Tuesday, December 25, 2012

कम्युनिष्टहरुले भुलिरहेको संस्कार

- देवराज विश्वकर्मा

स्थापित मूल्य–मान्यतामाथि आक्रमण गर्दै इतिहासको गम्भीर अध्ययन र विश्लेषण गरी एउटा परिपक्व विचार कार्ल माक्र्सले अघि सारेपछि पृथ्वीभर हलचल मच्चियो । कार्ल माक्र्सले अघि सारेको विचार केवल विचार मात्र थिएन, त्यो दुनिया“लाई प्रगति र उन्नतिको मार्गमा डो¥याउने विज्ञानसम्मत विश्व दृष्टिकोण थियो । स्थापित मान्यता के थियो भने काम गर्नेहरुले गरिराख्नुपर्छ, बसेर खाने मानिसहरु भनेका भाग्य लिएर आएका मानिसहरु हुन् भन्ने थियो । धर्म, राज्य, कानूनजस्ता कृत्रिम चिजहरु सबै बसेर भाग्यको भरमा मानिस कजाएर खानेहरुको पक्षमा थिए । अधिकार भन्ने कुन चरीको नाम होला भने जस्तै थियो । जसको हातमा स्रोत साधन थिएन उनीहरु अवला थिए, कमजोर थिए । जसले धेरै जनता सताएका थिए उनीहरुको विरुद्धमा बोल्नु महापाप ठहरिन्थ्यो, अपराध ठहरिन्थ्यो । ती सबैलाई नांगेझार पार्दै न्यायप्रेमीहरुका प्रणेता कार्ल माक्र्सले नवीन विचार अघि सारेपछि आज दुनिया“ आलोकित बनिरहेको छ र आज अन्याय जति चरमचुलीमा पुगे पनि भोलि त्यो अवश्य ढल्छ, आज जतिसुकै शोषण गरिए पनि भोलि त्यसकै गर्भबाट त्यो शोषण दोहनको अन्त्य गर्ने शक्ति जन्मिन्छ भन्ने नवीन मान्यता स्थापित भइसकेको छ ।
कार्ल माक्र्स जसलाई गरीवहरुका प्रमिथस भनिन्छ, उनले अघि सारेको विचार ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । यी विषयका ज्ञाता केवल कार्ल माक्र्स मात्र थिएनन्, अरस्तु, हेगेल, फायरवाखजस्ता विद्वान्–विचारकहरु पनि थिए । उनीहरुले पनि विषयवस्तुको अध्ययन विषद् रुपमै गरेका थिए । प्रत्येक वस्तुको द्वन्द्वको कारण ऊ आफै हो र त्यसको विकासोन्मुख गुणहरु प्रवल भए त्यो अघि बढ्छ पतनोन्मुख गुणहरु प्रवल भए त्यो विनाश हुन्छ भन्ने कुरा उल्लेखित विचारहरुले अध्ययन अनुसन्धान गरे पनि वस्तु अन्ततः कसरी उत्पत्ति हुन्छ भन्ने सवालमा उनीहरु चुके । वस्तुको जन्मदाता कुनै अदृश्य शक्ति रहेको रहस्य देखाए । फायरवाखले विकास गरेको भौतिवाद र हेगेलले विकास गरेको द्वन्द्ववादलाई टाउकोले टेकेको मानवको संज्ञा दिए कार्ल माक्र्सले । आफूले कुनै अद्भूत काम नगरेको, केवल टाउकोले टेकेको मान्छेलाई खुट्टाले टेक्न मात्र लगाएको कुरा कार्ल माक्र्सले गरेका छन् । मानव जातिको उत्पत्ति र विकासको समुचित विश्वदृष्टिकोण जो कार्ल माक्र्सद्वारा अघि सारिएको थियो, त्यो जति वैज्ञानिक दृष्टिकोण अर्को छैन । हालसम्म विकसित प्रविधि अनुसार गरिएको सर्वेक्षणका आधारमा भन्ने हो भने एक हजार वर्षको इतिहासमा सबैभन्दा धेरै मानव जातिलाई प्रभावित गर्ने मानवका रुपमा कार्ल माक्र्सलाई मानिएको छ । दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादजस्ता महत्वपूर्ण विषयहरुमा विषद् अध्ययन गरेका कारणले मात्र कार्ल माक्र्सलाई सम्मानित गरिएको होइन बरु मानव जातिका विद्यमान यावत् समस्याहरुलाई हल गर्ने सवालमा माक्र्सले अघि सारेको विचार नै अचूक ठहरिए ।
विचारमा समृद्ध हु“दाहु“दै त्यो लागु गर्ने संयन्त्र के हो भन्ने सवालमा कार्ल माक्र्सका सच्चा उत्तराधिकारीका रुपमा लेनिनले संगठनको क्षेत्रमा गरेको योगदान अत्यन्त महत्वपूर्ण हुन आउ“छ । पूर्व सोभियत संघका महानायक, अक्टोवर क्रान्तिका प्रणेता भि.आई (भ्लाई इल्यिय) लेनिनले कम्युनिज्मका लागि संगठन (संयन्त्र) लाई कसरी परिचालन गर्ने भन्ने विषयमा अघि सारेको विचारबाट नै आज संसारभरका कम्युनिष्टहरु आलोकित छन् । खेती गर्नका लागि गोरु, हलो, हली र आधुनिक युगमा ट्रेक्टर–ड्राइभर आदि आवश्यक परेझैं समाजलाई नया“ दिशाबाट नया“ गन्तव्यमा पु¥याउन संगठन अनिवार्य वस्तु रहेछ । कार्ल माक्र्सले इतिहासको परिचालक शक्ति जनता हुन् भनेर गरेको परिभाषा अनुसार लेनिनले समाजलाई आमूल परिवर्तनको दिशामा अघि बढाउन जनतालाई अजेय शक्ति मानेका छन् । अजेय जनताको शक्तिलाई परिचालन गरेर क्रान्तिको लक्ष्य पूरा गर्न सकिन्छ । त्यो क्रान्तिको लक्ष्य पूरा गर्ने भनेको क्रान्तिको अभिभारा पूरा गर्नु नै हो । संगठन अचूक अस्त्र भए पनि यसलाई परिचालन गर्ने सवालमा थुप्रै त्रुटिहरु छन् । यही संगठन परिचालन गर्ने सिलसिलामा देखिने सानातिना कार्यशैलीगत कमजोरीलाई सिद्धान्तको जामा पहि¥याएर अति रंगरोगन गर्दै अनेक कम्युनिष्ट पार्टी बनाउ“दै हि“ड्नु निम्न पू“जीवादी चिन्तन हो । विगतमा सोभियत मोडेलको समाजवादलाई हेर्ने मामिलामा मतमतान्तर हु“दा कम्युनिष्ट पार्टी विभाजित भए । पछि चीनमा क्रान्ति सम्पन्न भएपछि रुसको बाटो कि चीनको बाटो भनेर कम्युनिष्ट पार्टीहरु विभाजित भए । नेपालमा यतिसम्म कि एउटा देशले अर्को देशस“ग गर्ने सन्धि सम्झौताको विषयलाई लिएर कम्युनिष्ट पार्टी विभाजित भएको दुःखद् इतिहास छ ।
लेनिनले अलग–अलग देशमा आ–आफ्नैढंगले कम्युनिष्ट पार्टीले क्रान्ति सम्पन्न गर्न सक्छन् भन्ने मान्यता अघि सारेपछि त्यस देशको वस्तुगत धरातलका आधारमा क्रान्ति सम्पन्न गर्नु मूल ध्येय हो न कि अनेक बहानामा विभाजित हुनु । पार्टीहरु विभाजित हुने मात्र होइन त्यो पार्टीभित्र अनेक गुट–उपगुटहरु देखिनु, त्यसको अभ्यास गरिनु सामन्ती सोचको पराकाष्ठा हो । लेनिनले विकास गरेको लेनिनवादी संगठनात्मक पद्धतिलाई आत्मसात गर्न नसक्दा कम्युनिष्ट पार्टीलाई पर्याप्त जनताले साथ दिंदादिंदै पनि क्रान्तिको अभिभारा पूरा गर्न नसकेको अवस्था छ ।
नेतामा सामन्ती सोच, धेरै जनता भएको ठाउ“मा मात्र जान खोज्ने, कार्यकर्ता–जनताबाट धेरै स्वागत–सम्मान खोज्ने, गाडी मोटर अघिपछि कुदाउन खोज्ने, कार्यकर्ता अघिपछि लगाउने, फूलमाला, स्वागतद्वार आदि खोज्ने, कार्यकर्तालाई कोही नजिक कोही टाढा देख्ने, धेरै प्रचार प्रसारमा रमाउने, पैसा दिएर भए पनि रेडियो पत्रपत्रिकामा अन्तर्वार्ता दिने, धेरै सञ्चार माध्यममा छाउन खोज्ने, आफ्नो व्यक्तिगत प्रभाव बढाउन विरोधीस“ग सा“ठगा“ठ गर्ने, ठाटबाठ मन पराउने, पार्टीभित्र शक्ति हत्याउन अनावश्यक दलवल तयार गर्ने, प्रशंसा खोज्ने प्रवृत्तिहरु सामन्ती सोचका परिचायक हुन् । कार्यकर्तामा अनावश्यकरुपमा दलाली, चाकडी गर्ने, अनावश्यकरुपमा फुलबुट्टा भरेर प्रशंसा गर्ने, अर्को नेतालाई होच्याउने, मन परेको अमूक नेतालाई फुक्र्याउने, अमूक नेताको सम्मानमा धेरै खटिने, अमूक नेतालाई उपेक्षा गर्ने प्रवृत्ति नै कार्यकर्ताको तहबाट गुटबन्दी बढाउने चिन्ह हुन् ।
प्रत्येक विन्दु–विन्दुमा मतमतान्तर हुन सम्भव छ किनभने प्रत्येकका सोच्ने आ–आफ्नै मस्तिष्कहरु छन् । एकपटक एउटा विषयलाई टुंगोमा पु¥याउन भएको विवाद स्थायी मतभेदको कारण बन्न सक्दैन । कम्युनिष्टबाहेक अरुले हजार–लाख वर्षको अध्ययन गरेर निष्कर्ष निकाल्न सक्दैनन् । तर आज कुनै कम्युनिष्ट पार्टीले अधिवेशन नै गर्दैनन् । कम्युनिष्ट पार्टीको जीवन शुद्धिकरणको प्रक्रिया भनेकै अधिवेशन–सम्मेलनहरु हुन् । एउटा अधिवेशन सम्मेलनबाट विजयी विचार र नेतृत्व स्थायी होइन । आज हारेको नेतृत्वले भोलि विजय प्राप्त गर्न सक्छ । जित्नेहरुलाई हार्नेहरुले सहयोग गर्न सकेनन् भने भोलि उनीहरुको पनि अस्तित्व संकटमा पर्छ । आफूलाई मन परेको विषयमा निर्णय हुन सकेन भने सक्रियताबाट आवश्यकता बोध गराउन सक्नुपर्छ । तर अस्वीकृत विचारलाई पालेर अनुशासन नाघ्नु हु“दैन । बहुमत–अल्पमतको विधि नै निर्णयमा पुग्ने उच्चतम विधि हो । सर्वसम्मत निर्णयमा पुग्नु सर्वोत्तम विधि हो । एउटा अधिवेशनका प्रतिनिधिले चुनेको नेतृत्व एउटा अवधिका लागि संस्था हो । त्यो संस्थाको सम्मान गर्न सके मात्र सिंगो विचार पक्षधरको हित रक्षित बन्दछ । एक अधिवेशनदेखि अर्को अधिवेशन, एक बैठकदेखि अर्को बैठक, एक भेलादेखि अर्को भेलासम्म धैर्य गर्न नसक्नेले कसरी क्रान्तिको अभिभारा पूरा गर्न सक्लान् ? आफ्नो विषय निर्णय भएन भने अवाञ्छित ठाउ“मा बैठक–भेलाको आयोजना गर्र्नु, संस्थाको निर्णयविरुद्ध अर्को निर्णयको प्रचारवाजी गर्दै हिड्नु कदापि क्षम्य हु“दैन ।
गरीवको पक्षधर भएको हवाला दिंदैमा क्रान्ति सम्पन्न हुने भए आज मुलुक धेरै अघि पुगिसक्थ्यो । कुरा गरेर भन्दा काम गरेर लक्ष्यमा पुग्न सकिन्छ, परिणाम दिन सकिन्छ । आज हरेक कम्युनिष्ट पार्टीभित्र झा“गिएका यी प्रवृत्तिहरुको समुचित व्यवस्थापनको विधि भनेको प्रत्येक कम्युनिष्टहरुले आवधिकरुपमा आलोचना आत्मालोचनाको विधि अंगिकार गर्नैपर्दछ । अन्यथा हिंडिरहनेछौं तर लक्ष्यमा कहिल्यै पुग्नेछैनौं ।

ओझेलमा पर्यो १९५० को एजेन्डा


१९५० को सन्धीको विकल्पमा नयां सन्धीका लागि भारत सरकारलाइ तयार गर्न नसकेपनि प्रचन्डले आफ्नो भ्रमणको मुख्य केन्द्र यसैलाइ बनाउन सफल भएका थिए । तर, नेपालले भने यसलाइ त्यत्ति महत्व दिएनन भन्ने तथ्य उनको भारतभ्रमणमा उठेका विषयहरुवाट प्रष्ट भइरहेको छ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचन्डको भारत भ्रमणताका चर्चामा थियो नेपाल र भारतविच भएको १९५० को सन्धी पुनरावलोकन गरिने विषय । एमालेका नेताहरुको भाषणमा समेत सधै अट्ने शब्द हो सुगौली सन्धीको पुनरावलोकन । २०५१ ताका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले पहिलो पटक यो सन्धीको विषयलाइ उठाएका थिए । त्यसैलाइ माओवादी अध्यक्ष प्रचन्डले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणताका पुन उठाएका थिए । तर एमाले नेता नेपालले प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जांदा यो विषय त्यत्तिकै विलायो । न राजनीतिक दलहरुले सन्धीको पुनरावलोकनको विषय उठान गर्नुपर्ने विषयमा जोड दिए न प्रधानमन्त्रीको सुचिमा नै यो पर्न सक्यो ।

प्रचन्डको भारतभ्रमणताका नेपाल भारतविच भएको सन्धीहरुको पुनरावलोकन र अध्यावधीका लागि विदेश सचिवस्तरिय समिति गठन गरी काम शुरु गर्ने सहमति भएको भनिएको थियो । तर, त्यो समितिले के गरिरहेको छ चर्चामा छैन अहिले ।

तत्कालिन प्रधानमन्त्रि प्रचन्डको भारत भ्रमण अगाडि उनले १९५० को सन्धी खारेज गर्नुपर्ने माग अगाडि सारेपनि उनी त्यो कोणवाट विषयको उठान गर्न भने असफल भएका थिए । उनले भारत १९५० को शान्ती तथा मैत्रि सन्धीको विकल्पमा नयां सन्धीका लागि भारत तयार रहेको बताएपनि जारी भएको २२ बुंदे संयुक्त विज्ञप्तीमा भने १९५० को सन्धी लगायतका अन्य सहमति र सन्धीको पुनरावलोकनका लागि दुबै देश तयार रहेको भन्ने उल्लेख रहेको थियो ।

१९५० को सन्धीको विकल्पमा नयां सन्धीका लागि भारत सरकारलाइ तयार गर्न नसकेपनि प्रचन्डले आफ्नो भ्रमणको मुख्य केन्द्र यसैलाइ बनाउन सफल भएका थिए । तर, नेपालले भने यसलाइ त्यत्ति महत्व दिएनन भन्ने तथ्य उनको भारतभ्रमणमा उठेका विषयहरुवाट प्रष्ट भइरहेको छ ।

यो विडम्बना नै मान्नुपर्छ । नेपालको भारत भ्रमणमा १९५० को सन्धीको विषय ओझेलमा परेपछि अब त्यो सन्धीको बारेमा पहिलो पटक कुरा उठाउने पार्टी एमाले हो भनेको आधारमा जस पाउन सक्दैनन । एमाले सुचिमा १९५० को सन्धीको पुनरावलोकन या खारेजी प्राथमिकतामा छैन भन्ने यसले पुष्टी गरेको छ ।

किन असमान छ सन्धी

१९५० को सन्धीको कुरा आयो कि यो असमान भएको भन्ने टिप्पणि सुनिन्छ नै । हुनपनि यसमा व्यवस्था भएका बुंदाहरुले नै स्पष्ट रुपमा भारतले जे गरेपनि हुने नेपालले भने त्यो सर्त पालनै गर्नुपर्ने असमान व्यवस्था गरेको छ । त्यही कारण सन्धी शंसोधन या खारेजीको माग उठ्दै आएको हो ।
तत्कालीन इष्ट इन्डीया कम्पनि र नेपाल सरकारविच भएको सन्धीको पहिलो प्रभाव भनेको अहिले ग्रेटर नेपाल भनेर नेपालको नक्सा टिष्टा र कांगडा र सतलजपारीसम्म देखाउने गरिन्छ ति भुभाग यही सन्धी अनुसार नेपालले गुमाएर अहिलेको आकारमा आएको थियो । सन्धीको दोस्रो र तेस्रो बुंदामै विवाद कायम रहेको भुभाग नेपालका राजाले इष्ट इन्डीया सरकारलाई बुझाएर ४० दिनभित्र खाली गर्नुपर्ने उल्लेख छ ।
सो सन्धीको सबैभन्दा आपत्तिजनक ब्यवस्था भनेको आन्तरिक शुरक्षा सधै भारतको मुख ताक्नुपर्ने अवस्था छ । नेपालले चाहेर पनि हतियारमा बलियो बन्न सक्दैन । सन्धीको ५, ६ र ७ बुंदामा स्पष्ट रुपमा नेपालले हतियार खरिद गर्दा भारतको स्विकृत लिनुपर्ने प्रावधान उल्लेख गरेको छ । बुंदा ५ मा भनिएको छ–नेपाललाई भारतको राज्यक्षेत्रवाट अथवा सो राज्यक्षेत्रको बाटो गरी नेपालको शुरक्षाको निमित्ति चाहिने हातहतियार, गोलिगट्ठा खरखजाना मालसामानको पैठारी गर्ने अधिकार छ । दुबै सरकारले परस्पर सल्लाह गरी चालु गराउने कारवाहीको तय गर्ने छ ।’ यो प्रावधानका आधारमा भारतले उ बाहेक तेस्रो देशवाट हतियार किन्न नेपालले प्रयास ग¥यो भने सधै लफडा गर्दै आएको छ । पञ्चायतकालमा चीनवाट हतियार ल्याउंदा भारतले सन्धीको यही बुंदा टकेर नेपाल सरकारको विरोध गरेको थियो र यो बुंदा शंसोधन नगरेसम्म विरोध गरिरहने छ ।[smartads]
यस्तै बुंदा नम्बर ६ मा ‘दुबै सरकारले आफ्नो राज्यक्षेत्रमा रहेका सरकारका रैतिलाई आफ्नो मुलुकको औद्योगिक र आर्थिक विकास, त्यस्ता विकास सम्बन्धी रियायत ठेक्काहरुमा भाल लिनलाई राष्ट्रिय व्यवबहार दिनलाई कबुल गर्दछ’ भन्ने उल्लेख छ । यही बुंदाको आधारमा नेपालमा हुने गरेका हरेक ठुला योजना त्यो सडक होस या जलविद्युत त्यसमा भारतिय कम्पनिलाइ पहिलो प्राथमिकता दिन नेपाल बाध्य छ । यही सन्धीको आधारमा ठुला ठुला जनविद्युत सधै भारतको पोल्टामा पर्ने गरेको छ । तर, यही सुविधा नेपालीले भने पाएका छैनन ।
त्यस्तै बुंदा ७ मा‘ नेपाल सरकार र भारत सरकारकाले आफ्ना क्षेत्रमा रहेका अर्को मुलुकका रैतिलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु यस्तै प्रकारको विशेषाधिकारको विषयमा पारस्परिक तौरले समान विशेष अधिकार दिनलाइ कबुल गर्दछ’ भन्ने उल्लेख छ । यसको आधारमा नेपालमा बस्ने भारतियले नेपाली सरहकै अधिकार पाएका छन । उनीहरु भारतिय भएर पनि नेपाली सरह अधिकारसम्पन्न छन । तर भारतमा रहेका नेपालीले यही अधिकार पाएका छैनन ।
बुदा १० मा सन्धी पुनरावलोकनको हैन खारेजीको व्यवस्था छ । तर यसका लागि सन्धी खारेज गर्न चाहने पक्षले एक वर्ष अगाडि नै जानकारी दिनुपर्ने व्यवस्था छ । पक्कैपनि भारत यो सन्धी खारेज गर्न चाहंदैन नै । सन्धीवाट मारमा परेको नेपालको । त्यसैले यो सन्धीको खारेजीको प्रारम्भ नेपालले गर्नुपर्छ नै । तर यसमा नेपाली नेताहरुले सधै खुट्टा कमाइरहेका छन ।

गोरखा राज्य र पृथ्वी नारायण शाहको जीवनकाल

पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए । 

आधुनिक नेपालका जम्मदाता हुन यिनले नै साना साना राज्यहरूमा विभाजित नेपाललाई एकिकृत गर्न शुरू गरे, नेपाल प्राचिन कालदेखी एकिकृत हुँदै विभाजित हुँदै गरिरहेको थियो हुन त पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाडेर गए ।

 तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए ।पृथ्वीनारायण नेपाल एकीकरणको अभियान सुरु गरेका हुन् । पृथ्वीनारायण शाहको जन्म वि. सं. १७७९ साल पौष २७ गते गोरखाका राजा नरभूपाल शाहको माहिली रानी कौशल्यावतीको गर्भबाट सात महिनामा भएको थियो । 

उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो ।

धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपुर्ण थिए । पृथ्वीनारायणको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो । मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो । उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो । वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए । राजा हुनुअगावै उनले काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन आदि राम्रोसँग अध्ययन गरिसकेका थिए । पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी गोत्रसमेत परिवर्तन गरे । उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे । 

पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् । तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए । पृथ्वीनारायण जति वीर थिए त्यति नै उनी वीरहरूको कदर गर्न जान्दथे । राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए, तर दया र सरलतालाई उनले कमजोरीका रूपमा कसैलाई उपयोग गर्न दिएनन् ।पृथ्वी नारायण शाहले आधुनिक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंसलाई पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदिए ।नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा राजकुमार बाहदुर शाह लगायतले अगाडी बढाइ रहे । 

नेपाल एकीकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाइ एङ्गलो-नेपाल युद्ध (१८१४?१६) पनि भनिन्छ पछी भयो ।उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जावका पर्ने केही साना सतलज नदी पारीका पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जीलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भुभाग ब्रिटिश इस्ट इण्डिया कम्पनि सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो । तर ब्रिटिश ले नेपाललाई १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए । भारत ब्रिटिसबाट स्वतन्त्र भएपछि सुगौली सन्धि खारेज भइ नेपालको भु भाग त्यागनु पर्नेमा हाल ती भुभाग हडपेर बसेको छ।

उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको [[उतरान्चल राज्य]] , [[हिमन्चल राज्य]] तथा पन्जावका पर्ने केही साना सतलज नदी पारीका पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा [[दार्जीलिङ]], देखी लिएर [[टिष्टा नदी]] सम्मको तराइ तथा पहाडी भुभाग [[ब्रिटिश इस्ट इण्डिया कम्पनि]] सरकारलाई [[सुगौली सन्धी]] अन्तर्गत सुम्पनु पर्यो [[सिक्किम]]माथीको अधिकार पनि त्याग्नु पर्यो । तर [[ब्रिटिश]] ले नेपाललाई १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए ।

माओका योगदान र नेपाली क्रान्तिको कार्यभार

माओको देहान्त भएको एकतीस वर्ष भैसक्यो । यो बीचमा विश्वमा कुनै पनि क्रान्ति पूरा हुन सकेनन् । माओलाई नमान्नेहरूले क्रान्तिको झण्डा पहिल्यै छाडिसके पनि उहाँलाई मान्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूहरूले विविध ढंगले क्रान्तिलाई अगाडि बढाउने कोशिस गरेकै हुन् । फिलिपिन्सको क्रान्ति बीसौं वर्षदेखि अगाडि बढिरहेको छ तर गतिरोधमा छ । भारतको नक्सलवादी आन्दोलन पनि झण्डै चालीस वर्ष पुग्न थालिसक्यो । अगाडि त बढिराखेको छ तर अपेक्षित गतिमा त्यो पनि छैन । पेरुको क्रान्ति छिट्टै विकसित भयो र छिट्टै दुर्घटना पनि भयो । टर्कीलगायतका देशका क्रान्तिहरूले पनि खासै सफलता हासिल गर्न सकिराखेका छैनन् । नेपालमा मात्रै हामीले यस्तो नितान्त नयाँ प्रयोग गर्‍यौं, जसले दश वर्षको छोटै अवधिमा क्रान्तिलाई उचाइमा पुर्‍यायो । यतिखेर त्यसलाई पूर्णता दिन अहिलेको विश्व परिस्थितिलाई ध्यानमा राखेर बिल्कुलै नयाँ ढंगको असाध्यै चक्करदार कार्यनीति अपनाउँदै हामी अगाडि बढिराखेका छौं । त्यसैले यतिबेला माओको सान्दर्भिकता घटेको होइन, बढेको छ । अहिलेको विश्वमा कोही क्रान्तिकारी छ भने त्यो माओवादी मात्रै छ । आफूलाई माओवादी भन्न नचाहने कोही पनि क्रान्तिकारी छैनन् । त्यसैले, माओवादी भनाइनुमा हामीले गर्व गर्न सक्नुपर्दछ ।

हुन त हामीले छुट्टै प्रसङ्गमा- अब एकीकृत पार्टीर् बनाउनुपर्छ । एउटै देशमा माओलाई मान्ने पार्टीहरू पनि दशथरी टुक्रा भएर बस्नुहुन्न, एकताबद्ध हुनुपर्छ । सबै कम्युनिष्टहरूको एउटै क्रान्तिकारी केन्द्र हुनुपर्छ । त्यसो गर्न आवश्यक परे एउटै नेपाल कम्युनिष्ट पार्टी मात्रै भन्ने पनि सोच्न सकिन्छ भन्दाखेरि हामीले माओवादलाई परित्याग गर्न खोजेको भनेर प्रचार पनि गरियो । त्यो सत्य होइन । माओले माक्र्सवाद-लेनिनवादमा जुन गुणात्मक विकास गरेर सर्वहारावादी क्रान्तिको विज्ञानलाई नयाँ उच्च चरणमा उठाउनुभयो, त्यसलाई आत्मसात नगरिकन अहिलेको साम्राज्यवादी विश्वमा क्रान्ति सम्पन्न हुन सक्दैन । त्यसैले माक्र्सवाद-लेनिनवाद-माओवाद भनेको सर्वहारावर्गको क्रान्तिको सिद्धान्त हो । यसमा कुनै प्रकारको द्विविधा हुन सक्दैन । जसले माक्र्सवाद-लेनिनवाद-माओवादलाई अपनाउन आनाकानी गर्छ उसको नेतृत्वमा क्रान्ति पनि सम्पन्न हुन सक्दैन । त्यसैले हाम्रो पार्टीले माओलाई विश्वसर्वहारा वर्गका गुरुहरूको कोटीमा असाध्यै उच्च सम्मान गर्छ ।

पार्टी एकताको सन्दर्भमा पनि माओवादलाई परित्याग गर्ने कुरा गरिएको छैन । हामीसित पार्टी एकताको छलफलमा रहेका एकताकेन्द्र-मसाल, नेकपा -एकीकृत) र अरु समूहरू माओको योगदानलाई मान्ने कुरा त गर्छन् तर 'माओवाद' पदावली स्वीकार्न हिच्किचाउँछन् । उनीहरू सारतः माओका योगदानको सार्वभौमिकतालाई स्वीकार गर्छन् तर पदावली भने 'माओ विचारधारा' प्रयोग गर्छन् । त्यसैमा हाम्रो बहस हो । 'माक्र्सवाद-लेनिनवाद-माओवाद' नै हुनुपर्छ भन्ने हाम्रो पार्टीको अडान छ । एकता प्रक्रियामा ठीक छ, बहसबाट जान सकिन्छ । महाधिवेशनसम्म छलफल गर्ने स्वतन्त्रता हुन सक्छ । जो साथीहरू एकताप्रक्रियामा नयाँ ढंगले आउनुहुन्छ, उहाँहरूलाई आफ्नो विचार राख्ने ठाउँ दिन सकिन्छ । तर, जहाँसम्म नेकपा-माओवादी)को अडान हो 'माओवाद' पदावली छोडेर हामी क्रान्तिकारी रहिरहन सक्दैनौं भन्नेमा हामी दृढ छौं । मालेमावादका सार्वभौम सिद्धान्तलाई हामीले कुनै पनि हालतमा परित्याग गर्न सक्दैनौं । त्यसलाई बदलिएको सन्दर्भमा अझ कसरी विकसित गर्ने भन्ने मात्र हो । ०५२ सालदेखि सुरु गरिएको जनयुद्धले माओले देखाएकै बाटोमा हिँडेर जुन सफलता हासिल गर्‍यो, त्यसबाट अगाडि बढेर हामीले ०५७ सालपछि हाम्रा अनुभवहरूलाई प्रचण्डपथको रुपमा संश्लेषित गर्‍यौं । त्यहाँदेखि हाम्रो निर्देशक विचार माक्र्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ बनेको छ, जसमा हामी दृढ छौं ।

माओलाई संसारभरका क्रान्तिकारीहरूले आफ्नो महान् गुरु मान्छन् । उहाँका थुप्रै योगदान छन् । तीमध्ये पनि दुइटा योगदान अहिलेको हाम्रो सन्दर्भमा बढी महत्वपूर्ण छन्- पहिलो, द्वन्द्ववादको बुझाइ, प्रयोग र विकासको प्रश्न । दोस्रो, त्यसैबाट निःसृत भएको निरन्तर क्रान्तिको सिद्धान्त ।

एकता-संघर्ष-रुपान्तरण द्वन्द्ववादको आधारभूत नियम हो । एकको दुईमा विभाजन हुन्छ- सकार र नकार । तिनीहरूबीच निरन्तर द्वन्द्व चलिराख्छ । भौतिक जगत् र सामाजिक जगत्मा पनि एकता-संघर्ष-रुपान्तरणको विधि निरन्तररुपले लागू हुन्छ । यसरी मात्र समाज र दुनियाको विकास हुन्छ । यसलाई स्वीकार गरिएन अथवा मुखले स्वीकार गरे पनि व्यवहारमा लागू गर्न सकिएन भने समाज, पार्टी, विचार र हामी मान्छेको पनि विकास हुँदैन । त्यसकारण निरन्तर एकता-संघर्ष-रुपान्तरणको नियमलाई दह्रोसँग आत्मसात गर्नुपर्छ भन्ने नै माओबाट हामीले सिक्नुपर्ने सबभन्दा महत्वपूर्ण कुरा हो । हाम्रो पार्टीको विकासको मुख्य आधार पनि यही हो । विगतमा, खासगरी क. स्टालिनको पालामा द्वन्द्ववादसम्बन्धी बुझाइमा अधिभूतवाद देखापर्‍यो- एकता देख्दा संघर्ष नदेख्ने र संघर्ष देख्दा एकता नदेख्ने । अझ संघर्षपछि रुपान्तरण हुन्छ भन्ने अर्थमा नबुझ्ने, संघर्षपछि ध्वंस हुन्छ र विखण्डनतर्फ जान्छ भनेर एकाङ्गी ढंगले बुझ्ने । क. स्टालिनको पालापछि थुप्रै कम्युनिस्ट पार्टीहरूमा असाध्यै एकमनावादी चिन्तन देखापर्‍यो । त्यसले गर्दा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अलिकति संघर्ष हुनेवित्तिकै विखण्डन र फुटतिर जाने, फेरि रुपान्तरणसहितको एकता प्राप्त गर्न नसक्ने भयो । यो समस्या हामीकहाँ पनि देखापर्‍यो । त्यसो भएको हुनाले ००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ०१९ सालपछि थुप्रै चिराहरूमा विभाजित भयो । सानातिना कुरामा फुट्ने तर कहिल्यै जुट्न नजान्ने जुन प्रवृत्ति थियो, हाम्रो पार्टीले मात्रै त्यसमाथि विजय प्राप्त गर्‍यो । त्यसैले हाम्रो पार्टी नेकपा (माओवादी) अहिले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा विकसित भएको छ ।

हालसालै राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा हाम्रो पार्टी फुट्छ भनेर थुप्रैले हल्ला गरे, तैपनि हामी फेरि एकताबद्ध भयौं । द्वन्द्ववादको आधारभूत नियमलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा हाम्रो पार्टीले हासिल गरेको कुशलताकै कारण यस्तो संभव भएको हो । असाध्यै उच्च प्रकारको जनवादी छलफल एवम् वैचारिक संघर्षबाट हामी रुपान्तरणमा उत्रिएका छौं । पार्टीलाई नयाँ आधारमा एकताबद्ध गरेका छौं । यो हामीले माओबाट सिकेको पाठकै परिणाम हो ।

यस सँगसँगै जोडिएको अर्को पाटो भनेको निरन्तर क्रान्तिको सिद्धान्त हो । विपरितहरूको एकत्वको सिद्धान्तमै आधारित भएर माओले क्रान्तिपछि पनि निरन्तर क्रान्ति चलाइराख्नुपर्छ भन्ने मान्यता अघि सार्नुभयो । जबसम्म वर्गविहीन समाज आर्थात् साम्यवादसम्म पुग्दैनौं, त्यतिबेलासम्म क्रान्ति जारी राख्नुपर्छ । साम्यवादमा पुगिसकेपछि पनि प्रकृतिसँगको संघर्ष जारी रहन्छ । सामान्य अमिवाबाट विकासित भएर हामी मान्छेसम्म आइपुगेका छौं । हिजो हामी त्यस्तोबाट आएका मान्छे करोडौं वर्षपछि यहाँ आइपुगेका छौं भने अर्को करोडौं वर्षपछि, अरब वर्षपछि के होला ? तपाईं कल्पना गर्नुस् । त्यो निश्चित्रुपमा अर्को नयाँ वस्तु जन्मिनै पर्छ । मान्छेभन्दा पनि उच्च प्रकारको जीव यो संसारमा निस्किनै पर्छ । यो द्वन्द्ववादबाट निःसृत भएको निरन्तर क्रान्तिको सिद्धान्त हो, सामाजिक जगत्मा र भौतिक जगत्मा पनि । त्यसो भएको हुनाले क्रान्तिलाई निरन्तर प्रक्रियाको रुपमा बुझ्नुपर्छ । अहिले हामी जुन चरणबाट नेपालमा गुजि्रराखेका छौं, यसमा नयाँ ढंगले क्रान्ति नै अगाडि बढाइरहेका छौं भनेरे बुझ्नुपर्छ । यो बुझ्न नसक्दा कतिपय साथीहरूले हिजोको जनयुद्धलाई मात्र क्रान्ति ठान्ने, जनयुद्धपछिको यो प्रक्रियालाई क्रान्ति नठान्ने, 'क्रान्ति सिद्धियो, अब पूरा भयो' भनेर आरामसँग बस्न खोज्ने जुन सोच आउँछ, अथवा हिंसात्मक स्वरुपको जनयुद्धलाई मात्र क्रान्ति ठान्ने र शान्तिपूर्ण ढंगले नयाँ क्रान्तिको हामीले जुन तयारी गरिरहेका छौं, त्यसलाई क्रान्ति नदेख्ने जुन सोच हो, त्यो अधिभूतवादी सोच नै हो । क्रान्ति अनवरत हुन्छ तर क्रान्तिका रुपहरू परिस्थितिअनुसार फरक-फरक भैराख्छन् । त्यसले कहिले असाध्यै हिंसात्मक त कहिले शान्तिपूर्ण स्वरुप ग्रहण गर्छ । तर, ती अन्तरसम्बन्धित हुन्छन् । हामीले क्रान्तिको शृङ्खलाका कडीहरू जोडिएर अगाडि बढ्छन् भन्ने तथ्यलाई बुझ्न सक्नुपर्छ ।

जनयुद्धलाई एउटा उचाइमा पुर्‍याएर हामीले फेरि नयाँ ढंगले क्रान्तिलाई अहिले अगाडि बढाइराखेका छौं । क्रान्ति पूरा भएको छैन । हामी नेपालमा आफ्नै विशिष्टता एवम् मौलिकतासहित जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादको महान् यात्रामा अगाडि बढ्दै छौं ।

विश्व सन्दर्भलाई जोडेर आफ्नो देशको ठोस विशेषतामा क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्छ । सामान्य र विशिष्टबीचको सम्बन्धलाई जोडेर मात्रै क्रान्तिलाई अगाडि बढाउन सकिन्छ । प्रत्येक देश र कालखण्डमा क्रान्तिको कार्यदिशा, रणनीति र कार्यनीति मौलिक ढंगले विकास गर्नुपर्छ भन्ने हामीले माओबाट सिक्नुपर्छ । हुन त माक्र्सहरूले पनि आफ्नो ढंगले क्रान्तिका कुराहरू गर्नुभएको थियो । लेनिनले आफ्नै ढंगले विद्रोहात्मक तरिकाले रुसमा क्रान्ति सम्पन्न गर्नुभएको थियो । तर माओको पालमा आउँदाखेरि क्रान्तिको केन्द्र चीनजस्तो असाध्यै पिछडिएको देशमा सर्‍यो । त्यसपछि आफ्नै विशिष्टतासहितको क्रान्तिको मोडेल विकास गर्नुपर्छ भन्ने विषयमा ठूलो बहस चल्यो । पेरिस कम्युन जम्मा ७२ दिनमा नै ढलेको थियो । त्यसपछिको लामो अवधिमा विश्वव्यापी हलचल ल्याउने खालको क्रान्ति भनेको रुसको बोल्शेभिक क्रान्ति मात्रै थियो । रुसको क्रान्ति सफल भैसकेपछि मान्छेमा एक खालको यान्त्रिकता आइराखेको थियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा खासगरी तात्कालीन तेस्रो अन्तर्राष्ट्रियमा सबैले रुसी मोडेलले मात्रै क्रान्ति गर्न खोज्ने र त्यो एकमात्र मोडेल हो भन्ने खालको यान्त्रिक सोचाइ थियो । त्यही हुनाले चीनमा पनि वाङमिङ, लि लि शानहरूले उही रुसी क्रान्तिको नक्कल गर्न खोजिरहेका थिए । तर माओले असाध्यै मौलिक ढंगले के कुरा अघि सार्नुभयो भने एउटा देशमा भएको क्रान्ति उही रुपमा दोहरिँदैन । क्रान्तिकारीहरूले मार्क्सवाद-लेनिनवादको सार्वभौम सिद्धान्तमा टेकेर आ-आफ्नो देशमा मौलिक ढंगले क्रान्तिको विकास गर्न सक्नुपर्छ भन्ने मान्यतालाई माओले स्थापित गर्नुभयो । उहाँले रुसी क्रान्तिको मोडेलभन्दा अगाडि बढेर, विश्वसाम्राज्यवादको स्वरुप बदलिरहेको छ र चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थिति पनि फरक छ भन्ने मान्यताका आधारमा दीर्घकालीन जनयुद्धको मोडेल अगाडि सार्नुभयो । दीर्घकालीन जनयुद्धकै मोडेलबाट उहाँले चीनमा क्रान्ति सम्पन्न गर्नुभयो । र त्यो क्रममा उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा के कुरा स्थापित गर्नुभयो भने हामी सर्वहारावादी क्रान्तिकारीहरूले आफ्नो ऐतिहासिक सापेक्षतामा र आफ्नो देशको विशिष्टतामा क्रान्तिको नयाँ मोडेल पत्ता लगाउन सक्नुपर्छ ।

यदि सिर्जनशील ढङ्गले लागू गर्न सकिएन भने एकचोटिको द्वन्द्ववाद अर्कोचोटि अधिभूतवादमा पनि पतन हुन पुग्छ । माओको देहान्तपछि दीर्घकालीन जनयुद्धको कार्यदिशालाई यान्त्रिक ढङ्गले लागू गर्न खोज्दाखेरि कहीँ पनि सफल भैरहेको छैन । चीनकै जस्तो गरी क्रान्ति कहीँ पनि सम्पन्न भइरहेको छैन । किन ? माओले अगाडि सारेको त एउटा मूल मान्यता हो । उहाँले असाध्यै साहसिक प्रयोग गर्नुभएको थियो । तर अहिलेको हाम्रो सन्दर्भमा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई पनि विकास गरेर लानुपर्छ ।

मूल कार्यदिशा दीर्घकालीन जनयुद्ध हुँदाहुँदै पनि अहिलेको विश्व र नेपालको परिस्थितिअनुकूल त्यसमा विकास गर्न सकेनौं भने धर्मगुरुहरूले धर्मग्रन्थ पाठ गरेझैं हामीले माओले यसो भन्नुभएको थियो मात्रै भनेर बस्यौं भने त्यसले काम गर्दैन भन्ने कुरा विगतका तीस वर्षले देखाएका छन् । माओको देहान्तपछि विश्वमा कुनै पनि क्रन्ति सफल नहुनुको कारणले पनि देखाएको छ । त्यसैले हाम्रो पार्टी के भन्छ भने दीर्घकालीन जनयुद्धको आमसिद्धान्त सही छ । तर, विशिष्ट परिस्थितिअनुसार त्यसलाई पनि विकसित गर्नुपर्छ । यही मान्यताअनुसार सबभन्दा पहिले ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनमा आइपुग्दा हामीले जनयुद्धमा सशस्त्र विद्रोहका कतिपय पक्षहरूलाई समायोजन गर्नुपर्छ भन्ने संश्लेषण गर्‍यौं । त्यसभन्दा पनि अगाडि बढेर चुनवाङ वैठकसम्म आइपुग्दा शान्तिवार्ताको पक्ष पनि जोडेर लानुपर्छ भन्यौं । पछि आएर जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता र कुटनीति- यी चारवटै पक्षको समायोजन गरेर नयाँ कार्यदिशाको विकास गर्नुपर्छ भन्ने मान्यता हामीले कामीडाँडा वैठकसम्म आउँदा अगाडि सार्‍यौं । त्यसैको प्रयोग हामीले गरिरहेका छौं । अहिलेको सन्दर्भमा हामीले ठीकसँग बहस छलफल गर्नुपर्ने विषय नै यही हो । यसलाई ठीक ढङ्गले ग्रहण गर्न नसक्दाखेरि हामी कहिलेकाहीँ असमान्जस्यमा पनि पर्न सक्छौं ।