Saturday, March 20, 2010

कोइरालालाई पूर्व राष्ट्रप्रमुखको हैसियतमा सम्मान दिने

काठमाडौ,७ चैत । सरकारले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्टप्रमुखको हैसियतमा राजकीय सम्मानका साथ दाह संस्कार गर्ने भएको छ । कोइरालाको निधनपछि शनिबार बसेको मन्त्रीपरिषदको बिशेष बैठकले कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै पुर्व राष्ट्रप्रमुखको हैसीयतमा राजकीय सम्मान दिने निर्णय गरेको हो ।
पुर्व प्रधानमन्त्री तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको निधप्रति बैठकले शोक प्रस्ताव पारित गरेको छ- बैठकपछि संचारमन्त्री शंकर पोखरेलले संचारकर्मीहरुसंग भन्नुभयो- मुलुकको संक्रमणकालमा राष्ट्राध्यक्षको समेत निर्वाह गर्नुभएको कुरालाइ समेत मध्यनजर राखेर राजकीय सम्मानका साथ अन्तिम दाहसंस्कार गर्ने निर्णय भएको छ ।
कोइरालाले २०६३ साल जेठमा तत्कालिन राजाका सबै अधिकार खोसिएपछि राष्टप्रमुखको हैसियतमा काम गर्नुभएको थियो । उहाँले त्यस अघि राजाले गर्ने सवै काम गर्दै आउनभएको थियो । राष्ट्रपतिको नियुक्तिपछि मात्र उहाँ कार्यकारीमा सिमित रहनुभएको थियो ।सरकारले आईतवार सार्वजनिक बिदाको घोषणा गरेको छ । यस्तै आईतवारदेखि ३ दिनसम्मका लागि राष्ट्रिय झण्डा आधा झुकाउन सबैमा सरकारले आग्रह पनि गरेको छ । कुटनितिक नियोगहरु र बिदेशी राजदुतावासहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुयो ।
बैठकले श्रदाञ्जली र दाहसंस्कारको कार्यतालिका पनि बनाएको छ । कोईरालाको शवको अन्तिम सम्मानका लागि आइतवार बिहान ८ बजे दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागी राखिने भएको छ । जहाँ आठ बजेदेखी २ बजेसम्म सर्वसाधारणलाई अन्तिम श्रदाञ्जलीको लागि अवसर प्रदान गरिने मन्त्री पोखरेलले बताउनुयो । राज्यको तर्फबाट दिइने सम्मान पनि त्यही प्रदान गरिने छ- उहाले भन्नुभयो- २ बजेपछि अन्तिम शव यात्रा आरम्भ हुने छ ।
शवयात्रा दशरथ रंगशाला, आरएनएसी, रत्नपार्क, बागबजार, मैतीदेवी, पुरानो बानेश्वर, बत्तिशपुतली हुदै आर्यघाटमा लगि अन्तिम दाहसंस्कार गरिने कार्यक्रम तय भएकासंचारमन्त्री पाखेरेलले जानकारी दिनुभयो । त्यस अघि आइतबार बिहान ६ बजेदेखी ८ बजे सम्म काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जलीका लागि कोइरालाको शव लगिने भएको छ ।

No comments:

Post a Comment