Friday, March 19, 2010

एउटी 'सिकारी’ महिला !

सैन्य ज्यादतीको प्रतिरक्षा गरेर उनी देशको रक्षामन्त्रीको राजनीतिक जिम्मेवारीमाथि उपहास मात्र गरिरहेकी छैनन्, सैन्यसत्ताधारी सेनापतिकै जस्तो भूमिका निभाइरहेकी छिन्

सुर्खेतमा काउलोसिकारी तीन दलित महिला सेनाको गोलीले मारिएको घटनाबारे संसदीय समितिमा स्पष्टीकरण दिन उभिएकी रक्षामन्त्री विद्यादेवी भण्डारीका जवाफ सुन्दा यस्तो लाग्छउनी एउटी ँसिकारीमहिला हुन् ! सिकारी पनि यस्ती, जो महिलामाथि मात्र सिकार गर्छिन्, छानीछानी । स्पष्टीकरणभन्दा पनि गोलीजस्तो लाग्ने उनको बोली थियोसिकारी महिलालाई सेनाले मार्‍यो । घटनाको सामान्य प्रकृतिसँग समेत कुनै साइनो नराख्ने रक्षामन्त्रीको भनाइ केवल सैनिक ज्यादतीको प्रतिरक्षा हो, सामन्ती संरचनाको मलजलले सेनाभित्र हुर्किएको अतिसारी व्यवहारको पक्षपोषण हो । यसले न न्यायिक राज्यको सम्मान गर्छ, न स्वयं सेनाकै हितरक्षा । सत्यभन्दा कोसौँ टाढा रक्षामन्त्रीको अभिव्यक्ति अमानवीय, क्रूर र मानवविरोधी छ, जसको जुनसुकै शब्दले निन्दा गरे पनि कमै हुन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला चोरी-सिकारीमा संलग्न रहेको रक्षामन्त्रीको भनाइ सेनाले यसअघि दिएकै अभिव्यक्तिको पुनरावृत्ति मात्र थियो । यस्तो अभिव्यक्ति राखेर उनी देशको रक्षामन्त्रीका रूपमा पाएको राजनीतिक जिम्मेवारीको उपहास मात्र गरिरहेकी छैनन्, बर्दीधारी सेनापतिकै जस्तो भूमिका निर्वाह गरिरहेकी छिन् । सेना या आफूमातहत कुनै पनि निकायका गलत कृत्यको अन्धसमर्थन केवल सैन्यसत्ता-चिन्तन मात्र हो, यसले कदाचित् लोकतान्त्रिक जनसत्ताको प्रतिनिधित्व गर्दैन ।

imageसेनाले झैँ रक्षामन्त्रीले 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा दुई सिकारी महिलाको घटनास्थलमै र एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भएको

एउटी मन्त्री महिला, सेनाको गोलीले तीन महिलाको ज्यान लिइएको घटनामा आठ दिनसम्म मौन रहिन् । यो मौनता केवल उनको गैरजिम्मेवारी थिएन, कानुनी राज्यविरोधी, महिलाविरोधी, मानवअधिकारविरोधी र समग्र मानव-सभ्यताविरोधी थियो भन्ने उनको 'बुलेट-विस्फोटले प्रस्ट गर्छ । सभासद्का प्रश्नको जवाफ नदिएको, नागरिकसामु झुटो बोलेको वा सेनाको गलत प्रवृत्तिको पक्ष लिएको आरोपमा अब रक्षामन्त्रीको कसैले राजीनामा माग्नेछैन । किनकि, देशले नै उनीसहितको मन्त्रिपरिषद्कै राजीनामा मागिरहेको छ, एउटा असफल, निरीह र लाचार सरकारका रूपमा ।

No comments:

Post a Comment