Wednesday, March 17, 2010

अविश्वास प्रस्ताव पनि आउन सक्छःभट्टराई


काठमाडौ, चैत्र ५ - माओवादी उपाध्यक्ष बावुराम भट्टराईले राष्ट्रिय सहमतिको निम्ति वर्तमान सरकार बाधक भएको बताउदै सरकार परिवर्तनको सबै बिधिबारे माओवादीले छलफल सुरु गर्ने बताएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नेतृत्व नछाडे अनेक बिधिमध्ये सरकार विरुद्ध अविश्वास प्रस्ताव पनि एक हुनसक्ने उनले बताए । वर्तमान सरकार शान्ति र संविधान निर्माणमा बाधक भएकोले छिटो भन्दा छिटो राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए ।

'जनताबाट पराजित र तिरस्कृतहरुले राष्ट्रिय सहमतिको नेतृत्व गर्न सक्दैनन भन्ने आम स्विकृत मान्यता हो', उनले साना दलसँगको छलफलपछि संवाददाताहरुलाई भने, 'यो सरकार हटाउन सबै तरिका र बिधिबारे छलफल थाल्छौ । त्यो बिधिमध्ये अविश्वास प्रस्ताव पनि हुनसक्छ ।' तर छलफलमा सहभागि दलका नेताहरुले पनि राष्ट्रिय सहमतिको सरकार विना शान्ति र संविधानले पूर्णता नपाउने बताएको जानकारी दिए ।

माओवादीले बिहीबार संसदीय दलको कार्यालयमा राष्ट्रिय सरकार गठन र सरकार विरुद्धको अविश्वास प्रस्तावबारे संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गरेको थियो ।

No comments:

Post a Comment