Friday, March 19, 2010

गभर्नरमा खतिवडा, योजना आयोगमा पोखरेल र कोषमा मल्लिकको नाम प्रस्ताव

काठमाडौ, चैत्र ६ - नेपाल राष्ट्र बैंकको गर्भनरमा युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोग र गरिवी निवरण कोष उपाध्यक्षमा क्रमशः जगदीश चन्द्र पोखरेल र विद्याधर मिल्लकलाई नियुक्ति गर्ने निश्चित भएको छ ।

काँग्रेसको पदाधिकारी शुक्रबार बैठकले आयोगमा पोखरेल र मल्लिकलाई नियुक्तिको प्रस्ताव गर्ने निर्णइ गरेको हो । यसअघि प्रमुख सत्तारुढ दलहरु काँग्रेस र एमालेको बैठकमा गभर्नरमा खतिवडालाई नियुक्ति गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री माधवकुमार नेपालसहित काँग्रेस र एमालेका नेताहरुको बैठकले आयोग र कोषको उपाध्यक्ष काँग्रेसलाई दिने निर्णय भए अनुसार काँग्रेसको पदाधिकारी बैठकले पोखरेल र मल्लिकलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

पोखरेल आयोगकै पूर्व उपाध्यक्ष हुन्भने मल्लिक पूर्वअर्थ सचिव हुन् । लोकतन्त्र पुनस्थापनापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पोखरेल उपाध्यक्षमा नियुक्त भएका थिए ।

संविधानसभाको निर्वाचन पछि माओवादी नेतृत्वको सरकार बनेपछि उनले राजीनामा दिएका थिए । बैठकमा गर्भनरमा एमालेले प्रस्ताव गरेका युवराज खतिवडालाई नियुक्त गर्ने सहमति भएको थियो । खतिवडा हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् । नियुक्तिको लागि मन्त्रिपरिषद्को बैठक चार बजे बोलाइएको छ ।

No comments:

Post a Comment