माओको देहान्त भएको एकतीस वर्ष भैसक्यो । यो बीचमा विश्वमा कुनै पनि क्रान्ति पूरा हुन सकेनन् । माओलाई नमान्नेहरूले क्रान्तिको झण्डा पहिल्यै छाडिसके पनि उहाँलाई मान्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूहरूले विविध ढंगले क्रान्तिलाई अगाडि बढाउने कोशिस गरेकै हुन् । फिलिपिन्सको क्रान्ति बीसौं वर्षदेखि अगाडि बढिरहेको छ तर गतिरोधमा छ । भारतको नक्सलवादी आन्दोलन पनि झण्डै चालीस वर्ष पुग्न थालिसक्यो । अगाडि त बढिराखेको छ तर अपेक्षित गतिमा त्यो पनि छैन । पेरुको क्रान्ति छिट्टै विकसित भयो र छिट्टै दुर्घटना पनि भयो । टर्कीलगायतका देशका क्रान्तिहरूले पनि खासै सफलता हासिल गर्न सकिराखेका छैनन् । नेपालमा मात्रै हामीले यस्तो नितान्त नयाँ प्रयोग गर्यौं, जसले दश वर्षको छोटै अवधिमा क्रान्तिलाई उचाइमा पुर्यायो । यतिखेर त्यसलाई पूर्णता दिन अहिलेको विश्व परिस्थितिलाई ध्यानमा राखेर बिल्कुलै नयाँ ढंगको असाध्यै चक्करदार कार्यनीति अपनाउँदै हामी अगाडि बढिराखेका छौं । त्यसैले यतिबेला माओको सान्दर्भिकता घटेको होइन, बढेको छ । अहिलेको विश्वमा कोही क्रान्तिकारी छ भने त्यो माओवादी मात्रै छ । आफूलाई माओवादी भन्न नचाहने कोही पनि क्रान्तिकारी छैनन् । त्यसैले, माओवादी भनाइनुमा हामीले गर्व गर्न सक्नुपर्दछ ।
हुन त हामीले छुट्टै प्रसङ्गमा- अब एकीकृत पार्टीर् बनाउनुपर्छ । एउटै देशमा माओलाई मान्ने पार्टीहरू पनि दशथरी टुक्रा भएर बस्नुहुन्न, एकताबद्ध हुनुपर्छ । सबै कम्युनिष्टहरूको एउटै क्रान्तिकारी केन्द्र हुनुपर्छ । त्यसो गर्न आवश्यक परे एउटै नेपाल कम्युनिष्ट पार्टी मात्रै भन्ने पनि सोच्न सकिन्छ भन्दाखेरि हामीले माओवादलाई परित्याग गर्न खोजेको भनेर प्रचार पनि गरियो । त्यो सत्य होइन । माओले माक्र्सवाद-लेनिनवादमा जुन गुणात्मक विकास गरेर सर्वहारावादी क्रान्तिको विज्ञानलाई नयाँ उच्च चरणमा उठाउनुभयो, त्यसलाई आत्मसात नगरिकन अहिलेको साम्राज्यवादी विश्वमा क्रान्ति सम्पन्न हुन सक्दैन । त्यसैले माक्र्सवाद-लेनिनवाद-माओवाद भनेको सर्वहारावर्गको क्रान्तिको सिद्धान्त हो । यसमा कुनै प्रकारको द्विविधा हुन सक्दैन । जसले माक्र्सवाद-लेनिनवाद-माओवादलाई अपनाउन आनाकानी गर्छ उसको नेतृत्वमा क्रान्ति पनि सम्पन्न हुन सक्दैन । त्यसैले हाम्रो पार्टीले माओलाई विश्वसर्वहारा वर्गका गुरुहरूको कोटीमा असाध्यै उच्च सम्मान गर्छ ।
पार्टी एकताको सन्दर्भमा पनि माओवादलाई परित्याग गर्ने कुरा गरिएको छैन । हामीसित पार्टी एकताको छलफलमा रहेका एकताकेन्द्र-मसाल, नेकपा -एकीकृत) र अरु समूहरू माओको योगदानलाई मान्ने कुरा त गर्छन् तर 'माओवाद' पदावली स्वीकार्न हिच्किचाउँछन् । उनीहरू सारतः माओका योगदानको सार्वभौमिकतालाई स्वीकार गर्छन् तर पदावली भने 'माओ विचारधारा' प्रयोग गर्छन् । त्यसैमा हाम्रो बहस हो । 'माक्र्सवाद-लेनिनवाद-माओवाद' नै हुनुपर्छ भन्ने हाम्रो पार्टीको अडान छ । एकता प्रक्रियामा ठीक छ, बहसबाट जान सकिन्छ । महाधिवेशनसम्म छलफल गर्ने स्वतन्त्रता हुन सक्छ । जो साथीहरू एकताप्रक्रियामा नयाँ ढंगले आउनुहुन्छ, उहाँहरूलाई आफ्नो विचार राख्ने ठाउँ दिन सकिन्छ । तर, जहाँसम्म नेकपा-माओवादी)को अडान हो 'माओवाद' पदावली छोडेर हामी क्रान्तिकारी रहिरहन सक्दैनौं भन्नेमा हामी दृढ छौं । मालेमावादका सार्वभौम सिद्धान्तलाई हामीले कुनै पनि हालतमा परित्याग गर्न सक्दैनौं । त्यसलाई बदलिएको सन्दर्भमा अझ कसरी विकसित गर्ने भन्ने मात्र हो । ०५२ सालदेखि सुरु गरिएको जनयुद्धले माओले देखाएकै बाटोमा हिँडेर जुन सफलता हासिल गर्यो, त्यसबाट अगाडि बढेर हामीले ०५७ सालपछि हाम्रा अनुभवहरूलाई प्रचण्डपथको रुपमा संश्लेषित गर्यौं । त्यहाँदेखि हाम्रो निर्देशक विचार माक्र्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ बनेको छ, जसमा हामी दृढ छौं ।
माओलाई संसारभरका क्रान्तिकारीहरूले आफ्नो महान् गुरु मान्छन् । उहाँका थुप्रै योगदान छन् । तीमध्ये पनि दुइटा योगदान अहिलेको हाम्रो सन्दर्भमा बढी महत्वपूर्ण छन्- पहिलो, द्वन्द्ववादको बुझाइ, प्रयोग र विकासको प्रश्न । दोस्रो, त्यसैबाट निःसृत भएको निरन्तर क्रान्तिको सिद्धान्त ।
एकता-संघर्ष-रुपान्तरण द्वन्द्ववादको आधारभूत नियम हो । एकको दुईमा विभाजन हुन्छ- सकार र नकार । तिनीहरूबीच निरन्तर द्वन्द्व चलिराख्छ । भौतिक जगत् र सामाजिक जगत्मा पनि एकता-संघर्ष-रुपान्तरणको विधि निरन्तररुपले लागू हुन्छ । यसरी मात्र समाज र दुनियाको विकास हुन्छ । यसलाई स्वीकार गरिएन अथवा मुखले स्वीकार गरे पनि व्यवहारमा लागू गर्न सकिएन भने समाज, पार्टी, विचार र हामी मान्छेको पनि विकास हुँदैन । त्यसकारण निरन्तर एकता-संघर्ष-रुपान्तरणको नियमलाई दह्रोसँग आत्मसात गर्नुपर्छ भन्ने नै माओबाट हामीले सिक्नुपर्ने सबभन्दा महत्वपूर्ण कुरा हो । हाम्रो पार्टीको विकासको मुख्य आधार पनि यही हो । विगतमा, खासगरी क. स्टालिनको पालामा द्वन्द्ववादसम्बन्धी बुझाइमा अधिभूतवाद देखापर्यो- एकता देख्दा संघर्ष नदेख्ने र संघर्ष देख्दा एकता नदेख्ने । अझ संघर्षपछि रुपान्तरण हुन्छ भन्ने अर्थमा नबुझ्ने, संघर्षपछि ध्वंस हुन्छ र विखण्डनतर्फ जान्छ भनेर एकाङ्गी ढंगले बुझ्ने । क. स्टालिनको पालापछि थुप्रै कम्युनिस्ट पार्टीहरूमा असाध्यै एकमनावादी चिन्तन देखापर्यो । त्यसले गर्दा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अलिकति संघर्ष हुनेवित्तिकै विखण्डन र फुटतिर जाने, फेरि रुपान्तरणसहितको एकता प्राप्त गर्न नसक्ने भयो । यो समस्या हामीकहाँ पनि देखापर्यो । त्यसो भएको हुनाले ००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ०१९ सालपछि थुप्रै चिराहरूमा विभाजित भयो । सानातिना कुरामा फुट्ने तर कहिल्यै जुट्न नजान्ने जुन प्रवृत्ति थियो, हाम्रो पार्टीले मात्रै त्यसमाथि विजय प्राप्त गर्यो । त्यसैले हाम्रो पार्टी नेकपा (माओवादी) अहिले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा विकसित भएको छ ।
हालसालै राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा हाम्रो पार्टी फुट्छ भनेर थुप्रैले हल्ला गरे, तैपनि हामी फेरि एकताबद्ध भयौं । द्वन्द्ववादको आधारभूत नियमलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा हाम्रो पार्टीले हासिल गरेको कुशलताकै कारण यस्तो संभव भएको हो । असाध्यै उच्च प्रकारको जनवादी छलफल एवम् वैचारिक संघर्षबाट हामी रुपान्तरणमा उत्रिएका छौं । पार्टीलाई नयाँ आधारमा एकताबद्ध गरेका छौं । यो हामीले माओबाट सिकेको पाठकै परिणाम हो ।
यस सँगसँगै जोडिएको अर्को पाटो भनेको निरन्तर क्रान्तिको सिद्धान्त हो । विपरितहरूको एकत्वको सिद्धान्तमै आधारित भएर माओले क्रान्तिपछि पनि निरन्तर क्रान्ति चलाइराख्नुपर्छ भन्ने मान्यता अघि सार्नुभयो । जबसम्म वर्गविहीन समाज आर्थात् साम्यवादसम्म पुग्दैनौं, त्यतिबेलासम्म क्रान्ति जारी राख्नुपर्छ । साम्यवादमा पुगिसकेपछि पनि प्रकृतिसँगको संघर्ष जारी रहन्छ । सामान्य अमिवाबाट विकासित भएर हामी मान्छेसम्म आइपुगेका छौं । हिजो हामी त्यस्तोबाट आएका मान्छे करोडौं वर्षपछि यहाँ आइपुगेका छौं भने अर्को करोडौं वर्षपछि, अरब वर्षपछि के होला ? तपाईं कल्पना गर्नुस् । त्यो निश्चित्रुपमा अर्को नयाँ वस्तु जन्मिनै पर्छ । मान्छेभन्दा पनि उच्च प्रकारको जीव यो संसारमा निस्किनै पर्छ । यो द्वन्द्ववादबाट निःसृत भएको निरन्तर क्रान्तिको सिद्धान्त हो, सामाजिक जगत्मा र भौतिक जगत्मा पनि । त्यसो भएको हुनाले क्रान्तिलाई निरन्तर प्रक्रियाको रुपमा बुझ्नुपर्छ । अहिले हामी जुन चरणबाट नेपालमा गुजि्रराखेका छौं, यसमा नयाँ ढंगले क्रान्ति नै अगाडि बढाइरहेका छौं भनेरे बुझ्नुपर्छ । यो बुझ्न नसक्दा कतिपय साथीहरूले हिजोको जनयुद्धलाई मात्र क्रान्ति ठान्ने, जनयुद्धपछिको यो प्रक्रियालाई क्रान्ति नठान्ने, 'क्रान्ति सिद्धियो, अब पूरा भयो' भनेर आरामसँग बस्न खोज्ने जुन सोच आउँछ, अथवा हिंसात्मक स्वरुपको जनयुद्धलाई मात्र क्रान्ति ठान्ने र शान्तिपूर्ण ढंगले नयाँ क्रान्तिको हामीले जुन तयारी गरिरहेका छौं, त्यसलाई क्रान्ति नदेख्ने जुन सोच हो, त्यो अधिभूतवादी सोच नै हो । क्रान्ति अनवरत हुन्छ तर क्रान्तिका रुपहरू परिस्थितिअनुसार फरक-फरक भैराख्छन् । त्यसले कहिले असाध्यै हिंसात्मक त कहिले शान्तिपूर्ण स्वरुप ग्रहण गर्छ । तर, ती अन्तरसम्बन्धित हुन्छन् । हामीले क्रान्तिको शृङ्खलाका कडीहरू जोडिएर अगाडि बढ्छन् भन्ने तथ्यलाई बुझ्न सक्नुपर्छ ।
जनयुद्धलाई एउटा उचाइमा पुर्याएर हामीले फेरि नयाँ ढंगले क्रान्तिलाई अहिले अगाडि बढाइराखेका छौं । क्रान्ति पूरा भएको छैन । हामी नेपालमा आफ्नै विशिष्टता एवम् मौलिकतासहित जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादको महान् यात्रामा अगाडि बढ्दै छौं ।
विश्व सन्दर्भलाई जोडेर आफ्नो देशको ठोस विशेषतामा क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्छ । सामान्य र विशिष्टबीचको सम्बन्धलाई जोडेर मात्रै क्रान्तिलाई अगाडि बढाउन सकिन्छ । प्रत्येक देश र कालखण्डमा क्रान्तिको कार्यदिशा, रणनीति र कार्यनीति मौलिक ढंगले विकास गर्नुपर्छ भन्ने हामीले माओबाट सिक्नुपर्छ । हुन त माक्र्सहरूले पनि आफ्नो ढंगले क्रान्तिका कुराहरू गर्नुभएको थियो । लेनिनले आफ्नै ढंगले विद्रोहात्मक तरिकाले रुसमा क्रान्ति सम्पन्न गर्नुभएको थियो । तर माओको पालमा आउँदाखेरि क्रान्तिको केन्द्र चीनजस्तो असाध्यै पिछडिएको देशमा सर्यो । त्यसपछि आफ्नै विशिष्टतासहितको क्रान्तिको मोडेल विकास गर्नुपर्छ भन्ने विषयमा ठूलो बहस चल्यो । पेरिस कम्युन जम्मा ७२ दिनमा नै ढलेको थियो । त्यसपछिको लामो अवधिमा विश्वव्यापी हलचल ल्याउने खालको क्रान्ति भनेको रुसको बोल्शेभिक क्रान्ति मात्रै थियो । रुसको क्रान्ति सफल भैसकेपछि मान्छेमा एक खालको यान्त्रिकता आइराखेको थियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा खासगरी तात्कालीन तेस्रो अन्तर्राष्ट्रियमा सबैले रुसी मोडेलले मात्रै क्रान्ति गर्न खोज्ने र त्यो एकमात्र मोडेल हो भन्ने खालको यान्त्रिक सोचाइ थियो । त्यही हुनाले चीनमा पनि वाङमिङ, लि लि शानहरूले उही रुसी क्रान्तिको नक्कल गर्न खोजिरहेका थिए । तर माओले असाध्यै मौलिक ढंगले के कुरा अघि सार्नुभयो भने एउटा देशमा भएको क्रान्ति उही रुपमा दोहरिँदैन । क्रान्तिकारीहरूले मार्क्सवाद-लेनिनवादको सार्वभौम सिद्धान्तमा टेकेर आ-आफ्नो देशमा मौलिक ढंगले क्रान्तिको विकास गर्न सक्नुपर्छ भन्ने मान्यतालाई माओले स्थापित गर्नुभयो । उहाँले रुसी क्रान्तिको मोडेलभन्दा अगाडि बढेर, विश्वसाम्राज्यवादको स्वरुप बदलिरहेको छ र चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थिति पनि फरक छ भन्ने मान्यताका आधारमा दीर्घकालीन जनयुद्धको मोडेल अगाडि सार्नुभयो । दीर्घकालीन जनयुद्धकै मोडेलबाट उहाँले चीनमा क्रान्ति सम्पन्न गर्नुभयो । र त्यो क्रममा उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा के कुरा स्थापित गर्नुभयो भने हामी सर्वहारावादी क्रान्तिकारीहरूले आफ्नो ऐतिहासिक सापेक्षतामा र आफ्नो देशको विशिष्टतामा क्रान्तिको नयाँ मोडेल पत्ता लगाउन सक्नुपर्छ ।
यदि सिर्जनशील ढङ्गले लागू गर्न सकिएन भने एकचोटिको द्वन्द्ववाद अर्कोचोटि अधिभूतवादमा पनि पतन हुन पुग्छ । माओको देहान्तपछि दीर्घकालीन जनयुद्धको कार्यदिशालाई यान्त्रिक ढङ्गले लागू गर्न खोज्दाखेरि कहीँ पनि सफल भैरहेको छैन । चीनकै जस्तो गरी क्रान्ति कहीँ पनि सम्पन्न भइरहेको छैन । किन ? माओले अगाडि सारेको त एउटा मूल मान्यता हो । उहाँले असाध्यै साहसिक प्रयोग गर्नुभएको थियो । तर अहिलेको हाम्रो सन्दर्भमा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई पनि विकास गरेर लानुपर्छ ।
मूल कार्यदिशा दीर्घकालीन जनयुद्ध हुँदाहुँदै पनि अहिलेको विश्व र नेपालको परिस्थितिअनुकूल त्यसमा विकास गर्न सकेनौं भने धर्मगुरुहरूले धर्मग्रन्थ पाठ गरेझैं हामीले माओले यसो भन्नुभएको थियो मात्रै भनेर बस्यौं भने त्यसले काम गर्दैन भन्ने कुरा विगतका तीस वर्षले देखाएका छन् । माओको देहान्तपछि विश्वमा कुनै पनि क्रन्ति सफल नहुनुको कारणले पनि देखाएको छ । त्यसैले हाम्रो पार्टी के भन्छ भने दीर्घकालीन जनयुद्धको आमसिद्धान्त सही छ । तर, विशिष्ट परिस्थितिअनुसार त्यसलाई पनि विकसित गर्नुपर्छ । यही मान्यताअनुसार सबभन्दा पहिले ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनमा आइपुग्दा हामीले जनयुद्धमा सशस्त्र विद्रोहका कतिपय पक्षहरूलाई समायोजन गर्नुपर्छ भन्ने संश्लेषण गर्यौं । त्यसभन्दा पनि अगाडि बढेर चुनवाङ वैठकसम्म आइपुग्दा शान्तिवार्ताको पक्ष पनि जोडेर लानुपर्छ भन्यौं । पछि आएर जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता र कुटनीति- यी चारवटै पक्षको समायोजन गरेर नयाँ कार्यदिशाको विकास गर्नुपर्छ भन्ने मान्यता हामीले कामीडाँडा वैठकसम्म आउँदा अगाडि सार्यौं । त्यसैको प्रयोग हामीले गरिरहेका छौं । अहिलेको सन्दर्भमा हामीले ठीकसँग बहस छलफल गर्नुपर्ने विषय नै यही हो । यसलाई ठीक ढङ्गले ग्रहण गर्न नसक्दाखेरि हामी कहिलेकाहीँ असमान्जस्यमा पनि पर्न सक्छौं ।

No comments:
Post a Comment