Monday, February 24, 2014

पूर्वी नेपालमा भारतीय अतिक्रमण

भारतले पूर्वी नेपालसँग सीमा जोडिएको झापाको तीन हजार बिघाभन्दा बढी जमिन अतिक्रमण गरेकोे छ भने १९ वटा जंगे पिलर गायब बनाएको छ। पीडितहरुका अनुुुसार ती क्षेत्रमा ३ हजार बिघाभन्दा बढी जमिन मिचेर भारतीय नागरिकले वर्षौंदेखि खेती गर्दै आएका छन्। मिचिएको १७ बिघा जमिनको लालपुर्जा हातमा देखाउँदै महेशपुरका रोहित राजवंशीले भने– “धेरैपल्ट सम्बन्धित निकायमा धाएँ तर, कस्ौले सुनेनन्।आफ्नो सम्पत्तिमा अर्कैले मोज गर्‍यो, देख्ता भक्कानो फुटेर आउँछउनले दुखेसो पोखे। ती क्षेत्रका पीडितहरुले मिचिएको आफ्नो जमिन फिर्ता गराउन पहल गर्न सीमा सुरक्षा कार्यालय, जिल्ला प्रशासनलगायतका निकायमा पटक पटक अनुरोध गरे पनि सुनवाइ नभएको बताएका छन्। 
  
सीमा सुरक्षा कार्यालय झापाका अनुसार बाहुनडाँगीदेखि मोरङको सीमाना सम्म रहेका १ सय ७५ पिलर मध्ये १९ वटाको नामनिशाना नै छैन। ती हराएका सीमास्तम्भमा बाहुनडाँगीका १७, १८ र २८ नम्बर मेचीनगरका ४६ र ५३ ज्यामिरगढीका ५५, ६९, ७०, ९२, र ९५ रहेका छन्। त्यसैगरी भद्रपुरका ११२, र ११३ महेशपुरको १०२, पाठामारीको १०९, घेराबारीको १२७, महाभाराको १३८ र १३९ केराबारीको १४५ र खजुरगाछीको पिलर नम्बर १५२ हराएका हुन्।
  
सीमास्तम्भ हराउनुमात्र होइन, भारतीय पक्षले पुरानाको ठाउँमा नयाँ स्तम्भसमेत खडा गरेको पाइएको छ। सीमा सुरक्षाका डीएसपी राजु श्रेष्ठले भने– “डाटा लिन जाँदा १९ वटा त हराएको पायौं तर, कति भूभाग मिचिएको छ, त्योचाहिं थाहा छैन। मिचिएको भूभाग हेर्ने अधिकार आफूहरुलाई नभएको श्रेष्ठको भनाइ छ। विज्ञहरुका अनुसार झापामा ३ हजार बिघाभन्दा बढी नै जमिन मिचिएको छ। मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक चिन्तामणि दाहाल मिचिएको भूमिको एकिन तथ्याङ्क नभए पनि ३ हजार बिघा अतिक्रमण भएको प्रति सहमत छन्। उनका अनुसार ऐलानी र न्ाम्बरी गरी पाठामारीमा बढी जमिन मिचिएको छ। खासगरी झापाको  उत्तरी क्षेत्र ज्यामिरगढीदेखि दक्षिणको  केराबारी सीमाक्षेत्रमा बढी जमिन मिचिएको छ। चन्द्रगढीमा वीरेन्द्र उच्चमाविको ३५ बिघासहित १ सय बिघा, भद्रपुरको २ सय ५० बिघा, महेशपुरमा १ सय ८० बिघा, पृथ्वीनगरमा १ सय पचार बिघा, केराबारीमा १ सय बिघा र पाठामारीको २ हजार बिघाभन्दा बढी जमिन भारततिर पारिएको छ। अतिक्रमित क्षेत्रमा सीमास्तम्भ सारिएको स्पष्टसँग देख्न सकिन्छ।
  
 ती क्षेत्रमा १ सयदेखि ५ सय मिटर उत्तरसम्म सीमास्तम्भ सारिएको छ। सीमा मिचिएका क्षेत्रमा भारतीयहरुले निर्बाध रुपमा खेतीपाती गर्दै आएका छन्। उनीहरु २ दशकदेखि ती क्षेत्रमा बसोवास गर्दै आए पनि नेपाल सरकारले हटाउनेबारे कुनै प्रयास नगरेको पीडितहरुले गुनासो गरेका छन्। सीमाक्षेत्रको भूमि अतिक्रमण भएको स्पष्ट देख्न सकिन्छ। नेपाल भारत सीमा छुट्याउने १३४(२०) नं. को पिलर र दशगजा क्षेत्रको नेपाल्ाी भूभाग समेत भारतीय सुरक्षाकर्मीले कब्जामा लिई उपभोग गरिरहेको छ।
  सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले ती क्षेत्रमा प्रवेश गर्न नदिएका कारण अतिक्रमित भूमिको वास्तविक तथ्याङ्क भने आउन सकेको छैन। मेची पुलपूर्व रहेको १ नं. बाट सुरु भएको पिलर पश्चिम ब्रह्मदेवमण्डीको ९८५ नं. को सीमास्तम्भहरु सुगौली सन्धिपछि  सन् १८१८ मा गाडिएका हुन्। भारतले १ सयभन्दा बढी पिलरहरु ६७ वर्षअघि देखि गायब पारेको छ भने ९० प्रतिशत दशगजा क्षेत्रमा भारतीयहरु जमिन कब्जा गरी बस्दै आएका छन्। झापामा अतिक्रमित भूभागको जग्गा दर्ता प्रमाण पत्र नेपाली नागरिकसँगै रहे पनि भोग चलन गर्नबाट भने वञ्चित रहँदै आएका छन्। सीमाक्षेत्रका रोहित राजव्ांशी, केदार विष्ट, अशोक सिंहलगायतका ६५ घरपरिवार हातमा लालपुर्जा बोकेर आफ्नो लुटिएको सम्पत्ति फिर्ता हुने आशामा बाँचिरहेका छन्।

No comments:

Post a Comment