Friday, June 13, 2014

ज्यान मार्ने चालकको लाइसेन्स अब खारेज हुने

काठमाडौं,जेठ२९– सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान गए अब सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) खारेज जै गरिने भएको छ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको आजको राजधानी दैनिकमा खबर छ ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी कम गराउनका लागि भन्दै बैठकले दुर्घटनामा ज्यान गएमा सवारी चालकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । सोही आधारमा बैठकले दुर्घटना गराउने चालकलाई कारबाही गर्ने व्यवस्थासहित नयाँ कानुन ल्याउने निर्णय पनि गरेको छ । यसैगरी अब सवारीको लाइसेन्स लिनका लागि निश्चित मापदण्ड पूरागर्नुपर्ने व्यवस्था पनि बैठकले गरेको छ ।
जसअनुसार निश्चित शैक्षिक योग्यता र निश्चित उमेरसमेत तोक्ने निर्णय बैठकले गरेको हो ।

विश्वकप फुटबलमा ब्राजिलको विजयी सुरुवात, नेयमार चम्किए

३० जेठ, काठमाडौं । घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नेयमार चम्किएपछि ब्राजिल विजयी सुरुवात गरेको छ । १-० ले पछि परेको अवस्था उल्टाउँदै ब्राजिलले क्रोएसियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
साओ पाउलोमा भएको खेलमा अग्रता भने क्रोएसियाले उपहार गोलमार्फत लिएको थियो । ११ औं मिनेटमा ब्राजिलका मार्सेलोले आफ्नो पोष्टमा गोल गरे । काउन्टरमा क्रोएसि
याका खेलाडीले दिएको पास क्लियर गर्नु पर्नेमा उनले आफ्नो पोष्टमा गोल गरेका थिए ।
तर, क्रोएसियाले धेरेबेर त्यसलाई जोगाउन सकेन । २९ औं मिनेटमा उनले डिबक्स बाहिरबाट हानेको लो बल बारमा लाग्दै गोलमा परिणत भयो र रंगशालामा रहेका हजारौं दर्शकले खुसी मनाए ।
खेलको ७१ औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो । लोभरानले लोभरेनले हल्का छोएका मात्र थिए । फ्रेड डि बक्स भित्र लडेपछि जापानी रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिए । जसमा नेयमारले कुनै गल्ती गरेनन् र ब्राजिललाई २-१ को अग्रता दिलाए । यद्यपि रेफ्रीको यो निर्णय विवादास्पद बनेको छ ।
खेलको ९० औं मिनेटमा ओस्कारले गोल गर्दै ब्राजिललाई ३-१ को जित दिलाए । तर, ब्राजिलको प्रदर्शन सोचेजस्तो थिएन । बराबरीपछि क्रोएसियाविरुद्ध गोल गर्न झण्डै ४० मिनेटमसम्म कुर्नु परेको थियो ।
यसअघि २७ औं मिनेटमा नेयमारले पहेँलो कार्ड पाए । बल हेड गर्ने क्रममा क्रोएसियाका लुका मोडरिकलाई फल गरेका थिए । खेलपछि क्रोएसियाका प्रशिक्षकले भने रातो कार्ड नदिएको भन्दै असन्तुष्टि जनाए ।

विश्वकपसँगै नेपालमा जर्सीको प्रयोग बढ्यो


ब्राजिलमा विश्वकप सुरु भएको छ, जसमा ३२ देशले भाग लिएका छन् । तर, सिंगो विश्व विश्वकपमा झुमेको छ । नेपालमा पनि विश्वकपको ज्वरो चढेको छ ।
खेलको समय नेपालीहरुको अनुकुल छैन । तर, पनि नेपालीहरु मध्यरातमा भएका खेलहरु हेर्न छुटाउँदैनन् । नेपालीहरु विभिन्न देशको जर्सीमा सजिएका छन् । व्यापारीहरुका अनुसार नेपालमा ब्राजिल र अर्जेन्टिनाको जर्सी धेरै विक्री भएको छ । त्यसपछि जर्मनी, स्पेन लगायतको देशको जर्सी पनि विक्री भइरहेको छ ।