Wednesday, March 17, 2010

माओवादिले चाहे कठपुतली सरकार दुइ मिनेट पनि नटिक्ने ।


कैलाली, ४ चैत ।
एकीकृत नेकपा माओवादीका स्थाई समिति सदस्य नेत्र विक्रम चन्द (विप्लव)ले माओवादीले चाहे विदेशीको इशारामा चलिरहेको कठपुतली सरकार २ मिनेट पनि टिक्न नसक्ने ठोकुवा गर्नु भएको छ । एकीकृत नेकपा माओवादी थारुवन राज्य समिति कैलालीले टीकापुरमा आयोजन गरेका विशाल जनसभा लाई सम्बोधन गर्दै नेता विप्लवले दिल्लीको भरमा चलिरहेको सरकार अब धेरै दिन टिक्न नसक्ने बताउनु भएको छ । नेता विप्लवले आगामी जेठ १४ गते संविधान जारी गर्न सबै पार्टी संगठित भएर आगाडि बढ्न अग्रह गर्नु भएको छ । संविधान निर्माणमा कसैले सडयन्त्र गरे त्यसको प्रतिकारमा माओवादी उत्रने चेतावानी समेत दिनुभएको छ ।

सेना र माओवादी बीचको लडाई अन्त्य भई सकेको बताउदै नेता विप्लबले आगामी दिनमा हुने लडाई दलाल फटाहा भ्रप्टचारी र पुँजिपति वर्गका बिरुद्ध हुने चेतावनी दिनु भएको छ । एमाले र काँग्रेसले जनतालाई पटक पटक धोका दिदै आएको समेत उहाँले आरोप लगाउनु भएको छ । यसै बीच थारुवान राज्य समितिका इन्चार्ज हरिभक्त कडेलले सबै जनता एकबद्ध भएर अगाडि बढे प्रतिकि्रयावादीको हार हुने बताउनु भएको छ ।

अगामी जेठ १४ गते जारी हुने संविधान गरिब निमुखा शोषित पिडित वर्गका पक्षमा वकालत गर्ने हुनु पर्ने र त्यस्तो संविधान नबने उनीहरुको अधिकार हनन् हुने समेत बताउनु भएको छ । सो कार्यक्रममा विभिन्न पाटी परित्याग गरि झण्डै १४ सय जना एकीकृत माओवादी पाटीमा प्रवेश गरेका छन् ।

No comments:

Post a Comment