेपालीहरु विभिन्न देशको जर्सीमा सजिएका छन् । व्यापारीहरुका अनुसार नेपालमा ब्राजिल र अर्जेन्टिनाको जर्सी धेरै विक्री भएको छ । त्यसपछि जर्मनी, स्पेन लगायतको देशको जर्सी पनि विक्री भइरहेको छ ।

Thursday, June 12, 2014

को को थिए कौरवपुत्रहरु ?

महाराज धृतराष्ट्र व गांधारी का 100 पुत्र र एक पुत्री थिए। पुत्रीको नाम दु:शला थियोः
१०० पुत्रको नाम:-
1- दुर्योधन, 2- दु:शासन, 3- दुस्सह, 4- दुश्शल, 5- जलसंध, 6- सम, 7- सह, 8- विंद, 9- अनुविंद, 10- दुद्र्धर्ष, 11- सुबाहु, 12- दुष्प्रधर्षण, 13- दुर्मुर्षण, 14- दुर्मुख, 15- दुष्कर्ण, 16- कर्ण, 17- विविंशति, 18- विकर्ण, 19- शल, 20- सत्व, 21- सुलोचन, 22- चित्र, 23- उपचित्र, 24- चित्राक्ष, 25- चारुचित्र, 26- शरासन, 27- दुर्मुद, 28- दुर्विगाह, 29- विवित्सु, 30- विकटानन, 31- ऊर्णनाभ, 32- सुनाभ, 33- नंद, 34- उपनंद, 35- चित्रबाण, 36- चित्रवर्मा, 37- सुवर्मा, 38- दुर्विमोचन, 39- आयोबाहु, 40- महाबाहु, 41- चित्रांग, 42- चित्रकुंडल, 43- भीमवेग, 44- भीमबल, 45- बलाकी, 46-बलवद्र्धन, 46- उग्रायुध, 48- सुषेण, 49- कुण्डधार, 50- महोदर, 51- चित्रायुध, 52- निषंगी, 53- पाशी, 54- वृंदारक, 55- दृढ़वर्मा, 56- दृढ़क्षत्र, 57- सोमकीर्ति, 58- अनूदर, 59- दृढ़संध, 60- जरासंध, 61- सत्यसंध, 62- सद:सुवाक, 63- उग्रश्रवा, 64- उग्रसेन, 65- सेनानी, 66- दुष्पराजय, 67- अपराजित, 68- कुण्डशायी, 69- विशालाक्ष, 70- दुराधर, 71- दृढ़हस्त, 72- सुहस्त, 73- बातवेग, 74- सुवर्चा, 75- आदित्यकेतु, 76- बह्वाशी, 77- नागदत्त, 78- अग्रयायी, 79- कवची, 80- क्रथन, 81- कुण्डी, 82- उग्र, 83- भीमरथ, 84- वीरबाहु, 85- अलोलुप, 86- अभय, 87- रौद्रकर्मा, 88- दृढऱथाश्रय, 89- अनाधृष्य, 90- कुण्डभेदी, 91- विरावी, 92- प्रमथ, 93- प्रमाथी, 94- दीर्घरोमा, 95- दीर्घबाहु, 96- महाबाहु, 97- व्यूढोरस्क, 98- कनकध्वज, 99- कुण्डाशी र 100-विरजा।

Sunday, May 25, 2014

भारतीय हस्तक्षेप

१.     वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी महेताले एक प्रदेशका लागि मधेशीहरुले आन्दोलन गर्नुपर्ने र त्यसको लागि आफूले सहयोग गर्ने भन्ने समाचार बाहिर आएपछि त्यस सम्बन्धमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। नेपालीहरुले त्यसलाई खुल्लमखुल्ला हस्तक्षेप सम्झेका छन्।
२. कन्सुलर मेहताको त्यस भनाइप्रति संविधानसभाकालीन तीन ठूला दलका शीर्ष नेताहरु एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सुशील कोइराला तथा एमालेका झलनाथ खनालले आपत्ति जनाएका छन् र उनलाई पठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
३.     नेपालको परराष्ट्र मन्त्रालय हेरिरहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मेहताको त्यस अभिव्यक्तिलाई कूटनीतिक मर्यादाविपरीत त हुँदै हो, आन्तरिक मामिलामा समेत गम्भीर हस्तक्षेप हो भनेका छन्। सरकारले भारतीय राजदूत जयन्द्र प्रसादलाई पराराष्ट्र मन्त्रालयमा बोलाएर त्यस सम्बन्धमा आफ्नो चासो र चिन्ता व्यक्त गरेको छ।
४. यसबीच भारतले आफ्नो कूटनीतिज्ञ मेहताले त्यसो नभनेको कुरा सञ्चारमाध्यममा आएको भन्दै खण्डन गरेको छ। उसले नेपाल भारत सम्बन्ध बिगार्न चाहनेहरुले प्रायोजितरूपमा गरेको हल्ला समेत भनेको छ तर विगतमा भारतीय कूटनीतिज्ञहरुको चलखेल हेर्दा त्यसलाई नकार्न सकिंदैन। राजनीतिक नेताहरुको बैठकमा भारतीय कूटनीतिज्ञको उपस्थिति रहेको समाचार बराबर सार्वजनिक भएका थिए।
५. हाम्रा नेताहरु कमजोर भएका र भारतीयको धोती समातेर सत्तामा पुग्न पल्केका त्यस्ता कतिपय कुरा भित्रभित्रै मात्र चर्चा हुने गर्दछन्। अझ भनौं भने भारतीय आशीवाद पाउन यहाँ प्रतिस्प्रधाझैं नै हुने गर्दछ। त्यो कुरा नेपालको राजनीतिमा ओपन सेक्रेटजस्तै भएको छ। हाम्रै त्यही प्रवृत्तिबाट भारतीयहरुले बढीभन्दा बढी फाइदा उठाउने गरेका छन्।
६.     कतिपय कूटनीतिक कुराहरु बाहिर विवादस्पद भए औपचारिकरूपले खण्डन गर्ने गरिन्छ। तर त्यस्ता औपचारिक खण्डनले वास्तविकता र सत्य तथ्य छिपाउन सक्दैन। वीरगञ्ज प्रकरणको खण्डनले नेपाली मानसिकतालाई चित्त बुझाउन सक्दैन। यस्तोमा मधेशवादी नेताहरुको भूमिकाले पनि हावा कुन दिशातिर बहेको छ भन्ने आभाष दिन्छ।
७. नेपालीहरुले एक मधेश एक प्रदेशको नारा गलत हो र यसले नेपाल राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्दछ भन्दै आएको कुरा हो। तर एक पक्ष त्यसैमा हुरुक्क भएर लागिरहेका छन्। त्यसको लागि राष्ट्र टुक्रिने धम्की पनि नेताहरुले नदिएको होइन। यी सबैको परिपे्रक्षमा एसडी मेहेताले त्यसो भनेनन् होला भन्न सकिने स्थिति छैन त्यसकारण सरकारले कडा कदम चाली उनलाई फिर्ता पठाउनुपर्दछ।

नेपाली भूमिमा भारतीय हस्तक्षेप

कञ्चनपुरको दक्षिणी सीमामा रहेको त्रिभुवनबस्ती-३ सुकुम्वासी बस्तीमा रहेको बालजागृति प्राथमिक विद्यालय भवन निर्माण कार्यमा भारतीय पक्षले हस्तक्षेप गरेको छ । भारतीय अधिकारीले विद्यालय भवन निर्माणस्थलमै आएर निर्माण रोक्न आग्रह गरेको ३ दिनपछि भारतीय दूधूवा नेसनल पार्कका वन रक्षकहरु आएका नेपालीमाथि कुटपिट गरेका छन् । उत्तर प्रदेशको पलियाका प्रशासनिक अधिकारी, सुरक्षा अधिकारी, एसएसबीका अधिकारी र वन अधिकारीहरु आएर निर्माण रोक्न आग्रह गरेका थिए । भारतीय अधिकारीहरुले भवन निर्माणस्थल भारतीय क्षेत्रमा पर्ने दावी गर्दै आइरहेका छन् । बिहीबार दिउँसो भवन निर्माण स्थलमा आएका भारतीय वन रक्षकहरुले नेपालीमाथि कुटपिट गरेका हुन् । नेपाल भारत सीमा पिलर नम्बर १९९ बाट झण्डै १ किलोमिटर नेपालतर्फ रहेको ठाउँमा भारतीय पक्षले हस्तक्षेप गरेको हो । भवन निर्माण भइरहेको जग्गा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको छ ।

Thursday, April 3, 2014

एयरपोर्टका ट्याक्सी र राष्ट्रको इज्जत

 मुलुकको इज्जत के के कुरासँग जोडिएको हुन्छ भन्ने कुरा जबसम्म नागरिकले महसुस गर्दैनन् तबसम्म देशको छवि जोगाउन गाह्रो हुन्छ । नेता, प्रहरी, पत्रकार, वकिल, कर्मचारी मात्र नभएर सबै तह र तप्काका नागरिकले आफूसँगसँगै आफ्नो देशको बारेमा पनि सोच्न सक्ने परिस्थिति निर्माण गर्न नसक्नु नेतृत्वमा बस्नेहरूको कमजोरी हो । चाहे ती जुनसुकै क्षेत्रसँग जोडिएका किन नहुन् । हिजोआज नेपाल प्रहरीमा राम्रो काम गर्नेहरूको प्रतिस्पर्धा चलेझैँ देखिएको छ, पूर्वमा डीआईजी नवराज सिलवालले यसो गरे, पश्चिममा एसपी विक्रम थापा यसो गर्दै छन्, डीआईजी विज्ञानराज शर्मा या एसएसपी रमेश खरेललगायतले गरेका राम्रो कामका गुणगान राम्रै तरिकाले आइरहेका छन् । व्यक्तिहरू राम्रो भए क्षेत्र सुधार त्यति गाह्रो कुरा होइन भन्ने उदाहरणहरू एकपछि अर्को गर्दै पेस भइरहेका छन्, तर एयरपोर्टका ट्याक्सीहरूको मनोमानी रोक्न नसकुन्जेल यस्ता धेरै सफलताका कथाहरू छायामा परिनै रहनेछन् । यस कुराको जल्दोबल्दो उदाहरण संयुक्त राष्ट्रसङ्घीय निकायमा काम गर्ने एक विदेशी मित्रले हालै यस पङ्क्तिकारलाई गरेको प्रश्नलाई लिन सकिन्छ । प्रहरीमा सुधारका कामहरू हँुदै गएका र नमुना कामहरू अघि बढ्दै गएका कुराको चर्चा गर्दै जाँदा उनले सोधेकी थिइन्– अनि यस्तो राम्रो काम गर्नेहरूले एयरपोर्टका ट्याक्सीलाई भने केही गर्न सक्दैनन् ? तिनलाई प्रयोग गर्ने कुनै कानुन छैन ? ट्याक्सीले मोलमोलाई गर्ने क्रममा बीचबाटोमै आफूले ट्याक्सी छोडेर हिँड्नुपरेको कुरा उनले बताएकी थिइन् । हुन पनि एयरपोर्टमा ट्याक्सीको मनोमानी र व्यवहार मानसिक तनाव नै हुने प्रकारको छ ।
ट्याक्सीड्राइभरको व्यवहारले आजित भएकाहरूले सीधै ट्राफिक प्रहरीले यति त विचार गर्नुपर्ने नि भनी गाली गर्ने गरेका छन् । यद्यपि एयरपोर्ट व्यवस्थापन गर्ने नागरिक उड्ययन प्राधिकरणलगायत सम्बन्धित सबै पक्षको सरकोकार र उत्तरदायित्वको विषय हो यो । हामी नेपाली आफ्नो देशको छवि र मान्छेलाई पर्न सक्ने अभरप्रति कति असंवेदनशील छौँ भन्ने कुराको उदाहरण पनि हुन् काठमाडौंका ट्याक्सीड्राइभर र तिनका व्यवहार । त्यसो त ट्याक्सी चलाउनेहरूमै पनि कति राम्रा मान्छेहरू पनि होलान् । नीति, नियममा रहेर हिँड्नेहरू पनि होलान्, तर एयरपोर्टमा त्यसप्रकारको व्यवहार नपाइने हुँदा त्यसप्रकारको महसुस कमै मात्रले गर्न पाएका छन् । बाहिरबाट काठमाडांै आउनेबीच एयरपोर्टमा प्राय: ट्याक्सीकै बारेमा कुरा भइरहेको हुन्छ । विराटनगर, भैरहवा र नेपालगन्जबाट राति पनि प्लेन उडाउन सक्ने व्यवस्था भएकाले कहिलेकाहीँ त्यताबाट राति
फर्कनेहरूले बाटोभरि ट्याक्सीकै बारेमा तनाव लिएको देखिन्छ । रातिको समय कति पैसा भन्ने हुन्, बार्गेनिङ गरेर दिक्कै लाउँछन् लगायतका कुराहरूले नै दिमागमा ठाउँ लिइरहेको हुन्छ । यसो हेर्दा हाम्रो आन्तरिक समस्याझैँ देखिए पनि एयरपोर्टमा ट्याक्सीका फरक–फरक मोलमोलाइपूर्ण व्यवहारले मुलुकको इज्जतमा प्रत्यक्ष खेलवाड गरिरहेको छ । अन्तर्राष्ट्रिय एयरपोर्टमा जब मानिस बाहिर आउँछन् ट्याक्सीड्राइभरहरूको हारालुछ यसरी सुरु हुन्छ मानौँ भुस्याहाहरूले हड्डी भेटेका छन् । अरू देशमा जाँदा ट्याक्सीका लागि हामी यात्रीहरू लाम लाग्नुपर्छ, हामीकहाँ भने फरक–फरक दर लिएर ट्याक्सीवालाहरू यात्रीका वरिपरि झुम्मिन्छन् । दरभाउलाई लिएर कहिलेकाहीँ ट्याक्सीवालैबीच पनि एक–अर्कामा झगडा पर्छ । समग्रमा एयरपोर्टमा गजबको असभ्य रमिता देखिन्छ । यो असभ्य रमिताको अन्त्यका लागि सम्बन्धित निकायले कुनै न कुनै ठोस कदम चाल्नैपर्छ । कहाँ जाने रेट कति हो भनेर फिक्स्ड रेट ट्याक्सी नभएको होइन, तिनको दररेट यति अव्यावहारिक छ कि सर्वसाधारणले आँट्नै सक्दैनन् । व्यावहारिक दरसहितको सहज ट्याक्सी व्यवस्थापन गर्न सके यात्रुका आवश्यकता पूरा हुने मात्र होइन यो मुलुकको बिगँ्रदो छविलाई तटस्थ बनाउनमा पनि केही मद्दत पुग्ने थियो भन्न सकिन्छ । जर्मनीबाट नेपाल घुम्न आएका पर्यटकका लागि नेपालबारेको इम्प्रेसन एयरपोर्टबाटै सुरु हुन्छ । प्रधानमन्त्री सुशील कोइराला कति स्वच्छ छविका मानिस हुन् या आईजीपी उपेन्द्रकान्त अर्यालले प्रहरीमा के परिवर्तन ल्याइरहेका छन् वा मुख्यसचिव लीलामणि पौडेलले कर्मचारीतन्त्र सुधारका लागि के गरिरहेका छन् भन्नेबारेमा ती पर्यटकको खासै चासो नरहन सक्छ । तर, काठमाडौंमा ओर्लिनेबित्तिकै उनले त्यहाँका कर्मचारीबाट कस्तो व्यवहार पाए, कस्तो शौचालय प्रयोग गरे र ट्याक्सीवालाहरूको व्यवहार कस्तो थियो भन्ने कुरा तिनको नेपाल भ्रमणको छुटाउनै नमिल्ने अनुभव बन्न सक्छ । त्यसैले नियममा बाँधेर यहाँका ट्याक्सीलाई व्यवस्थित गर्नका लागि सम्बन्धित पक्षले काम गरोस् ।
केही वर्षअघि सिंगापुर घुम्न गएका बेला हाम्रा केही नेपाली अधिकारीहरूले ट्याक्सी चढेछन् । आफू चढेको ठाउँबाट गन्तव्यसम्म पुग्दा प्रत्येक दिन ट्याक्सीमा उति नै पैसा उठेछ । लगातार तीन दिनसम्म अलग–अलग ट्याक्सी चढ्दा पनि एक पैसा तलमाथि नभईकन पैसा उठेको देखेपछि छक्क पर्दै उनीहरूले पछिल्लो ट्याक्सीड्राइभरलाई सोधेछन्– हामीकहाँ त ट्याक्सीमा एकै ठाउँ जाँदा पनि फरक–फरक पैसा उठ्छ, तर यहाँ त उतिनै उठ्दो रै’छ, अलिकति पनि तलमाथि भएन…कसरी ? ट्याक्सी ड्राइभरले भनेछन्, ‘हेर्नुस्, यहाँ हामीले तपाईंहरूलाई ठग्यौँ भने भोलि तपाईं आफ्नो देश गएर ट्याक्सीले ठग्यो या कुनै ट्याक्सीड्राइभरको नाम लिएर त्यसले ठग्यो भन्नुहुन्न, सिंहापुरको ट्याक्सीले ठग्यो भन्नुहुन्छ । म या मेरो ट्याक्सीभन्दा अगाडि मेरो देशको नाम आउँछ र हामी आफ्नो देशको छविप्रति असाध्यै सचेत छौँ । त्यसैले हामी त्यस्तो काम गर्दैनौँ ।’ यता हाम्रो देशमा भने ठीक उल्टो छ । यो देशको एयरपोर्टमा झरेर ट्याक्सी चढ्नुप-यो भने ट्याक्सीवालाको मोलमोलाईले विदेशीको त के कुरा नेपालीलाई नै पनि हरे… यो ट्याक्सी भन्ने त जिन्दगीमा कहिल्यै चढ्नु नपरे पनि त हुन्थ्यो नि जस्तो लाग्छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै एयरपोर्टमा ट्याक्सीवालाको तानातान र पैसाको बार्गेनिङ हेर्दा यस्तो लाग्छ– यो मुलुकमा कुनै कानुन छैन जसले जति पैसा लिए पनि हुन्छ, यात्रुलाई जस्तो व्यवहार गरे पनि हुन्छ, प्रहरी, ट्राफिक कार्यालय, प्रशासन केही पनि छैन । अझ विदेशी देखे भने त ट्याक्सीवालाले यस्तो व्यवहार गर्छन् कि मानौँ तिनीहरू त पैसाको बोट हुन्, ट्याक्सीले ठग्न या नेपाली ट्याक्सीड्राइभरहरूबाट ठगिनकै लागि तिनीहरू नेपाल आएका हुन् । ‘कति पैसा दिने ?’ बाट सुरु भएको उनीहरूको बार्गेनिङ ‘यतिबिना त हुँदैन’सम्ममा पुग्दा यस्तो लाग्छ एयरपोर्ट ट्याक्सी व्यवस्थापनका लागि यहाँ कुनै आधिकारिक निकाय नै छैन । ट्याक्सीवालाको हारालुछबाट उम्किएर गन्तव्यस्थान पुग्दासम्म यो मुलुकबारे एकप्रकारको छवि पर्यटकहरूले बनाइसकेका हुन्छन् । अनि बाहिर जसले जतिसुकै राम्रो गरे पनि त्यसले जुन महत्व पाउनुपर्ने हो त्यो प्राप्त गर्न गाह्रो छ ।