Saturday, November 17, 2012

जहाँ ज्वाइँले सासूसँग बिहे गर्छन्

मेघालय - भारतीय समाजमा ज्वाइँलाई छोरा सरह मानिन्छ । त्यही मेघालयको गारो जनजातिमा परम्पराअनुरूप सासू र ज्वाइँको बिहे हुन्छ । यसअनुसार ज्वाइँ र सासूको सम्बन्ध श्रीमान्-श्रीमतीको रूपमा परिवर्तन हुन्छ । गारो जातिमा अझै कायम नियमअनुसार कान्छी छोरीको श्रीमान् घरज्वाइँ बनेर ससुरालीमा बस्छन् । यसलाई नोकरोम भनिन्छ । नोकरोमलाई सासूको माइतीमा श्रीमान्को मान्यता दिइन्छ । कुनै कारणवश ससुराको मृत्यु भएमा सासूको बिहे नोकरोमसँग गरिन्छ । बिहेपछि नोकरोमले छोरी र आमा दुवैको लोग्नेको रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्छ । उक्त समुदायमा शताब्दीदेखि यो परम्परा चलिआएको छ । समाजले यसलाई पूर्णरूपले स्वीकारेको छ । अहिलेका युवापिँढीले यसलाई कमै मान्यता दिए पनि यो अस्तित्वमा छ । उनीहरू खासीपछि मेघालयको दोस्रो ठूलो आदिवासी समुदाय हुन् । यो समुदायको भारतबाहेक छिमेकी बंगलादेशमा पनि बसोबास छ ।

No comments:

Post a Comment