Friday, March 19, 2010

डिस्कोबाट स्कुल पोशाकमा सयौं विद्यार्थी पक्राउ

काठमाडौ, चैत्र ६ - प्रहरीले शुक्रबार बिहान सुन्धारास्थित बेबीलोन डिस्कोमा छापा मारेको छ । उक्त डिस्कोमा स्कुल/कलेजकै पोशाकमा सयौं छात्र छात्रा रहेका थिए । पढ्न भनेर स्कुल र कलेज गएका छात्र छात्राहरु डिस्कोमा भेटिएका थिए । एनसीसी कलेज सुकेधारा,क्यास्पियन कलेज कुमारीपाटी,सिगमा कलेज सोहृखुटे, भियस निकेतन मिनभवन,रेडन कलेज सामाखुसी,जेभियर्स कलेज लाजिम्पाट,हृवाइट हाउस कलेज बानेश्वर,प्राइम कलेज,बि्रटिश गोर्खा कलेस बाँसबारी,युथ भिजन कलेज बालाजु,मानसिंह कलेज गोंगवु लगायतका शिक्षण संस्थामा अध्यनरत तीन सय विद्यार्थीलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment