Friday, March 19, 2010

जर्मन प्राविधिक सहयोग नियोगका कर्मचारीको हत्या

रोल्पा, चैत्र ६ - जर्मन प्राविधिक सहयोग नियोगका एकजना कर्मचारी रहस्यमय ढंगले मृत्यु भएको छ । माओवादी गढ गाममा कामगर्ने सिलसिलामा गएका दलसिंह विकको हत्या वा स्वभाबिक मृत्यु के हो ? भन्ने सम्बन्धमा प्रहरीले समेत खोजि गरेको छैन ।

बिहीबार बेलुका स्थानीय भाजबीर घर्तीको घरमा बास बसेका विक भोलिपल्ट त्यही घरमा मृत फेला परेका हुन । उनी घर्तिको घरमा जिल्ला प्राविधिक कार्यालयका प्राविधिक करुण श्रेष्ठसँगै सुतेका थिए ।

विहान ४ बजे विकको मृत्यु भएको भनी सगै सुतेका करुण र घरबेटीले गाउमा खबर गरेका थिए । 'म शौचालय गएको बेला उनी मरिसकेका थिए ।' करुणले भने - 'शौचालयबाट आएको १५ मिनेटमा उनको मृत्यु भैसकेको थियो ।' १५ मिनेट भित्र कसरी र के कारणले मृत्यु भयो ? प्रहरीले अनुसन्धान नगरेको पारिबारीक स्रोतले बताएको छ ।

करुणले कुराकानी गर्दै सँगै सुतेको स्वीकार गरेका छन । विकको मृत्यु भएपछि प्रहरीले करुण र घरबेटी भाजबीर घर्तीलाई सोधपुछ जारी राखेको दावी गरेको छ । करुणलाई जिल्ला प्रहरीमा र भाजबीरलाई सुलिचौर प्रहरीमा सोधपुछ गरे पनि नियन्त्रणमा लिएको छैन । माघ १३ गते बिकको रहस्यमय मृत्यु भएको हो ।

'प्रहरीको अनुसन्धानबारे हामीलाई विश्वास लागेेको छैन ।' बिकको परिवारका एक सदस्यले भने- किटानी जाहेरी दिने तयारी गर्दा प्रहरीले निबेदन लिन अस्वीकार गर्दै प्रहरीले बेनामी उजूरी दिन प्रहरीले दवाव दिएको छ ।'

जिल्लाकै दुर्गम गाम गाविसमा विद्यालय निर्माण तथा घोेरेटो बाटो निर्माण योजनामा कार्यरत विकको मृत्युलाई परिवार तथा जीटीजेडले पनि रहस्यमय भनेका छन् । घटनाको देस्रो दिन जीटीजेडले जिल्ला प्रहरीमा सत्यतथ्य खोजी पाउ भनी उजूरी दिएको थियो । 'काम गर्दा गर्दै भएको यो घटना रहस्यमय छ ।' जीटीजेड रोल्पाकी कार्यक्रम संयोजक सम्झना शाहले भनिन् 'परिवार र हाम्रो संस्था मिलेर मृत्युको कारण खोजिरहेका छौं ।'

दक्षिणी रोल्पाको झेनाम- २ कोबाङ गाउ निबासी स्थित बिक दुई वर्ष देखि ओभरसिएर पदमा कार्यरत थिए । लामो समय सिविनमा समेत रेहका थिए । सिविनका कार्यक्रम संयोजक झक्कुप्रसाद आचार्य भन्छन्- 'अत्यन्तै सहयोगी उनको मृत्युले हामी दुःखी भएका छौं ।'

परिवारले बिकको सुनियोजित हत्या भएको बताएको छ । उनले तीन महिना अघि विवाह गरेका थिए । पत्नी कृष्णाले उक्त घटनालाई गम्भीर रुपमा छानबिन गर्नुपर्ने बताइन् । पतिको मृत्यु पछि गाममा पढाउदै आएकी उनी विद्यालय गएकी छैनन् । उजूरी लिएर अनुसन्धान गर्न प्रहरीले सहयोग नगरेको उनको आरोप छ । बिकको परिवार स्थानीय प्रशासन र प्रहरीसँग आक्रोशित छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलाले भने -घटना रहस्यमय भएपनि छानबिन भइरहेको बताए

घटना पछि जीटीजेडका राप्ती अंचल कार्यक्रम संयोजक सूर्य नेपालले प्रहरी र प्रशासनका प्रमुखलाई भेटेर निष्पक्ष छानबिनको माग गरेका छन । रहस्यमय मृत्युका बारेमा पोष्टमार्टम रिपोर्ट हेर्न खोजेको नदिएको शाहले बताए । पोष्टमार्टम प्रतिवेदनमा बिकको टाउकोमा गम्भीर प्रकारको घाउ देखिएको छ । असामान्य अवस्थामा उनको मृत्यु नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीय प्रशासनको पहलमा जिल्ला सर्वदलीय बैठकमा पनि उक्त घटनाको बारेमा छलफल भएको छन । तर पीडितले दलीय संयन्त्रले पनि घटना निष्पक्ष छानबिन गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

उक्त हत्याको घटान पछि विकास निर्माण सम्बन्धी कार्यक्रम लिएर गाउ गएका सरकरी तथा गैर सरकारी संस्थाका कर्मचारीहरुले सुरक्षाको माग गरेका छन् । उक्त घटनाका कारण त्यस वरपर तथा अन्य स्थानमा खटिएका बिकास कार्यक्रम संचालनमा बाधा सिर्जना भएको बताएका छन् ।

राष्टिय तथा अन्तराष्टिय गैरसरकारी सस्थाले सुरक्षा नभए संचालन गरेका बिकास कार्यक्रमहरु फिर्ता गर्न सकिने चेतावनी दिएका छन ।

गैर सरकारी संस्था महासंघ नेपाल रोल्पाका सचिव मोहन परियारले गाम घटना रहस्यमय हुदाहुदै पीडितलाई उजूरी दर्ता नगर्न दवाब दिएको बताए । डेढ महिना देखि गाममा कार्यक्रम लिएर जान चाहने संस्थाहरु तर्सिएका छन् । त्यहा अझै सरकारी उपस्थिति शून्य प्रायः छ ।

No comments:

Post a Comment