Friday, November 16, 2012

बढि मोटाएर चिन्तामा हुनुहुन्छ ? खानुस् यी ७ खानेकुरा


के तपाइँलाई सरीरको वजन धेरै भएर वा धेरै मोटाएर चिन्ता लागेको छ ? कसरी वजन घटाउने होला भन्ने सोँचमा हुनुहुन्छ ? वजन घटाउन व्यायाम अर्थात् डाइटिङको तयारीमा हुनुहुन्छ ? यदि हो भने अब तपाइँले धेरै संघर्ष गरिरहनु परेन ।
तपाइँले वजन घटाउन उपवास बस्नु वा डाइटिङ गर्नु आवश्यक छैन । तपाइँले हल्का व्यायाम सँगै सन्तुलित भोजनमा ध्यान दिएमा तपाइँको तौल नियन्त्रण हुन्छ । वजन घटाउन यी खानेकुरा सहयोगी हुन्छन् :
१. च्याउ : च्याउका विभिन्न परिकारको नियमति सेवनले सरीरमा प्रोटिन लगायतका पौष्टिक तत्वको आपूर्ति त गर्छ नै तपाइँको वजन नियन्त्रणमा पनि सघाउ पूराउँछ ।
२. अण्डा : मोटाएर चिन्तामा हुनुहुन्छ र तौल घटाउन चाहनुहुन्छ भने बिहान खाजाको रुपमा अण्डा खानुहोस् । यसले तपाइँको क्यालोरी आवश्यकता पूरा गर्ने मात्र होइन तपाइँको भोक समेत कम गर्नेछ ।
३. स्याउ : स्याउमा क्यालोरीका साथै प्रसस्तै फाइबर समेत हुने भएकाले यसले वजन नियन्त्रणमा सहयोग गर्छ ।
४. तरकारीको सुप : खानासँगै प्रसस्तै तरकारीको झोल खाएमा त्यसले तपाइँले खाने खानाको मात्रा घटाउँछ र वजन नियन्त्रणमा सहयोग पूराउँछ ।
५.जौँ तथा फापरका परिकार खाने गर्नाले पनि वजन नियन्त्रणमा सघाउ पूराउँछ । यसमा हुने कार्बोहाइड्रेटको दहनमा लामो समय लाग्ने भएकाले त्यसबेला सम्म उर्जा उत्पन्न गर्नका लागि सरीरको बोसो उपयोग हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ ।
६. खाना सँगै रातो पिरो खुर्सानी खाने गर्नाले समेत भोजनको मात्रा घट्छ र वजन घटाउन सहयोग पुग्छ ।
७. बदाम : थोरै परिमाणमा पनि पर्याप्त क्यालोरी प्रदान गर्न तथा भोक घटाउन बदाम उपयोगी हुन्छ, जसले वजन नियन्त्रणमा प्रत्यक्ष सघाउ पूराउँछ ।

२० राज्यलाई अमेरिकाबाट अलग गर्न माग गर्दै ह्वाइट हाउसमा निबेदन


अमेरिकी राष्ट्रपति बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनका समर्थकहरुले धुमधामसँग खुसी मनाए । पराजित उम्मेबार मिट रोम्नीका समर्थक भने निरास देखिए ।
निर्वाचनमा हार-जित हुनु स्वभाविक नै हो । तर, ओबामाको जितपछि निराश भएका १ लाख भन्दा बढी अमेरिकीले छुट्टै देशको माग गरेका छन् ।
अमेरिकाबाट आफ्नो राज्यलाई अलग गर्न माग गर्दै करिव २० वटा राज्यका मानिसले ह्वाइट हाउसमा निबेदन दिएको बीबीसीले जनाएको छ । निवेदनमा रिपब्लिकन उम्मेदबार रोम्नीलाई समर्थन गरिएको छ । अमेरिकाको संविधानमा राज्य देशबाट अलग हुने सक्ने व्यवस्था छैन ।
तर उनीहरुले अमेरिका बेलायतबाट स्वतन्त्रता हुँदाको घोषणापत्रको एक लाइन उल्लेख गर्दै आफुहरु स्वतन्त्र हुन पाउनुपर्ने जिकिर गरेका छन् । सोमबार रातिसम्म निवेदनबारे हृवाइट हाउसले केही जवाफ दिएको छैन ।

अध्यारोमा पनि मानिसले देख्न सक्छ !


मानिसको यस्तो प्रजाति होस्, जो विना थकाबट काम गर्न सकोस् र साना या ठूला हरेक कुरा याद गर्न सकोस् । यो विज्ञासनको फिक्शन जस्तो लाग्छ । तर, यो सम्भव भएको विशेषज्ञहरु बताउँछन् । मानवीय क्षमतमा भइरहेको तिब्र अनुसन्धानले छिट्टै यसलाई साकार बनाउने भन्दै विशेषज्ञहरुले त्यसका लागि तयार रहनु पर्ने बताएका छन् ।
यद्यपी अहिल्यै पनि सम्झनाशक्ति कम भएका र अति सक्रिय बच्चाका लागि बजारमा विभिन्न औषधी छन्, जसले मानसिक कमजोरी हटाउने छ । अबको १५ वर्षभित्रमा नै मानव जीवनको सबै अनुभव रेकर्ड गर्ने र बर्सनासाथ हेर्न सक्ने सानो उपकरण बन्ने बैज्ञानिकहरुको अनुमान छ ।
अध्यारोमा पनि देखिन्छ
विशेषज्ञहरुका अनुसार मेशीनीकृत अंक र इन्जिजियरिङमा भएको प्रगतिले मानिसले अध्यारोमा पनि देख्न सक्छन् । तर, यस प्रगतिको ठूलो मूख्य चुकाउनु पर्ने उनीहरुले चेतावनी दिएका छन् । द एकेडेमी अफ मेडिकल साइन्स, द ब्रिटिस एकेडेमी, द रोयल एकेडेमी अफ इन्जिनियरिङ र द रोयल सोसाइटीमा कार्यरत बैज्ञानिकहरुका अनुसार प्रविधिको विकासले मानिसको प्रदर्शन र सहायता एजेन्सीमा सुधार त हुनेछ तर, यसको प्रयोगले गम्भीर नैतिक, दार्शनिक, नियमक र आर्तिक मुद्धा चर्किनेछ ।
चार संस्थाले तयार पारेको साझा रिपोर्टमा प्रविधिको विकासले हुनसक्ने सम्भावित क्षतीबारे तत्काल बहस थाल्न सचेत गराइएको छ । स्थायी समितिका अध्यक्ष नेजीवर रिचर्डसले भनेका छन्-’विभिन्न प्रविधिको विकास हुँदैछ र केही विषयमा प्रयोग पनि भइरहेको छ । यस्तोमा हाम्रो काम गर्ने तरिकामा परि परिर्वतन हुनसक्छ, जुन राम्रो वा नराम्रो जे पनि हुनसक्छ ।’
परीक्षाको समयमा मस्तिकको क्षमता बृद्धिका लागि विद्यार्थीहरुले स्मार्ट पिलको प्रयोग गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !


नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधासम्पन्न हवेलीको बास, सुबिधासम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन- गरिव मुलुकका ठाँटिला नेताहरु भनेर ।
तर दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले गान्धीको भन्दा पनि सादगी जीवनशैली अपनाएर सन्सारका नेताहरुलाई चुनौती दिएका छन् । सन् २०१० मार्चबाट उरग्वेका राष्ट्रपति रहेका यी ७७ बर्षे बुढा राजधानीको छेउमा श्रीमतिको सामान्य कृषि फार्ममा बस्छन र तलववापत आउने अधिकांश रकम गरिवका लागि दान दिन्छन् ।
सरकारले दिएको सुबिधासम्पन्न आवास र गाडी त्यागेर श्रीमतिको फार्महाउसमा बस्न थालेका यी बुढाले सागदी जीवनशैली अपनाएर बिश्वका नेताहरुलाई चुनौती दिएका छन भने सवैभन्दा गरिव राष्ट्रपतिको पहिचान पनि बनाएका छन् ।

श्रीमतिको फार्महाउसमा बसिरहेका उनलाई केवल तीन जना पुलिस र दुई कुकुरले सुरक्षा दिन्छन् । त्यसमध्ये एक कुकुर तीनवटा खुट्टा भएको अर्थात अपाङ्ग छ । आफुले पाउने १२ हजार अमेरिकी डलर तलवमध्ये ९० प्रतिशत दान दिने मुजिकाले श्रीमतिसँगै मिलेर फार्महाउसमा आफै काम गर्छन् ।
सन् १९६० र ७० को दशकमा कम्युनिष्ट बिद्रोही संगठनको नेतृत्व गरेका यी नेताले ६ पटक गोली खाएका छन भने करिव १४ बर्ष जेल जीवन बिताएका छन् । आफ्नो फूल खेतनिर पुरानो कुर्सीमा बसेका राष्ट्रपति मुजिकाले बीबीसीसँग भने-’मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ, मसँग जे जति त्यसैबाट राम्रो तरिकाले जीवन जिउन सक्छु ।’ जेलमा बस्दाका तीनै कठिन दिनले आफुलाई सादा जीवन जिउन सिकाएको उनले बताए ।
सन् २०१० मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसँग एक हजार ८ सय डलर पर्ने भक्सवागनको पुरानो गाडीमात्र थियो ।
‘मलाई कँगाल राष्ट्रपति भन्छन तर मलाई त्यस्तो लाग्दैन’ राष्ट्रपति महोदयले भने- गरिव त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन जहिले धेरैभन्दा धेरै कमाउन चाहान्छन ।’
(onlinekhabaar.com)