Wednesday, March 17, 2010

चीनले छानेका सय जनामा दाहाल

चीनले चर्चित 'सांघाई एक्स्पो' का अवसरमा विश्वभरिबाट छानेका सय व्यक्तित्वहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि परेका छन् । आउँदो वैशाख १८ देखि कात्तिक १४ सम्म चल्ने यो विश्व प्रदर्शनीको एउटा विशिष्ट अन्तक्रिर्यामा भाग लिन उनलाई पनि आमन्त्रण गरिएको छ ।

विज्ञान प्रविधि, औद्योगिक उत्पादन, आर्थिक विकासलगायतको प्रदर्शनीका अवसरमा हुने अन्तक्रिर्यामा विश्वका चर्चित सय व्यक्तिसँगै माओवादी अध्यक्षले भाग लिन लागेका हुन् ।

'अध्यक्ष प्रचण्ड सांघाईमा विश्व प्रदर्शनीका अवसरमा हुने अन्तक्रिर्यामा सहभागी हुनु पार्टीका लागि मात्र होइन, देशका लागि पनि खुसी र गौरबको कुरा हो,' विदेश विभाग प्रमुख कृष्णबहादुर महराले कान्तिपुरसँग भने, 'अन्तक्रिर्याबाट आर्थिक, प्राविधिक आदि मुलुकको हितका लागि उपयोगी हुने विश्वास छ ।'

सांघाई एक्स्पोमा एक सय ९२ देश र ५० अन्तर्राष्ट्रिय संघसंस्था सहभागी हुँदैछन् । चीनले गत वर्षको ओलम्पिक खेल र ५० वर्ष पुगेका अवसरमा गरेको सैन्य परेडलाई शक्ति प्रदर्शनका रूपमा देखाएको थियो । सांघाई एक्स्पोलाई उसले आर्थिक, प्राविधिक, औद्योगिक र सांस्कृतिक शक्ति प्रदर्शनका रूपमा लिएको छ ।

अध्यक्ष दाहालले एक्स्पोलाई 'उदाउँदा देशहरूको नमुना' हुने भन्दै शुभकामनापत्र पठाएका छन् । 'यो पक्कै पनि नेपालजस्ता छिमेकी देशका लागि चासोको विषय हो,' उनले पत्रमा भनेका छन्, 'हामी चीनको आधुनिक विकासले नेपालजस्ता गरिब र छिमेकी देशको विकासमा सहयोग पुग्नेमा विश्वस्त छौं ।' उनले प्रदर्शनी 'एक्काइसौं शताब्दीमा चीनको शान्तिपूर्ण राजनीतिक र आर्थिक रूपमा उदाउँदो शक्तिशाली राष्ट्र' का रूपमा हुने उल्लेख गरेका छन् ।

एक्स्पो दुई सय देशका करिब सात करोडले अवलोकन गर्ने अनुमान छ । 'चीनको दिगो विकासका लागि गरेको कामले विशेष गरी दक्षिण एसियामा महत्त्व राख्नेछ,' दाहालको पत्रमा उल्लेख छ, 'हामी चिनियाँ साथीहरूसँग मिलेर यसलाई खुसीको एउटा अवसरसाथ मनाऔं ।'

सांघाई अन्तक्रिर्यामा सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान हु, जर्मनीका पूर्वचान्सलर ग्रेहार्ड स्रोडर, वातावरणविद् अछिम स्टेनर, अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुख ज्याकोब केलेनवर्गर, अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर, लन्डनका मेयर बोरिस जोह्नसन, पाकिस्तानका पूर्वप्रधानमन्त्री सौकात अजिज, सान प|mान्सिस्कोका मेयर गेभिन न्युजन, सिटी बैंकका सल्लाहकार रोबर्ट लरेन्स कुह्न आदिसँगै माओवादी अध्यक्ष दाहाल अन्तक्रिर्यामा सहभागी हुनेछन् ।

त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वअध्यक्ष जुँवा अन्टोनियो सामारान्च, हंगेरीका पूर्वप्रधानमन्त्री पिटर मेडग्येसे, जापानका पूर्वविदेशमन्त्री कोमुरा मासाहिको, अमेरिकी कम्पोजर क्विन्सी

जोन्स, नोबल पुरस्कार बिजेता अर्थशास्त्री रोबर्ट जोन अउमान, अर्का नोबेल विजेता रसायनशास्त्री मारियो मोलिनालगायत प्रतिष्ठित व्यक्तिहरू त्यहाँ सहभागी हुने चीनले जनाएको छ ।

चीन सरकारले एक्स्पोलाई परम्परागत र भविष्यको परिदृश्यका रूपमा लिएको छ । 'आउँदो ६० वर्षको कुरा दिमागमा राखेर छ महिनामा तयारी गरेको' चिनिया अधिकारीहरूको भनाइ छ ।

प्रदर्शनीमा विश्वमा उत्पादन भएको वस्तु र प्रविधिहरू राखिन्छन् भने त्यहाँ अबौर्ं डलरको कारोबार हुन्छ ।

माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुनेबित्तिकै ओलम्पिक खेलमा भाग दिन चीन जाँदा भारतले 'आशंका' प्रकट गरेको थियो । त्यसपछि माओवादीतर्फबाट उनी र विदेश विभाग प्रमुख महराले केही महिनाअघि भ्रमण गरी राष्ट्रपति हु जिन्ताओलगायत चीनका उच्च नेताहरू पार्टी सम्बन्ध, दक्षिण एसियाको राजनीति आदि विषयमा एक साता लामो छलफल गरेका थिए ।

अविश्वास प्रस्ताव पनि आउन सक्छःभट्टराई


काठमाडौ, चैत्र ५ - माओवादी उपाध्यक्ष बावुराम भट्टराईले राष्ट्रिय सहमतिको निम्ति वर्तमान सरकार बाधक भएको बताउदै सरकार परिवर्तनको सबै बिधिबारे माओवादीले छलफल सुरु गर्ने बताएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नेतृत्व नछाडे अनेक बिधिमध्ये सरकार विरुद्ध अविश्वास प्रस्ताव पनि एक हुनसक्ने उनले बताए । वर्तमान सरकार शान्ति र संविधान निर्माणमा बाधक भएकोले छिटो भन्दा छिटो राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए ।

'जनताबाट पराजित र तिरस्कृतहरुले राष्ट्रिय सहमतिको नेतृत्व गर्न सक्दैनन भन्ने आम स्विकृत मान्यता हो', उनले साना दलसँगको छलफलपछि संवाददाताहरुलाई भने, 'यो सरकार हटाउन सबै तरिका र बिधिबारे छलफल थाल्छौ । त्यो बिधिमध्ये अविश्वास प्रस्ताव पनि हुनसक्छ ।' तर छलफलमा सहभागि दलका नेताहरुले पनि राष्ट्रिय सहमतिको सरकार विना शान्ति र संविधानले पूर्णता नपाउने बताएको जानकारी दिए ।

माओवादीले बिहीबार संसदीय दलको कार्यालयमा राष्ट्रिय सरकार गठन र सरकार विरुद्धको अविश्वास प्रस्तावबारे संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गरेको थियो ।

रक्षामन्त्रीको क्रुर बयान : शिकारी महिलालाई सेनाले मार्‍यो

रक्षामन्त्रीको क्रूर बयान


काठमाडौं

ठाकुरसिंह थारू, बर्दिया

रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् ।

कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई सिकारी भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् ।

रक्षामन्त्री भण्डारीका अनुसार(काउलो टिप्न गएका दलित महिला) सिकारीले गोली चलाएपछि आत्मरक्षाका लागि सेनाले गोली चलाएको हो । 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा सिकारी महिलाहरूको मृत्यु भएको हो, दुई सिकारी महिलाको तत्कालै मृत्यु भयो, एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भयो,' मन्त्री भण्डारीले भनिन् 

घटनाको स्थलगत अध्ययन गरेका मानवअधिकारवादी संस्थाहरूले सेना र वनरक्षकले नियन्त्रणमा लिई हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको अर्को दिन रक्षामन्त्री भण्डारीले 'सिकारी महिला'को हत्या भएको दाबी गरेकी हुन् 

स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एड्भोकेसी फोरमले दलित महिलाई नियन्त्रणमा लिएर हत्या गरिएको प्रतिवेदन मंगलबार मात्र सार्वजनिक गरेका थिए । स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रतिवेदनमा महिलालाई नियन्त्रणमा लिएको भोलिपल्ट मात्रै हत्या भएको आशंका गरिएको छ 

मन्त्री भण्डारीले भने संसदीय समितिमा घटनास्थलबाट मृतकहरूका हतियार र बन्दोबस्तीका सामान पनि बरामद भएको दाबी गरिन् । सेनाको ४ नम्बर बाहिनीले घटनाका सम्बन्धमा गरेको छानबिनमा त्यही देखिएको उनको जिकिर छ 

गत २६ फागुनमा आरक्षभित्र काउलो टिप्न गएका सुर्खेत हरिहर- २ का अमृता विक, देवीसरा विक र उनकी १२ वर्षीया छोरी चन्द्रकलालाई सेनाले गोली हानी मारेको थियो । श्रीमती देवीसरा, छोरी चन्द्रकला र बुहारी अमृता गुमाएका कृष्ण अहिले पनि सेनाको हिरासतमा छन् । सेनाले नियन्त्रणमा लिएर बलात्कारपछि तीनैजना महिलाको हत्या गरेको आरोप स्थानीय बासिन्दाले लगाइरहेका छन् 

रक्षामन्त्री र सेनाले दोहोरो गोली हानाहानमा महिलाको मृत्यु भएको दाबी गरे पनि घटनास्थलमा १२ वर्षीया बालिकाको पेन्टीसमेत बाहिर भेटिएको थियो । 'गोली हानाहान भएको भए घाउ पो लाग्थ्यो, भित्री वस्त्र चौरमा आयो कसरी ?' स्थानीय बासिन्दाको भनाइ छ 

घटनाको ८ दिनपछि संसदीय समितिमा उपस्थित मन्त्री भण्डारीले भने मृतकहरूको बलात्कार नभएको दाबी गरिन् । 'बलात्कारपछि हत्या गरिएको भन्ने कुरा आएपछि पुनः पोस्टमार्टम गरिएको छ । तर, त्यो रिपोर्टमा पनि बलात्कार भएको देखिएको छैन,' उनले भनिन् । तर, सात दिनपछि पुनः पोस्टमार्टम हुँदा लास कुहिएर गन्हाइसकेकोले बलात्कार भए-नभएको पुष्टि हुन नसकेको जानकारी फरेन्सिक विशेषज्ञको छ । पहिलो पोस्टमार्टम भने सेनाले एक्लै गराएको थियो 

तर, मन्त्री भण्डारीले भने आरक्षभित्र चोरी-सिकारी भइरहेको सूचना आएपछि गस्तीमा गएको सेना र वन सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारी महिलाहरूलाई फेला पारेको बताइन् । 'सिकारीहरूको समूहबाटै पहिलो फायर खोलिएपछि सेनाले जवाफी फायर गरेको हो,' उनले भनिन् 

सभासद्हरूले भने मन्त्री भण्डारीको भनाइप्रति असहमति जनाउँदै सरकार र सेनाको चर्को आलोचना गरे । मारिएका दलित महिला सिकारी भएको र उनीहरूबाटै पहिलो फायरिङ भएको भन्ने रक्षामन्त्रीको भनाइ तथ्यहीन भएको भन्दै समितिमै सभासद्हरूले आक्रोश व्यक्त गरे 

सेनाले महिलाहरूको बलात्कारपछि हत्या गरेको सभासद्हरूको आरोप थियो । 'मृतक महिलाहरू न सिकारी हुन् न उनीहरूसित हतियार नै थियो । उनीहरूको अपराध भनेको गरिब र विपन्न हुनु मात्रै हो,' बैठकमा बोल्दै सभासद् मंगल विकले भने, 'सेनाले महिलाहरूलाई भोग गरेर हत्या गरेको हो ।' हत्या गर्ने सैनिकहरूले नै घटनाको छानबिन गर्दै छ भनेर रक्षामन्त्रीले भन्दा 'आफैं झाँक्री, आफैं बोक्सी'को उखान चरितार्थ भएको उनले बताए 

सभासद् शारदा नेपालीले घटनास्थलमा मृतकहरूबाट हतियार र सुकुटी भेटियो भन्ने रक्षामन्त्री भण्डारीको भनाइ पूरै गलत भएको दाबी गरिन् । हत्या गरिसकेपछि सेनाले नै हतियार र सुकुटी मृतकहरूको छेउमा राखेको उनले बताइन् । 'सेनाले सुकुटी र भरुवा बन्दुक पनि आफैं राखेको हो, अनि हवाईफायर पनि आफैंले गरेको हो,' उनले भनिन् । सरकारले तलबभत्ता खुवाएर राखेको सेनाले सर्वसाधारणमाथि 'साँढे'को जस्तो व्यवहार गर्ने गरेको आरोप उनले लगाइन् 

सभासद् विनोद पहाडीले सेनाले मानवअधिकारकर्मीहरूलाई समेत घटनास्थलमा जान नदिएर थप शंका उत्पन्न भएको बताए । 'घटनाको हप्ता दिन बित्दासमेत सरकार किन मौन बस्यो ?' उनले मन्त्री भण्डारीसित प्रश्न गरे, 'तपाईं मन्त्री मात्र होइन, एउटी महिला हो र आमा पनि हो, एउटी १२ वर्षकी बालिकाले हतियार बोकेर सिकार खेल्न गइन् भनेर तपाइं कसरी पत्याउनुहुन्छ ?' तर उनको प्रश्नको जवाफ मन्त्री भण्डारीले दिइनन् 

सभासद् पुरन दयालले पुरुषलाई कब्जामा लिएर महिलालाई मात्रै गोली हान्नुले पनि घटनालाई थप रहस्यमयी बनाएको बताए । परिवारका तीनजना मारिएर विक्षिप्त भएका पीडितलाई उल्टै पक्राउ गरेर सरकारले मानवीय संवेदनासमेत नदेखाएको उनले बताए 

छानबिन समिति

यसैबीच सरकारले बर्दिया घटनाबारे छानबिन गर्न सहन्यायाधिवक्ता सरोज गौतमको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति बनाएको छ । समितिमा वन मन्त्रालयका सहसचिव र रक्षा मन्त्रालयका उपसचिव सदस्य रहेका छन् 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले छानबिन समिति गठन गरेको गृहमन्त्री भीम रावलले बताए । त्यस्तै, मृतकहरूको काजकिरिया गर्न प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको उनले बताए 

सभासद्हरूका दस प्रश्न जसको रक्षामन्त्रीले जवाफ दिइनन्

१) मन्त्रीज्यू तपाईं एउटी आमा पनि हो । भन्नोस्, कुनै १२ वर्षीया बालिका मध्यराति हतियार बोकेर जंगलमा चोरी-सिकारी गर्न जान सक्छे ?

२) सरकारले तलबभत्ता खुवाएर सेनालाई 'साँढेबनाएर जंगलमा छाडिएको हो कि जनता र देशको सुरक्षा गर्न ?

३) मारिएका महिला भित्री वस्त्रसमेत खोलिएको अवस्थामा फेला परेका छन् । गोली हान्दा भित्री वस्त्रसमेत कसरी खुले ? कसरी जंगलमा छरपस्ट भए ?

४) आफ्नै परिवारका तीनजना मारिएका पीडितलाई पक्राउ गर्नुपर्ने हो कि मान्छे मार्नेलाई ?

५) घटनास्थलमा रहेका एकजना पुरुषलाई पक्राउ गर्नसक्ने सेनाले महिलाहरूलाई मात्रै किन गोली हानेर मार्‍यो ? हतियारले सुसज्जित त्यत्रो सेनाले उनीहरूलाई पनि गोली नहानेर पक्राउ गर्न सक्थ्यो नि ?

६) मन्त्रीज्यू तपाईंले भनेजस्तै मारिनेहरू चोरी-सिकारी गर्ने हुन् कि चोरी-निकासी गर्ने हुन् ? चोरी-सिकारी र चोरी-निकासीमा धेरै फरक छ ?

७) सेना र प्रहरीसित जोडिएर जे-जति घटना भएका छन्, ती सबैमा उल्टै पीडितहरू मात्रै किन थप पीडित बन्छन् ?

८) घटना भएको एक हप्तासम्म सरकार किन बोलेन ? बर्दियाको घटनाका बारेमा सरकारलाई सूचना आउन यति समय लाग्छ ?

९) मन्त्रीज्यू तपाईं मन्त्रीसँगै महिला पनि हो । महिलामाथि यत्रो दुःखद् घटना हुँदा तपाईं हप्ता दिनसम्म मौन बस्न कसरी सक्नुभयो ?

१०) मारिनेहरूमा अपांग पनि छन् । अपांगहरू हतियार बोकेर चोरी-सिकारी गर्न मध्यराती जंगल जान सक्छन् ?


इन्सेकएड्भोकेसी फोरमको स्थलगत प्रतिवेदन

अनुगमनबाट प्राप्त तथ्यः

घटनास्थल हरिहरपुर गाविस १, २ र ३ नम्बर वडाका जनताको गौचरन, घाँसदाउरा काट्ने र जडीबुटी संकलन गर्ने क्षेत्र रहेको पाइयो 

सीमारेखादेखि दक्षिणपट्टिको भाग निकुन्ज क्षेत्रमा पर्ने भए पनि उत्तरतर्फको भाग हरिहरपुरवासीको जंगल क्षेत्रमा रहेको कारण सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न सजिलो भएको पाइयो 

हरिहरपुर गाविस-२ कप्सेरीका बलदेव गिरी, उनका छोरा भक्तराज गिरी, रत्नबहादुर विक, तुलबहादुर विक ०६६ फागुन २३ गतेदेखि काउलो काट्न बाँसपानी कालिकास्थानको जंगल क्षेत्रमा बसेको पाइयो 

जीवन गुजाराका लागि प्रतिकेजी रु. २३ पर्ने काउलो काट्न तथा सुकाएर ल्याउन गएका उनीहरूसँग हँसिया, बन्चरो र बसुलाबाहेकको हतियार केही नभएको पाइयो 

आफ्ना पुरुष आफन्तहरूले काटेको काउलो लिन ०६६ फागुन २६ गते साँझ तुलबहादुरकी पत्नी देवीसरा, छोरी चन्द्रकला, रत्नबहादुरकी पत्नी अमृता र बलदेवको छोरी भूमिसरा साँझ ६ बजेको समयमा बाँसपानी पुगेको र सोही दिन राति करिब पौने नौ बजे सो क्षेत्रमा वनरक्षक र सेनाको टोली पुगेको पाइयो 

गाउँले बसेको स्थान नजिक पुग्नासाथ सेना र वनरक्षकको टोलीले माथिबाट मुढा फ्याँकेको र टर्च बालेर हवाई फायरिङ गर्दै भागिस् भने मर्छस् भनेको पाइयो 

सेनाले हवाईफायरिङ गरेपछि त्यहाँ रहेका पुरुषहरू भागेको र महिलाहरू ओडारमा लुकेको पाइयो 

हवाईफायरिङबाहेक सो रात जंगलमा कुनै फायरिङ नभएको र २७ गते दिउँसो मात्र पुनः फायरिङको आवाज सुनिएको गाउँलेले बताए 

ओडारमा लुकेका महिलाहरूलाई सेना र वनरक्षकहरूको टोलीले घेरा हाली नियन्त्रणमा लिई रहस्यमय हत्या गरेको पाइयो 

मृतकहरूको लास ०६६ फागुन २७ गते सेनाको थप टोलीसमेत घटनास्थलमा आई उठाएर लगेको पाइयो 

मृतक महिला र भागेका पुरुषहरूसँग सेनालो बताएजस्तो सिकार खेल्न प्रयोग हुने बन्दुकलगायतको हतियार नरहेको र सिकारमा प्रयोग हुने प्रकृतिका अन्य कुनै पनि साधन पनि नरहेको पाइयो 

सो क्षेत्रमा यसअघि हालसम्म सेनाको गस्ती नआएको र स्थानीयवासीले सो क्षेत्र वरपर गौचरन र घाँसदाउरा काट्ने गरेको पाइयो 

सेनाको अनुमतिबाटै बाँसपानीदेखि २ किलोमिटर दक्षिणमा पर्ने बसाह भन्ने स्थानबाट हरिहरपुर गाविस-२ र ३ का जनाताले खानेपानीसमेत ल्याएको पाइयो। स्थानीयवासीसँगै अनुगमन टोली घटनास्थलमा पुग्दा बाँसपानीमा हरिहरपुर-२ र ३ का जनताका गाईबाख्रा चरिरहेको पाइनुले पनि त्यस स्थानसम्म त्यहाँका जनता सहजै आउनेजाने गर्दथे भन्ने कुरा पुष्टि गरेको छ 


घटनाका रहस्यहरू
घटनास्थलमा छरपस्ट अवस्थामा मृतकका कपडा भेटिनु, दिसा र रगत देखिनु, उनीहरूले ओढ्न-ओछ्याउन लगेको कपडा अन्यत्रै लगेर जलाइदिएको पाइनु, घटनामा भागेर ज्यान जोगाएकाहरूले हवाईफायरिङबाहेक गोली प्रहार भएको आवाज नआएको बताउनु, तीनजनाको गोली प्रहारद्वारा हत्या हुँदा तीनवटा फरक ठाउँमा रगत हुनुपर्नेमा एक ठाउँमा थोरै मात्र रगत लागेको देखिनु, स्थानीयवासीले २७ गते दिउँसो १ बजेको समयमा गोलीको आवाज आएको बताउनु, २७ गते तेलपानीको बाटो हुँदै शव लैजाँदा आलो रगत पाइनु, घटनाबाट जोगिएर भागेकाहरूले मृतक बालिकाको चित्कार सुनेको बयान दिनु, घटनाबाट ज्यान जोगाएर भागेका रत्नबहादुर विकले घटनास्थलमा फेला परेको पेटिकोट देवीसराको, कुर्तासुरुवाल आफ्नी पत्नी अमृताको तथा पेन्टी र सल चन्द्रकलाको हो भन्ने दाबी गर्नु, पुरुषहरू भागिसकेपछि भागेकामाथि गोली प्रहार नभई लुकेर बसेकाहरूमाथि गोली प्रहार हुनु, नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहँदै हत्या गरिनु, नियन्त्रणमा लिएका पुरुष सकुसल रहनु, सेनाले गाउँलेसँग हतियार थियो र फायरिङसमेत भएको थियो र घटनास्थलमा तीनथान भरुवा बन्दुक फेला परेको भनी झुटो दाबी गर्नु, सेनाले लास सर्वसाधारणलाई हेर्न र सञ्चारकर्मीहरूलाई तस्बिर लिनसमेत नदिनु, पोस्टमार्टम रिपोर्ट ढिला गरेर सार्वजनिक गरिनु, पोस्टमार्टमपूर्व मृतकका आफन्तहरूलाई लास हेर्नसमेत नदिइनु, मृतकहरूको शरीरको कुन भागमा कतिवटा गोली लागेको छ भन्ने सार्वजनिक नगरिनु, घटनास्थलमा फेला परेको भनिएको बन्दुक सेनाले सार्वजनिक नगर्नु, घटनाको सम्बन्धमा सेनाको फरक-फरक भनाइ आउनु आदिले घटनालाई रहस्यमय बनाएको छ 


निष्कर्ष
यस घटनाका सम्बन्धमा प्रकाशित सामग्रीहरूको अध्ययन, स्थलगत अनुगमनका क्रममा पाइएका तथ्यहरू, घाइते, प्रत्यक्षदर्शी, घटनाबाट ज्यान जोगाएर भागेका व्यक्तिहरू, स्थानीय नागरिक समाज, राजनीतिक दल, गाउँले, सामाजिक कार्यकर्ता, बर्दिया राष्ट्रिय निकुन्जका वार्डेन प्रमुख टीकाराम अधिकारी, गणपति प्रकाश देउजासँगको कुराकानी तथा छलफलबाट टोली घटनामा मारिएका एक बालिका र दुई महिलालाई वनरक्षक र सेनाको संयुक्त टोलीले नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको निष्कर्षमा पुगेको छ । नेपाल सरकारद्वारा वन्यजन्तु ऐनअनुसार संरक्षित गरिएको राष्ट्रिय निकुन्ज परिसरमा सर्वसाधारणहरू प्रवेश गरी कैयौँ दिन रात बिताउनु र जंगलबाट जडीबुटीजन्य वस्तुहरू संकलन तथा आयात-निर्यात गर्नु कानुनविपरीत भए पनि र निकुन्ज क्षेत्रको सुरक्षार्थ खटिएका वनरक्षक र नेपाली सेनालाई निकुन्ज परिसरमा अवैध प्रवेश गरेकाहरूमाथि बल प्रयोग गर्न सक्ने कानुनी अधिकार भए पनि मारिएका बालिका र महिलालाई नियन्त्रण लिई हत्या नगर्दा सुरक्षाटोलीलाई कुनै खतरा हुने र अपि्रय घटना हुन सक्ने अवस्था सो घटनास्थलको अनुगमनबाट पाइएन । त्यस्तै, सेनाले सो घटनामा गाउँलेलाई आत्मसमर्पणको प्रयास गराउने, निशस्त्र हुन आह्वान गर्ने र घाइते मात्र बनाउने किसिमको सुरक्षा-विधि नअपनाई शक्तिको दुरुपयोग गरी निहत्था महिला र बालिकालाई नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको देखिन्छ । तसर्थ यो घटनामा सेनाले मानवअधिकारको उल्लंघन गरेको अनुगमन टोलीको ठहर छ 

भारतमा बन्दै छ लुम्बिनी

अलिगढवा (भारत), ३ चैत

बुद्ध भारतमा जन्मिएका हुन् भनेर किताब छाप्ने भारतले अब नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ ।

नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ ।

विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।

तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीव्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन् ।

नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । 'बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?' उनले भने ।

माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटोमै (लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । 'हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन्' अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने ।

निर्माणमा खटिएका मजदुरका अनुसार सन् २०१२ भित्र देवदह र लुम्बिनीसहित नक्कली कपिलवस्तुले अन्तिम रूप लिँदै छ । भारतीय योजनाअनुसार आगामी दुई वर्षभित्र निर्माण पूरा गर्न करोडौँ रुपैयाँ खर्च भइसकेको छ ।

नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता 'भग्नावशेष' बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आफ्नो नाम भने बताउन चाहेनन् ।

कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ ।

राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।

भारतले नक्कली कपिलवस्तु निर्माण गरिरहेको जानकारी जनस्तरबाट पाए पनि नेपाल सरकार भने मौन छ । तर, वास्तविक कपिलवस्तुबासी र बौद्धधर्मालम्बीले भारतको यो प्रयास दुखद् र निन्दनीय भनेका छन् । बुद्ध भारतमा नै जन्मिएको भनेर दाबी गर्दै 'पुरातत्त्व' नै निर्माण गर्ने भारतीय प्रयासका बाबजुद नेपाल सरकार मौन रहनु दुःखदायी भएको बताउँछन् पुरातत्त्वविद् वसन्त विडारी ।

भारतले कपिलवस्तुको तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका लागि भारतीयमार्ग भएर आउने पर्यटकलाई भ्रमित गर्ने र उतै राख्ने उद्देश्यले यस्तो निर्माण गरिएको कपिलवस्तुका वासिन्दाको भनाइ छ । संस्कृतिकर्मी प्रेमनारायण पाण्डेले भने, 'उसैले धेरै किताब छाप्छ, उसैले धेरै प्रचार गर्छ, पयर्टक त भ्रममा पर्ने भए अब ।'

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले भने आफू भारत नगएकाले यस्तो जानकारी नपाएको बताए । 'खोइ, म त भारततिर गएको छैन, त्यस्तो जानकारी छैन,' उनले भने ।

कपिलवस्तुका प्रहरी उपरीक्षक शरद् चन्दले स्थानीयस्तरमा भन्दा पनि केन्द्रबाट नै समस्या समाधान गर्नुपर्ने बताए । 'यो राष्ट्रियस्तरको समस्या हो, दुई देशका नेताहरूले मिलाउनुपर्छ, हामीले यहाँ बसेर के बोल्ने ? के गर्ने ?' उनले भने ।

तर तौलिहवाका वासिन्दा तथा नेपाल विद्यार्थी संघका सहमहामन्त्री राजेश ज्ञवालीले भने भारतद्वारा निर्मित नक्कली कपिलवस्तु तथा लुम्बिनी र तिलौराकोट हटाउन नेपाल सरकारले पहल गर्नुपर्ने बताए । तर, नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यक्रम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । गत डिसेम्बरमा पनि बुद्धमहोत्सव मनाइएको थियो ।

भारतका अनुसार देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको भए पनि करिब ५ किलोमिटरको क्षेत्रमा भारतले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको छ ।

गृहमन्त्रीको हेलिकोप्टर खर्च तिर्न प्रधानमन्त्रीको आदेश अर्थद्वारा अस्वीकार


काठमाडौं, २ चैत

गृहमन्त्री भीम रावलले दैवीप्रकोप र शान्तिसुरक्षाको नाममा व्यक्तिगत तथा पार्टीगत प्रयोजनमा चढेको हेलिकोप्टरको बिल अर्थ मन्त्रालयले रोक्का गरेको छ । मन्त्री रावलको दबाबमा प्रधानमन्त्री माधवकुमार नेपालले रकम निकासा गर्न ठाडो आदेश दिए पनि नियमविपरीत भन्दै अर्थले भुक्तान रोक्का गरेको हो ।

दैवीप्रकोप र शान्तिसुरक्षाका नाममा गृहमन्त्री रावल कहिले अछामको एमाले जिल्ला अधिवेशन उद्घाटन त कहिले खोटाङको आमसभामा भाषण गर्न हेलिकोप्टर चढेर पुगेका थिए । नेता तथा कार्यकर्तालाई हेलिकोप्टर चढाएर जिल्ला भ्रमण गराएको पैसा उनले सरकारबाट तिराउन कोसिस गरिरहेका छन् ।

मन्त्री रावलले हेलिकोप्टर चढेर दुई करोडको बिल उठाएका छन् । विभिन्न हेलिकोप्टर व्यवसायी तथा नेपाली सेनालाई सो रकम तिर्न गृहले अर्थ मन्त्रालयबाट रकम निकासा माग गरेको थियो । तर, अर्थले गृहमन्त्रीको भ्रमण प्रयोजनसहितको बिल मागेपछि दुई करोडमध्ये एक करोड ४५ लाखको मात्र बिल पेस भएको थियो ।

तर, अर्थमा पेस भएको बिलमध्ये पनि ६९ लाख ८७ हजार चार सय ३४ रुपैयाँको बिल मात्रै नियमसंगत भएको भन्दै अर्थले पैसा दिएको छ । गृहले बिल दिएको र नदिएको गरी एक करोड ३० लाख रुपैयाँ सरकारको नाममा बक्यौता हुने भएको छ ।

व्यक्तिगत प्रयोजनका लागि हेलिकोप्टर चढेर सरकारबाट पैसा तिराउन खोजेको भन्दै अर्थले सबै रकम तिर्न नमानेपछि मन्त्री रावलले प्रधानमन्त्रीलाई गुहारेका थिए । गृहमन्त्री रावलको दबाबमा प्रधानमन्त्री नेपालले अर्थमन्त्री सुरेन्द्र पाण्डे र सचिव रामेश्वर खनाललाई बोलाएर हेलिकोप्टरको बिल भुक्तान गरिदिन ठाडो आदेश दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै अर्थसचिव खनालले बजेट महाशाखा प्रमुख राजन खनालसँग यो विषयमा छलफल गरेका थिए । मन्त्री, सचिव र बजेट महाशाखा प्रमुखबीचको छलफलपछि बिल र पुष्ट्याइँका आधारमा मात्रै रकम निकासा गर्नुपर्ने नीति तय भएको थियो ।

व्यक्तिगत प्रयोजनका लागि कुनै मन्त्री हेलिकोप्टर चढेको बिल दिन नमिल्ने अडान अर्थले लिएपछि ६९ लाखको मात्र बिल भुक्तान भएको छ । प्रधानमन्त्रीको दबाबपछि पनि अर्थले ७५ लाखको बिल फिर्ता नै गरिदिएको छ । ५५ लाखको बिल त गृहले दिन नै सकेको छैन ।

अर्थले ७५ लाखको बिल पुष्ट्याइँ गर्न भनेपछि गृहमन्त्री रावल रुष्ट भएका छन् भने गृह मन्त्रालयका अधिकारी अन्योलमा परेका छन् । 'भएभरका सबै बिलहरू पठाएका हौँ, तर अर्थले पुष्ट्याइँ पुगेन भन्दै फेरि थप बिलहरू मागेको छ । हामीसँग अब थप पुष्ट्याइँ गर्ने बिल नै छैनन्,' गृह मन्त्रालयका एक अधिकारीले भने, 'मन्त्रीले पाएसम्म हेलिकोप्टर चढे, अहिले हामीले नियमसंगत बिल कहाँबाट खोज्ने ?'

अर्थ मन्त्रालयले गृहबाट माग भएको सबै रकम के-के प्रयोजनमा कसरी खर्च भयो भन्ने जानकारी पनि मागेको थियो । 'गृहबाट आएका बिलहरूको गहन अध्ययन गर्दा हाललाई ६९ लाख मात्रै दिन मिल्ने देखियो,' अर्थ मन्त्रालय बजेट महाशाखा स्रोतले भन्यो, 'बाँकीको हकमा बिलहरू भए पनि ती बिलमा नियमविपरीत खर्च भएको पाइएकाले रकम दिन मिल्ने स्थिति देखिएन ।'

गृहले तिर्नुपर्ने प्रायः सबै रकम नेपाली सेनाको हेलिकोप्टर भाडामा प्रयोग गर्दाको हो । सेनाले लामो समयदेखि भाडा नपाएपछि गृहमन्त्री र सरकारसँग नै असन्तुष्टि जनाउँदै आएको छ । उसले सांकेतिक रूपमा गृहमन्त्रीलाई हेलिकोप्टर प्रयोग गर्न नदिने जनाउसमेत दिएको गृह मन्त्रालय स्रोतले जनायो ।

अब त माकुने (माधवकुमार नेपाल्) लाई हटाऊ:


माधव नेपालको दस महिना पुरानो सरकार शान्ति र संविधानको मूल उद्देश्यमा मात्र होइन, शासनका सबै मोर्चामा असफल भइसकेको छ र मुलुकले अब जतिसक्दो छिटो यो बोझ बिसाउने वेला भइसकेको छ । सँगसँगै, सरकार बनाउन र ढाल्न फेरि अर्को गणितको खेल सुरु हुनुअघि नै आमसहमतिका आधारमा संविधानसभाको जनादेशको सम्मान हुनेगरी राष्ट्रिय सरकार गठन गर्न दलहरूले सार्थक संवाद सुरु गर्नुपर्छ । त्यो यसर्थ कि मुलुकलाई अहिले गणित होइन, शान्ति र संविधान चाहिएको छ र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन अनि नयाँ संविधान लेख्न केवल ३०१ को खेलमात्र पर्याप्त हुने छैन ।

सरकार औचित्यको हरेक कसीमा असफल भइसकेको छ । सरकारको प्राथमिक कार्यसूची शान्ति र संविधान थियो । यो सूची त यतिखेर अलपत्र छ नै, सरकार राज्यको न्यूनतम उपस्थिति देखाउन पनि असफल भएको छ । सरकारको असफलता जति खेदजनक छ, संवेदनहीनता त्योभन्दा पनि आपत्तिजनक छ । प्रधानमन्त्री रकम बाँडिरहेका, भोज खुवाइरहेका, रिबन काटिरहेका वा विमोचन गरिरहेका भेटिन्छन्, यद्यपि सरकार ढल्ने चर्चापछि मात्र उनले केही दिनका लागि यो रमाइलो ँस्थगितगरेका छन् । मन्त्रीहरू आफू चढेको गाडी तोडफोड गर्नेदेखि सिडिओ र सिडिओका भान्सेसम्मलाई पिट्दै हिँडिरहेका छन् । भ्रष्टाचार समाचार मानिन छोडेको छ र राज्यकोषको दुरुपयोगले अहिलेसम्मका सबै सीमा नाघेको छ । शान्तिसुरक्षा अहिलेसम्मकै सबैभन्दा कमजोर बिन्दुमा छ तर सरकार केवल लास गनिरहेको छ । यो सरकारले मुलुकलाई शान्ति र नयाँ संविधान त परको कुरा, न्यूनतम शासन र सुरक्षा पनि दिन सक्दैन भन्ने तथ्य पछिल्ला दस महिनामा यति बलियोसँग र यति धेरै कोणबाट प्रमाणित भइसकेको छ कि त्यसलाई पुष्टि गर्न माधव नेपाललाई प्रधानमन्त्रीका रूपमा अरू एक दिन, एक घन्टा र एक मिनेट पनि झेल्न आवश्यक छैन ।

१४ जेठभित्र नयाँ संविधान घोषणा पनि नगर्ने र संविधानसभाको म्याद पनि नथप्ने वातावरण निर्माणमा प्रधानमन्त्री नै संलग्न भएको छनक देखिँदै छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले अन्तरिम संविधान कायमै राखेर यो सरकारले संविधानसभाको अर्को चुनाव गराउनुपर्ने धारणा अत्यन्त आत्मविश्वासपूर्वक र सार्वजनिक रूपमै राखिरहेका छन् । उता जिम्मेवार मन्त्रीहरूले निर्धक्कसँग शान्तिसम्झौताकै औचित्यमाथि प्रश्न गरिरहेका छन् र प्रधानमन्त्री केवल सुनिरहेका छन् । त्यसो भएमा १४ जेठपछि मुलुक राजनीतिक र संवैधानिक दृष्टिले शून्यमा पुग्नेछ । त्यो शून्यले क्षणिक रूपमा कसैलाई लाभ र कसैलाई हानि होला तर त्यसले मुलुकलाई अन्ततः सम्हाल्नै नसकिने अराजकता र गृहयुद्धमा मिल्काउनेछ । सरकार शान्ति र संविधानको कार्यसूचीबाट विचलित भइसकेको योभन्दा ठूलो प्रमाण अरू के हुनसक्छ ?

प्रधानमन्त्री नेपाल र उपप्रधानमन्त्री सुजाता कोइरालादेखि अधिकांश मन्त्री संविधानसभा निर्वाचनमा पराजित भएका हुनाले संविधानसभाप्रति उनको प्रतिशोधपूर्ण व्यवहार मुलुकलाई बिझाउने अर्को पक्ष भएको छ । यो एउटा सरकार थिएन, केवल प्रतिक्रिया थियो भन्ने प्रमाणित भइसकेको छ । माधव नेपालले पछिल्ला दस महिनामा सरकार होइन, भन्डारा चलाए । आफ्नो निवासमा कहिल्यै कालो चियासँग थिन आरारुट बिस्कुटसम्म नखुवाउने उनले राज्यकोष दुरुपयोग गर्दै बालुवाटारमा हरेक दिनजसो भव्य भोज आयोजना गरे । माधव नेपालको सरकार स्वयं एमाले, कांग्रेस र गठबन्धनका अरू घटकका लागि पनि हानिकारक भइसकेको छ । यसले गठबन्धनका घटकहरूको जनाधारलाई थप सीमित गरेको छ । सभासद्हरू, संविधान नै नलेखी र शान्तिप्रक्रियालाई मझधारमै छाडेर जिल्ला र्फकंदा जनताले गर्ने व्यवहारको अनुमान गर्नोस् र माधव नेपाललाई हटाउनोस् ।

चेपाङको जीवनस्तर परिवर्तन


हेटौंडा, चैत्र २ - जिल्लाका चेपाङ समुदायले मौरी पालन गरेर वाषिर्क ७ टनभन्दा बढी मह बजारमा पुर्‍याउने गरेका

छन् । महको उत्पादनले उनीहरूको जीवनस्तरमा परिवर्तनका संकेत देखा परेका छन् ।

विगतमा चेपाङहरूले मह उत्पादन गरे पनि बजारको व्यवस्था थिएन । अहिले बजारको समेत व्यवस्था भएकाले मौरीपालन व्यवसायतर्फ चेपाङहरू आकषिर्त भएका छन् । मकवानपुर र चितवनको सीमामा पर्ने लोथरबजारमा चेपाङद्वारा उत्पादित सामानहरूको प्रवर्द्धन गर्न स्थापित जनचेतना कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष ०६५/०६६ मा ७ टनभन्दा बढी मह काठमाडौं पठाएको जनाएको छ ।

राजधानीको जावलाखेलस्थित हिमालय हनी उद्योगलाई सहकारीले ५ वर्षदेखि मह उपलब्ध गराउँदै आएको छ । सहकारीले लोथरमा स्थापना गरेको मह संकलन केन्द्रमा मकवानपुरको काँकडा र राक्सिराङ तथा चितवनको कोराक गाविसका चेपाङले उत्पादन गरेको मह संकलन हुने गरेको छ । सहकारीले यस क्षेत्रका २ सय ४ जना चेपाङ मौरीपालक कृषकसँग मह खरिद गर्ने गरेको सहकारीका व्यवस्थापक दिनेश चेपाङले बताए । 'अन्य व्यापारीसँगको प्रतिस्पर्धामा सहकारीले १ सय ६० देखि १ सय ८० रुपैयाँ प्रतिकेजीमा मह खरिद गर्ने गरेको छ,' उनले भने । हिमालय हनी उद्योगलाई सहकारीले प्रतिकेजी २ सय रुपैयाँका दरले बिक्री गर्ने गरेको छ ।

मकवानपुरको काँकडा र राक्सिराङ तथा चितवनको कोराक गाविसमा चिउरीको जंगल भएकाले गुणस्तरयुक्त मह उत्पादन हुने गरेको छ । चिउरीको मह स्व्ाास्थ्यवर्द्धक र गुणस्तरयुक्त हुने उत्पादकको दाबी

छ । यस क्षेत्रका कृषकले घरपिच्छे १० वटासम्म मौरीको घार राखेका छन् । केही मौरीपालक कृषकले वाषिर्क ५० हजार रुपैयाँसम्म महबाट आम्दानी गर्ने गरेका छन् । चेपाङ जातिको बसोवास रहेको यो क्षेत्रलाई जिल्ला कृषि विकास कार्यालयले सेरेना जातको मौरीका लागि पकेट क्षेत्र तोकेको छ । यो जातको मौरीबाट उत्पादित महको बजार व्यवस्थ्ाापन सिसिडिएन नामक संस्थाले गरेको हो ।

काँकडालगायत यस क्षेत्रका कृषकले मौरी पालन व्यवसायबाट गरेको आम्दानी देखेर छिमेकी गाविसका कृषकसमेत यो व्यवसायप्रति आकषिर्त भएका छन् । मकवानपुरका चेपाङ जातिले उत्पादन गरेको चिउरीको महको माग बजारमा बढ्दो छ । चेपाङ जातिले उत्पादन गरेको चिउरीको मह खरिद गर्न उपभोक्ता एवं व्यापारीले पहिल्यै अर्डर गर्नुपर्छ । चिउरीको महको बजार व्यवस्थापनको जिम्मेवारी लिएको लोथरस्थित जनचेतना कृषि सहकारी संस्थामा मह खरिद गर्न उपभोक्ता तथा व्यापारीहरूले कम्तीमा एक साता कुर्नुपर्ने अवस्था छ । 'विगतमा महको माग यस्तो थिएन, अहिले निकै बढेको छ,' बजार व्यवस्थापक चेपाङले भने, 'चिउरीको मह लिन आउनेहरूलाई दिन सकिएको छैन ।' विगतमा महले बजार नपाएपछि एमडिआई नामक संस्थाको सहयोगमा यो सहकारी संस्था स्थापना गरिएको हो ।

'मागअनुसार मह उपलब्ध गराउनै सकिएको छैन,' सहकारीका सल्ल्ााहकार तथा सभासद् गोविन्द चेपाङले भने । चार वर्षअघि स्थापना भएको सहकारीले पहिलो वर्ष ३० हजार रुपैयाँको मह बेचेको थियो । अहिले साढे ३ लाख रुपैयाँको बेचेको

छ । चिउरीको महको गुणस्तर राम्रो भएकाले बजारमा यसको माग बढेको हो । चिउरीको मह मंसिरदेखि जेठसम्म उत्पादन हुने गर्छ ।

चिउरी फुल्ने सिजनमा चितवन, हेटौंडा र बाराका मौरी पालक कृषकले मौरी चराउन काँकडा, राक्सिराङ र कोराक गाविसका लैजाने गरेका छन् । अन्यत्रबाट गएका मौरी पालक कृषकहरूले एक सिजनमा १ लाख रुपैयाँभन्दा बढीको चिउरीको मह बिक्री गर्ने गरेका छन् । विगतमा चेपाङ जातिले परम्परागत ढंगले मौरी पालन गरेकाले मह उत्पादन कम हुने गरेकेा थियो । उनीहरूले खोपे घारमा सेरेना जातको मौरीबाट मह उत्पादन गर्दै आएका थिए ।

समयमै संबिधान नबने जनताले बिद्रोह गर्ने - प्रवक्ता शर्मा


टंक कुँवर, धनगढी, ४ चैत । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले निर्धारित समयमा नयाँ संविधान घोषणा नगरिए जनताले विद्रोह गर्ने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माल सो कुरा बताउनु भएको हो ।

प्रवक्ता शर्माले अहिलेको सरकार देशी विदेशी र प्रतिकि्रयावादी शक्तिको ईसारामा चलिरहेको आरोप लगाउदै समयमै संविधान बन्न नसक्ने र शान्ति प्रकया पनि तार्किक निष्कर्ष नपुग्ने बताउनु भयो । संविधान निर्माण प्रकया र सेना समयोजन प्रकृया संगसँगै हुनुपर्ने बताउँदै प्रतिकि्रयावादीको शक्ति केन्द्रका रुपमा संघीयता विरोधी र धर्म निरपेक्षहरु सरकारका निकट भएका कारण समयमै संविधान बन्दैन भन्ने शंका उब्जिएको बताउनुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रवक्ता शर्माले वर्तमान सरकारले शान्ति अमन-चयन र सू-व्यवस्था कायम गर्न नसकेका कारण सरकार विगठन गरि एनेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने एकिकृत नेकपा माओवादीको मान्यता रहेको बताउनुभयो ।

अहिलेका दलहरु मध्ये एकिकृत नेकपा माओवादीलाईमात्र समयमा संविधान बनाउनु पर्ने चिन्ता रहेको बताउँदै प्रवक्ता शर्माले विदेशमा सयर गरेर समय खर्चने सरकारले संविधान निर्माणको बाधक एकिकृत नेकपा माओवादी हो भन्नु हास्यास्पद हो भन्नुभयो । कार्यक्रम क्रान्तिकारी पत्रकार संघ कैलालीका सचिव टंक कुँवरले साचालन गर्नुभएको थियो ।

माओवादिले चाहे कठपुतली सरकार दुइ मिनेट पनि नटिक्ने ।


कैलाली, ४ चैत ।
एकीकृत नेकपा माओवादीका स्थाई समिति सदस्य नेत्र विक्रम चन्द (विप्लव)ले माओवादीले चाहे विदेशीको इशारामा चलिरहेको कठपुतली सरकार २ मिनेट पनि टिक्न नसक्ने ठोकुवा गर्नु भएको छ । एकीकृत नेकपा माओवादी थारुवन राज्य समिति कैलालीले टीकापुरमा आयोजन गरेका विशाल जनसभा लाई सम्बोधन गर्दै नेता विप्लवले दिल्लीको भरमा चलिरहेको सरकार अब धेरै दिन टिक्न नसक्ने बताउनु भएको छ । नेता विप्लवले आगामी जेठ १४ गते संविधान जारी गर्न सबै पार्टी संगठित भएर आगाडि बढ्न अग्रह गर्नु भएको छ । संविधान निर्माणमा कसैले सडयन्त्र गरे त्यसको प्रतिकारमा माओवादी उत्रने चेतावानी समेत दिनुभएको छ ।

सेना र माओवादी बीचको लडाई अन्त्य भई सकेको बताउदै नेता विप्लबले आगामी दिनमा हुने लडाई दलाल फटाहा भ्रप्टचारी र पुँजिपति वर्गका बिरुद्ध हुने चेतावनी दिनु भएको छ । एमाले र काँग्रेसले जनतालाई पटक पटक धोका दिदै आएको समेत उहाँले आरोप लगाउनु भएको छ । यसै बीच थारुवान राज्य समितिका इन्चार्ज हरिभक्त कडेलले सबै जनता एकबद्ध भएर अगाडि बढे प्रतिकि्रयावादीको हार हुने बताउनु भएको छ ।

अगामी जेठ १४ गते जारी हुने संविधान गरिब निमुखा शोषित पिडित वर्गका पक्षमा वकालत गर्ने हुनु पर्ने र त्यस्तो संविधान नबने उनीहरुको अधिकार हनन् हुने समेत बताउनु भएको छ । सो कार्यक्रममा विभिन्न पाटी परित्याग गरि झण्डै १४ सय जना एकीकृत माओवादी पाटीमा प्रवेश गरेका छन् ।