Thursday, March 18, 2010

दैलेखको बस दुर्घट्नामा मारिएका ३१ जनाको शव भेटियो, २५ को सनाखत

कैतु (दैलेख) , चैत्र ५ - कालिकोटबाट सुर्खेत आइरहेको ना.३.ख ५८६८ नम्बरको बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा मारिएका ३० जनाको लास भेटिएको छ । त्यसमध्ये ८ जना महिला र अन्य पुरुष छन् । मृतकहरुमा दुई बालिका र दुई बालकसमेत छन् । हालसम्म २५ जनाको सनाखत भएको छ । शव गाड्नका लागि नदिको किनारमा खाल्ड खन्न सुरु गरिएको छ ।

मृत्यु हुनेमा पिपलकोटका गीताकुमारी बस्नेत, उनकी आमा अमसरा र बुवा प्रेम, पिपलकोटकै वीरबल बस्नेत, परबल बस्नेत र विष्णु रावत तथा दैलेख तिलेपाटाका धनबहादुर शाही छन् ।

यस्तै कालिकोट फुकोट-४ का जयरुद्र न्यौपाने, फुकोट-३ का अति विक, फुकोट-७ का रुद्र न्यौपाने, पूर्ण लोहार र उनकी श्रीमती गोमा, छोरा गगन, फुकोटका धिर विक, कालिकोट खुलालुका दुर्गा गिरी रहेका छन् ।

मृत्यु हुनेमध्ये भर्ताका रङ्ग शाही, नवलपरासी घर भएका नानीकोट विद्यालयका शिक्षक छविलाल शर्मा, नानिकोट-२ टुडिखेतकी अम्बिका सन्ज्याल, उनकी एक वषर्ीया छोरी गीता, कालिकोट रकु -४ का दर्न गिरी, कालिकोट राम्नाकोट-५ की लक्ष्मी सेजुवाल, कालिकोट सिप्पखानाका गजेन्द्रनाथ योगी, मन दर्जी, कालिकोट थि्रपु-१ का आंैकला खाड, उनका दुई वषर्ीया छोरी माया, थिर्पु-३ का राजबहादुर बिटालु र कालिकोट छाप्रेका बसचालक अबिलाल शाहीको मात्र अहिलेसम्म सनाखत भएको छ ।

दैलेखको पिपलकोट गाविसस्थित कैतुमा बस सडकबाट १ सय ५० मिटर तल खसेको थियो । जिवितै उद्धार गरिएका १२ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । उनीहरुको अबस्था चिन्ताजनक रहेको छ । दुई जना सामान्य घाइतेहरुको प्राथमिक उपचार गरिएको छ । उनीहरुले करिव ६० जनाको संख्यामा यात्रु रहेको बताएका छन् । उनीहरु अतालिएका कारणे बोलिरहेका छैनन् ।

बेपत्ताहरुको संख्या अझै यकिन हुनसकेको छैन ।आफ्ना मान्छे बेपत्ता भएको भन्दै ९ जनाका आफन्त आइ पुगेका छन् । उनीहरु घट्नास्थलमा रुवावासी गरिरहेका छन् । सुरुमा ३३ जनाको चलानी रहेको बताइए पनि ४५ जनाको चलानी रहेको पनि बताइरहेका छन् । तर, यकिनका साथ भन्ने आधिकारीक व्यक्तिहरु भेटिएका छैनन् । बस सञ्चालक समितिका कर्मचारी तथा पदाधिकारीहरु भागीसकेका छन् ।

हालसम्म १२ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरु मध्ये १० जनालाई हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । उनीहरुको अबस्था चिन्ताजनक रहेको छ । दुई जना सामान्य घाइतेहरुको प्राथमिक उपचार गरिएको छ । उनीहरुले करिव ६० जनाको संख्यामा यात्रु रहेको बताएका छन् । उनीहरु अतालिएका कारणे बोलिरहेका छैनन् ।

नेपालगञ्जबाट डाक्टरसहितको स्वास्थ्य उपचार टोली घट्नास्थल आइपुगेको छ । कर्णाली राजमार्गको सुरक्षामा खटिएका सैनिक तथा प्रहरीसहित स्थानीय व्यक्तिहरु शवको खोजी तथा उद्धारको प्रयासमा जुटिरहेका छन् ।

No comments:

Post a Comment