Friday, March 19, 2010

प्रधानमन्त्रीको ठाडो आदेशमा सशस्त्रका डिआइजिको सरुवा

सेतो चश्मा लगाएर हेर्न प्रधानमन्त्रीलाई डिआईजीको सल्लाह

बारा, ५चैत । अन्य डिआईजी आएपछि करिब दुई वर्ष सम्म बस्दै आएको भएपनि मध्य क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय रुद्र वाहिनी पथलैयाका डिआईजी कृष्ण कुमार तामाङ्गलाइ प्रधानमन्त्री नेपालले एक महिना पनि राम्ररी बस्न नपाउँदै सरुवा गरेकाछन् । प्रधानमन्त्री कार्यालयमा आयोजित सुरक्षा प्रमुखहरुको बैठकमा सशस्त्रका प्रमुख सनत बस्नेतलाई दोस्रो पटक नेपालले तामाङ्गलाई सरुवा गर्न आक्रोशपूर्ण आदेश दिएपछि फिर्ता बोलाएको स्रोतले बतायो ।

पहिलो पटक प्रधानमन्त्री नेपालले डिआईजी तामाङ्गको कार्यशैली व्यवसायिक नभएको र सीमामा हुने अवैध गतिविधिमा उनको संलग्नता रहको जनाउादै सरुवा गर्न कडा निर्देशन दिएकाथिए । आधा महिना बित्दापनि आफ्नो कुरा अटेर गरेपछि आईजिपी बस्नेतमाथि प्रधानमन्त्री नेपाल आक्रोशित भएका थिए । 

डिआईजी तामाङ्गले आफूमाथि प्रधानमन्त्रीले लगाएको आरोपको खण्डन गर्दै आफूलाई कालो चश्मा लगाएर हेरे कालै देख्ने र सेतो चश्मा लागाएर हेरे सेतै देख्ने बताएकाछन् ।

आफूलाई हेर्दा सबैलाई सेतै चश्मा लगाउन अनुरोध समेत गरेकाछन् ।  दोस्रो आदेशपछि बस्नेतले तामाङलाई एक महिनापनि बस्न नदिई उनको स्थानमा मानव स्रोत विभागमा कार्यरत डिआईजी रिसव देव भट्टराईलाई मध्य क्षेत्रीय सशस्त्र प्रहरी मुख्यालय पथलैयाका प्रमुख बनाएर पठाएकाछन् ।

No comments:

Post a Comment