Wednesday, March 17, 2010

समयमै संबिधान नबने जनताले बिद्रोह गर्ने - प्रवक्ता शर्मा


टंक कुँवर, धनगढी, ४ चैत । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले निर्धारित समयमा नयाँ संविधान घोषणा नगरिए जनताले विद्रोह गर्ने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माल सो कुरा बताउनु भएको हो ।

प्रवक्ता शर्माले अहिलेको सरकार देशी विदेशी र प्रतिकि्रयावादी शक्तिको ईसारामा चलिरहेको आरोप लगाउदै समयमै संविधान बन्न नसक्ने र शान्ति प्रकया पनि तार्किक निष्कर्ष नपुग्ने बताउनु भयो । संविधान निर्माण प्रकया र सेना समयोजन प्रकृया संगसँगै हुनुपर्ने बताउँदै प्रतिकि्रयावादीको शक्ति केन्द्रका रुपमा संघीयता विरोधी र धर्म निरपेक्षहरु सरकारका निकट भएका कारण समयमै संविधान बन्दैन भन्ने शंका उब्जिएको बताउनुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रवक्ता शर्माले वर्तमान सरकारले शान्ति अमन-चयन र सू-व्यवस्था कायम गर्न नसकेका कारण सरकार विगठन गरि एनेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने एकिकृत नेकपा माओवादीको मान्यता रहेको बताउनुभयो ।

अहिलेका दलहरु मध्ये एकिकृत नेकपा माओवादीलाईमात्र समयमा संविधान बनाउनु पर्ने चिन्ता रहेको बताउँदै प्रवक्ता शर्माले विदेशमा सयर गरेर समय खर्चने सरकारले संविधान निर्माणको बाधक एकिकृत नेकपा माओवादी हो भन्नु हास्यास्पद हो भन्नुभयो । कार्यक्रम क्रान्तिकारी पत्रकार संघ कैलालीका सचिव टंक कुँवरले साचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment