Friday, March 19, 2010

भीमफेदीमा फेरि दुर्घट्ना/दुईको मृत्यु, ९ गम्भीर घाइते

हेटौडा, चैत्र ६ - दुर्घट्नाका लागि जोखिम क्षेत्रको रुपमा रहेको भीमफेदी-कुलेखानी सडक खण्डमा शुक्रबार फेरी दुर्घट्ना भएको छ । दुर्घट्नामा दुई जनाको मृत्यु भएको छभने ९ जना घाइते छन् । त्यसमध्ये सात जनाको अबस्था गम्भीर छ ।

बीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना१ज, २५४७ नम्बरको टाटासुमो हेटौडा-कुलेखानी सडक खण्डको भीमफेदीस्थित जुरीखेतमा पल्टिंदा दुर्घट्ना भएको हो ।

एक जना महिलाको घट्नास्थलमै र एक पुरुषको भीमफेदी प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई मकवानपुर जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

भीमफेरी-कुलेखानीको १६ किलोमिटर क्षेत्रमा धेरै दुर्घट्ना हुने गरेको छ । साँघुरो र जीर्ण सडक भएका कारण यस क्षेत्र जोखिम बढेको हो । तीन महिनाको बीचमा १५ वटा दुर्घट्ना भएको छ । त्यसमा १२ को मृत्यु र ४३ जना घाइते भएका छन् ।

No comments:

Post a Comment