Saturday, March 20, 2010

शान्ती र संविधान पुरा गर्नु कोइरालाप्रतिको सच्चा सम्मान : प्रचण्ड


काठमाडौं, ७ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ती, संविधान र विकासलाइ अगाडी बढाउनु नै गिरीजा प्रसाद कोइराला प्रतिको सच्चा सम्मान हुने बताउनु भएको छ । कोइरालाको निधन पछि बसेको माओवादी स्थायी समितिको वैठक लगत्तै तयार पारिएको शोक बक्तव्य जारी गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

कोइरालालाई शिखर व्यक्तित्वका रुपमा चर्चा गर्दै प्रचण्डले सबै दलहरु मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । धैर्यता पूर्वक अगाडि वढ्न सवै दलहरुलाइ आग्रह गर्नु भएका प्रचण्डले कोइरालाको भनाइ उदृत गर्दै आफ्नो काँधमा जिम्मेवारी आएको बताउनु भयो ।

संविधान निर्माणका लागी आफ्नो दल तयार रहेको स्पष्ट पार्दै प्रचण्डले नेपाली जनताको आकाङ्क्षा पुरा गर्न आफुहरु तयार रहेको विचार व्यक्त गर्नु भयो । प्रचण्डले शान्ती प्रकृया र गणतन्त्रलाई यहाँसम्म पुर्याउन गिरीजा प्रसाद कोइरालाले महत्वपूर्ण भुमीका निर्वाह गरेको चर्चा समेत गर्नु भएको थियो ।

No comments:

Post a Comment